इटहरी । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीले रक्षा बन्धनको अवसरमा शुभकामना एवं स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा इटहरीका मेयर हेमकर्ण पौडेल, उपमेयर संगिता कुमारी चौधरी, कोशी प्रदेशका सङ्घीय मामिला तथा स्थानीय विकाश मन्त्री रेवती रमण भण्डारी, सांसद मिना श्रेष्ठ, पूर्व मन्त्री रामकुमार सुब्बा, इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारी, इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुली, समाजसेवी भीम पौडेललगायतका थुप्रै विशिष्ट सामाजिक एवं प्रशासनिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, इटहरीकी प्रमुख संचालिका शारदा दिद
इटहरी । भोजपुर सदरमुकाममा निर्माणाधीन ढल आयोजना तोकिएको समयमा सम्पन्न नहुँदा स्थानीयवासीले लामो समयदेखि ठूलो सास्ती भोग्नुपरेको छ । संघीय सरकारको ८५ प्रतिशत र भोजपुर नगरपालिकाको १५ प्रतिशत लागत साझेदारीमा जीवाईइ सीएल बीडि टीएन एस जेभी कम्पनीसँग २०७९ असार २९ गते सम्झौता भएको यस आयोजनाको कुल लागत ५० करोड ३१ लाख ४२ हजार ६ सय ६३ रुपैयाँ निर्धारण गरिएको थियो । सम्झौता अनुसार काम २०८१ असार मसान्तभित्र सम्पन्न गर्नुपर्ने भए पनि हाल सम्म करिब ६५ प्रतिशत मात्र काम भएको छ । ढल निर्माणका क्रममा टुडिखेल मुनी देखि बैंकरोड हुँदै च्याङबेनी चोक सम्मको सडक मेसिन लगाएर भत्काइए पनि समयमै पुनर्निर्माण नगरिएकाले स
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–२० को इटहरी–धरान सडकखण्डस्थित पानीपिया जङ्गलमा आज स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख। ०४५५ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको को। २२ प। २१२५ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका–५ का सुजन विक र पछाडि सवार सुरज विक गम्भीर घाइते भएका थिए । घाइते दुवैको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा दिउसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिनुभयो । बस चालक उदयपुरको बेलका नगरपालिका–३ का प्रे
इटहरी । लागुऔषध मुद्दामा पक्राउ परेका एक जना आरोपी मोरङको उर्लाबारीबाट फरार भएका छन् । अस्पतालको झ्यालबाट हाम फालेर झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू भागेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको थियो । उपचारका क्रममा उनी शनिवार बिहान करिब ३ः१५ बजे अचानक अस्पतालबाट भागेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । साउन २१ गते पक्राउ परेका लिम्बूलाई पेट दुख्ने समस्या देखिएपछि शुक्रबार राति ११ः३० बजे उर्लाबारीकै मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । अनुसन्धानका क्रममा लागुऔषध ऐनअन्तर्गतको मुद्
इटहरी । तेश्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । ताप्लेजुङको फुङ्लिङस्थित भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आजदेखि सुरु हुन लागेको हो । लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समिति ताप्लेजुङद्वारा आयोजित उद्घाटन खेलमा आज आयोजक टीम तेल्लोक स्पोर्टिङ क्लबले द योङ ब्रदर्श क्लब इटहरी, सुनसरीसँग प्रतिष्पर्धा गर्दैछ । विदेशी खेलाडी सहित मैदान उत्रन लागेको दुवै टिमले विजय हासिल गर्दै सेमिफाइनलमा प्रवेश गर्ने दाबीका साथ मैदान प्रवेश गर्दैछन् । आजको विजेताले सोमबार हुने भारत र काठमाडौँबीचको विजेतासँग सेमिफाइनलमा भेट पक्का गर्नेछ ।
