सुनसरी / सुनसरीको दुहबी नगरपालिका स्थित निर्माणाधिन रंगशालाको पुरानो भवनको कवाडी सामग्री जनप्रतिनिधिले नै बेचेको आरोप लागेको छ । सार्वजनिक सम्पतीको रुपमा रहेको पुरानो भवनबाट निस्किएको फलामजन्य कवडा सामानहरु दुहबी नगरपालिकाको ४ नं. वडाका वडाअध्यक्ष मुस्तकिम मियाले बेचेको आरोप लागेको हो । स्थानिय सरकार अन्तर्गत रहने दुहबी रंगशालामा अहिले नयाँ प्याराफिट निर्माणको कामको ठेक्का लगाइएको थियो । तर पुरानो प्याराफिट भत्काउदा निस्किएको कवाडी, टिन र काठ लगायतका सामानहरु वडाध्यक्ष मियाले कसैलाई जानकारी नदिइ बेचेर पैसा खाएको स्थानिहरुको आरोप छ । प्रकृया अनुसार उक्त कवाडी लिलामी ठेक्का लगाएर बेच्ने प्
संखुवासभा / कोशी राजमार्गअन्तर्गत धरान-धनकुटा सडक खण्डमा पर्ने धनकुटा नगरपालिका-६ फोकल्याण्ड टापु नजिक बोलेरो गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा दुई बालबालिका घाइते भएका छन्।संखुवासभाको मादीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको को १ ज २१३७ नम्बरको बोलेरो गाडी दिउँसो करिब साढे १ बजे ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको थियो। दुर्घटनामा १६ वर्षीया युष्मा तामाङ र १० वर्षीय रदम तामाङ घाइते भएका छन्। उनीहरुको अवस्था सामान्य रहेको र हाल धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।गाडीमा चालकसहित ११ जना सवार थिए। ब्रेकमा समस्या देखिएपछि मर्मतको लागि ग्यारेजमा लैजाने क्रममा गाडी भीरबाट
इटहरी / इटहरीमा रहेको विगत १० वर्षदेखि सञ्चालन हुदै आएको ओली एण्ड एसोसिएट्सले इटहरीले ग्लोबल एजुकेशन एक्सपो गरेको छ । ओली एण्ड एसोसिएट्स इटहरीले विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको ओली एण्ड एसोसिएट्सले ‘ग्लोबल एजुकेशन एक्सपो २०२४’ मा ४ सय बढी विद्यार्थीहरूले अवलोकन गरेका थिए । एक्सपोमा अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड, बेलायत र अमेरिकाको विभिन्न विश्वविद्यालयका प्रतिनिधिसँग इटहरी भरिका विद्यार्थीले प्रत्यक्ष भेला गरेर एक्सपोमा परामर्श लिएका थिए । शैक्षिक परामर्शले शिक्षाको ज्ञान भएको र आफले चाएको विषय मनोरञ्जनात्मक त
संखुवासभा । जिल्लाको १० वटा स्थानीय तहमध्ये संस्थागत क्षमता स्वमुल्याङकन (लिजा)मा मकालु गाउँपालिका प्रथम भएको छ ।गत आर्थिक बर्ष २०७९।०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गणुस्तर परीक्षण पश्चातको अन्तिम नतिजा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार, काठमाडौँ ६ भदौ विहिबार सार्वजनिक गरेको हो । सो अन्तिम नतिजा अनुसार केही बर्षअघि ७५३ स्थानीय तहमध्ये अन्तिम भएको मकालु गाउँपालिका जिल्लास्तरमा प्रथम भएर इतिहास रचेका छन् । सो नतिजा अनुसार १० वटा पालिकामध्ये पाँचखपन नगरपालिका अन्तिम बनेको छ । लिजाको नतिजा अनुसार १०० अंकमा मकालु गाउँपालिकाले ७३.५० अंक प्राप्त गर्दै
धनकुटा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको अन्तिम नतीजामा धनकुटा जिल्लाको छथर जोरपाटी गाउँपालिका उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको छ। यो गाउँपालिकाले कुल ८१ अंक प्राप्त गर्दै जिल्लाभित्रका सातवटा स्थानीय तहहरूमा शीर्ष स्थान हासिल गरेको हो। खाल्सा छिन्ताङ्ग सहीदभूमि गाउँपालिका ७९.५० अंकसहित दोस्रो स्थानमा आउँदा चौबिसे गाउँपालिकाले ७४.२५ अंक प्राप्त गरी तेस्रो स्थानमा रहेको छ।छथर जोरपाटी गाउँपालिकाले विभिन्न सूचकहरूमा उत्कृष्ट प्रदर्शन गरेको छ। शासकीय प्रबन्धमा ८ अंक, वार्षिक बजेट तथा योजना तर्जुमा व्
