इटहरी । व्यक्तिको गोप्य भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भोजपुरको षडानन्द नगरपालिका–१ घर भएका २९ वर्षीय सुजन भुजेल र सोही ठाउँका २१ वर्षीय बिपल राई छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाको टोलीले पक्राउ गरेको हो । उनीहरुले एक व्यक्तिको अश्लिल भिडियो, फोटो खिचेर ब्ल्याकमेलिङ गरेको र आफन्तलाई समेत पठाएर चरित्र हत्या गरेको पाइएको प्रहरीले बताएको छ ।आफूहरुले भनेअनुसार नगरे ती भिडियो, फोटो सार्वजनिक गरिदिने भन्दै उनीहरुले धम्की दिएको पाइएको संखुवासभा प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुविरुद्ध आपराधिक लाभ र साइबर अपराधको कसुरमा प्रहरीले अनुसन्
इटहरी । कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२–८३ का लागि बजेट सार्वजनिक गर्ने भएको छ। बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट प्रस्तुत गर्नेछन्। चालु आर्थिक वर्ष २०८१–८२ मा उनले ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएका थिए। मुख्यमन्त्री हिक्मत कुमार कार्कीका अनुसार आगामी वर्षका लागि बजेट ३७ अर्ब रुपैयाँ हाराहारीमा रहनेछ। बजेटमा सांसद विकास कार्यक्रमका लागि पनि छुट्टै व्यवस्था गरिएको छ। प्रत्यक्ष निर्वाचित सांसदलाई २ करोड ५० लाख रुपैयाँ र समानुपातिक प्रणालीबाट निर्वाचित सांसदलाई १ करोड ५० लाख र
इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ७ को सहयोग तथा एभरेष्ट आर्ट फ्युजन पथरी शनिश्चरे –१ को आयोजनामा खुल्ला नगर स्तरीय लोक नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । शनिबार दुर्गा माध्यमिक विद्यालयको प्राङ्गणमा कला सांस्कृतिक प्रवद्र्धन तथा संरक्षण कार्यक्रमका लागि एक दिवसीय प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा चिनारी अंग्रेजी बोर्डिङ स्कुल , रेडस्टार अंग्रेजी माध्यमिक विद्यालय र सुजना डान्स सेन्टरले क्रमशः पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेका थिए । प्रतियोगिताका विजेतालाई क्रमशः १० हजार ८ हजार र ६ हजार रूपैयाँ नगद सहित ट्रफी,कप र प्रमाणपत्र प्रदान गरिएको थियो । पथरी
इटहरी । मैवाखोला गाउँपालिकामा जनश्रमदान अभियानमार्फत काठेपुल निर्माण थालिएको छ । मैवाखोला(४ साँघुस्थित एकबासे नेरुवाखोला र माङमाया खोलामा अस्थायी मोटरेवल काठेपुल निर्माण सुरु गरिएको हो । गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमको अगुवाइ र स्थानीय समुदायको सहभागितामा श्रमदान अभियानमार्फत पुल निर्माण थालिएको पालिका कार्यालयले जनाएको छ । करिब रु तीन लाख ५० हजार बराबरको श्रमदान गरेर नेरुवाखोलामा काठे मोटरेवल पुल निर्माण हुने अध्यक्ष वनेमले जानकारी दिनुभयो । पुल बनाउँदा प्रयोग हुने भ्याकु लोडर(मेसिन), ट्र्याक्टर र तारजाली गाउँपालिकाले उपलब्ध गराउने छभने अन्य आवश्यक सामग्री सबै श्रमदानमार्फत जुटाइने उहा
इटहरी । शनिबार दिनभरको टन्टलापुर घाम । ढोल, झ्याम्टाको तालसँगै साकेला गीतले गुञ्जयमान वातावरण । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको माटीकोरे खेलमैदानमा भरिभराउ मानिसको भीड । सधैँ फुटबल खेल प्रतियोगिताका दर्शकले भरिभराउ हुने माटीकोरे खेलमैदान साकेला गीत र ढोल–झ्याम्टाको तालसँगै साकेला सिली प्रदर्शनले गुञ्जयमान बनेको हो । जिल्लाका विभिन्न स्थानीय तहबाट आएका दर्जनौँ साकेला सिली प्रदर्शन टोली सहभागी कार्यक्रममा बालबालिकादेखि बुढापाकासम्म साकेला सिली प्रदर्शनीमा रमाइरहेका थिए । करिब ३० डिग्री सेल्सियसको टन्टलापुर घामको प्रवाह नगरी ढोल र झ्याम्टको तालसँगै साकेला गीत गाउँदै नाच्न कस्सिएक
