समाज

    Showing ८५१-८६० of ९,३३२ items.
  • इटहरीमा ‘नेपाली जुत्ता घर’को भव्य शोरुम सञ्चालनमा

    इटहरी । सुनसरीको इटहरी–४, आइतबारेस्थित दुर्गा पार्टी प्यालेस नजिकै ‘नेपाली जुत्ता घर’को भव्य शोरुम सञ्चालनमा आएको छ । आइतबार एक विशेष कार्यक्रमका बिच पूजा–अर्चना गरी शोरुमको विधिवत् रूपमा उद्घाटन गरिएको हो। नेपालमै उत्पादित जुत्ता तथा चप्पलहरूको प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त शोरुमका सञ्चालक मातृका प्रसाद नेपालले जानकारी दिनुभएको छ । उहाँका अनुसार ‘नेपाली जुत्ता घर’मा विभिन्न नेपाली ब्रान्डका गुणस्तरीय उत्पादनहरू उपलब्ध गराइएको छ । शोरुममा रनसुज, फस्र्टवाक सुज, बीएफ डियर हिल सुज तथा सुल्याण्ड ब्रान्डका जुत्ता चप्पलहरू एकै स्थानमा पाइने व्यवस्था गरिएको छ । ग्राहकहरूले एकै ठ

    • प्रकाशित मितिः चैत १६, २०८२
    • २०६ पटक पढिएको
  • पत्रकार महसंघको ७१ औँ स्थापना दिवसमा इटहरीमा प्रभातफेरी

    इटहरी । नेपाल पत्रकार महसंघको ७१ औँ स्थापना दिवसको अवसरमा सोमबार इटहरीमा प्रभातफेरीको आयोजना गरिएको थियो । नेपाल पत्रकार महासंघ सुनसरीको आयोजनामा इटहरीमा भेला भएका पत्रकारहरुले प्रभातफेरी गर्दै नगरको परिक्रमा गरेका थिए ।  इटहरी उपमहानगरपालिकाको गेटबाट सुरु गरिएको प्रभातफेरी इटहरी चौकको परिक्रमा गरी उपमहानगरपालिका अगाडी आएर कोण सभामा परिणत भएको थियो ।  कोण सभामा बोल्दै नेपाल पत्रकार महासंघ सुनसरीका पूर्व अध्यक्ष कृष्ण अधिकारीले पत्रकार संघबाट महासंघ बनाउन सुनसरी जिल्लाले खेलेको भूमिकाको चर्चा गर्नु भयो । नेपाल पत्रकार महासंघको इतिहासमा सुनसरी जिल्ला ऐतिहासिक जिल्लाको रुपमा रहँदै आएको

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १६१ पटक पढिएको
  • पथरी शनिश्चरे –२ द्वारा जेष्ठ नागरिकहरूलाई तीर्थाटन

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं २ ले वडा भित्रका जेष्ठ नागरिकलाई तिर्थाटन  भ्रमण गराएको छ । शनिबार वडा कार्यालयले  वडा भित्र बसोबास गर्दै आइरहनुभएको ६८ वर्ष माथिका ७६ जना जेष्ठ नागरिकहरूलाई धनकुटाको भेडेटारस्थित पाथीभरा देवी मन्दिर र धरानको बुढा सुब्बा तथा  रामधुनी मन्दिरमा दर्शन गराएको हो। जेष्ठ नागरिकहरूलाई धार्मिक भ्रमणका क्रममा स्वस्थकर खानाको पनि व्यवस्थापन भएको थियो। सोहि भ्रमणका क्रममा पथरी नगर अस्पतालका स्वास्थ्यकर्मीहरू रञ्जना दहाल र रत्नकला गुरुङले वृद्धवृद्धाहरूको स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो।  उक्त भ्रमणका लागि वडा कार्यालयले  कुल १ लाख रुपैयाँ

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १२८ पटक पढिएको
  • ताप्लेजुङमा सडेको अवस्थामा शव फेला

    इटहरी ।  ताप्लेजुङमा सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार  फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमस्थित मेथेम खोला किनारमा उक्त शव फेला परेको हो ।उक्त शव तेह्रथुमको म्याङ्लुङ नगरपालिका–१ गैरीगाउँका ४० वर्षीय यमराज लिम्बूको रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो । प्रहरी निरीक्षक यावदका अनुसार निकै सडेको अवस्थामा फेला परेको शव हातमा खोपेको ट्याटुका आधारमा लिम्बूको रहेको पहिचान भएको हो । लिम्बू फक्ताङ्लुङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो तमोर जलविद्युत आयोजनामा काम गर्दै आएका बुझिएको छ ।गत फागुन ८

    • प्रकाशित मितिः चैत १६, २०८२
    • ११० पटक पढिएको
  • हतुवागढीको रानीवासमा महिला सामुदायिक भवन निर्माण