भोजपुर / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भाद्र ७ गते शुक्रवार सार्वजनिक गरेको आ.व. २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणपश्चात्को अन्तिम नतिजामा भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका जिल्लाभित्रका नौ स्थानीय सरकारमध्येकै उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको छ । यो गाउँपालिकाले दश वटा सूचकमा औषत कुल ८०.२५ अङ्क प्राप्त गरेको छ भने पौवादुङ्मा गाउँपालिकाले ७९ अङ्क प्राप्त गरी दोस्रो बन्न सफल भएको छ । यस्तैगरी ट्याम्केमैयुम गाउँपालिकाले ७१.५० अङ्कका साथ तेस्रो स्थान हासिल गरेको छ । चौथोमा अरुण गाउँपालिकाले ७०.५० अङ्क ल्याएको छ भने साल्पासिलिछ
विराटनगर / राष्ट्रिय युवा संघ कोशी प्रदेशको दोस्रो युवा भेला कार्यक्रम सम्पन्न भएको छ ।राष्ट्रिय युवा संघ नेपाल कोसी प्रदेश कमिटीको आयोजनामा कोसी प्रदेश युवा भेला कमिटीका अध्यक्ष अरुण गुरुङको अध्यक्षता , नेकपा एमाले उपमहासचसव प्रदिप ज्ञवालीको प्रमुख आतिथ्यता तथा पार्टी केन्द्रीय सदस्य एवं संगठनका केन्द्रिय इन्चार्ज राजिव पाहारी र राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको विशिष्ठ आतिथ्यता युवा संघ भेला गरिएको थियोे ।पद पाउनका लागि र सामाजिक सञ्चालमा सक्रिय नभएर सामाजिक काममा लाग्न राष्ट्रिय युवा संघका केन्द्रीय महासचिव सुमन पुरीले बताउनुभयो । संघगठनमा नलागेका युवा राष्ट्रिय य
सुनसरी / धार्मिक तथा सामाजिक कथावस्तुमा अभिनय तथा नाच प्रस्तुत गरी नाचिने थारु समुदायको प्राचीन नृत्यलाई थारु युवाहरुले सङ्ग्रहित गर्ने अभियान थालेका छन् । नटुवा, मृदंगीया, झाइल वादक र गवैयाको सहभागितामा नाचिने धुम्रानाचलाई समुदायमै गएर सङ्कलन गरी सङ्गीतबद्ध गरेका थारु युवाले श्रव्यदृश्य सामग्री छायाङ्कनको शुभ मुहुर्त गरेका छन् । निर्माण पक्षले शुक्रबार रामधुनी-९ स्थित डुम्राहा थारु टोलबाट छायाङ्कन सुरु गरेका हुन् । समुदायको कला संस्कृति जगेर्नाका लागि अभियान सुरु गरेको थारु अगुवा सुनिल चौधरीले जानकारी दिए । रामधुनी-१ डुमैरियाका थारु अग्रजबाट संस्कृतिमा आधारित शब्दहरू सङ्कलन गरिएको ह
भोजपुर / राष्ट्रिय युवा संघ, नेपाल अरुण गाउँ कमिटी स्तरीय वृहत युवा भेला तथा अधिवेशन साथै जिल्ला कमिटीको छैठौं पूर्ण बैठक गरिएको छ । कमिटीको छैठौं पूर्ण बैठकले अध्यक्षमा रबिन्द्र राईलाई सर्वसम्मतले निर्वाचित गराएको छ । साथै उपाध्यक्षमा प्रकाश दाहाल,सचिवमा दिपक ढकाल , उपसिचवमा अस्मिता राई , पुजन कार्की र सदस्यमा सुनिना खत्रि सहित २१ जनाको नयाँ कार्य समिति गठन गरेको छ । राष्ट्रिय युवा संघका केन्द्रीय उपाध्यक्ष प्रकाश गौतमको प्रमुख अतिथि युवा संघ , विशेष अतिथि केन्द्रिय सचिव निरोज पौडेलको उपस्थितिमा नयाँ कार्यसमिति गठन गरिएको हो ।आगामी दिनको नेतृत्ब अब्बल बनाएर अ
इटहरी/ यहि भदौको १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘वर एण्ड वधु’ को इटहरीमा पत्रकार भेटघाट सम्पन्न भएको छ । फिल्म युनिटले 'वर एण्ड वधु' प्रचारप्रसारलाई कोशी प्रदेशबाट सुरु गरेको छ । झापाको विर्तामोड र सुनसरीको धरानमा पत्रकार भेटघाट गरेको फिल्म युनिटले आज इटहरी र विराटनगरमा पत्रकार भेटघाट गरेको हो । आज शुक्रवार इटहरीको इलाईट सिनेमा हलमा भएको भेटघाटमा फिल्मका निर्मात्री जानुका थापा, निर्देशक मिलन चाम्स, प्रमुख कलाकारहरू किरण केसी 'रातामकै', आँचल शर्मा, र विवेक कर्माचार्यको उपस्थिति रहेको थियो ।पत्रकारहरू माझ बोल्दै निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ लाई एउटा उच्च स्तरको फिल्मको रूपमा चित
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.