इटहरी । निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित हुनुभएको छ । नवनिर्वाचत खनालले १०७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी निरोज राउतले ७७ मत प्राप्त गर्नुभयो भने राजकुमार भक्तराजले ५३ मत प्राप्त गर्नुभयो । संघको बरिष्ठ उपाध्यक्षमा नवीन तामाङ बिजयी हुनुभएको छ । उहाँले प्रमोद शेर्पालाई पराजित गरी निर्वाचित हुनुभयो । कोषाध्यक्षमा पुष्कर बुर्जा विजयी हुनुभएको छ । उहाले एकसय ३५ मत पाउँदा सन्तोष भक्तराजले ९५ मत पाउनुभयो । संघको महिला उपाध्यक्षमा मञ्जु कार्की, महासचिवमा सुरज अधिकारी र सचिवमा सूर्यमान कार्की निर्विरोध निर्वाचित हुनुभयो । सदस्यहरुमा सुप्रिम राई, प्रित
इटहरी । सुनसरीको कोशी गाउँपालिकामा १३ जना आपाङ्गता भएको व्यक्तिलाई साहायक सामग्री वितरण गरिएको छ । सामाजिक जीवन केन्द्र नेपालले कतार च्यारेटीको सहयोगमा शारीरिक तथा खुट्टाले हिड्न समस्या भएका व्यक्तिलाई सो सामग्री वितरण गरेको हो । नौ जनालाई ट्राईचियर र चार जनालाई ट्राई साइकलसहितको साहायक सामग्री वितरण गरेको जनाएको छ । कतार च्यारीटीको सहयोग सामग्री हस्तान्तरण गरेको सामाजिक जिवन केन्द्र नेपालका अध्यक्ष हजरत हुसैनले जानकारी दिनुभयो । कोशी गाउँपालिका –३ स्थित सामाजिक जिवन केन्द्र नेपालको कार्यालयमा आयोजित एक कार्यक्रमबिच सहयोग सामग्री हस्तान्तरण गरिएको हो । कतार च्यारेटी नेपालको सहयोग एवम सामाजिक ज
इटहरी । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाले प्रकाशन गरेको ताप्लेजुङ सञ्चार स्मारिका सार्वजनिक गरिएको छ । ताप्लेजुङको पत्रकारिता क्षेत्रकै एक दस्तावेजका रुपमा प्रकाशित सञ्चार स्मारिका सार्वजनिक गरिएको हो । महासङ्घ शाखाको नवनिर्मित कार्यालय भवन उद्घाटन तथा नयाँ कार्यसमितिको पद हस्तान्तरण कार्यक्रमको अवसरमा शनिबार पुस्तक सार्वजनिक ९विमोचन० गरिएको हो । सञ्चार स्मारिका प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराई, प्रतिनिधिसभा सदस्यद्वय लीलादेवी बोखिम, उर्मिला थेबेलगायतले संयुक्तरुपमा सार्वजनिक गर्नुभएको हो । स्मारिकाको सार्वजनिक गर्नुहुँदै प्रतिनिधिसभा सदस्य भट्टराईले ताप्लेजुङको पत्
इटहरी। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापा क्षेत्र नं १ ले आइतबार मेचीनगरमा आयोजना गरेको क्षेत्रीय भेलामा उहाँले कुनै पनि प्रधानमन्त्री लगातार पाँच वर्ष नटिक्ने अवस्था अन्त्यको विषय प्राथमिकतामा राखेर संवाद अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । त्यसको विकल्पमा लोकप्रिय र प्रत्यक्षतर्फ पहिलो हुने दलले छानेको नेतालाई पाँच वर्ष कार्यकारी प्रधानमन्त्री हुने व्यवस्थाको सुनिश्चितता हुने गरी संविधान संशोधन उपयुक्त हुने उहाँको भनाइ थि
इटहरी । चालु आर्थिक वर्षका लागि तय गरेको बजेट यथावत राखेर विराटनगर महानगरपालिकाको नगरसभाको पन्धौं अधिवेशन सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाले लक्ष्य अनुसार राजस्व संकलन र बजेट खर्च नभएपनि चालू आर्थिक वर्ष २०८१÷८२ को बजेटमा करको दायरा र बजेट शिर्षकहरु भने संसोधन गरिएको छ । आइतबार विराटनगर महानगरपालिका कार्यालयमा आयोजना गरिएको अधिवेशनमा उपमेयर शिल्पा निराला कार्कीले आर्थिक वर्ष २०८१÷८२ को अर्ध वाषिर्क समिक्षा प्रस्तुत गर्दै बजेटको आय व्यय विवरण यथार्थ परक र मागमा आधारित भएकाले बजेट शिर्षक र केही योजनाको नाम तथा करको दायरा संसोधन गरेको जानकारी दिनुभयो । उहाले चालू आर्थिक वर्षको साउन देखि पौष
