इटहरी । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ३ मा अवस्थित श्री कालिका सामुदायिक माध्यमिक विद्यालय, धोवेनीबाट कक्षा–१२ को परीक्षामा सहभागी भएका सिभिल ईन्जिनियरिङ समूहका ३७ विद्यार्थी उत्तीर्ण भएका छन्। विद्यालयमा अध्ययन गरेका यस समूहका सबैले ग्रेडेड प्रणाली अनुसार सतप्रतिशत नतिजा हासिल गरेका हुन् । यसका साथै शिक्षा र वाणिज्य संकायका विद्यार्थीहरू पनि सफल भएका छन्। मिक्लाजुङ गाउँपालिकाभरि सिभिल ईन्जिनियरिङ पढाइ हुने एक मात्र विद्यालयका रूपमा श्री कालिका मा.वि. स्थापित छ । मिक्लाजुङका ९ वटै वडाबाट विद्यार्थीहरू यो विषय अध्ययन गर्न आउने भएकाले गाउँपालिकाले विशेष बस सेवा उपलब्ध गराएको विद्यालय प्रशा
इटहरी | नेपाल आदिवासी जनजाति महासंघ इटहरी उपमहानगर समन्वय परिषद् सचिवालयको आयोजनामा यही साउन २४ गते शनिबारका दिन ३१ औं विश्व आदिवासी दिवस इटहरीमा झाँकी र सांस्कृतिक उत्सवसहित मनाइने भएको छ।संघले बिहीबार इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्राकृतिक श्रोत, जल, जमिन र जङ्गलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, UNDRIP / ILO-169 सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर’ भन्ने मूल नाराका साथ दिवस मनाइने जानकारी गराएको हो।संघका अनुसार यो दिवस आदिवासी जनजातिहरूको गौरवमय इतिहास, मौलिक अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धनका लागि मात्र नभई आत्मनिर्णयको अ
इटहरी – श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा इटहरीको राधाकृष्ण शिव मन्दिरमा भदौं १ गते भव्य रथयात्रा आयोजना हुने भएको छ। मन्दिर संचालक समितिको व्यवस्थापनमा हुन लागेको यो रथयात्रा इटहरीवासीका लागि विशेष आकर्षणको केन्द्र बन्नेछ।मन्दिर परिसरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिँदै समितिका पदाधिकारीहरूले साउन ३१ गते श्रीकृष्ण जन्माष्टमी मनाइने र भोलिपल्ट भदौं १ गते रथयात्रा आयोजना गरिने जानकारी गराएका छन्।रथयात्रा मन्दिरबाट सुरु भई इटहरी मुख्य चोक, पश्चिम ट्राफिक प्रहरी कार्यालय, पेट्रोल पम्प हुँदै पुनः मुख्य चोक, आर्मी व्यारेक, बसस्टेण्ड, मिलनचोक हुँदै राधाकृष्ण शिव मन्दिरमै आएर समापन गरिन
धरान | उच्च शिक्षाकालागि विदेश जान चाहने विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेले आफ्नो २२औँ वार्षिकोत्सवको अवसरमा धरानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । एक्सपर्ट धरानको आफ्नै कार्यालय भवन परिसरमा सम्पन्न रक्तदानमा ५१ प्रिन्ट रगत सङ्कलन भएको एक्सपर्टका ब्राण्ड कोअर्डिनेटर विमल पराजुलीले जानकारी दिनु भयो ।नेपाल रेडक्रस सोसाइटी सुनसरीको प्राविधिक सहायतामा सम्पन्न रक्तदान कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघा, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, इक्यान पूर्वाञ्चल अध्यक्ष रवीन्द्र निरौला लगायत
सुनसरी | बराहक्षेत्र नगरपालिका वडा नं. ८ को सभाहलमा गरिबी निवारण, लघु उद्यम विकास तथा सिप वृद्धि लक्षित "प्रविधि हस्तान्तरण कार्यक्रम" मेडपा (MEDPA) को आयोजनामा सम्पन्न भएको छ। यस अवसरमा वडा अध्यक्ष रोशन खड्का ले गरिबी न्यूनीकरणका लागि वडाले निरन्तर सिप विकास तालिमहरू प्रदान गर्दै आएको बताए। उनले भने, "वडाभित्र गरिबी निवारण गर्न बजेट र सेवा सुविधा अहिले अपर्याप्त छन्। तर, हामीले प्रत्येक वर्ष विभिन्न सिपमूलक तालिमहरू दिएर वडावासीलाई रोजगारीमा सक्षम बनाउने प्रयास गरिरहेका छौं। आगामी दिनहरूमा पनि वडाको क्षमताअनुसार जनताको सेवा निरन्तरता कायम राख्ने छौं।" कार्यक्रममा वडा सदस
