इटहरी । मोरङको बुढीगङ्गा गाउँपालिकामा शुक्रबार राति भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोरङको बुढीगङ्गा–२ अमाही बोक्ला टोलस्थित भित्री सडकखण्डमा नेमुवाबाट अमाहीतर्फ जाँदै गरेको को। ३५ प। ५०३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा चालक नेमुवा–३ का ३५ वर्षीय विकासकुमार भगत गम्भीर घाइते हुनुभएको थियो । उहाँलाई उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याइएको थियो, तर राति चिकित्सकले मृत घोषित गरेका थिए । यस्तै, राति नै कोशी लोकमार्गअन्तर्गत बुढीगङ्गा–३ मा नेमुवाबाट विराटनगरतर्फ आउँदै गरेको को। २१ प। ८६९२ नम्बरको मोटरसाइकल
इटहरी । भ्रष्टाचार, बेथिति र विसङ्गति मुक्त समाज स्थापना गर्ने मूल नाराका साथ स्थापित स्वतन्त्र नागरिक समाज मोरङले सुन्दरहरैचा नगरपालिका–१० मा युवा समिति गठन गरेको छ । उक्त वडा समिति गठन कार्यक्रम स्वतन्त्र नागरिक समाज मोरङका अध्यक्ष नेत्र प्रसाद चौलागाईको उपस्थितिमा सम्पन्न भएको हो । स्वतन्त्र नागरिक समाज युवा समितको संयोजकमा देव प्रसाद राई,सहसंयोजकमा प्रकाश अर्याल,सचिवमा पारुहांङ राई,सहसचिवमा प्रविन राई,कोषाध्यक्षमा अजिव राईलाई चयन गरिएको समाजका प्रवक्ता नर बहादुर गुरुङले जानकारी दिनुभयो । सदस्यहरुमा सुमन कोइराला र ओमकार राईलाई चयन गरिएको र बाँकी सदस्यहरु थप्दै लैजाने प्रवक्ता गुरुङले
इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले शुक्रबार शिक्षक अभिभावक संघ र आमा समूहमा निर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरेको छ । शिक्षक अभिभावक संघमा सानुराम गौतमको नेतृत्वमा रहेको ११ सदस्यीय समिति र आमा समूहमा मुक्तामणि डागी नेतृत्वको समूहलाई स्वागत तथा सम्मान गरिएको हो । दुवै समूहका पदाधिकारीहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोविदजंग कार्की, र प्रधानाध्यापक सरनकुमार बस्नेतले स्वागत तथा सम्मान गर्नुभएको हो । दुवै समिति दुई वर्षे कार्यकालको लागि चयन भएका हुन् । यस्तै, दुई वर्षे कार्य काल सफलतापूर्वक सम्पन्न गरेको आमा समूह र शिक्षक अभिभावक संघको
इटहरी । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ र २ वडाका ४०० घरधुरीमा ‘एक घर, एक धारा’ को पहुँच पुगेको छ । सभापोखरी गाउँपालिकाले दातृ निकायका सहयोगमा सञ्चालित परियोजना अन्तर्गत हालसम्म ७२८ घरधुरीमध्ये ४०० घरमा धारा जडान भइसकेको हो । पहिले कुवा वा अन्य प्राकृतिक मुहानबाट पानी भर्ने बाध्यता रहेकोमा अहिले भने घरमै धारा जडान भएपछि स्थानीयवासीलाई सहज भएको छ । दैनिक दुई घण्टा पानीको जोहोमा समय बिताउने धुपुकी मञ्जु शर्मा अहिले घरमै पानी प्रयोग गर्न पाउँदा खुसी छिन् । त्यस्तै धुपुकै अर्का स्थानीय केदार अधिकारीले पहिले एक गाग्री पानी ल्याउन तीन घण्टा लाग्ने गरेको स्मरण गरे । उनले अहिले बिहान–बेलुकी घरमै पा
इटहरी । सुनसरी कारागारको पर्खाल नाघेर भागेका एकजना फरार कैदी आज बिहान झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । जबर्जस्ती करणी अभियोगमा सजाय भोगिरहेका खोटाङ दिप्रुङचुचुमा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० स्थित विराटपोखरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । पौडेल गत साउन २८ गते सुनसरी कारागारबाट भागेका थिए । उनलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले बिराटपोखर क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । पौडेललाई सुनसरी जिल्ला अदालतले जबर्जस्ती करणी कसु
