समाज

    Showing ५,८११-५,८२० of ११,२६६ items.
  • अविरल वर्षासँगै आएको बाढीका कारण मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध

    इटहरी । बाढी र पहिरोका कारण तमोर करिडोर,मेची राजमार्ग र मध्यपहाडी राजमार्ग सहित मुख्य सडक अवरुद्ध भएका छन । लगातारको अविरल वर्षासँगै आएको बाढीका कारण मेची राजमार्गको पाँचथरस्थित हेँवा खोला,मध्यपहाडी राजमार्गको रिजालभिर र दोभानेखोला,तमोर करिडोरको नावा खोला खण्डबाट बिहानैदेखि सवारी साधन र ढुवानी सेवा वारपार हुन सकेका छैनन भने राँके रवि भेडेटार र फिदिम फालौट जस्ता मुख्य सडकमा आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । प्रहरी नायव उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार शनिबार साँझदेखि भइरहेको अविरल वर्षाका कारण मेची राजमार्गको हेंवा खोलामा आएको बाढीले डाइभर्सनको तह पार गर्दा राजमार्

    • प्रकाशित मितिः साउन ४, २०८२
    • १६० पटक पढिएको
  • हतुवागढीको दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित

    इटहरी । हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गरिएसँगै यो स्थान आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो । यहाँका पर्यटकीय क्षेत्रलाई समेटेर साढे पाँच किलोमिटर पदमार्ग निर्माण गरिएको छ । यहाँको मुख्य पर्यटन क्षेत्रका रूपमा स्थापित गराउने लक्ष्यका साथ पदमार्ग निर्माण गरिएको हतुवागढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य पर्यटनको आवागमन बढाएर आर्थिक स्रोत वृद्धि गर्न पदमार्गले टेवा पुर्याउने उहाँको भनाइ छ । यहाँ गाउँपा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • ४१४ पटक पढिएको
  • मोरङमा १ वर्षमा जङ्गली हात्तीको आक्रमणबाट ५ जनाको मृत्यु

    इटहरी । मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट गएको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो। उनी जस्तै एकवर्षको अवधिमा जङ्गली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–८ बाँसबारीकी राजवंशी घर नजिकै खेतमा पानी हाल्न गएको बेला जङ्गली हात्तीको आक्रमणमा परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिनुभयो। बिहीबार बिहान बेलबारी–१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जङ्गली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गर्नुभयो। आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा

    • प्रकाशित मितिः साउन ४, २०८२
    • १८१ पटक पढिएको
  • संगीत प्रतिष्ठानको निःशुल्क आँखा शिविरबाट २ सय ५३ जनालाई सेवा

    इटहरी | इटहरी उपमहानगरपालिका–२ मा रहेको संगीत प्रतिष्ठान टोल विकास संस्थाले आयोजना गरेको निःशुल्क आँखा शिविरबाट २ सय ५३ जना स्थानीय बासिन्दाले सेवा प्राप्त गरेका छन्।रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखा जाँच, औषधि वितरण, चश्मा वितरण तथा मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया आवश्यक पर्ने बिरामीहरूको पहिचान तथा सहजीकरण गरिएको थियो।संस्थाका अध्यक्ष विकास भण्डारीका अनुसार, शिविरबाट विशेष गरी वृद्धवृद्धा र आँखाका समस्या भोगिरहेका नागरिकले राहत महसुस गरेका छन्।कार्यक्रमका प्रमुख अतिथि इटहरी वडा नम्बर २ का वडा सदस्य दुर्गाबहादुर धमलाले यस्तो प्रकारका सेवा कार्यक

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ४०० पटक पढिएको
  • हलुवाई सेवा समाज इटहरीद्वारा इटहरीमा बोलबम

    इटहरी/ हलुवाइ सेवा समाज इटहरीको आयोजनामा २०८२ सालको प्रत्येक सोमबार बिहान ५:३० बजे इटहरी को पबित्र नदी बृद्द गगां जमुना मुक्ती घाट बाट जल उठाइ इटहरी मै रहेको श्रीराधा कृष्ण शिव मन्दिर मा अर्पन गर्ने र प्रसाद भण्डारा ग्रहण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। टाढा बोलबम जान नसक्ने सहित सम्पुर्ण नगरबासी धर्मानुरागी भक्तजन हरु लाई जानकारी गराउदै उपस्तिथि को लागि अनुरोध गरेकोछ ! हलुवाइ सेवा समाज इटहरीले छैठ पर्व, श्री कृष्ण जन्माष्टमी, रथयात्रा लगायत विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू फलफुल, पानी, खाधान्न लगायतका सामग्री बितरण गर्ने गरिरहेको छ । व्यवसायिक सँगसँगै धार्मिक तथा सामाजिक

