समाज

    Showing ५३१-५४० of १०,२५३ items.
  • गुन्डा नाइके अभिषेक गिरीसँगको ‘कनेक्सन’ र आर्थिक कारोबार खोतल्दै प्रहरी, विराटनगरबाट सुधार केन्द्र सञ्चालक मुकेश कार्की पक्राउ

    विराटनगर । प्रहरीको नियन्त्रणमा रहेका आपराधिक पृष्ठभूमिका ‘गुन्डा नाइके’ अभिषेक गिरीसँग निकट सम्बन्ध रहेको देखिएपछि विराटनगरका सुधार केन्द्र सञ्चालक मुकेश कार्की पक्राउ परेका छन्।विराटनगर महानगरपालिका–७ निवासी ४६ वर्षीय कार्कीलाई वडा प्रहरी कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाको संयुक्त टोलीले शनिबार बिहान करिब ७ः३० बजे घरबाटै पक्राउ गरेको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको प्रहरीले जनाएको छ। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार गिरीसँग लामो समयदेखि सम्पर्क र सम्बन्ध रहेको देखिएपछि अनुसन्धानका लागि कार्कीलाई नियन्

    • प्रकाशित मितिः साउन ९, २०८३
    • १३४ पटक पढिएको
  • लेटाङ–२ का राजेन्द्र राईले विराटनगरको गोल्डेन अस्पतालमा गरे आफैँमाथि सिसा प्रहार, गम्भीर घाइते राईको उपचारका क्रममा निधन

    इटहरी । आमाको उपचारका लागि विराटनगर पुगेका मोरङको लेटाङ नगरपालिका–२ का ४० वर्षीय राजेन्द्र राईको आफ्नै पेटमा सिसा प्रहारबाट गम्भीर घाइते भएपछि उपचारका क्रममा मृत्यु भएको छ।प्रहरीका अनुसार राजेन्द्र आफ्नी ६९ वर्षीया आमा राम्रिका राईको उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पतालमा बसेका थिए। साउन २ गते बिहान करिब ६ बजेतिर अस्पतालको पछाडिपट्टि पुगेका उनले घरको झ्यालमा प्रयोग हुने सिसाले आफ्नै पेटमा प्रहार गरेका थिए। गम्भीर घाइते भएका उनलाई तत्काल गोल्डेन अस्पतालमै भर्ना गरी उपचार थालिएको थियो। उपचारकै क्रममा शुक्रबार साँझ करिब ७ बजे उनको मृत्यु भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ७५ पटक पढिएको
  • नापी कार्यालय ताप्लेजुङद्वारा झण्डै दोब्बर राजश्व सङ्कलन

    इटहरी । नापी कार्यालय ताप्लेजुङले झण्डै दोब्बर राजश्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को तुलनामा गत आर्थिक वर्ष २०८२र०८३ मा झण्डै दोब्बर राजश्व सङ्कलन गरेको हो ।नापी कार्यालय ताप्लेजुङका कार्यालय प्रमुख नापी अधिकृत इन्जिनियर रजिता श्रेष्ठका अनुसार गत आर्थिक वर्ष २०८२र०८३ मा ५५ लाख ८७ हजार छ रुपियाँ राजश्व सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१र०८२ मा २८ लाख ४६ हजार ८२५ रुपियाँ राजश्व सङ्कलन भएको कार्यालय तथ्याङ्कमा उल्लेख छ । नापी अधिकृत श्रेष्ठका अनुसार गत आवमा भन्दा भर्खर सम्पन्न भएको आवमा २७ लाख ४० हजार बढी राजश्व सङ्कलन भएको छ ।यस्तै कार्यालयका अनुसार आर्थिक वर्ष २०८०र०८१ को तुलनाम

    • प्रकाशित मितिः साउन ९, २०८३
    • ९९ पटक पढिएको
  • १०४ ग्राम खैरो हेरोइनसहित विराटनगरबाट एक जना पक्राउ

    इटहरी । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले १०४ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ।बिहीबार मोरङको विराटनगर महानगरपालिका–४ स्थित लालिगुराँस टोलबाट सुनसरीको दुहबी नगरपालिका–१२ ठेगाना भएका २१ वर्षीय धनकुमार यादवलाई पक्राउ गरिएको हो।प्रहरीले यादवको साथबाट १०४ ग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरेको छ। पक्राउ परेका यादवलाई आवश्यक थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको लागुऔषध नियन्त्रण ब्युरोका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिनुभयो। 

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ११७ पटक पढिएको
  • होटल तथा पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै सनसाइन स्कुल

    इटहरी । होटल तथा पर्यटन क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्दै युवालाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यले इटहरीमा सञ्चालन गरिएको बारिस्टा तालिमले सहभागीहरूलाई सीप विकासमा सहयोग पु¥याएको छ । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको संयोजन तथा नेपाल पर्यटन बोर्ड र यूएनडीपीको दिगो पर्यटन परियोजनाको सहयोगमा सनसाइन स्कुल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्टमा तालिम सञ्चालन गरिएको हो । २१ दिने निःशुल्क तालिमका रूपमा सुरु गरिएको कार्यक्रम स्कुलले थप समय दिएर २५ दिन सम्म सञ्चालन गरेको थियो । असार १४ गतेदेखि सुरु भएको तालिममा ३० जना भन्दा बढी युवाको सहभागिता रहेको थियो । तालिममा

