समाज

    Showing ३,८६१-३,८७० of ९,३७० items.
  • पीयूमा प्रसूति तथा बालरोग अस्पतालको शिलान्यास, पहिलो चरणमा १२ करोड लागत

    इटहरी। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पताल अन्तर्गतको प्रसूति तथा बालरोग अस्पताल शिलान्यास गर्नुभएको छ । शुक्रबार शिलान्यास समारोहमा बोल्दै मुख्यमन्त्री कार्कीले विदेशमा पढ्न जानेहरूलाई रोक्नका लागि पूर्वाञ्चल विश्वविद्यालयले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने बताउनुभयो। देशमा भएका संरचनाहरूलाई सुधार गर्दै अगाडि बढेमा अन्य देशको तुलनामा कम लागतमा अध्ययन गर्न सक्ने अवस्था सिर्जना हुने र यसले विदेशबाट आउने विद्यार्थी आकर्षित गर्न सकिने उल्लेख उहाँले यसतर्फ पूर्वाञ्चल विश्वविद्यालयले ध्यान दिनुपर्ने बताउनुभएको हो । मुख्यमन्त्री कार्कीले विदेश

    • प्रकाशित मितिः साउन ९, २०८२
    • ३६१ पटक पढिएको
  • वैदेशिक रोजगारीमा ‘केयर टे«निङ्’ लिएर जानेको संख्या बढ्दो

    इटहरी । पछिल्ला वर्षहरूमा आवश्यक सीप सिकेर तथा दक्षता हासिल गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै छोटो अवधिको ‘केयर टे«निङ्’ प्रति आकर्षित हुन थालेका छन् । इटहरीमा सञ्चालित यलम्बर केयर गिभर टे«निङ् सेन्टरमा तीन वर्षको अवधिमा विदेश जानकै लागि ५०० भन्दा बढीले तालिम लिएका छन् । तालिम लिनेमध्ये सवैभन्दा बढी इजरायल जाने तयारीमा रहेका छन् । जसमा अहिलेसम्म ६२ जनाले आवेदन पेस गरेका छन् । तीमध्ये १६ जनाको  इजरायल जाने अन्तिम तयारीमा रहेको केयर गिभर टे«निङ् सेन्टरका निर्देशक नरेन्द्र दंगालले बताए । उनका अनुसार इजरायल जादा जेष्ठ नागरिकहरुको हेरचाह गर्न जानेले आकर्षक तलब पाउने भएकाले गर्दा पनि

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २०९ पटक पढिएको
  • सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान

    इटहरी । सुनकोशीको बाढीले फोक्सिन्टारको मोटरेबल पुल बगाएपछि सामान तार्न घिर्नी जडान गरिएको छ । गत वर्षको असोजमा सुनकोशीमा आएको बाढीले फोक्सिङटारको पुल बगाएको थियो । पुल बगाएपछि विकल्पमा बेलिब्रिज जडान गरिएको थियो । नदीमा पानीको बहाब बढेपछि जेठको पहिलो हप्ता बेलिब्रिज पनि झिकियो । बेलिब्रिज झिकेपछि दिक्तेल–गाईघाट सडकमा सिधा यातायात बन्द भएको छ । कुनै विकल्प नभएपछि खोटाङ र उदयपुरको सिमानामा रहेको सुनकोशीमा सामान तार्न घिर्नी जडान गरिएको हो । निर्माणसँगै दैनिक उपभोग्य सामान पूर्वी तराईबाट खोटाङ ल्याउन सुनकोशीमा घिर्नी जडान गरिएको छ । विशेषगरी खोटाङमा सञ्चालन भइरहेको रसुवा–पानधारे कालोपत्रे सडकका ल

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २९४ पटक पढिएको
  • ताप्लेजुङमा गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा

