इटहरी । तेह्रथुमको जिल्लाको म्याङ्लुङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापनासम्बन्धी जिल्लाका सरोकार भएका व्यक्तिसँग एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करुणा फाउण्डेसन नेपालको आयोजनामा सोमबार स्थानीय जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिलगायत सरोकार भएकासँग अन्तरक्रिया भएको हो । प्रदेश र स्थानीय सरकार तथा करुणा फाउण्डेसनको साझदारीमा तेह्रथुममा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । सोही सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरिएको करुणा फाउण्डेसन नेपालका वरिष्ठ कार्यक्रम व्यवस्थापक कमल कोइरालाले बताउनुभयो । उहाँले जिल्लामा अहिलेसम्म अपाङ्गता
इटहरी । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा धाम क्षेत्रको केबलकार निर्माण प्रक्रियालाई वातावरणमैत्री बनाउनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् । फुङ्लिङ नगरपालिकाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा स्थानीय जनप्रतिनिधि र विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले केबलकार निर्माणलाई वार्ता, संवाद र सहकार्यमार्फत अघि बढाएर वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नगरप्रमुख अमिर मादेनले ताप्लेजुङको समग्र विकासका लागि केबलकार अपरिहार्य रहेको बताउँदै विद्यमान समस्या छलफल र सहकार्यबाट समाधान गर्नुपर्नेमा जोड दिनुभयो । केबलकार, पाथीभरा आउने तीर्थयात्रीको सुविधाका लागि मात्रै सीमित नभई यसले रोज
इटहरी । आगामी बैशाखमा ताप्लेजुङमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको ‘लोगो’ सार्वजनिक गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा आरोहणको ७० वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कञ्चनजङ्घा हीरक महोत्सवको आधिकारिक लोगो सार्वजनिक गरिएको हो । कञ्चनजङ्घा हीरक महोत्सव संयोजन समितिले सोमबार सदरमुकाम फुङ्लिङमा पत्रकार सम्मेलन गर्दै लोगो सार्वजनिक गरेको हो । महोत्सवको आधिकारिक लोगो सार्वजनिक गर्नुहुँदै संयोजन समितिका संयोजक पिछ्वाङ शेर्पाले महोत्सवको प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो । महोत्सव भव्यरुपमा सम्पन्न गर्न व्यवस्थापन र तयारीमा जुटेको आयोजक समितिले तयार
इटहरी | अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले आफ्नो ३४ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको छ । ‘भ्रष्टाचार नियन्त्रणमा नागरिकको साझेदारी, सुशासन प्रवद्र्धनमा सबैको जिम्मेवारी’ भन्ने मूल नाराका साथ ३४ औं स्थापना दिवस विविध कार्यक्रम सहित मनाएको हो । कार्यक्रमको उद्घाटन कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले गर्नुभएको थियो । भ्रष्टाचार नियन्त्रण गर्न संघिय सरकार ,प्रदेश सरकार ,स्थानीय सरकारको महत्त्वपूर्ण भुमिका हुने अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख सुरेश न्यौपानेले बताउनुभयो ।आयोगले भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि कोशी प्रद
सुन्दरहरैँचा | माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको छ ।सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुने आयाेजकले आइतवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । नगरकाे सलकपुर , विराटचाेक तथा खाेर्सानेमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएको छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक
