समाज

    Showing ३,९७१-३,९८० of ९,३८७ items.
  • सहारा नेपाल साकोस कर्मचारीमाथि भएको दुर्व्यवहारको प्रति सेयर सदस्य तथा कर्मचारी द्वारा दुःख व्यक्त

    सुन्दरहरैचा / एकीकृत कर्मचारी संगठनले कर्मचारीमाथि भएको दुव्र्यवहार गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । झापाको बिर्तामोड–२ मा मुख्य कार्यालय रहेको देशकै ठूलो सहकारी अन्तरगतको एकीकृत कर्मचारी संगठन सहारा नेपाल साकोसले बिज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो । कर्मचारीमाथि दुव्र्यवहार साथै सेवा केन्द्र प्रमुखलाई हातपात समेत गरी निकृष्ट कार्य गरिएको थियो । सहारा नेपाल बचततथा ऋण सहकारी संस्था अन्तरगत सेवा केन्द्र मधुमल्लामा कार्यरत सेवा केन्द्र प्रमुख रमेश राई र कर्मचारी शुसिला लामिछानेलाई सदस्यले कर्जा नबिकरण गर्ने शिलशिलामा मिक्लाजुङ गाउँपालिका–२ रचना टोलमा बोलाइएको थियो । स

    • प्रकाशित मितिः साउन १, २०८२
    • ४४९ पटक पढिएको
  • सशस्त्र प्रहरी बल र भारतीय एसएसबीको संयुक्त गस्ती सुरु

    इटहरी । नेपाल–भारत सिमानाको सुनसरी दसगजामा सशस्त्र प्रहरी बल र भारतीय एसएसबीको संयुक्त गस्ती सुरु गरिएको छ । सीमानाकामा हुने अवैध ओसारपसार तथा मानव बेचबिखन, अवैध चोरीपैठारी र खुला सिमानाका कारण हुने अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षासहित संयुक्त गस्ती सुरु गरिएको हो । सशस्त्र प्रहरी बल हेड क्वाटर ४ नम्बर गणका अनुसार सुनसरीको कोशी गाउँपालिका–८, भान्टाबारी तीनकुनेस्थित भारतको भीमनगर र नेपालको हरिपुर नाकामा गस्ती सुरु गरिएको छ । सीमानाकामा मानव बेचबिखन, अवैध चोरी पैठारी र खुला सिमानामा हुने अपराध नियन्त्रण गर्ने उद्देश्यले संयुक्त गस्ती गर्न थालिएको स्थानीय देवराज यादवले जानकारी दिनुभयो । संय

    • प्रकाशित मितिः साउन १, २०८२
    • २५८ पटक पढिएको
  • धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

    इटहरी । इलामको सूर्योदय नगरपालिका–१ मा गएराति एक जनाको हत्या गरिएको छ । माइजोगमाई गाउँपालिका–२ जोगमाइका २१ वर्षीय प्रकाश चापागाईंको हत्या भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । ३२ वर्षीय दाजु निरोज चापागाईंसँगै ससुराली घर गएका प्रकाशको सूर्योदय– १, शिरिसेका ३३ वर्षीय किरण शेर्पासँग झगडा परेको थियो । काजी तामाङको घरमा भएको झगडाका क्रममा धारिलो हतियार प्रकाशमाथि प्रहार हुँदा प्रकाशको घटनास्थलमै मृत्युु भएको जनाइएको छ । दाजुु निरोजको पेटमा पनि धारिलो हतियारबाट गहिरो चोट लागेको र गभ्मीर अवस्थामा रहेका निरोजलाई उपचारका लागि फिक्कल पठाइएको प्रहरीले जनाएको छ । घटना पछि शेर्पालाई प्रहरीले पक्रा

    • प्रकाशित मितिः साउन १, २०८२
    • २७५ पटक पढिएको
  • धरान–चतरा सडकमा पुल निर्माण कार्य ९५ प्रतिशत सम्पन्न