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ५८ पटक पढिएको
  • तेह्रथुमको लसुनेमा एक करोड १० लाखको लागतमा सहिद धनरुपा स्मृति पार्क निर्माण सम्पन्न

    इटहरी । पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उदेश्यले तेह्रथुमको लालीगुरस नगरपालिका ७ र ९ को सङ्गम स्थल लसुने डाडामा निर्माण थालीएको सहिद धनरुपा स्मृति पार्कको निर्माण कार्य सम्पन्न भएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर आयोजना कार्यालय बसन्तपुर, कोशी प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालय र लालीगुराँस नगरपालिका समेतको साझेदारीमा १ करोड १० लाख रुपैंया लागतमा पार्कको निर्माण कार्य सम्पन्न भएको सहिद धनरुपा स्मृति प्रतिष्ठानका सचिव दिपेन्द्र कार्कीले वताउनु भयो । पार्कमा द्धन्दकालमा राज्य पक्ष बाट मारिएका लालीगुराँस नगरपालिका भित्रका छ जनाको अर्धकदको शालिक राखीएको छ । पार्कमा धनरु

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १२२ पटक पढिएको
  • इटहरीमा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि सरोकारवालासँग पैरवी समूह गठन

    इटहरी । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले भोग्दै आएका राजनीतिक तथा सामाजिक बहिष्करणका विषयमा सरोकारवालाबीच सहकार्य र पैरवीलाई प्रभावकारी बनाउने उद्देश्यले इटहरीमा पैरवी समूह गठन कार्यक्रम सम्पन्न भएको छ।बुधबार इटहरीस्थित होटल त्रियुगा मा आयोजित कार्यक्रममा माननीय सपना परियार,माइती नेपाल सुनसरीको प्रमुख सुनीता कार्की,स्थानीय तहका प्रतिनिधि, सञ्चारकर्मी, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायले समाजमा अझै पनि विभेद, बहिष्करण तथा अवसरको असमानता भोग्नुपरेको

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ५६ पटक पढिएको
  • विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँसहित उपसचिव पक्राउ

    इटहरी । विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ६ लाख ६५ हजार रुपैयाँ नगदसहित राष्ट्रपति चुरे तराई–मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख तथा उपसचिव मिक्मार तामाङ पक्राउ परेका छन्।प्रहरीका अनुसार दोलखाको भीमेश्वर नगरपालिका–९ घर भएका तामाङ साउन ३ गते बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौं जान लागेका बेला विमानस्थलको नियमित सुरक्षा जाँचका क्रममा नियन्त्रणमा परेका हुन्।उनले बोकेको कालो झोलाबाट एक हजार दरका ५१५ थान र पाँच सय दरका ३०० थान नोट गरी कुल ६ लाख ६५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ। बरामद भएको रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १०१ पटक पढिएको
  • मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    इटहरी । मोरङको रतुवामाईमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । प्रहरीका अनुसार हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका–४ भद्रचोकमा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले विराटनगरबाट झापाको गौरीगन्जतर्फ जाँदै गरेको बा ७३ प ४२१६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १०ः३५ बजेतिर दुर्घटनामा परेको जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक गौरीगन्ज गाउँपालिका–६ आठमोजाका २८ वर्षीय वरुणकुमार राजवंशीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि रतुवामाई नगर अस्पताल झुर्किया पुर्याउ

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १५९ पटक पढिएको
  • इटहरी उपमहानगरपालिकामा सुत्र प्रणाली बिग्रिँदा सात दिनदेखि राजस्व सेवा ठप्प, हजारौँ सेवाग्राही समस्यामा

    इटहरी । इटहरी उपमहानगरपालिकाको राजस्व संकलनसम्बन्धी सेवा सात दिनका लागि बन्द गरिएको भए पनि प्राविधिक समस्या समाधान हुन नसक्दा सेवा अझै सञ्चालनमा आउन सकेको छैन।स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सुत्रमा नयाँ आर्थिक ऐन, २०८३ अनुसारका कर तथा शुल्कका विवरण अद्यावधिक गर्ने क्रममा देखिएको प्राविधिक समस्याका कारण राजस्व सेवा प्रभावित भएको हो। उपमहानगरपालिकाले बिहिबार जारी गरेको जरुरी सूचनाअनुसार साउन ७ गतेभित्र प्रणालीमा आवश्यक विवरण प्रविष्ट गर्ने लक्ष्य राखिएको थियो। तर, प्राविधिक अवरोधका कारण तोकिएको समयमै राजस्व सेवा पुनः सञ्चालन गर्न नसकिएको जनाएको छ।यसअघि उपमहानगरपालिकाले साउन ७ गतेसम्म नगर

    • प्रकाशित मितिः साउन ८, २०८३
    • ९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]