इटहरी / इटहरीमा रहेको एक विद्यालयका पूर्व प्रधानाध्यापकको स्मृतिमा विद्यालयमा बृहत् स्वास्थ्य परीक्षणको आयोजना गरिएको छ ।राष्ट्रिय माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक एव अक्षयकोषदाता लोकेन्द्रप्रसाद अधिकारीको पहिलो वार्षिक पुण्य तिथिको अवसर पारेर विद्यालयमा अध्यनरत बाल विकास देखि १२ कक्षा सम्मका विद्यार्थीहरूको स्वास्थ्य परिक्षण गरिएको हो । जसअन्तर्गत ८२ जनाको स्वास्थ्य परीक्षण तथा १ सय ३१ जनाको दन्त परीक्षण गरिएको हो । स्वर्गीय अधिकारीको परिवारका तर्फबाट विद्यालयमा अध्ययनरत बालबालिकाहरूका लागि बाल रोग तथा दन्त सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको विद्यालयका सहायक प्रधानाध्यापक लक्ष्मी स
इटहरी / कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले इटहरी अस्पतालमा सामग्री वितरण गर्नु भएको छ ।इटहरी अस्पतालमा कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले स्वार्गिय बुवा मोहन बहादुर श्रेष्ठको सम्झनामा एक थान हुइल चियर प्रदान र एक थान बिरामी सुत्ने बेड गर्नु भएको छ । १ लाखको बढीको सामग्री प्रदान गरिएको हो । अस्पतालमा सेवा सुविधालाई सहज होस भनेर हुइल चियर प्रदान र बेड गरिएको कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले बताउनुभयो ।आफ्ना बुवाका लागि घरको लागि ल्याएको थिए बुवाको मृत्यु भएपछि इटहरी अस्पतालमा वितरण गरिएको उहाँले भनाइ छ । इटहरी अस्पताललाई व्यवस्थित बनाउन कोशी प्रदेश सांसदमा कुरा उठा
इटहरी/ कोशी प्रदेशको इटहरी निवासी सुमन फुयाल संयुक्त अरब इमिरेट्स (यूएई) ले २०२० बाट सुरु गरेको 'गोल्डेन भिषा' पाउने पहिलो नेपाली भएका छन् । यो भिषा नेपाली वा अन्य देशका सर्वसाधारण नागरिकले पाउन असम्भव जस्तै नै छ । यसअघि पनि एक नेपालीले यो भिषा प्राप्त गरेका थिए । तर उनी युएई मै कार्यरत हुन् । यता हालै गोल्डेन भिषा प्राप्त गर्ने सुमनले भने नेपालबाटै २ महिनाअघि अनलाइन एप्लाई गरेका थिए । त्यसैले उनी नेपालबाट एप्लाई गरेर यो भिषा प्राप्त गर्ने पहिलो नेपाली हुन् भन्न सकिन्छ । यो भिषा ‘असाधारण प्रतिभा’ भएका युएईका स्वदेशी तथा विदेशी नागरिकले स्थायी बसोबासको व्यवस्था सहित १० वर्षका लागी नविकरण ग
नवलपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले किशोरीहरूका लागि लगानी र नीतिगत सुधार गर्नुपर्नेमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर १० स्थित जागृति बाल तथा युवा सरोकार नेपालद्वारा निर्माण गरिएको बालिका सिकाइ तथा स्रोत केन्द्रको अवलोकन पछि किशोरी र बालबालिकाहरूसँग अन्तरसम्वाद गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । त्यस अवसरमा उहाँले किशोरीहरूमा राज्यका सबै निकाय, सामाजिक क्षेत्र तथा समाज, परिवार सबैले लगानी गर्न आवश्यक रहेको बताउनुभयो । मन्त्री चौधरीले सरकारले मन्त्रालयगत बजेट दिने क्रममा थोरै बजेट दिने र योजनाअनुसारको
मोरङ / मोरङको सुन्दरहरैँचा ६ मा जंगली भाले हात्ती मृत अवस्थामा भेटिएको छ । पुर्वान्चल क्रसर नजिक कुमार गाउँमा स्थानीयले लगाएको केराघारीमा हात्ती मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। हात्ती भर्खर युवा अवस्थामा प्रवेश गरेको र के कति कारणले मरेको हो भन्ने बारे अनुसन्धान भईरहेको सव–डिभिजन वन कार्यालय सलकपुरले जनाएको छ। मृत अवस्थामा भेटिएको दुवै दाह्रा सुरक्षित रहेको सव–डिभिजन वन कार्यालय लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृत पन्तले जानकारी दिए। अधिकृत पन्तका अनुसार हात्तीको एक ठाउँमा सानो चोट लागेको भेटिएको बताए। अहिले मृत हात