    इटहरी । धरान–चतरा सडकखण्डमा पर्ने तीन वटा पुल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत रहेको सडकखण्डमा पर्ने बाघखोला, बगुवाखोला र ठकुरीखोलामा पुल निर्माण गरिएको हो । निर्माणाधीन तीन वटा पक्की पुलको ९५ प्रतिशत काम सकिए पनि पुलसँग जोडिएका सडकको काम भने बाँकी छ । बहुवर्षीय योजना अन्तर्गत झापाको बाहुनडाँगीदेखि खुर्कोट हुँदै महाकालीसम्म एक हजार दुई सय किलोमिटर मदन भण्डारी राजमार्ग निर्माण अन्तर्गत पुल निर्माण भइरहेका हुन् । पुल निर्माणमा खटिएको सूर्य एन्ड सन्स निर्माण कम्पनीका इन्जिनियर उमेश श्रेष्ठका अनुसार बाघखोला, बगुवाखोला र ठकुरीखोलाको पुल निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । बर्ख

    • प्रकाशित मितिः साउन १, २०८२
    • २४७ पटक पढिएको
  • सेप्टिक ट्याङ्कीमा फसेका चार जनामध्ये एक जना श्रमिकको मृत्यु

    इटहरी । पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ को निर्माणाधिन सेप्टिक ट्याङ्कीमा फसेका चार जनामध्ये एक जना श्रमिकको निसासिएर मृत्यु भएको छ । तीन जना बेहोस भएका छन् भने एक जनाको अवस्था गम्भीर छ ।  जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार निर्माणाधिन घुर्विसे पञ्चमी सहकारी संस्था भवनको सेप्टिक ट्याङ्की निर्माणका क्रममा तीन जना मजदुर निसासिएर बेहोस भएका थिए भने उनीहरुको उद्वारा लागि गएका थप एक जना समेत बेहोस भएका थिए । बेहोस भएकामध्ये ३८ वर्षीय रत्न चेम्जोङको उपचारका क्रममा इलाम अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार उ

    • प्रकाशित मितिः साउन १, २०८२
    • २२२ पटक पढिएको
  • बराहक्षेत्र–११ मा बाललैङ्गिक, अपाङ्गमैत्री आधुनिक शौचालय निर्माण

    बराहक्षेत्र | बराहक्षेत्र नगरपालिका वडा नं. ११, मधुवन बजारस्थित प्रहरी चौकीको पश्चिमतर्फ JFPR प्रयोजनाअन्तर्गत बाललैङ्गिक, अपाङ्गमैत्री तथा आधुनिक सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।यस निर्माण कार्यको अनुगमन वडा अध्यक्ष कृष्ण कुमार महतोसहित अन्य जनप्रतिनिधिहरूले गरेका छन्। शौचालय परियोजना विशेषगरी बालबालिका, दिव्याङ्ग र सर्वसाधारणलाई लक्षित गरी सहज, सुरक्षित र स्वच्छ शौच सुविधा उपलब्ध गराउने उद्देश्यले निर्माण भइरहेको वडा अध्यक्ष महतोले बताए।उनका अनुसार निर्माणाधीन शौचालयले स्थानीय स्वच्छता व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ। अध्यक्ष

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ४२४ पटक पढिएको
  • इटहरी २ मा वैदिक कर्मकाण्ड परिषद नेपालको क्रिया पुत्रि भवन निर्माण हुदै

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा वैदिक कर्मकाण्ड परिषद नेपालको क्रिया पुत्रि भवन निर्माण हुदै छ । यो भवन वैदिक सनातन संस्कृतिको संरक्षण र सामाजिक सेवा दुबै उद्देश्य बोकेर निर्माण गरिएको हो। भवन इटहरी–२ स्थित राजदेवी मन्दिरको छेउमा निर्माण भइरहेको छ । भवन निर्माणको काम हालसम्म जग उठाउने चरणमा पुगेको छ । अब भवनको छत हाल्नुपर्ने कार्य बाँकी छ । निर्माण कार्यलाई अगाडि बढाउन थप आर्थिक सहयोग आवश्यक रहेको भवन निर्माण संयोजक एवं वैदिक कर्मकाण्ड परिषद् नेपाल, सुनसरीका जिल्ला उपाध्यक्ष घनश्याम बरालले बताउनुभयो । बरालका अनुसार,यो भवन केवल वैदिक धर्म मान्नेहरूका लागि मात्र होइन, जुनसुकै धर्म, स

