इटहरी । संविधानसभा निर्वाचनको बेला यहाँका ठुला राजनीतिक दलले चुनावी एजेन्डा बनाएको मोरङको सुनवर्षी नगरपालिका वडा नं। १ को जोगीधाप –केचना जोड्ने मरिया बक्राहा खोलाको पुल १० वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन । दोस्रो संविधानसभाको निर्वाचन जितेपछि तत्कालीन सभासद् चण्डीप्रसाद राईको पहलमा २०७१ सालमा पुलको निर्माण सुरु भएको हो । त्यसयता तत्कालीन अमरदह गाविसको नाम बदलिएर सुनवर्षी नगरपालिका भयो । दुई पटक सङ्घ,प्रदेश र स्थानीय तहको निर्वाचन भयो । वडा, नगर र सङ्घको चुनाव काङ्ग्रेस र एमालेले आलोपालो जिते भने प्रदेशमा दुवै पटक एमालेले जित्यो । सुनवर्षी –१ बाट नै प्रदेश सांसद बन्नुभएका लीलावल्लभ अधि
इटहरी | भारतीय सेनाको गौरवशाली गोरखा पल्टनमध्ये एक पाँच एघार गोरखा राइफल्स (बोग्रा) को ७७ औं स्थापना दिवसको अवसरमा इटहरीमा भव्य भेटघाट कार्यक्रम सम्पन्न भएको छ। यस विशेष कार्यक्रमले सेवा निवृत्त गोरखा सैनिकहरूबीचको सम्बन्धलाई पुनः जीवन्त बनाउँदै, इतिहास, योगदान र एकताको भावना झल्काएको छ।इटहरीको साग्रीला होटल एण्ड ट्रि हाउसमा सम्पन्न उक्त कार्यक्रममा दुई सयभन्दा बढी सेवा निवृत्त भारतीय गोरखा सैनिकहरूको उपस्थिति रहेको थियो। कार्यक्रम सुवेदार लाल बहादुर राईको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रम संयोजनको भूमिका हनेरी क्याप्टेन संजीव राईले निर्वाह गर्नुभएको थियो। कार्यक्रम सञ्चालनको जिम्मेवार
रामधुनी, सुनसरी – रामधुनी नगरपालिका वडा नं. ४ मा आयोजित ४औं टी.एस. राई कप अन्तर्राष्ट्रिय कराते प्रतियोगिता उपप्रमुख तारा थापा ज्युको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको छ।यस प्रतियोगितामा नेपाल, भारत र भुटानबाट खेलाडीहरूको उत्साहजनक सहभागिता रहेको थियो। पदक तालिकामा आयोजक टिम नेपालले शानदार प्रदर्शन गर्दै कुल ३९ स्वर्ण, ३५ रजत र ७ कास्य पदक जित्दै टिम च्याम्पियनको उपाधि हात पारेको छ। भुटानले ४ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गरी दोस्रो स्थान हासिल गर्यो भने भारतले १ स्वर्ण, ८ रजत र ४ कास्य पदकसहित तेस्रो स्थानमा चित्त बुझायो।प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरूलाई एक
भोजपुर| भोजपुरको अरुण गाउँपालिका केन्द्र प्याउलीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट गाउँपालिका भित्रका विभिन्न वडाका ११५ जना आँखाका बिरामीहरूले सेवा लिएका छन्। आर्थिक अवस्था कमजोर भएका र आँखाको उपचारका लागि अन्यत्र जान सक्दैनथिएजस्ता नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको यस शिविरमा आँखाको परीक्षणदेखि लिएर अप्रेसनसम्म सेवा दिइएको हो।शिविरमा सहभागीमध्ये २३ जनाको आँखाको गम्भीर समस्या पहिचान भई तत्कालै अप्रेसन गरिएको गाउँपालिकाले जनाएको छ। बाँकी बिरामीहरूको आँखाको सामान्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। शिविरमा वृद्धवृद्धा, महिला, बालबालिका, तथा विभिन्न उमेर समूहका नागरिकहर
भोजपुर | भोजपुरको अरुण गाउँपालिका वडा नम्बर ७ लाई ‘पूर्ण खोप सुनिश्चितता तथा वडादिकोपना’ वडा घोषणा गरिएको छ। सार्वजनिक स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण उपलब्धि मानिएको यस घोषणालाई गाउँपालिकाको नेतृत्वमा विशेष कार्यक्रममार्फत सार्वजनिक रूपमा घोषणा गरिएको हो।वडाका अध्यक्ष कुमार थापाका अनुसार यो कार्यक्रम लामो समयदेखिको तयारी, समन्वय र समुदायस्तरको सक्रिय सहभागिताको परिणामस्वरूप सम्भव भएको हो। उहाँले भन्नुभयो, “पूर्ण खोप सुनिश्चितता केवल स्वास्थ्यको सवाल होइन, यो समुदायको जागरूकता र सहकार्यको उदाहरण पनि हो।”कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य ललितकुमार राई तथा वडा सदस्य जितबहादुर राई
