समाज

    Showing ६,२३१-६,२४० of ११,२७८ items.
  • इटहरी वडा नं. ४ मा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन

    इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ४ को कार्यालय र प्रेस नेटवर्क म्यानेजमेन्टको सहकार्यमा उद्घोषण तथा नेतृत्व विकास तालिम समापन भएको छ । असार ४ गतेदेखि उद्योग वाणिज्य संघ इटहरीको सभाहलमा भएको कार्यक्रम प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि का अध्यक्ष तथा विराट टेलिभिजनका प्रबन्धक निर्देशक बिकल पौडेलको अध्यक्षता तथा इटहरी वडा नम्बर ४ का अध्यक्ष भक्त लामाको प्रमुख आथित्यतामा गरिएको थियोे । प्रमुख प्रशिक्षक सिमा बस्नेत र सह–प्रशिक्षक सन्तोष धमलाले सहजीकरण गर्नुभएको तालिममा ३५ जना भन्दा बढीले सहभागीता जनाएका थिए । उद्घोषण तथा प्रभावकारी सञ्चार सीपसँगै नेतृत्व क्षमता विकासमा तालिम उपयोगी रहेको सहभागी

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३५३ पटक पढिएको
  • गढी गाउँपालिकाको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक

    रामधुनी | सुनसरीको गढी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिका अध्यक्ष आश नारायण चौधरीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।गाउँपालिकाकाले कृषि विकास ,श्रम तथा रोजगार ,शिक्षा, खानेपानी तथा सरसफाइ न्यायिक निरूप ,स्वास्थ सेवा ,भौतिक पुर्वाधार विकास ,पशु पंक्षी विकास ,पर्यटन विकास ,उद्योग विकास,सहकारी विकास,महिला विकास लैंगिक समानता र समावेशीकरण,खेलकुद तथा मनोरञ्जन ,सडक पूल भवन तथा ग्रामीण विकास,सञ्चार ,वन वातावरण तथा विपद् व्यवस्थापन ,उर्जा तथा विद्युत ,सुशासन तथा संस्थागत विकास,राजस्व नीति लगाएत क्षेत्रहरूलाई न

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३६४ पटक पढिएको
  • हतुवागढीको १७ औँ गाउँसभा सम्पन्न, ४७ करोड ७० लाख बराबरको बजेट सार्वजनिक

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ४७ करोड ७० लाख बराबरको बजेट ल्याएको छ  । आइतबार बसेको १७ औँ गाउँसभाले आर्थिक वर्ष २०८२÷ ८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । सभामार्फत गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले वार्षिक नीति कार्यक्रम र उपाध्यक्ष सुनिता किरातीले आर्थिक विद्येयक ,विनियोजन विद्येयक, र आर्थिक वर्ष २०८२÷८३ आयोजना तथा कार्यक्रमको बजेट वक्तव्य सार्वजनिक गर्नुभयो । सभामार्फत शिक्षा, कृषि तथा पशुपंछीलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो । शिक्षामा एक करोड ४५ लाख, सडकमा वडा र पालिक

    • प्रकाशित मितिः असार ९, २०८२
    • ४१२ पटक पढिएको
  • पथरी खोला सिँचाई पैनीमा ११ गतेदेखि सञ्चालन हुने

    इटहरी । एसियन हाईवे निर्माण क्रममा बन्द भएको पथरी खोला – लामाटोली पैंनी यहि असार ११ गते सम्ममा पुलको पुर्व पट्टि ह्युम पाइप जडान गरी सुचारु गरिने भएको छ । आईतबार नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको कार्यकक्षमा  पथरी लामाटोली पैंनी उपभोक्ता समितिका पदाधिकारी, एसियन हाइवे निर्माण कम्पनीका प्रतिनिधि तथा प्राविधिक र जनप्रतिनिधिहरूबिच सहमति भएको  हो ।  एसियन हाइवे निर्माण कम्पनीले  हाल निर्माण भइरहेको पथरी खोला पूलको उत्तरमा मुहान बनाई  पुलकै पूर्वबाट निरन्तर रुपमा बग्ने गरी संचालनमा ल्याउने गरी कार्य  थालनी भएको  वडा नम्बर २ का वडाध्यक्ष नैना राइले जानकारी द

    • प्रकाशित मितिः असार ९, २०८२
    • २८० पटक पढिएको
  • इटहरीमा असार १४ गते श्री जगन्नाथ रथयात्रा महामहोत्सव हुने

    लक्षण पौडेल इटहरी । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन) इटहरीले आगामी असार १४ गते इटहरीमा श्री जगन्नाथ रथयात्रा महामहोत्सव–२०८२ आयोजना गर्ने भएको छ । इस्कोन इटहरीले सोमबार पत्रकार सम्मेलन गर्दै महामहोत्सवबारे जानकारी दिएको हो । आयोजकका अनुसार रथयात्रामा पूर्वी नेपालका विभिन्न जिल्लाबाट करिब १० हजार भक्तजनको सहभागिता रहने अनुमान गरिएको छ । रथयात्रा इस्कोन प्रचार केन्द्र हटियालाईन, इटहरीबाट दिउँसो २ः३० बजे सुरु भई शहरका प्रमुख भाग परिक्रमा गर्दै बेलुकी ६ बजे सोही स्थानमा समापन गरिने कार्यक्रम रहेको छ । रथयात्रा समापनपछि महाप्रसाद वितरण गरिनेछ । यात्रा अघि असार ११, १२ र १३ गते बेलुकी ४ दे