इटहरी | इटहरी उपमहानगरपालिका वडा नं. १७ को कार्यालयको आयोजनामा तथा प्रेस नेटवर्क म्यानेजमेन्ट प्रा.लि, सुन्दरहरैंचा मोरङको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ । तालिम ६ दिन सम्म वडा नं. १७ को कार्यालयको भवनमा हुदै छ।तालिमको उद्घाटन वडा अध्यक्ष प्रभात कुमार आचार्यले गर्नुभएको थियो । तालिमको सहजीकरण सिमा बस्नेतले गर्नुभएको हो । तालिममा २८ जना सहभागीहरूको सक्रिय उपस्थिति रहेको छ । तालिमको उद्देश्य युवाहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै उद्घोषण तथा प्रभावकारी सञ्चार सीप विकास गर्नु रहेको छ । भने, महिलाहरु धेरै जसो गृहेणीका रुपमा काम गरेर बाहिर गएर स्टेजमा बोल्न नसक
इटहरी । चीन–नेपाल मैत्री औद्योगिक पार्कसम्बन्धी छलफल तथा स्थलगत अनुगमनका लागि चीनको सिजाङ सामाजिक विज्ञान प्रतिष्ठान अन्तर्गत दक्षिण एसियाली अध्ययन संस्थानका निर्देशक याङ याबोको नेतृत्वमा एक उच्चस्तरीय शैक्षिक प्रतिनिधिमण्डल दमक आएको छ । स्थानीय जनप्रतिनिधि र स्थानीय सरोकारवालासँग उक्त टोलीले छलफल गरेको बताइएको छ । याङ याबोको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा सहायक अनुसन्धान फेलो झाङ जियाङहोङ्ग, गान युए, डे के, झाङ लिली तथा डाक्टर गा जाङबेन सहभागी रहनुभएको पार्कका अध्यक्ष गोविन्द थापाले बताउनुभएको छ । शुक्रबार र शनिबार टोलीले स्थानीय राजनीतिक दलका नेतृत्व र जनप्रतिनिधिसँग छलफल गरेको उहाँले बताउन
इटहरी । भोजपुर नगरपालिका–६ पालुवाका किसान व्यावसायिक सुन्तलाखेतीमा जुटेका छन् । एकपटक खेती विस्तार गरेपछि वर्षौँ आम्दानी लिन सकिने भएकाले किसान सुन्तलाखेतीमा आकर्षित भएका हुन् । यस क्षेत्र अधिकांश किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएको स्थानीय किसान प्रदीप तामाङले बताउनुभयो । हाल किसानले पुराना बगानको संरक्षणसँगै नयाँ बिरुवा धमाधम विस्तार गरिरहेको उहाँ बताउनुहुन्छ । वडा कार्यालयले सुन्तलाखेतीमा लाग्ने किसानलाई बिरुवा वितरणसँगै प्राविधिक सहयोग गर्दै आएको उहाँ भनाइ छ । यहाँको भङ्गेरी तथा पालुवा सुक्खा क्षेत्र भए पनि वडाले सिँचाइका लागि आवश्यक सहयोग गरेपछि किसानलाई सहजता भएको
इटहरी । उदयपुरका विभिन्न सामुदायिक विद्यालयले विद्याार्थीबाट चर्को शुल्क लिन थालेपछि अविभावक चिन्तित बनेका छन् । शिक्षा ऐनविपरीत निःशुल्क तथा अनिवार्य शिक्षा पाउने कानुनी व्यवस्थाविपरीत भर्ना अभियानका क्रममा सरकारी विद्यालयले चर्को शुल्क लिन थालेका छन् । बालबालिकाका लागि निःशुल्क तथा अनिवार्य शिक्षा भनी नेपालको संविधानमा मौलिक हकका रूपमा उल्लेख गरेको भए पनि अङ्ग्रेजी माध्यमबाट कक्षा शिक्षण गर्ने शिक्षकलाई थप सुविधा दिने बहानामा सरकारी अनुदानमा सञ्चालित विद्यालयले बोर्डिङ स्कुलले झैँ धमाधम शुल्क असुल्न थालेपछि आर्थिक मारमा परेको अभिभावकको भनाइ छ । यसैबिच जिल्लाको चौदण्डीगढी नगरपालिका–९, ह
इटहरी । मेची राजमार्गको पाँचथर खण्ड अन्तर्गतको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भत्किँदा घाइते भएका तीन मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्लाको सिमरा उपमहानगरपालिका–१२ निवासी २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय राकेश चौधरी रहेका छन् । गम्भीर घाइते भएका उहाँहरुलाई पाँचथर अस्पतालबाट थप उपचारका लागि मोरङको विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ अस्पताल पठाइएकोमा अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रारम्भिक अवस्थामा बाहिरी चोट नदेखिए पनि उहाँहरु बोल्न नसक्ने अवस्थामा रहेको पाँचथर अस्पतालले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.