इटहरी | इटहरी उपमहानगरपालिका वडा नम्बर २ मा वैदिक कर्मकाण्ड परिषद नेपालको क्रिया पुत्रि भवन निर्माण हुदै छ। यो भवन वैदिक सनातन संस्कृतिको संरक्षण र सामाजिक सेवा दुबै उद्देश्य बोकेर निर्माण गरिएको हो। भवन इटहरी–२ स्थित राजदेवी मन्दिरको छेउमा निर्माण भइरहेको छ।२०७५ सालदेखि सुरु गरिएको यो योजना हालसम्म जग उठाउने चरणमा पुगेको छ। अब भवनको छत हाल्नुपर्ने कार्य बाँकी छ। निर्माण कार्यलाई अगाडि बढाउन थप आर्थिक सहयोग आवश्यक रहेको भवन निर्माण संयोजक एवं वैदिक कर्मकाण्ड परिषद् नेपाल, सुनसरीका जिल्ला उपाध्यक्ष घनश्याम बरालले जानकारी दिए।बरालका अनुसार, “यो भवन केवल वैदिक धर्म मान्नेहरूका लागि मात्र होइन, जु
इटहरी । आगलागीमा नष्ट भएका अभिलेखका कारण २३ वर्षदेखि लालपुर्जाबाट वञ्चित सङ्खुवासभा चैनपुरका स्थानीयले जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका छन् । सोमबार विशेष नापी कार्यालयले चैनपुर नगरपालिका वडा नम्बर ९ का ३५ जना स्थानीयलाई लालपुर्जा वितरण गरेको हो । २०५९ साल वैशाख १४ गते माओवादी द्वन्द्वका बेला चैनपुरस्थित नापी तथा मालपोत कार्यालयमा आगजनी र क्षति हुँदा नापी कार्यालयमा रहेका सक्कल नक्सा र फिल्डबुक तथा मालपोत कार्यालयमा रहेका जग्गाधनी दर्ता श्रेस्ता (मोठ) लगायतका महत्त्वपूर्ण कागजातहरू पूर्णरूपमा नष्ट भएको थियो । कागजात नभएकै कारण स्थानीयहरूले लामो समयदेखि कानुनी झन्झट र सम्पत्ति प्रयोगमा समस
इटहरी । डिभिजन वन कार्यालयले हात्ती प्रभावित मेचीनगर–४ बाहुनडाँगीका बासिन्दालाई कागतीका चार हजार बिरुवा निःशुल्क वितरण गरेको छ । हात्ती प्रभावित क्षेत्रमा बाली परिवर्तन गराएर क्षति न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयवासीलाई कागतीका बिरुवा वितरण गरिएको कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठले बताउनुभयो । मेचीनगर नगरपालिका–४ का बासिन्दाका लागि वन कार्यालयबाट प्राप्त कागतीका बिरुवा वडा कार्यालयमार्फत तीन सय परिवारलाई वितरण गरिएको वडाध्यक्ष अर्जुन कार्कीले बताउनुभयो । हात्तीले सुपारीका बोट भाँचेर ठूलो क्षति पुर्याउन थालेकाले हाल सुपारी बगानभित्र रोप्नका लागि कागतीका बिरुवा बाँडिएको उहाँको भनाइ छ । उहाँक
इटहरी । जारमै चिसो रहने प्रशोधित पिउने पानी उत्पादन र बिक्रीवितरण गर्ने अनुमति छैन । प्रशोधित पिउने पानी उत्पादन मापदण्ड निर्देशिकाले जारमा चिसो रहने गरी पानीको बिक्रीवितरणलाई मान्यता दिँदैन । तथापि तराईका जिल्लामा यस्तो पानी उत्पादन गर्ने बेच्ने काम हुँदै आएको छ । कानुनी मान्यता नपाएको यस्तो पानी, उद्योगले उत्पादन गरेर बिक्री गर्दा नियामक निकाय पनि मौन छ । उपभोक्ताको स्वास्थ्यमा असर पर्न सक्छ भनेर उत्पादन अनुमति नदिने गरिए पनि बजारमा निर्बाध बिक्रीवितरणमा हुँदा नियामक निकाय आँखा चिम्लन्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख पुष्पलाल राईले निर्देशिकामै नभएको कुरालाई कुन
इटहरी । कोशी प्रदेश सरकारले केवल बजेट पारित गर्ने परम्परागत अभ्यासभन्दा बाहिर निस्कँदै आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमै जोड दिने नीति लिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सेवा प्रवाह, सामाजिक शुद्धीकरण र स्थानीय प्रशासन सुदृढीकरणका क्षेत्रमा केन्द्रित नीति तथा निर्णयहरू सार्वजनिक गरेको हो । बैठकपछि प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले बजेट प्रभावकारी कार्यान्वयनका लागि निदेशन दिनुभएको जनाउनुभयो । यसैगरी ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको केन्द्रलाई वडा नम्बर ५ को भञ्जाङमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि मन्त्रिपरि