    इटहरी । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका गर्भवती महिलाले वडाबाटै गर्भ परीक्षण सेवा पाउन थालेका छन् । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण गर्न थालेपछि महिलाले वडाबाटै सेवा पाएका हुन् । सिदिङ्वा गाउँपालिकामा गत आर्थिक वर्षदेखि प्रत्येक वडामा पुगेर घुम्ती शिविर सञ्चालन गरी भिडियो एक्स–रेमार्फत गर्भवती महिलाको गर्भ परीक्षण गरिँदैआएको छ । गाउँपालिकाले वडाहरुमा पुगेर गर्भवती महिलाको गर्भ परीक्षण सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको छ । गाउँपालिकाले सुरु गरेको उक्त अभियानको निरन्तरतास्वरुप नयाँ आर्थिक वर्ष २०८२–८३ को सुरुमै शिविर सञ्चालन गरी गर्भवती महिलाको गर्भ परीक्षण ग

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २७८ पटक पढिएको
  • हेंवा खोलामा डाइभर्सन मर्मत गरेसँगै सवारी साधन सञ्चालनमा

    इटहरी । बाढीले क्षति पुर्‍याएको हेंवा खोलामा डाइभर्सन मर्मत गरेसँगै सवारी साधन सञ्चालनमा आएका छन् । सडक डिभिजन इलामले डाइभर्सनको मर्मतपश्चात् सडक सञ्चालनमा ल्याएको हो । हेंवा खोलामा आइतबार बिहान आएको बाढीले त्यहाँ राखिएका पेन स्टक पाइप पुरेसँगै सडक अवरुद्ध थियो । पाँचदिनको प्रयासपश्चात् खोलामा थुप्रेका ढुङ्गा र बालुवा झिकेर सरसफाइ गरेसँगै शुक्रबार बिहानैदेखि निरन्तर यातायात र ढुवानीका साधन चल्न थालेको सडक डिभिजन इलामका हेंवा खोलास्थित सुपरभाइजर डम्बर मिश्रले जानकारी दिनुभयो ।उहाँका अनुसार शुक्रबार हेंवा खोलामा पानीकोे सतह घटेको छ । थप पानी परेर बाढी नआउन्जेल अब यहाँ सडक अवरोध हुनेछैन । हेंवा ख

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २०६ पटक पढिएको
  • धरान कृषि उपज बजारस्थलमा गरिने विषादीको परीक्षण प्रभावकारी बन्दै

    इटहरी । पूर्वी नेपाल र भारतबाट आयातित तरकारीको किनबेच हुने धरान कृषि उपज बजारस्थलमा गरिने विषादीको परीक्षण प्रभावकारी बन्दै गएको छ । हरियो तरकारीमा गरिने विषादी परीक्षणबाट उपभोक्ताले स्वस्थकर तरकारी उपभोग गर्न पाएको बताइएको छ । धरान कृषि उपज बजारस्थलमा दैनिक नेपाली र भारतीय व्यापारीमार्फत भित्रिने गरेको हरियो तरकारीको विषादी परीक्षण गर्ने गरेको धरान कृषि उपज बजारस्थलका प्रबन्धक लक्ष्मण भट्टराईले बताउनुभयो । प्रबन्धक भट्टराईका अनुसार बजारस्थलमा आएका तरकारीको विषादी परीक्षण गरेर खान योग्य भए मात्रै तरकारी व्यापारीमार्फत बजारमा जाने गरेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयको केन्द्रीय कृषि प्रयोगशाल

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २६४ पटक पढिएको
  • कोशी प्रदेशमा लागूपदार्थ नियन्त्रण अभियान, झण्डै २ हजार पक्राउ, ठूलो परिमाण बरामद

    इटहरी । लागुपदार्थको बढ्दो कारोबारबाट सामाजिक क्षेत्रमा नकारात्मक असर पर्दै गएपछि अवैध कारोबार नियन्त्रण गर्न चलाएको निरन्तर अभियानका क्रममा झण्डै दुई हजार व्यक्तिहरु पक्राउ परेका छन् । लागुऔषधका कारण युवाहरुमा नकारात्मक लत बस्ने र त्यसले सामाजिक अपराधलाई समेत बढाउने गरेका कारण प्रहरीले अभियानकै रुपमा नियन्त्रणको प्रयत्न गरेको हो । भारतसँग सीमा जोडिएका जिल्लाहरुबाट ब्राउन सुगर, चरेस र विभिन्न मनोदिपक औषधी भित्रिने र नेपालबाट भारततर्फ गाँजा तस्करी हुने गरेकोले गतवर्ष प्रहरीले तस्करीको उक्त सञ्जाल तोड्न बढी मिहिनेत गरेको देखिएको हो । कोशी प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस अवधिमा ल