काठमाण्डौ । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नुका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने चलन छ । पाटनको मङ्गलबजारमा रहेको प्रसिद्ध कृष्णमन्दिरमा बिहानैदेखि मेला लागेको छ । श्रीकृष्ण मन्दिर रहेका अरु ठाउँमा पनि दर्शनार्थीको घुइँचो छ । त्यस्तै पशुपति क्षेत्र, वसन्तपुर दरबार
इटहरी । मोरङको सुन्दरहरैँचा गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा यसै वर्षदेखि एमबिबिएस पढाइ सुरु हुने भएको छ । मेडिकल कलेज सञ्चालन हुने भएपछि स्थानीय खुसी भएका छन् । खास गरी कलेज सञ्चालन भएपछि व्यापार व्यवसायको नयाँ सम्भावना खुल्छन् भनेर पहाडबाट बसाइँ सरी आएका विश्वविद्यालयवरिपरिका सर्वसाधारण खुसी भएका हुन् । विश्वविद्यालयले दुई वर्षदेखि पूर्णकालीन स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ । पूूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र सङ्कायका डिन शैलेशमणि पोख्रेलले ५० वटा कोटामध्ये ७५ प्रतिशत पूूर्ण सरकारी छात्रवृत्तिमा अध्यापन गराइने जानकारी दिनुुभयो । सरकारले नै कोटाको ७५ प्रतिशत छ
इटहरी। ताप्लेजुङको सुकेटार विमानस्थलमा तीन साता बढी समयदेखि उडान अवरुद्ध बनेको छ । प्रतिकूल मौसमका कारण एकमात्र नेपाल वायु सेवा निगमको उडान अवरुद्ध बनेको हो । ताप्लेजुङस्थित नेपाल वायु सेवा निगमका स्टेसन इन्चार्ज नारायणकुमार कार्कीका अनुसार गत साउन ५ गतेदेखि सुकेटारमा उडान अवरुद्ध भएको हो । प्रतिकूल मौसम अर्थात निरन्तरको झरी बादलका कारण प्रत्येक साताको सोमबार र शुक्रबार हुँदै आएको उडान अवरुद्ध भएको स्टेसन इन्चार्ज कार्कीले जानकारी दिनुभयो । नेपाल वायु सेवा निगमको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान भर्ने गरेको छ । अहिले मौसम प्रतिकूल भएपछि सातामा दुई दिन हुने उडान पनि मौसमका कारण
इटहरी | रोट्रयाक्ट क्लब अफ सुनसरीले आफ्नो चौथो पदस्थापन कार्यक्रम गरेको छ।रोट्रयाक्ट वर्ष २०२५–२६ का लागि क्लबको अध्यक्षमा श्रीचा पराजुली निर्वाचित हुनुभएको छ। नव–निर्मित कार्यसमितिमा उपाध्यक्ष निशा नायडू, कोषाध्यक्ष कन्चन निरौला, सचिव सृष्टिका घिमिरेलगायत सदस्य सहित ११ जनाको कार्यसमिति चयन गरिएको छ।यस अवसरमा नव–अध्यक्ष श्रीचा पराजुलीले जिम्मेवारीलाई इमान्दारितापूर्वक निर्वाह गर्दै सामाजिक सेवाका कार्यक्रमलाई अझ प्रभावकारी बनाउन आफ्नो कार्यकालमा निरन्तर प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।त्यसैगरी, रोट्रयाक्ट वर्ष २०२४–२५ की तत्कालीन अध्यक्ष युरिका घिमिरेलाई संस्थामा पुर्याएको योगदानको उ
इटहरी | इटहरीका उदाउँदो कलाकार प्रजाल दुलाल र समाजसेवी–कलाकार रितेश जंग पौडेल खत्री हाल नेपाली चलचित्र ‘बलिदान’को चर्चा चुलिँदा एउटै समयरेखामा उभिएका छन्। दुलाल तर्फ ‘बलिदान’को प्रचार–प्रसार तथा अभिनय यात्राले तिब्रता पाउँदै छ भने पौडेल खत्री तर्फ बाल–लघुचलचित्र ‘गौंथली’ हुँदै राष्ट्रिय महोत्सवसम्म पुगेको अनुभवले स्थानीय प्रतिभालाई राष्ट्रिय मञ्चमा पुर्याएको छ। दुवैको समन्वयमा इटहरीको कला–संस्कृतिलाई देश–विदेशमा उजिल्याउने योजना बनिरहेको छ—यद्यपि ‘बलिदान’को विदेशी प्रदर्शन तालिका औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन। इटहरीमा २००८ देखि सक्रिय गैर–नाफामुखी संस्था ‘कलालय’ले स्क्रिप्टदेखि मञ्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.