इटहरी । कोशी प्रदेशसभाको सातौं अधिवेशन आउँदो जेठ ४ गतेका लागि आह्वान गरिएको छ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले बुधबार विज्ञप्ति जारी गरी जेठ ४ गते आइतबार दिउँसो २ बजेका लागि प्रदेशसभाको सातौं अधिवेशन आह्वान गर्नुभएको हो । कोशी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेशको सभाको वर्खे ९सातौँ० अधिवेशन जेठ ४ गते २ बजे बस्ने गरी आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।मन्त्रिपरिषद बैठकले स्थानीय सरकार सेवा ९गठन तथा सञ्चालन० नियमावली उपर प्रदेश लोकसेवा आयोगको परामर्श माग गर्ने निर्णय पनि गरेको छ । यस्तै कोशी गाउँपालिका सुनसरीको केन्द्र हेरफेर गर्न नेपाल सरकारल
इटहरी । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा १२ औँ संस्करणको रारा रनिङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । रारा फुटबल क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता वैशाख २९ देखि जेठ ४ गतेसम्म सञ्चालन गर्ने जनाएको हो । पुण्य मावि राजारानीको खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक रारा फुटबल क्लब, सलहेश फुटबल क्लब सिराहा, चर्च ब्वाइज युनाइटेड क्लब काठमाडौँ, बागमती युथ क्लब सर्लाही, गोल्डेन स्टार क्लब सुनसरी, एलएक्स सिटी युथ क्लब मोरङ, बिर्तामोड युनाइटेड क्लब झापा र डाँडाबजार फुटबल क्लब धनकुटा गरी आट टिमको सहभागिता रहने छ । प्रतियोगिताको पुरस्कार राशी यसपटक वृद्
इटहरी । नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टेम्केमैयुङ गाउँपालिका–१ स्थित तिम्मा वडा पूर्ण खोप सुनिश्चितता भएको वडा घोषणा गरिएको छ । वडा नम्बर १ का वडा अध्यक्ष तथा वडा खोप समन्वय समिति अध्यक्ष नर बहादुर राईले स्वास्थ्य चौकी तिम्मालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्नुभएको हो । राष्ट्रिय पूर्ण खोप सुनिश्चितता निर्देशिकामा उल्लेखित सम्पूर्ण प्रक्रिया पूरा गरी १५ महिनाभित्र निःशुल्क उपलब्ध गराइने सम्पूर्ण खोप बालबालिकालाई प्रदान गरिएकाले यस वडाले पूर्ण खोप सुनिश्चितता प्राप्त गरेको हो । घोषणा कार्यक्रममा बोल्दै वडा अध्यक्ष राईले खोप कार्यक्रमलाई निरन्तरता दिने तथा यसलाई स्थानीय निक
इटहरी । खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ । फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर बसेकाले अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो । दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए। गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं १ लिकुवापोखरीका चार, वडा नं २ वाप्लुखाका एक, वडा नं ३ सावाकटहरेका चार, वडा नं ४ बडकादियालेका चार जोडीलाई सम्मान गरेको छ । त्यस्तै, वडा नं ६ इन्द्रणीपोखरीका छ, वडा नं ७ खोटाङबजारका एक, वडा नं ८
इटहरी । उदयपुरको बेलका(८ कोठुमा पर्ने कोशी नदीको पुलबाट मङ्गलवार बिहान हाम्फालेका बराहक्षेत्र(१ का ५२ वर्षीय मकरजंग राईको उद्धार गरी उपचारको क्रममा मृत्यु भएको छ । राईले पुलबाट हाम्फाल्ने बित्तिकै स्थानीयले अस्थायी प्रहरी पोष्ट कोठुमा जानकारी गराएका थिए । लगत्तै उद्धारमा खटिएका प्रहरी टोलीले उनलाई जिउँदै नदीबाट उद्धार गरेको थियो । गम्भीर घाइते भएका राईलाई उपचारका लागि वीपी प्रतिष्ठान पुर्याइएकोमा उपचारको क्रममा मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.