इटहरी / इटहरी उपमहानगरपालिकाका नगर प्रमुखप्रति सामाजिक सञ्जालमार्फत आलोचना गरेपछि स्थानीय युवती ताजिना बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाले अभिव्यक्ति स्वतन्त्रताको सवालमा नयाँ बहस सुरु गरिदिएको छ।तीन घण्टासम्म प्रहरी नियन्त्रणमा राखिएपछि "आइन्दा मेयरको विरोध नगर्ने" सर्तमा रिहा गरिएको दाबी स्वयं पीडितले गरेकी छन्। घटनाले स्थानीय प्रशासन र प्रहरी निकायको भूमिकामाथि प्रश्नचिन्ह खडा गर्दैछ।के थियो घटनाको पृष्ठभूमि?ताजिना बिष्टले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमार्फत इटहरीको सडकको दयनीय अवस्थाबारे व्यङ्ग्यात्मक शैलीमा टिप्पणी गरेकी थिइन्। पानी जमेको सडकमा हिँड्दै उनले "चौध अञ्चल
इटहरी । उर्लाबारी नगरपालिका–१ मा रहेको प्रगतिशील सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले निर्णय लेखन तथा लेखा सम्बन्धी दुई दिने तालिम सम्पन्न गरेको छ। तालिममा स्थानीय महिला उपभोक्ताहरूको सक्रिय सहभागिता रहेको थियो। उनीहरूलाई निर्णय लेखन, बैठकको कार्यविवरण तयार गर्ने तरिका, आर्थिक अभिलेख संकलन, लेखा परीक्षणका आधारभूत पक्षहरू लगायतका विषयमा व्यवहारिक जानकारी प्रदान गरिएको थियो। तालिम समापनमा समूहका अध्यक्षले महिला सशक्तिकरण र सुशासनमा महिलाको सहभागिता अत्यन्त आवश्यक भएको बताए। उनले महिलाहरूलाई आर्थिक कारोबार र संस्थागत निर्णय प्रक्रियामा दक्ष बनाउने समू
इटहरी । नेपाल विद्यार्थी संघ मोरङ जिल्ला कार्य समिति अन्तर्गत हुने १२ औं महाधिवेशनको सन्दर्भमा मोरङका १७ वटै स्थानीय तहबाट प्रतिनिधिहरूको चयन सम्पन्न भएको छ। मोरङ जिल्ला कार्य समितिको सिफारिसमा पालिकागत प्रतिनिधिहरूको सूची सार्वजनिक गरिएको छ । प्रतिनिधिहरूलाई आगामी साउन २१ गतेसम्म अधिवेशन कार्य सम्पन्न गर्न पत्राचार गरिएको छ। पत्रमा विराटनगरदेखि रंगेली, धनपालथान, केराबारी, पथरी–शनिश्चरेलगायतका पालिकामा अधिवेशन गराउन दुईरदुई जना गरी प्रतिनिधि चयन गरिएको उल्लेख छ। विराटनगरमा गुड्डु साह ,युगेंन रेग्मी, मनिषा शर्मा र रेहान भट्टराई, कटहरी गाउँपालिकामा शुभम देव ररवेश कोइराला, बुढीगंगा गाउँपालिकामा ग
इटहरी | +2 Hotel Management मा निरन्तर १५ औं ब्याच सम्म आईपुग्दा पनि धरानमा युएन नवोदय कलेजले एक छत्र शैक्षिक वर्चस्व कायम राख्न सफल भएको छ। दर्जन स्कुल एक भएर, निशुल्क पढाउछौ भन्दा पनि होटेल म्यानेज्मेन्टका लागी विद्यार्थीहरु र अभिभावकहरुले अन्य +2 हरुलाई विश्वास गर्न सकेका छैनन र पहिलो रोजाई मा युएन नवोदय +2 नै परेको छ। एक छत्र शैक्षिक वर्चस्व साथै विद्यार्थीहरुको पहिलो रोजाईमा पर्न सफल हुनुको प्रमुख कारण गुण स्तरिय शिक्षा, निरन्तर धरान, प्रदेश र नेपाल टप गर्न सफल, देश विदेशमा ईन्टर्नशिप र रोजगारीको व्यवस्था , बेकरी र बारिस्ता स्कुल सन्चालन गर्ने धरानको पहिलो कलेज साथै +२ मा
इटहरी । एक हजार रुपियाँ दरका नक्कली नोटसहित प्रहरीले सुनसरीको कोशी गाउँपालिकाबाट दुई जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ३८ थान नक्कली नोटसहित कोशी गाउँपालिका ८ बाट २५ वर्षे राजेश चमार रजक र राजेशकुमार रजकलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका दुवै जना सप्तरी जिल्ला हनुमान कंकालिनी गाउँपालिका एक घर भएका व्यक्ति भएको प्रहरीले जनाएको छ । लु ९२ प २३८० नम्बरको मोटरसाइकल उनीहरुलाई सुनसरी भाण्टाबारीबाट खटिएको प्रहरीले चोकजाँच गर्दा मङ्गलबार राति नक्कली नोटसहित पक्राउ गरेको जनाएको छ ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.