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २८९ पटक पढिएको
  • उदयपुर प्रशासनले सबै पालिका र वडालाई परिपत्र, नागरिकतामा आमाको नाम अनिवार्य

    इटहरी । जिल्ला प्रशासन कार्यालय उदयुरले नेपाली नागरिकताको प्रमाणपत्रमा आमाको नाम अनिवार्य समावेश गर्न जिल्लाका सबै पालिका र वडा कार्यालयलाई परिपत्र गरेको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइटेलले नेपाल नागरिकता नियमावली, २०६३ को अनुसूची १ बमोजिम नयाँ नागरिकताको प्रमाणपत्र लिन सिफारिस गर्दा आमाको नामसमेत अनिवार्य रूपमा लेखेर सिफारिस गर्न पालिका र वडालाई परिपत्र गर्नुभएको हो । प्र.जि.अ लुइटेलले यसअघि सम्बन्धित वडाध्यक्षले नागरिकताको प्रमाणपत्र लिन आउने जोकोहीलाई सिफारिस गर्दा आमाको नाम उल्लेख गर्नुपर्ने महलमा खाली नै राखेर सिफारिस गर्ने गरिएको थियो । अब यसरी खाली राख्न नमिल्ने र सन

    • प्रकाशित मितिः साउन ९, २०८२
    • १९४ पटक पढिएको
  • १७ करोड रुपियाँ खर्चेर बनेको एकीकृत फलफूल तथा तरकारी बजार प्रयोगहीन

    इटहरी । मोरङको कटहरी गाउँपालिका–१ स्थित जम्टोकीमा सङ्घीय सरकारको लगानीमा १७ करोड रुपियाँ खर्चेर बनेको एकीकृत फलफूल तथा तरकारी बजार प्रयोगहीन बनेको छ । पाँच बिघा दुई धुर क्षेत्रफलमा बनेको कृषि बजार २०७५ चैत ३ गते उद्घाटन भएदेखि अहिलेसम्म प्रयोगमा आएको छैन । सङ्घीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको व्यावसायिक कृषि तथा व्यापार आयोजना (फ्याक्ट) ले निर्माण गरेको प्रशासनिक भवनसहित परिसरमा ३२ वटा थोक तरकारी तथा फलफूल पसल, ३२ वटा खुद्रा पसल, क्यान्टिन, हेल्थ क्लिनिक, व्यवस्थापक क्लस्टर, सार्वजनिक शौचालय, नापतौल मेसिन, लोडअनलोड क्षेत्र, गोदामघर, बैङ्क घर, सुरक्षाकर्मी पोस्टसहितका संरचना छन् ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २४९ पटक पढिएको
  • तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाईक प्राप्त गर्ने

    इटहरी । तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको सर्वोत्कृष्ट खेलाडीले यमाहाको बाईक प्राप्त गर्ने भएको छ । आगामी साउन २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सर्वोत्कृष्ट बन्ने खेलाडीलाई यमाहाको बाइक प्रदान गरिने भएको हो । लाखेजात्रा पर्वको असरमा भानुजन माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामा सहभागी भएका आठ टिमभित्रबाट फाइनल चरणसम्म पुग्ने सर्वोत्कृष्ट खेलाडीलाई बाइक प्रदान गर्ने लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले बताउनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई यमाहा कम्पनीको एक सय ५० सीसीको बाइक प्रदान गरिने छ ।बाइकको कलर तथा अन्य मोडलको विषयमा कम्पनीसँ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • २६२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]