इटहरी । जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको मेचीनगर नगरपालिका– दुर्जनचोकका ६८ वर्षीय पूर्णकुमार श्रेष्ठको मृत्यु भएको छ । तीन दिनअघि जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएको श्रेष्ठको बिएन्डसी अस्पताल बिर्तामोडमा उपचाररत हुनुहुन्थ्यो । तर स्वास्थ्यमा सुधार नभएपछि बिहीबार साँझ छोरा तेजबहादुर श्रेष्ठले घर ल्याउनुभएको थियो । उहाँको हिजै राति करिब ८ बजे घरमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । हात्तीको आक्रमणबाट श्रेष्ठको करङ्ग भाचिँएको थियो भने खुट्टाको गोलीगाँठो र मेरुदण्डको हड्डी फुटेको अस्पतालले जना
इटहरी । मोरङको कटहरी गाउँपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ५८ करोड ९१ लाख ४४ हजार पाँच सय रुपियाँको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कटहरी गाउँपालिका मोरङका १७ पालिकामध्ये पहिलो पालिका हो । दोस्रो गाउँसभा तथा सातौं अधिवेशनको अवसरमा पालिकाका उपाध्यक्ष सीतादेवी राजवंशीले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँपालिकाले सार्वजनिक गरेको बजेटमा चालु खर्चतर्फ ३९ करोड ३८ लाख दुई हजार पाँच सय रुपियाँ र पूँजीगत खर्चतर्फ १९ करोड ५३ लाख ४२ हजार रुपियाँ विनियोजन गरिएको छ । बजेटका आय स्रोतहरूमा आन्तरिक आम्दानीबाट नौ करोड ८० लाख ७८ हजार ४८५ रुपियाँ, अन्तर
इटहरी । धनकुटा नगरपालिका–१०, स्थित उत्तरपानीमा घरको छतबाट लडेर एकजानको महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ६ बजे घरको छतबाट लड्दा ५० वर्षीया प्रमिला राई घिसिङको मृत्यु भएको हो । घरको छतबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जिला प्रहरी कार्यालय धनकुटाका डिएसपी एवम् प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । डिएसपी खनालका अनुसार आफ्नै घरको छतमा लडेर उहाँको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा ल्याउने तयारी भइरहेको प्रहरीले जानाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय धनकुटाले जनाएको छ ।
सुनसरी | सुनसरीको बराहक्षेत्र नगरपालिका वडा -१० मा समाज सेवि रेशु तामाङ को संयाेजन मा लागू औषध दुर्ब्यसन बिरुद्दको अभियान र यसको नियन्त्रण सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम को समापन तथा प्रमाणपत्र बितराण कार्यक्रम सम्पन्न भएको छ । लागू औसध दुर्ब्यसन बिरुद्दको अभियानमा एक एकजुट भई सबै लागौँ भन्ने मुल नारा सहित बिध्यार्थी लक्षित कार्यक्रम अन्तर्गत जम्मा ४५ जना बिद्यार्थी उपस्थित मा प्रशिक्षण कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम सभाध्यक्षको रुपमा समाज सेवि रेशु तामाङ रहनु भएको थियो भने प्रमुख अतिथि को रुपमा बराहक्षेत्र नगरपालिका को नगर उपप्रमुख नन्द कुमारि सुनुवार रहनु भएको थियो । बि
इटहरी | इटहरीको रात्री जीवन, सांस्कृतिक वातावरण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने लक्ष्य सहित फ्लेयर बारटेन्डिङको दोस्रो संस्करण इस्टर्न क्राफ्ट एन्ड फ्लेयर सिरिज सुरू भएको छ । इटहरीस्थित रोयल रिसोर्टमा इलाइट बारटेन्डिङ एकेडेमी इटहरी र स्ट्रिक्ट्ली फ्लेयर प्रा.लि.काठमाडौंको सहकार्यमा आयोजना भएको प्रतियोगितामा नेपालभरिका फ्लेयर बारटेन्डरहरूले आफ्नो सीप, सृजनशीलता प्रस्तुतीकरण गरेका छन् । प्रतियोगितामा २२ जना सहभागीमध्ये ८ जना भोलि हुने फाइनलका लागि छनौट भएका छन् । प्रतियोगितामा उत्कृष्ट बारटेन्डरलाई प्रथम पुरस्कारका रूपमा नगद ५० हजार रुपैयाँ , दोस्रो पुरस्कार ३० हजार, तेस्रो पुरस्क