    • प्रकाशित मितिः असार ९, २०८२
    • ६८६ पटक पढिएको
  • धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबललाई

    इटहरी । धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले हात पारेको छ । इलाम बास्केटबल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै सुनसरीले उपाधिमाथि कव्जा जमाएको हो । उपाधिसँगै सुनसरी टिमले नगद दुईलाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलाश लिम्बू घोषित भए । प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडीको उपाधि सुनसरी टिमका सुशन श्रेष्ठ घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्र

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३२६ पटक पढिएको
  • दमकमा क्यारेमबोर्ड र लुँडो खेल्न प्रतिबन्ध

    इटहरी । शहर बजारमा होहल्ला गर्दै क्यारेमबोर्ड र लुँडो खेल्ने क्रम बढेको भन्दै दमक नगरपालिकाले यी खेललाई प्रतिबन्ध गरेको छ । जुवाजन्य रुपमा हारजीतसहित क्यारेमबोर्ड र लुँडो खेल्ने प्रवृत्ति मौलाउदै गएकाले यसलाई प्रतिबन्ध गरिएको दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले बताउनुभयो । नगरपालिकाले गरेको सर्वपक्षिय छलफलमा यो बिषय उठेको र विकृति नियन्त्रणका लागि यस्तो निर्णय लिनुपरेको पनि थापाले जनाउनुभएको छ । क्यारेमबोर्ड र लुँडो जुवाजन्य खेल नभएको भएता पनि ठुलोठुलो धनराशीको बाजी खेल्ने गरेको पाइएको पनि छलफलमा कुरा उठेको बताइएको छ । बाह्रमासे हिसाबले पसल तथा गल्लीगल्लीमा छरछिमेक र बालबालिकामा समेत असर गर

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३४० पटक पढिएको
  • धरान १६ मा निर्माणाधीन प्रहरी चौकीबारे भ्रम फैल्याईएको भन्दै अध्यक्ष भट्टराईको खण्डन

    इटहरी । धरान उपमहानगरपालिका वडा नं १६ मा निर्माणाधीन प्रहरी चौकीबारे हाल सामाजिक सञ्जालमा विभिन्न भ्रामक र आधारहीन समाचारहरू सार्वजनिक भइरहेको भन्दै वडाध्यक्ष मुरारी प्रसाद भट्टराईले स्पष्टीकरण दिएका छन्। आज सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै धरान १६ का वडाध्यक्ष भट्टराईले सो चौकी निर्माण प्रक्रिया विधिवत् रूपमा अगाडि बढेको र हालसम्मका सबै प्रक्रिया नियमसंगत रहेको बताए । अध्यक्ष भट्टराईले १६ नं वडामा प्रहरी चौकी स्थापना गर्न वडाबाट २०८० साल जेठ १७ गते चलानी नं २७८५ मार्फत धरान उपमहानगरपालिकालाई सिफारिस गरिएको र त्यसको भोलिपल्ट २०८० जेठ १८ गते उपमहानगरको कार्यपालिका बैठकले नौलो बस्तीमा प्रहर

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३१३ पटक पढिएको
  • बिर्तामोडमा जङ्गली हात्तीद्वारा तीन घरमा क्षति

    इटहरी । झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पु¥याएको छ । आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बाँसको टाटी भत्काउँदा करिब १० हजार बराबरको क्षति भएको छ । भाग्ने क्रममा मनि सामान्य घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ । त्यस्तै सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब ५० हजार बराबरको क्षति भएको छ भने स

    • प्रकाशित मितिः असार ९, २०८२
    • २५८ पटक पढिएको
  • सङ्खुवासभामा ५० शय्याको अस्पताल सञ्चालनमा

    इटहरी । सङ्खुुवासभामा ५० शय्याको जिल्ला अस्पताल निर्माण पूरा भएपछि हस्तान्तरण गरिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले जिल्ला अस्पताललाई आज हस्तान्तरण गरेको हो ।  अस्पताल निर्माणका लागि विसं २०७५ असार २२ गते स्वामीनारायण आर्र्शीवाद जेभि सुनसरीसँग ठेक्का सम्झौता भएको थियो । अत्याधुनिक भवन निर्माण भएसँगै सेवा प्रवाहमासमेत सहज हुने भएको छ । भवन हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल विकास समितिका अध्यक्ष सुमन शाक्यले अब नयाँ भवनबाट सेवा सञ्चालन गराउनका लागि काम सुरु हुने जानकारी दिनुभयो । पुरानो भवनबाट नयाँ भवनमा सरेपछि जिल्ला अस्पतालमा पाइने सबै खालका सेव

    • प्रकाशित मितिः असार ९, २०८२
    • ४०९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]