इटहरी । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक प्रदेश सभामा दर्ता गरी अघि बढाएको छ । प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कायम गर्न प्रदेश सरकारले उक्त विधेयक अघि बढाएको हो । उक्त विधेयकलाई यही साउन २५ गते आइतबारदेखि प्रदेश सभामा छलफलका लागि यही अधिवेशनबाट पास गरेर कार्यान्वयनमा लैजाने सरकारको तयारी छ । कोशी प्रदेशभित्र बोलिने भाषाको संरक्षण, प्रवर्धन तथा विकास गर्ने उद्देश्यले भाषासम्बन्धी विधेयक सरकारले अघि बढाएको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताउनुहुन्छ । विधेयक पास भ
विराटनगर। कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना मगर (रिक्की) निर्वाचित हुनुभएको छ। आज बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित हुनुभएको हो।अधिवेशनबाट उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङ्गका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिश राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित हुनुभएको थियो।त्यस्तै, सदस्यमा इलामकी मनकुमारी मुखिया, संखुवासभाका दिपक मगर, ओखलढुङ्गाका राजन दाहाल र झापाका संजयकुमार साह निर्वाचित हुनुभएको निर्वाचन अधिकृत कालिदास भट्टराईले जानकारी दिनुभयो।अधिवेशनमा कोशी प्रदेश खेलकुद विकास
इटहरी । नेकपा (एमाले) मिक्लाजुङ गाउँ कमिटीद्वारा आयोजित संगठन सुदृढीकरण तथा नेतृत्व विकास कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका सबै ९ वडाका शाखा कमिटी पदाधिकारीहरूको सहभागिता रहेको कार्यक्रममा संगठनात्मक प्रशिक्षण, वैचारिक सुदृढीकरण र नेतृत्व विकास सम्बन्धी विषयमा छलफल भएको हो । कोशी प्रदेश कमिटी सदस्य रामकृष्ण राई, मोरङ जिल्ला कमिटी अध्यक्ष अजम्बर राई, सचिव सोमराज थापा, उपसचिव सन्तोष बान्तवा, बुद्धिजीवी केन्द्रीय उपाध्यक्ष यज्ञ शर्मा, शिक्षा विभाग संयोजक दिव्य कट्टेल लगायतले प्रशिक्षण तथा निर्देशन दिनुभएको थियो । कार्यक्रम गाउँ कमिटी अध्यक्ष नवीन कार्कीको अध्यक्षता र सचिव चन्द्र लिम्बूको सञ
इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा रहेको रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्ड २०८२ मा नेपाल टप गर्ने विद्यार्थीहरूलाई नगद सहित सम्मान गरेको छ । विद्यालय प्राङ्गणमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत ३.९६ जीपीए ल्याई देशमै सर्वोत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थी चन्दन शाह र प्रवीण कट्टेललाई पथरी शनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापोले नगद ५०÷५० हजार रुपैयाँसहित खादा, रुद्राक्ष माला र टीका लगाई सम्मान गर्नुभएको हो । ब्रिटिस काउन्सिलबाट अन्तर्राष्ट्रिय स्कूल अवार्ड प्राप्त गर्न सफल विद्यालयका निर्देशक तथा प्राचार्य टी.एन. तिम्सिन
इटहरी । ताप्लेजुङमा अलैँची खेतीतर्फ किसानको आकर्षण बढेको पाइएको छ । पछिल्लो समय अलैँचीको मूल्य आकर्षक रुपमा वृद्धि भएपछि खेतीतर्फ किसानको आकर्षण बढेको हो । अलैँची खेतीतर्फ किसानको आकर्षणसँगै उनीहरुले धान, मकै, कोदोजस्ता खाद्यान्न बाली उत्पादन हुने खेतीयोग्य जमिन मासेर अलैँची रोप्न थालेका हुन् । पछिल्लो समय वृद्धि भएको अलैँचीको मूल्य कायम रहेमा खाद्यान्न बालीभन्दा अलैँचीबाट धेरै गुणा बढी आम्दानी हुने भएकाले खेतीतर्फ किसान आकर्षित भएका हुन् । गएको आर्थिक वर्षमा अलैँचीको मूल्य अत्यधिक राम्रो आएकाले जिल्लाका किसान खेती गर्नेतर्फ आकर्षित भएका हुन् । मिक्वाखोला गाउँपालिका –४ साँवाका स्थानीय इन्द्र थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.