सुनसरी / इटहरीमा कोशी प्रदेशमा पहिलोपटक कोशी प्रदेश स्तरीय खुल्ला महिला तथा पुरूष पौडी प्रतियोगिता हुने भएको छ । आगामी असार १७ र १८ गते कोशी प्रदेश खेलकूद विकास बोर्डको आयोजना तथा कोशी प्रदेश पौडी संघको संयोजकत्वमा पहिलो पटक इटहरीमा कोशी प्रदेश स्तरीय खुल्ला महिला तथा पुरूष पौडी प्रतियोगिता हुने भएको हो । खेलकुद नै स्वास्थ्यको मुल आधार हो भन्ने नाराका साथ इटहरीको ओसियन पार्कमा प्रतियोगिता हुने भएको हो । प्रतियोगिताको विभिन्न विधाहरुमा प्रथम, द्धितिय तथा तृत्तिय स्थान हासिल गर्ने खेलाडीहरुलाई नगद, मेडल तथा प्रमाणपत्र वितरण गरिनेछ । खेलले कोशी प्रदेश मात्र नभएर राष्ट्रिय तथा अन्त
मिलन अधिकारीसुनसरी / सुनसरीमा सम्बन्ध विच्छेद गर्नेको संख्या बढेको पाइएको छ । जिल्ला अदालत सुनसरीकोे तथ्यांक अनुसार आर्थीक वर्ष २०८० साउन १ देखि २०८१ जेठ सम्ममा १ हजार ४२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतमा दर्ता भएको सम्बन्ध विच्छेदको संख्या हेर्दा समाज र परिवारमा पति–पत्नीबीचको सम्बन्ध नाजुक अवस्थामा रहेको देखाउँछ । अदालतले ती १ हजार ४२ वटा मुद्दा मध्ये ७ सय ७९ वटा मुद्दाको फैसला गरेको छ भने, बाँकी २ सय ६३ वटा मुद्दा विचाराधीन अवस्थामा रहेका छन् ।२०७३ को ८ महिनामा ३ सय २२ मुद्दा दर्ता गरिएका थिए । यसको तुलना गरेर र्हेदा ८ बर्षको अवधी अर्थात २०८१ सम्म आउदाँ
रामधुनी : नेकपा एमाले रामधुनी नगर कमिटीले नगरपालिकामा बारम्बार सूचना उपलब्ध गराउनुका साथै सार्वजनिक सुनुवाई समेत गरेर सम्पुर्ण सुचना सार्वजनिक गरि सक्दा पनि सुचना नपाएको भन्दै मिडिया र सामाजिक सन्जालमा गलत सुचना प्रवाह गर्न खोजेको भन्दै आपत्ति जनाएको छ । रामधुनी नगरपालिकाको विषयमा ६ राजनीतिक दल र झुम्का उद्योग वाणिज्य सङ्घले सूचना मागको बहानामा सुचना पाइसक्दा समेत समाजमा गलत छरेको विषयमा एमालेले आपत्ति जनाएको हो ।एमाले नगर अध्यक्ष योगेन्द्र खड्का र सचिव नवराज खड्काले प्रेस विज्ञप्ति जारी गर्दै अनुचित माग राखेर घेराबन्दी नगर्न र समाजमा गलत सुचना नछर्न भनेका छन् । नेपालको संविधान र सूचनाको
भोजपुर | आफ्नै आमाको हत्या गरेको आरोपमा भोजपुरको अरुण गाउँपालिकाका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । धारिलो हतियारले टाउकामा प्रहार गरी आमाको हत्या गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।प्रहरीका अनुसार अरुण गाउँपालिका–४ ल्याङडाँडा, चरम्बीका ३४ वर्षीय मिलन तामाङलाई पक्राउ गरिएको हो । उनले आइतबार राति आमा ६८ वर्षीया निरकुमारी तामाङलाई धारिलो हतियार सिक्कलले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।घटनाको जानकारी पाएलगत्तै चरम्बीस्थित अस्थायी प्रहरी पोष्ट र इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङबाट खटिएको टोलीले तामाङलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
इटहरी / इटहरी जेसिजको जेसिज सप्ताह २०२४ विविध कार्यक्रम गरी सम्पन्न भएको छ ।जेठ २० गते देखि २७ गते सम्म विविध कार्यक्रम गरी मनाएको हो । इटहरी जेसीजका अध्यक्ष सुमन शुवेदीको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यतामा सप्ताह ब्यापी कार्यक्रम गर्दै जेसिज सप्ताह सम्पन्न भएको हो । कोशी प्रदेश सरकाले आफ्नो नेतृत्वमा सहयोग गर्ने मुख्यमन्त्री कार्कीले बताए ।सो अवसरमा ज्येष्ठ नागरिक सम्मान तथा धार्मिक हाजिरी जवाफ , अन्तर जेसीज हाजिरी जवाफ , इटहरी उपमहानगरपालिका भित्र मावि स्तरीय वक्तृत्वकला,ट्राफिक तथा लागु औषध सम्बन्धी जनचेतना कार्यक्रम गरिएको इटहरी जेसीज वर्ष २०२४
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.