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ८८२ पटक पढिएको
  • झुम्कामा सहरी खानेपानी आयोजना उद्घाटन, मन्त्री यादवको समावेशी विकासमा जोड

    इटहरी | संघीय खानेपानी मन्त्री प्रदीप यादवले शनिबार झुम्का सहरी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन गरेका छन्।उद्घाटन समारोहमा मन्तव्य दिँदै मन्त्री यादवले खानेपानीलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै सबै समुदायलाई समानरूपमा सेवा पुर्‍याउनेतर्फ सरकार केन्द्रित रहेको बताएका हुन्।“कुनै पनि समुदाय विकासको मूलधारबाट पछाडि नपरोस् भन्ने सरकारको स्पष्ट उद्देश्य छ,” मन्त्री यादवले भने, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो प्रमुख लक्ष्य हो।”उनले समावेशी दृष्टिकोणमार्फत विकासको प्रक्रिया अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै, झुम्का ख

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ३१८ पटक पढिएको
  • संखुवासभामा दुई पक्की पुल उद्घाटन, वर्षौंको प्रतीक्षा पछि स्थानीयलाई सहज आवागमन

    इटहरी । संखुवासभाको धर्मदेवी–४ र मादी नगरपालिका–६ तथा चैनपुर–१ र मादी नगरपालिका–९ लाई जोड्ने दुई पक्की पुल शनिबारदेखि  सञ्चालनमा आएका छन्। शनिबार आयोजित उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले दुबै पुल उद्घाटन गर्नुभएको हो । पुल सञ्चालनपछि स्थानीयवासीको आवागमन सहज हुने बताउनुभयो। मन्त्री खड्काले पुलमार्फत कृषकले उत्पादन गरेका कृषिबाली सहज रूपमा बजारसम्म पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले निर्माण कार्यमा देखिएको ढिलासुस्तीप्रति गम्भीर आपत्ति जनाउँदै ठेकेदारको लापरवाहीका कारण जनताले समयमा सेवा पाउन नसकेको उल्लेख गर्नुभयो। चैनपुर–१ र मादी–९ जोड्ने यावरा खो

    • प्रकाशित मितिः साउन ३, २०८२
    • २२४ पटक पढिएको
  • सुनसरीमा करेन्ट लागेर एक किशोरीको मृत्यु

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका–६ की १८ वर्षीय स्मृती चौधरीको करेन्ट लागेर ज्यान गएको छ। प्रहरीका अनुसार चौधरी आफ्नै घरमा रहेको पङ्खा ९कल० चलाउने क्रममा विद्युत प्रवाहमा परी घाइते भएकी थिइन्। गम्भीर अवस्थामा रहेका कारण तत्कालै उपचारका लागि अस्पताल लैजाने प्रयास गरिए पनि बाटोमै मृत्यु भएको बताइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १८१ पटक पढिएको
  • झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाले ज्यान गुमाए

     इटहरी । झापामा आर्थिक वर्ष २०८१र ८२ ९साउन–असार०मा एक हजार २९६ सवारी दुर्घटना हुँदा ९५ जनाले ज्यान गुमाएका छन् । दुर्घटनामा एक हजार ९३४ जना सामान्य घाइते हुँदा १३९ जना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक गणेश पौडेलका अनुसार एक वर्षको अवधिमा ५२ हजार ८७५ जना सवारी चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट तीन करोड ९५ लाख ५५ हजार ५६० रुपयाँ राजस्व संकलन भएको छ । यस्तै मादक पदार्थ सेवन मापसे अन्तर्गत तीन हजार १७४ जना कारवाहीमा परेका छन्, जसबाट १८ लाख रुपैयाँभन्दा बढी जरिवाना सङ्कलन प्रहरी निरीक्षक पौडेलले जानकारी दिए। जिल्लाभर ट्राफिक सचेतनामू

    • प्रकाशित मितिः साउन ३, २०८२
    • १४१ पटक पढिएको
  • मणिराम श्रेष्ठ इटहरी उपमहानगरको कार्यवाहक प्रमुख तोकिए

    इटहरी । इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेल कार्य शिलशिलामा कार्यक्षेत्र बाहिर जानुपर्ने भएकाले इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ कार्यवाहक नगर प्रमुख तोकिएका छन्। नगर प्रमुख पौडेलले साउन २ गतेदेखि कार्यालयमा पुनः उपस्थिति नहुन्जेलसम्मका लागि स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १६ को उपदफा ४ ९क० र १२ अनुसार वडा नं। २० का वडाध्यक्ष श्रेष्ठलाई कार्यवाहक नगर प्रमुखको जिम्मेवारी सम्हाल्न पत्रमार्फत् जानकारी गराएका हुन्। उक्त जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपमहानगरका विभिन्न कार्यालयहरूमा समेत

    • प्रकाशित मितिः साउन ३, २०८२
    • ३६१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]