बिवस पराजुलीइटहरी । नेपालको लागि सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले इटहरीमा नयाँ आधिकारिक डिलर भवानी शंकर एण्ड सन्स मार्फत सुजुकीको नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । डिलरशिपको उद्घाटनको अवसरमा कम्पनीले असार ५ देखि ९ गतेसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प र असार ५ देखि १५ गतेसम्म विशेष सर्भिस क्याम्प सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार, क्याम्प अवधिभर ग्राहकहरूले सुजुकीका विभिन्न मोडेल परीक्षण गर्न, पुराना गाडी साट्न तथा विभिन्न विशेष अफर तथा सेवाहरूको लाभ लिन सक्नेछन् । टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पमा सहभागी भई नयाँ गाडी खरिद गर्ने ग्राहकले मोडेल अनुसार २ लाख रुपैयाँ सम्मको
इटहरी । इटहरी वडा नं. १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयले विहीबार रक्तदान कार्यक्रम गरेको छ । नेपाल स्काउटको ७४ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ५३ जनाले रक्तदान गरेका छन् । स्काउटर कार्यक्रम संयोजक शिक्षक वन्दना दाहालका अनुसार रक्तदानमा अभिभावक, शिक्षक, विद्यार्थी, स्काउटका सदस्यसँगै स्थानीय गाउँलेले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट ट्रुपको आयोजनामा भएको थियो । सो क्रममा स्काउटका कोशी प्रदेश आयुक्त हेमन्त भण्डारी, इटहरी उपमहानगरपालिका आयुक्त डाक्टर वेणुप्रसाद सिटौला, इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष कै
इटहरी | देशभर गर्मीको तीव्रता बढिरहेका बेला सुनसरी जिल्लामा नेपाल तरुण दलले सर्वसाधारणलाई लक्षित गर्दै निःशुल्क चिसो पानी वितरण कार्यक्रम सञ्चालन गरेको छ। गर्मीका कारण दैनिक जनजीवन कष्टकर बन्दै गएको अवस्थामा नागरिकलाई राहत प्रदान गर्ने उद्देश्यले नेपाल तरुण दलले विभिन्न ठाउँमा चिसो पानी वितरण गर्न थालेको हो।नेपाल तरुण दल सुनसरीले रामधुनी , दुहबी, खनार, इटहरी, तरहरालगायतका विभिन्न स्थानमा सडक प्रयोगकर्ता र यात्रुहरूलाई लक्षित गर्दै निःशुल्क चिसो पानी वितरण गर्दै आएको छ। बाटोमा हिँड्ने बटुवाहरूलाई तत्काल राहत मिलोस् भन्ने भावना साथ गरिएको यस अभियानमा नेपाल तरुण दलका युवाहरूको सक्रिय सहभागिता देख
इटहरी । ताप्लेजुङमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा सात जनालाई गैरआवासीय नागरिकता वितरण गरिएको छ। जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले हाल विभिन्न देशमा बसोबास गर्दै आएका उक्त सङ्ख्यालाई गैरआवासीय नागरिकता वितरण गरेको हो। जिल्ला प्रशासन कार्यालयकी सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काअनुसार गतवर्ष आर्थिक वर्ष भरमा छ जनालाई गैर आवासीय नागरिकता वितरण भएको थियो। यसवर्ष जेठ मसान्तभित्रै सात जनालाई गैर आवासीय र सोही सङ्ख्या अर्थात सात जनालाई नै अङ्गीकृत नागरिकता वितरण गरिएको सहायक प्रजिअ खड्काले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कअनुसार गत आवमा १३ जनालाई वै
इटहरी । विराटनगरमा भएको सवारी दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ। विराटनगर महानगरपालिका–३ स्थित पञ्चेश्वर मन्दिर अगाडि को १ क ९५३ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा पछाडि सवार सुन्दरहरैँचा–१२ का ४८ वर्षीय सुशील बजगाईंको मृत्यु भएको हो। दक्षिणबाट उत्तरतर्फ गइरहेको टिपरले सोही दिशामा जाँदै गरेको प्र १–०२–०४८ प ३७८१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। गम्भीर घाइते अवस्थामा रहेका बजगाईंलाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषित गरेका थिए। स्कुटर चालक उनका २० वर्षीय छोरा प्रितम बजगाईं सकुशल रहेका छन्। दुर्घटनापछि टिपर चालक मोरङको कानेपोखरी–३
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.