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २९४ पटक पढिएको
  • ताप्लेजुङ जिल्ला अदालतबाट लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट

    इटहरी । ताप्लेजुङ जिल्ला अदालतले लक्ष्यभन्दा बढी मुद्दाको फर्छ्योट गरेको छ। जिल्ला अदालतले आर्थिक वर्ष २०८१र८२ मा लक्ष्यभन्दा बढी अर्थात् साढे बहत्तर प्रतिशत मुद्दाको फछ्र्योट गरेको हो। जिल्ला अदालतका स्रेष्तेदार मनोज बरालका अनुसार चालु आवको अन्तिम दिन बुधबार सम्ममा कुल ४२० वटा मुद्दाको फछ्र्योट भएको छ। चालु आवभित्र ३७५ वटा मुद्दाको फर्छ्योट गर्ने जिल्ला अदालतले लक्ष्य राखेकोमा ४५ वटा बढी मुद्दाको फछ्र्योट भएको स्रेष्तेदार बरालले जानकारी दिनुभयो। उहाँका अनुसार गत आवबाट जिम्मेवारी सरी आएको १२७ वटा र चालु आवमा नयाँ दर्ता भएको ४५२ गरी ५७९ वटा मुद्दामध्ये ४२० वटा मुद्दाको फैसला अर्थात फर्छ्योट गरि

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २६७ पटक पढिएको
  • सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका द्धारा पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड रुपियाँ बढी राजस्व सङ्कलन

    इटहरी । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटन शुल्क बापत एक वर्षमा १५ करोड रुपियाँ बढी राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१–८२  मा पर्यटन शुल्क बापत १५ करोड ५० लाख ९७ हजार रुपियाँ राजस्व सङ्कलन गरेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा १० करोड ३६ लाख ५२ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८०–८१ मा ११ करोड तीन लाख ४६ हजार रुपियाँ पर्यटन शुल्क बापतको राजस्व सङ्कलन गरेको खुम्बु पासाङल्हामु गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले जानकारी दिनुभयो । तीन आर्थिक वर्षको पर्यटन शुल्क तुलना गर्दा आर्थिक वर्ष २०८१–८२ मा गाउँपालिकाले सबैभन्दा बढी पर्यटन शुल्क बा

    • प्रकाशित मितिः असार ३२, २०८२
    • ३०८ पटक पढिएको
  • अन्दाजी २० वर्षकी एक युवतीको शव फेला, पहिचान भने खुल्न बाँकी

    इटहरी । मोरङको बुढीगंगा गाउँपालिका–६, कोयलपुरस्थित नहर नजिकै झाडीभित्र अन्दाजी २० वर्षकी एक युवतीको शव फेला परेपनि शवको पहिचान भएको छैन । शव नग्न अवस्थामा भेटिएको र पहिचान अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले शवको पहिचानका लागि मृतकका कपडा, गहना तथा हातमा लगाइएको ब्यान्ड सर्वसाधारणमा सार्वजनिक गरेको छ । घटनास्थलमा भेटिएका प्रमाण र शवको शारीरिक अवस्थामा आधारित प्रारम्भिक अनुसन्धानले हत्या भएको निष्कर्ष दिएको प्रहरीले जनाएको छ । शवको कम्मरमुनि कपडा नभएको र घटनास्थलमा पाइन्ट, चप्पल, कपालको क्लिपजस्ता सामग्री भेटिएकोले बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ ।बुढीगंगा

    • प्रकाशित मितिः असार ३२, २०८२
    • २५१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]