मोरङ \ मोरङको सुन्दरहरैचा नगरपालिकामा सम्पन्न नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मा साजिलाल माध्यमिक विद्यालयका खेलाडी विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नगर प्रथम स्थान हासिल गरेका छन्। विद्यालयले १९ स्वर्ण, १४ रजत, र १४ कांस्य पदक जित्दै शानदार जित दर्ता गरेको हो।विद्यालयका खेलाडीहरूको यस उपलब्धिले विद्यालयको खेलकुद क्षमताको उच्च स्तरलाई मात्र होइन, सम्पूर्ण नगरको गौरवलाई समेत उजागर गरेको छ। प्रतियोगितामा सहभागी अन्य विद्यालयहरू पनि उत्कृष्ट प्रदर्शन गर्दै अगाडि बढे तापनि साजिलाल माध्यमिक विद्यालयले आफ्नो उत्कृष्ट खेल क्षमताका कारण नगर विजेताको उपाधि सुरक्षित गर्यो।प्रतियोगिता
भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सम्पन्न छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि साविक विजेता अन्नपूर्ण बाररा माध्यमिक विद्यालयले जितेको छ। विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै १० स्वर्ण, ३ रजत, र ४ कास्य पदक प्राप्त गर्दै पुनः उपाधि रक्षा गर्न सफल भएको हो।यस प्रतियोगितामा सिहदेवी माध्यमिक विद्यालय, लेखर्कले ५ स्वर्ण, ४ रजत, ४ कास्य पदक जित्दै दोस्रो स्थान हासिल गर्यो। यसैगरी, विद्देश्वर माध्यमिक विद्यालय, गोगनेले ४ स्वर्ण, ७ रजत, २ कास्य पदक प्राप्त गर्दै तृतीय स्थान हासिल गर्न सफल भयो।प्रतियोगितामा सहभागी खेलाडीहरूले उत्कृष्ट क्षमताको प्रदर्शन गरेका थिए। विद्यालयस्तरमा खेलाड
बराहक्षेत्र | स्वर्णिम साहित्य समाजद्धारा आयोजित स्कुलमा कविता सिजन - २ को अडिसन राउण्डहरु सम्पन्न भएको छ ।हिजो सम्पन्न प्रकाशपुर अडिसनबाट साविक मधुवनको मोहन मा.वि.बाट विद्या साह र प्रकृति यादब यस्तै साविक प्रकाशपुरको राजाबास सेकेन्डरी इङ्लिस स्कुलकी एडियान रायमाझी र जयसप्तकोशी इङ्ली सकुलका सुबास कार्की फाइनल राउण्डमा प्रवेश गरेका छन् भने प्रकाश मा.वि. प्रकाशपुरका विवेक चन्द्रवङ्शी तृतीय बन्न सफल भए । प्रकाश मा.वि. बराहक्षेत्र -१० प्रकाशपुरमा सम्पन्न मैजारो अडिसनमा साविक दुई गाविसबाट ११ जना विद्यार्थीहरुले सो प्रतियोगितामा सहभागी जनाएका थिए । कार्यक्रममा प्रमुख अत
रामधुनी – स्थानीय बासिन्दाहरूलाई लक्षित गरी सुनसरीको रामधुनी नगरपालिका–१ मा गरिएको निःशुल्क आँखा तथा कान जाँच शिविरबाट २ सय ३० बढीले सेवा लिएका छन् ।विराटनगर आँखा अस्पताल रानिको आयोजना तथा आँखा तथा कान उपचार केन्द्र भा.सी स्वास्थ्य चौकी रामधुनी १ को सहकार्य र रामधुनी नगरपालिका वडा नम्बर १ को स्थानीय आयोजनामा गरिएको निशुल्क आँखा तथा कान जाँच शिविरबाट २ सय ३० जना बढीले सेवा लिएका छन् । जसमा आँखा चेकजाँच १ सय ७० जना र कानको ६० जनाले सेवा लिएका छन् । मोतिबिन्दु भएका ५५ जनालाई विराटनगर आँखा अस्पताल रानि लगिने भएको हो ।स्वास्थ्य सेवासँग पहुँच कमजोर भएका समुदायलाई आवश्यक उपचार प्रदान गर्न
इटहरी । सुनसरीको वराहक्षेत्रमा रहेको बृहत्तर वराहक्षेत्र विकास समिति नौ महिनादेखि पदाधिकारीविहीन भएको छ । राजनीतिक नियुक्तिका आधारमा बन्ने बृहत्तर वराहक्षेत्र विकास समितिमा नयाँ समिति नियुक्ति हुन नसक्दा बृहत्तर वराहक्षेत्र विकास समिति पदाधिकारीविहीन भएको हो । यसअघि सङ्घीय सरकारको पर्यटन मन्त्रालयले हेर्दै आएको बृहत्तर वराहक्षेत्र विकास समिति पछिल्लो समय प्रदेश सरकारमातहत आउँदा समिति पदाधिकारीविहीन बनेको छ । प्रदेशले विकास सति गठन आदेश जारी गरेको भए पनि पदाधिकारी नियुक्त गर्न नसक्दा वराहक्षेत्रको विकास र संरक्षणको काम प्रभावित भइरहेको छ । समितिकोे अध्यक्ष र सदस्यसचिवको पदावधि गत वैशाख २० गते स
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.