    इटहरी । भोजपुरको हतुवागढी गाउँपालिका–१ रानीवासमा महिला सामुदायिक भवन निर्माण सम्पन्न भएपछि स्थानीयवासीलाई विभिन्न सामाजिक तथा सामुदायिक गतिविधि सञ्चालन गर्न सहज भएको छ । विशेषगरी महिलाका लागि लक्षित गरी निर्माण गरिएको उक्त भवनले गाउँस्तरमा हुने नियमित भेला, छलफल तथा कार्यक्रमलाई व्यवस्थित बनाएको छ । रानीवासका महिलाले हरेक महिना टोल तथा महिला समूहको बैठक सञ्चालन गर्दै आएका छन् । उपयुक्त स्थानको अभावका कारण कहिले खुला स्थानमा त कहिले निजी घरमा भेला बस्नुपर्ने बाध्यता रहेको अहिले सहजता भएको स्थानीयसी रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । यहाँ भवन निर्माण गर्नका लागि करिब रु सात लाख बजेट खर्च भएको

    • प्रकाशित मितिः चैत १६, २०८२
    • ९१ पटक पढिएको
  • हर्क साम्पाङलाई ज्यान मार्ने धम्की, सीआईबीमा उजुरी दिने तयारी

    इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संघीय सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने र घर जलाउने धम्की आएको बताउनु भएको छ।सोमबार बिहान सामाजिक सञ्जाल मार्फत उनले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का समर्थकबाट यस्तो धम्की आएको दाबी गर्दै तस्बिर सार्वजनिक गर्नु भएको हो । उहाले राखेको स्क्रिनसटमा ‘सुनिता खड्का’ नामको आईडी देखिएको छ । साम्पाङले धम्की दिने व्यक्तिविरुद्ध आजै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिने तयारी गरिरहेको जानकारी दिनुभएको छ । आफूले प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको सन्दर्भमा यस्तो धम्की आएको उहाको भनाइ छ । साम्पाङले सरकारलाई जनताको प्रश्नदेखि किन डराएको भन्

    • प्रकाशित मितिः चैत १६, २०८२
    • ६२ पटक पढिएको
  • इनरुवाबाट ब्राउन सुगरसहित दुई युवा पक्राउ

    इटहरी  । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ का दुई जना युवालाई सुनसरीको इनरुवा नगरपालिका–४ बाट ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ करिब ६ः३० बजेतिर पश्चिमबाट पूर्वतर्फ पैदल आउँदै गरेका २१ वर्षीय अनिष तामाङ र २२ वर्षीय राघव राईलाई शंका लागेर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । शरीर खानतलासीका क्रममा अनिषको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)जस्तो देखिने ४। ३४ ग्राम पदार्थ बरामद भएको प्रहरीले जानकारी दिएको छ । बरामद लागुऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको छ । उनीहरूविरुद्ध लागुऔषधसम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले ज

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १३६ पटक पढिएको
  • मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध

    इटहरी । पहिरो पन्छाएर गए रातिदेखि एकतर्फी रूपमा सञ्चालन भएको मेची राजमार्गमा सोमबार बिहान पुनः पहिरो खसेसँगै अवरुद्ध भएको छ । यसअघिको पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा आएको सडकमा बिहानै फेरि पहिरो खसेपछि यातायात सेवा प्रभावित भएको हो । जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आज बिहान खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । उहाँका अनुसार अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको छ ।यसअघि साँझ सुक्खा पहिरोका कारण अबरुद्ध भएको राजमार्ग राति १०ः५० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । तर, आज बिहान फेरि पहिरो झरेपछि अवस्था जटिल बनेको हो । इलामको रोङ गा

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १०९ पटक पढिएको
  • पोल सार्न नसक्दा काँकडभिट्टा–लौकही सडक निर्माण सुस्त

    इटहरी। एशियाली विकास बैंक(एडिबी)को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काँकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त गतिमा अगाडि बढिरहेको छ।सडक विभागअन्तर्गतको आयोजना निर्देशनालयले ९५ किलोमिटर सडकलाई पाँच खण्डमा विभाजन गरी स्तरोन्नति गरिरहेको भए पनि लक्ष्य अनुसार प्रगति हुन सकेको छैन। कुल ४६ अर्ब रुपियाँको लगानीमा निर्माण भइरहेको यस सडकलाई पूर्वी र पश्चिम खण्डमा बाँडिएको छ। पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सितापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्ड अन्तर्गत सितापुरीदेखि लबीपुलसम्म ५० किलोमिटर रहेको छ। निर्माण कम्पनी कोभेक सिआरइजिसि टुण्डी जेभीका प्रतिनिधि अनिश रेग्मीका अनुसार सन् २०२४ फेब्रुअरी २ देखि नि

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १९३ पटक पढिएको
  • इटहरीमा मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु

    इटहरी। सुनसरी इटहरी उपमहानगरपालिका–१३ काली मन्दिर नजिक मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभएको छ। प्र१–०२–०४८प ७९३८ नम्बरको मोटरसाइकल गए राति दुर्घटना हुँदा पछाडि सवार विपीन गम्भीर घाइते भएका थिए। घाइतेको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल चालक दुहबी–९ का २२ वर्षीय विप्लव चौधरी सामान्य घाइते भएका छन्। उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। तीव्रगतिका कारण दुर्घटना भएको र घटनाका विषयमा अनुसन्धान भइरहेको

    • प्रकाशित मितिः चैत १६, २०८२
    • १०१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]