इटहरी । मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । चार्जमा लगाइरहेको मोबाइल चार्जबाट छुटाउने क्रममा सोमबार राति करिब साढे ९ बजेको समयमा फाक्टाङका राजन राईको श्रीमती इन्द्रालाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुशान्त मिश्रले बताउनुभयो । घटनास्थलको मुचुल्काका लागि जिल्लाबाट प्रहरी खटिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ । घटनास्थल
धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आज सोमवार सम्पन्न निर्वाचनमा कुल २ हजार ३४० मत खसेको छ । कुल २ हजार ९०७ मतदाता मध्ये यसपालीको निर्वाचनमा ८० दशमलव ४९ प्रतिशत मत खसेको निर्वाचन अधिकृत राजेन्द्र शर्माले बताए । मतगणना भोली मङ्गलवार बिहान देखी हुनेछ ।प्रारम्भिक चरणमा राजनीतिक दलहरू तटस्थ रहेको देखिएको थियो। तर अध्यक्ष पदका उम्मेदवार गोपाल श्रेष्ठ एमाले निकट भएतापनि अर्का उम्मेदवार शिवराज श्रेष्ठ एमाले पार्टी धरान नगर सचिवालय सदस्य भएकाले उनैलाई आधिकारिक उम्मेदवारको मान्यता दिएर एमाले पार्टी चुनावमा होमिएको देखियो ।एमाले निकट सङ्घका पूर्व अध्यक्षहरू, अग्रज व्यवसायीहरू गोपाल श्रेष्ठको पक्षमा पहिल
दुहबी / दुहबीको सरस्वती मा.वि. विरुद्ध उच्च अदालतको अन्तरिम आदेश जारी । स्थानीय पार्वती कुमारी रौनियारले शनिबार दुहबीमा पत्रकार सम्मेलन मार्फत दुहबी ५ नम्बर वडा सदस्यको श्रीमतीलाई नियुक्ति गर्न चलखेल गरेर योग्य परिक्षार्थीललाइ पाखा लगाउने काम गरेकोआरोप लगाइन् । योग्यता पुगेका योग्य परिक्षार्थीकोलागी न्यायको अपिल गर्दै पत्रकार सम्मेलनमा पार्वती रौनियार भक्कानिदैं रोएकी थिइन । निश्पक्षरूपमा परिक्षा संचालन गर्नुपर्नेमा उनले जोड दिएकी छिन । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीमा समेत उजुरी परेको छ ।
काठमाडौँ । भाटभटेनी सुपरमार्केट व्यवस्थापन पक्षले काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा निर्माण गरिएको ईएचएस भवन सोमवार हस्तान्तरण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा अस्पताल व्यवस्थापनलाई उक्त भवन हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री ओलीले नवनिर्मित भवनको उद्घाटन गरे । भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले आफ्ना स्व। मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा नौ करोड ५० लाख रुपैयाँको लागतमा उक्त भवन बनाइदिएका हुन् । भाटभटेनीले शिक्षण अस्पतालमा भवन बनाइदिएको यो दोस्रो भवन हो । ०६८ सालमा पनि भाटभटेनीले १० करोड रुपैयाँ लागतमा त्यहाँ आकस्मिक कक्षको
इटहरी । उदयपुरको चौदण्डिगढी नगरपालिका १० स्थित मदनभण्डारी राजमार्गसँग इक्राहा र शिवनगरलाई जोड्ने गरी त्रियुगा नदीमा लामोतरीको पाँचसय ५७ मिटर लामो झोलुङ्गे पुल निर्माणको काम सुुरु भएको छ । सङ्घीय सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत सस्पेन्सन बृज डिभिजन आयोजना पुलचोक ललितपुरको नौ करोड ६९ लाख ४९ हजार रुपियाँको लागतमा अबको दुई वर्षभित्रमा निर्माण सम्पन्न गर्नेगरी थानी निर्माणसेवा काठमाडौंले उक्त पुल बनाउन सुरु गरेको हो । वर्षौंदेखि त्रियुगा नदी वारपार गर्दा बाढीको उच्च जोखिम मोल्दै आएका स्थानीयकाबिच पुल निर्माणको शिलान्यास गरी शुभारम्भ गर्नुहुँदै सो क्षेत्रका सङ्घीय सांसद एवम पूर्व
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.