इटहरी । बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ मा विनियोजन गरेको कुल बजेटमध्ये करिब तीन चौथाइ मात्र खर्च गर्न सकेको छ। आर्थिक वर्षको अन्त्यसँगै तयार गरिएको वित्तीय विवरणअनुसार नगरपालिकाले कुल बजेटको ७६।२७ प्रतिशत रकम खर्च गरेको छ भने बाँकी करिब ३३ करोड रुपैयाँ उपयोग हुन नसकी सरकारी कोषमा फिर्ता गएको छ। नगरपालिकाले चालु आर्थिक वर्षका लागि १ अर्ब ३८ करोड रुपैयाँको बजेट स्वीकृत गरेको थियो। त्यसमध्ये १ अर्ब ५ करोड रुपैयाँ विभिन्न कार्यक्रम तथा योजनामा खर्च भएको छ। खर्च हुन नसकेको रकम भने नियमानुसार फ्रिज भई फिर्ता गएको नगरपालिकाले जनाएको छ।खर्चको विवरण हेर्दा प्रशासनिक तथा नियमित प्रकृतिका कार
इटहरी । मोरङको विराटनगर महानगरपालिका–१४ जतुवाबाट कटुवा पेस्तोल, गोली, भाला र गाँजासहित एक जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त विशेष सूचनाका आधारमा सीमा सुरक्षा गुल्म मुख्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले आइतबार बिहान करिब ५ः५० बजे जतुवास्थित मुन्ना सहनीको घरमा भाडामा बस्दै आएका ३१ वर्षीय सुभाषचन्द्र यादवको कोठामा खानतलासी गरेको थियो।खानतलासीका क्रममा यादवको साथबाट एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने एक राउन्ड गोली, एक थान घरेलु हतियार भाला, १४० ग्राम गाँजा तथा पोको कम्पनीका दुई थान मोबाइल फोन बरामद गरिएको सशस्त्र
इटहरी । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ ।विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गर्दै आएको छ । विद्यालयमा समय–समयमा सञ्चालन हुने सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, भेषभूषा प्रदर्शन, परम्परागत खेलकुद तथा चाडपर्वसम्बन्धी चेतनामूलक कार्यक्रमले विद्यार्थीहरूमा आफ्नो मौलिक पहिचानप्रति गर्व गर्ने भावना विकास भएको विद्यालयका प्रधानाध्यापक मुना पाण्डेले बत
इटहरी । नेपाल विद्युत प्राधिकरणको ३३÷११ केभी टंकी सब स्टेशन अन्तर्गतको ३३ केभी विराटनगर–३ फिडरमा देखिएको अत्यधिक विद्युत् भार (ओभरलोड) को समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण विराटनगर वितरण केन्द्रले लोड व्यवस्थापन गरेको छ ।नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाह का अनुसार बढ्दो विद्युत् भारका कारण विराटनगर–३ फिडरबाट विद्युत् आपूर्तिमा समस्या देखिन थालेपछि टंकी सबस्टेशनमा रहेका दुईवटा २४ एमभीए क्षमताका पावर ट्रान्सफर्मरको सञ्चालन प्रणाली परिवर्तन गरिएकोे उहाँले बताउनुभयो । उहाँका अनुसार पावर ट्रान्सफर्मर नं. १ लाई ३३ केभी विराटनगर–२ फिडरबाट र पावर ट्र
इटहरी। पाँचथरको हिलिहाङ गाउँपालिका–६ का एक किसानले पालेको खसीमा रेबिजको जीवाणु भेटिएको छ । स्थानीय रामचन्द्र मैनालीले पालेको खसीमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएर मृत्यु भएपछि परीक्षण गर्दा रेबिजको जीवाणु पुष्टि भएको हो ।खसीको मृत्युपश्चात् भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरमा ल्याएर प्राविधिक परीक्षण गर्दा रेबिजको जीवाणु भेटिएको हिलिहाङ गाउँपालिका पशु सेवा शाखाका प्रमुख धीरज पटेलले जानकारी दिनुभयो । मैनालीले उक्त खसी अन्यत्रबाट किनेर ल्याएको र त्यसलाई स्याल वा कुकुरले टोकेरनटोकेकोबारे भने जानकारी नभएको बताउनुभयो। पशु सेवा शाखाका अनुसार असार २६ गते गरिएको प्रयोगशाला परीक्षण
