समाज

    Showing ५,४११-५,४२० of ११,२६६ items.
  • उर्लाबारीमा टिकटक ग्रुप मित्रताको बन्धनद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

    इटहरी । मोरङको उर्लाबारीमा “सामाजिक सेवा, सुमधुर सम्बन्ध हाम्रो दायित्व” भन्ने नाराका साथ सामाजिक सञ्जाल टिकटक ग्रुप मित्रताको बन्धन मोरङले उर्लाबारीमा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष ऋषिकेश नेपालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता तथा टिकटकर सिर्जना श्रेष्ठ प्रमुख अतिथि रहनु भएको थियो। विशिष्ट अतिथि पूर्व जनप्रतिनिधि तथा समाजसेवी शैलेन्द्र श्रेष्ठ, झापाली टिकटकर सपु क्षेत्री लगायत कोशी प्रदेशका विभिन्न स्थानबाट करिब दुई सय जना सहभागी भएको कार्यक्रममा  राष्ट्रिय तथा स्थानीय कलाकारहरूले सांस्कृतिक नृत्य, गीत र विभिन्न मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ३६४ पटक पढिएको
  • विद्यार्थी र अभिभावकसँगै हिमालय इङ्गलिस स्कुलले मनायो तीज

    इटहरी । मोरङको सुन्दरहरैचा–१० मा रहेको हिमालय इङ्गलिस स्कुलले हरितालिका तीजको अवसरमा शुक्रबार विशेष कार्यक्रम आयोजना गरेको छ । स्कुलको प्रांगणमा अभिभावक र विद्यार्थीलाई तीजको दर खुवाउँदै मनोरंजन सहित तीज कार्यक्रम मनाईएको हो । विद्यालयका प्रिन्सिपल कमल खनालका अनुसार, विद्यार्थीलाई संस्कार र संस्कृति सम्बन्धी जानकारी दिने र अतिरिक्त क्रियाकलापमा सहभागी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। खनालले स्कुललाई अन्य विद्यालयभन्दा फरक किसिमले सञ्चालन गर्दै सैद्धान्तिक र व्यवहारिक ज्ञानसँगै छुट्टै नमूना विद्यालयको रूपमा अघि बढाएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिका

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • २२६ पटक पढिएको
  • पथरीमा “चरणदास चोर“को भव्य मञ्चन,कलाकारहरूको जीवन्त अभिनय

    इटहरी । मोरङको पथरी शनिश्चरे –०२ को हरियाली सामुदायिक वनको हलमा  शब्द थिएटरको आयोजनामा “चरणदास चोर“ नामक नाटक भव्यताका साथ मञ्चन भइरहेको छ । गत साउन ३१ गतेदेखि मञ्चन भइरहेको उक्त नाटकमा  मोफसलमा रहेर पनि कलाकारहरूले  जिवन्त अभिनय  गरिरहेको दर्शक तथा श्रोताहरूले बताएका छन् ।  यस अघि विसं २०७८ मा “अनि देउराली रून्छ“ नामक नाटक मञ्चन गरिसकेको यस शब्द थिएटरले यसपटक पनि आसपासका कला, साहित्य र नाटय प्रेमी दर्शक श्रोताहरूलाई उत्कृष्ट प्रदर्शनका साथै मञ्चन भइरहेको  निर्देशक जीवन बरालले जानकारी दिनुभयो । आगामी भदौ १३ गते सम्म मञ्चन हुने उक्त नाटकमा  एउटा चोरको ईमान्दार

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • २१३ पटक पढिएको
  • सुन्दरहरैंचामा नगर स्तरीय तीज विशेष नृत्य प्रतियोगिता सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैचा–७ मा रहेको सामाजिक मिलन केन्द्र प्रतिष्ठानद्वारा आयोजित नगर स्तरीय तीज विशेष नृत्य प्रतियोगिता २०८२ सम्पन्न भएको छ । सलकपुरमा रहेको दुर्गादेवी दुलाल स्पोर्टस् ग्राममा भएको तीज विशेष नृत्य प्रतियोगितामा कौसीका भजन समूहले प्रथम स्थल हासिल गर्न सफल भएको छ । दोश्रोमा बिष्णु पाञ्चायन भजन समूह,तृतीय पाथिभरा भजन समुह र लालीगुराँस भजन समूहले सान्त्वना स्थान हासिल गर्न सफल भएको कार्यक्रमकी संयोजक निर्मला फुयालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समुहलाई नगद, सहित प्रशंसापत्र वितरण गरिएको संयोजक फुयालले बताउनुभयो । कार्यक्रमम

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • १८६ पटक पढिएको
  • इटहरी–९ मा बराह किर्तन टोलीद्वारा तीज विशेष शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    इटहरी । बराह किर्तन टोली, इटहरी–९ ले तीजको अवसरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । २०७० सालमा स्थापना भएको यस किर्तन टोलीको अध्यक्षता जेष्ठ नागरिक यशोदा देवी रेग्मीले गर्नुभएको थियो  । उहाँले तीजलाई भड्किलो खर्च र देखावटीपनमा सीमित नगरी, धार्मिक र सामाजिक भावना सहित सरल तरिकाले मनाउनुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा किर्तन टोलीका सदस्यहरूले बालगीत, भजन तथा तीजका गीतमा नृत्य प्रस्तुत गरेका थिए । सहभागी महिलाहरूले परम्परागत पोशाकमा सजिएर गीत, नृत्य र उल्लासपूर्वक तीजको रमाइलो गरेका थिए । समुदायका विभिन्न व्यक्तित्वहरूले तीज पर्वलाई खर्चिलो प्रतिस्पर्धा भन्दा आ