बिराटनगर / सहारा नेपाल साकाेसकाे २८ ओेै साधारण सभा अन्तर्गत एकाई साधारण सभा २१ गते बिराटनगर माहानगपालिका वडा न.१२ स्थित बिराट सामुदायिक भवनमा सम्पन्न भएको छ।बिराटनगर सेवा केन्द्र अन्तर्गत सेवा केन्द्र सहयोग उप समितिका संयोजक यमन निरौलाको अध्यक्षता तथा बिराटनगर महानगरपालिका वडा न.१२ का वडा अध्यक्ष हिरालाल कामतको बिशेष आतिथ्यता तथा बिराट सामुदायिक भवनका सचीव ज्ञानेन्द्र कार्कीको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा सहारा नेपाल साकाेस केन्द्रीय कार्यलयका बिभागिय प्रमुख काशीनाथ नेपाल, बिराटनगर माहानगरपालिका १२ नं. वडाका वडा सदस्यहरु प्रमिला राजबन्शी र देबि बिश्वकर्मा ,बखरी प्रहरी चौकीका
इटहरी । धनकुटाका किसानहरुले खोरेत रोग नियन्त्रणका लागि नियमित खोप कार्यक्रम सञ्चालन गर्न र प्राविधिक सहयोग बढाउन माग गरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाको आयोजनामा भएको जिल्ला स्तरीय खोरेत रोग नियन्त्रण रणनीति कार्यान्वयन सम्बन्धी स्थानीय सरोकारवालाहरूसँग छलफल कार्यक्रममा किसानले प्रभावकारी ढंगले काम गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा सहभागि धनकुटा नगरपालिकाका कृषक रामकुमारी राईले कृषकले अपेक्षा गरे अनुसार कार्यक्रम नपाएको र किसानको घरघरमा खोरेत नियन्त्रणको अभियान चाल्नुपर्ने बताउनु भयो । उहाँले वास्तविक किसानले अनुदान नपाएको हुदा त्यसलाई ध्यान दिन आग्रह गर्नुभयो
संखुवासभा | श्री दीपज्योती ग्रामिण विधुत सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार संखुवासभा मादी नगरपालिका ८ मा दीपज्योती ग्रामिण विद्युत सहकारी संस्था लिमिटेडका अध्यक्ष दिलकुमार गुरुङको अध्यक्षतामा तथा मादी नगरपालिका ८ का वडा अध्यक्ष सुनिल लिंथेपको प्रमुख आतिथ्यतामा मावादिनमा १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।संस्थाका व्यवस्थाक पदम राईले वार्षिक साधारणसभाको प्रतिवेदन प्रस्तुत गर्दै गतवर्ष २०७९ / ८० शेयर पुर्जी ३ करोड ४१ लाख ६ हजार ७०० रहेको थियो भने २०८०/८१ मा ३ करोड , ४२ लाख ४ हजार २ सय रहेको छ गत वर्ष
संखुवासभा | श्री त्रिशक्ति बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभाको अवसरमा नयाँ कार्यसमिति चयन गरिएको छ। मादी नगरपालिका–८, मावादिनमा सम्पन्न साधारण सभामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरिएको हो ।पदम बहादुर मेघि अध्यक्षको रूपमा चयन हुनुभएको छ भने उपाध्यक्षमा दोर्ची शेर्पा, सचिवमा दिक्पाल तामाङ, कोषाध्यक्षमा अमृता लिंथेप र सदस्यहरूमा पदम बहादुर श्रेष्ठ, नारायण प्रसाद गुरुङ, चन्द्रबहादुर लिम्बू, उत्तर कुमार गुरुङ, र उषा गुरुङ निर्वाचित भएका छन् ।नवनिर्वाचित अध्यक्ष पदम बहादुर मेघिले सहकारीको मर्म र मूल्यलाई आत्मसात गर्दै संस्थालाई अझै प्रभावकारी र सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्न
इटहरी । विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार गर्न अनिवार्य शøया छुट्याउन कोशी प्रदेश सरकारले निजी अस्पताललाई निर्देशन दिएको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई निर्देशनसहित पत्र पठाउँदै विपन्न, असहाय, बेवारिसे बिरामीको विवरण राख्न, अभिलेख तथा प्रतिवेदन नियमित पेस गर्न निर्देशन दिएको हो । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ पहिलो संशोधन २०७८ मा अस्पतालमा उपचारका लागि अस्पतालमा पुग्ने विपन्न, असहाय र बेवारिसे बिरामीका लागि १० प्रतिशत शøया छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ तर अस्पतालले उक्त कानुनी व्यवस्था निरन्तर अवज्ञा गर्दै आएका छन्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.