इटहरी । पाँचथरको फालेलुङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२र८३ को असार २६ गतेसम्म विनियोजित बजेटको ८७।५१ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाले शनिबार प्रेस विज्ञप्तिमार्फत खर्च विवरण सार्वजनिक गरेको हो।गाउँपालिकाको आर्थिक प्रशासन शाखाले सार्वजनिक गरेको वित्तीय प्रगति विवरण अनुसार चालुतर्फ ३९ करोड ७७ लाख ९४ हजार ५९१ रुपियाँ विनियोजन भएकोमा ३५ करोड ९७ लाख ६६ हजार ४६० रुपियाँ ३४ पैसा खर्च भएको छ। यो चालु बजेटको ९०।४४ प्रतिशत हो। त्यसैगरी, पुँजीगततर्फ १५ करोड ६ लाख ६१ हजार १११ रुपियाँ विनियोजन भएकोमा १२ करोड १ लाख ९७ हजार ८६१ रुपियाँ खर्च भएको छ। पुँजीगत खर्च ७९।८५ प्रतिशत पुगेको गाउँपालिकाले जनाएको
इटहरी । सुनसरीको वराहक्षेत्रस्थित चतरा जलविद्युत् केन्द्रमा जडान गरिएका दुई युनिटमध्ये एउटा उत्पादन युनिट लामो समयदेखि बिग्रेर बन्द हुँदा विद्युत् उत्पादन आधा घटेको छ । ३।२ मेगावाट क्षमता रहेको केन्द्रबाट हाल करिब १।६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको चतरा जलविद्युत् केन्द्रका प्रमुख अनिल साहले बताउनुभयो । उहाँका अनुसार एक हजार ६२७ किलोवाट क्षमताका दुई युनिटमध्ये एउटा युनिट बिग्रेर सञ्चालनमा नरहेकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकेको छैन । सुनसरी मोरङ सिँचाइ आयोजनाको मुख्य नहरबाट आउने पानी टर्बाइनमा खसालेर विद्युत् उत्पादन गरिँदै आएको छ । चतरा जलविद्युत् केन्द्र
धनकुटा, पाख्रिबास — कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस्थापन कलेज (CNRM), पाख्रिबासको आयोजनामा तेस्रो स्नातक LEE (Learning for Entrepreneurial Experience) Symposium शुक्रबार सम्पन्न भएको छ।"Advancing Sustainable Agriculture through Experiential Learning, Research, and Entrepreneurship" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव पशुपति ढुङ्गानाले प्रमुख अतिथिका रूपमा गर्नुभएको थियो।कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालयका पशु प्रजनन विषयका प्राध्यापक डा. निराजन भट्टराई तथा कीट विज्ञान विष
इटहरी । मध्यपहाडी लोकमार्ग अन्तर्गत बसन्तपुर–तेह्रथुम सडक खण्डको कालीखोला नजिक निर्माणाधीन ढुंगाको मेसिनरी पर्खालमा कमसल निर्माण सामग्री प्रयोग गरिएको आरोप लागेपछि स्थानीयले निर्माणको गुणस्तरमाथि गम्भीर प्रश्न उठाएका छन् । रोधस्वरूप स्थानीयले पर्खालमा राखिएका ढुंगा पल्टाएर निर्माणको वास्तविक अवस्था सार्वजनिक गरेका हुन् । सडक डिभिजन कार्यालय धनकुटाको ३ करोड ४२ लाख रुपैयाँ लागतको आपतकालीन सडक मर्मत योजना अन्तर्गत काठमाडौंस्थित रुरु कन्ट्रक्सन प्रालिले उक्त पर्खाल निर्माण गरिरहेको छ। स्थानीयका अनुसार निर्माणमा गुणस्तरहीन ढुंगा प्रयोग गरिएको, कतिपय स्थानमा सिमेन्ट–बालुवा पर्याप्त प्रयोग नगरिए
इटहरी। ताप्लेजुङको विभिन्न क्षेत्रमा कानुनी प्रक्रिया पूरा नगरी तथा पूर्वस्वीकृति नलिई ड्रोन ९मानव रहित हवाई उपकरण० उडान नगर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।जिल्लाका विभिन्न क्षेत्रमा अनुमति बिना ड्रोन उडाइएको सूचना र नागरिकबाट गुनासो प्राप्त भएपछि प्रशासनले यस्तो आग्रह गरेको हो । ड्रोन सञ्चालनका लागि नेपाल सरकारको प्रचलित कानुन र ड्रोन उडानसम्बन्धी कार्यविधि–२०७५ अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ । कार्यविधिअनुसार ड्रोन दर्ता, उडान अनुमति, तौल र वर्गीकरण, उडानको उचाइ, समय, क्षेत्र तथा सञ्चालन गर्ने व्यक्तिको योग्यता लगायत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.