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • १४८ पटक पढिएको
  • कोसी प्रदेश संचार विधेयकविरुद्ध पत्रकार र प्रहरीबीच घम्साघम्सी

    इटहरी  । कोसी प्रदेश सरकारले सदनमा पेस गरेको संचार विधेयकको विरोधमा पत्रकारले निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग घम्साघम्सी भएको छ । संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए । पत्रकार महासंघ कोसी प्रदेशका प्रतिनिधिसहितको टोली परिसरबाहिर प्रदर्शन गरिरहेका थिए । सोहीक्रममा प्रहरीसँग पत्रकारको घम्साघम्सी परेको हो । विधेयक न्याय प्रशासन तथा विधायन समितिबाट पारित भएर शुक्रबार सभामा पेस भएको छ । विधेयकमा पत्रकारलाई एक लाख रुपैयाँसम्म दण्डजरिबाना गर्ने प्रावधान राखेपछि पत्रकारले विरोध गरिरहेका छन् । नेपाल पत्रकार महासंघ कोसीका अध्य

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • २७२ पटक पढिएको
  • बसको डिक्कीभित्र गुडियामा लुकाइएको गाँजा सुनसरीमा बरामद

    इटहरी । सुनसरीबाट प्रहरीले गुडिया भित्र लुकाइएको ठूलो परिमाणमा गाँजा बरामद गरी एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मिति २०८२ भदौ ५ गते साँझ करिब ६ः३० बजे कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको टोलीले धरानबाट पोखरा जाँदै गरेको ग १ ख २१८७ यात्रुवाहक बस रोकी जाँच गर्दा बसको डिक्कीभित्र सात वटा डल (गुडिया) फेला परेको थियो। ती डलहरू खोलेर जाँच गर्दा १०।९४ किलोग्राम (दश किलोग्राम नौ सय चालिस ग्राम) तौल भएको गाँजा जस्तो देखिने पदार्थ भेटिएको प्रहरीले जनाएको छ। सोही बसमा सवार धनकुटा जिल्ला, सहिद भूमि गाउँपालिका–७ निवासी ५० वर्षीय रुद्र

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ३६१ पटक पढिएको
  • गाईघाट–फत्तेपुर सडकको स्तरोन्नति, कालोपत्रेको काम धमाधम हुँदै

    इटहरी ।  जिल्ला सदरमुकाम जोड्ने उदयपुर जिल्लाकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रेको काम धमाधम हुँदै छ  । २०२५ साल पहिले नै ट्र्याक खुलेको उक्त सडकको मोतिगढा जोगीदह क्षेत्रको करिब १२ किलोमिटर सडकखण्डमा डिभिजन सडक कार्यालय लहानले धमाधम कालोपत्रे गर्दै छ । नेपाल सरकारको निर्वाचन क्षेत्र रणनीतिक सडक योजना अनुसार सङ्घीय संसद्को एउटा निर्वाचन क्षेत्रमा कम्तीमा २५ र बढीमा ४० करोड रुपियाँसम्मको लागतमा सडक निर्माण गरिँदै छ । उदयपुरको निर्वाचन क्षेत्र नं। १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने जिल्लाकै सबैभन्दा पुरानो यो सडकमा मोतीगढा–जोगीदह खण्डमा कालोपत्रे गर्ने काम भइरहेक

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ४१० पटक पढिएको
  • झापामा बालबालिकामाझ स्वर्णबिन्दु प्राशन कार्यक्रममा बढ्दो आकर्षण

    इटहरी । बालबालिकाहरुलाई लक्षित आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रममा आकर्षण बढेको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाले तीन महिना अघिदेखि सुरु गरेको यो कार्यक्रममा आकर्षण बढेको हो । बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्‍याउने यो कार्यक्रम कोशी प्रदेशमा नै पहिलो पटक असारदेखि सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा।सिद्धार्थ ठाकुरले बताउनुभयो । पहिलो असार महिनामा १४ सय र साउन महिनामा केही कम आए पनि भदौ महिनामा बिहीबार २८ सय ८७ जना बालबालिकाहरुले लाभ लिएका छन् । बिहीबार बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ४४८ पटक पढिएको
  • धरानको सेउती खोलाको बाढीले झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त, तत्काल मर्मतको आग्रह

    इटहरी । अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका–१४ को यायोखा टोल र धरान उपमहानगरपालिका–४ को किरात बस्तीलाई जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ । विसं २०५७र५८ मा रु ५० लाख लागतमा निर्माण गरिएको उक्त पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्याएको धरान उपमहानगरपालिका–४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिनुभयो । पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश सदस्

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • ३४८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]