इटहरी, पुस — नेपाल रेडक्रस सोसाइटी इटहरी उपशाखाले इटहरी–१६ स्थित सिर्जनशील बाल विकास केन्द्रका २६ जना बालबालिकालाई न्यानो कपडा (स्वीटर) वितरण गरेको छ।इटहरी–१६का वडाध्यक्ष तेज चौधरीको प्रमुख आतिथ्य र इटहरी रेडक्रस उपशाखाका सभापति दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल विकास केन्द्र सुधारका लागि थुप्रै आवश्यकताहरू रहेको कुरा प्राध्यापक/केन्द्रका प्रतिनिधिले जानकारी गराएका थिए।कार्यक्रमका क्रममा केन्द्रमा बस्नका लागि कुर्सीको अभाव रहेको जानकारी आएपछि इटहरी रेडक्रस उपशाखाले १० थान कुर्सी प्रदान गर्ने घोषणा गरेको हो।समुदायमै आधारित सामाजिक सेवामा अग्रणी इटहरी रेडक्रसले यस्ता सहयोगात्मक
सुनसरी । सुनसरीको बराहक्षेत्रमा सुरु भएको जिल्लास्तरीय दोस्रो ‘प्याब्सन–एन्फा प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्रले विजयी सुरुवात गरेको छ।बराहक्षेत्र–५ मा रहेको जनता डेडराज माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रेन हार्डले बराहक्षेत्रकै जय सप्तकोशी बोर्डिङ स्कुललाई ट्राइबेकरमा ६–५ ले पराजित गरेको हो। निर्धारित समय तथा अतिरिक्त समयसम्म दुवै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमार्फत् टुंगिएको थियो।प्रतियोगिताको पहिलो चरण मंसिर २७ गतेसम्म चल्नेछ। यस चरणमा बराहक्षेत्रका १६ र धरानका १८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणका विजेताहरू दो
इटहरी । हलेसी तुवाचुङ नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकलाई स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको छ । शनिबारको कार्यपालिका बैठकले नगरक्षेत्रका विद्यालयका शिक्षक तथा कर्मचारीका लागि स्वीकृत सरकारी कार्यविधिअनुसार चालु आर्थिक वर्षदेखि स्थानीय भत्ता प्रदान गर्ने निर्णय गरेको हो । नगरप्रमुख विमला राईका अनुसार स्थायी, स्वीकृत दरबन्दीमा कार्यरत अस्थायी,करार र प्राविधिक समूहका प्रशिक्षक तथा सहायक प्रशिक्षकलाई पनि स्थानीय भत्ता प्रदान गर्ने निर्णय भएको छ । शिक्षकहरूको मनोबल बढाएर सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न उक्त निर्णय भएको हो । जिल्लाको दोस्रो ठूलो (११ वडा रहेको)
भोजपुर | भोजपुरको अरुण गाउँपालिकाद्वारा प्रथम अरुण अध्यक्ष कप अन्तरपालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता २०८२ मंसिर १८ गते भोलि देखि हुने भएको छ। चार दिनसम्म चल्ने यस प्रतियोगितामा भोजपुर र धनकुटासहित विभिन्न स्थानीय तहका टिमहरूको उत्साहपूर्ण सहभागिता रहेको आयोजकले जनाएको छ।समूह ‘क’ र समूह ‘ख’ गरी दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा अरुण गाउँपालिका, भोजपुर नगरपालिका, महालक्ष्मी नगरपालिका, आमचोक गाउँपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाबाट टिमहरू प्रतिस्पर्धामा उत्रिएका छन्।मंसिर १८ गते पहिलो दिनको खेलमा अरुण गाउँपालिका र भोजपुर नगरपालिकाबीच प्रति
भोजपुर | भोजपुरको अरूण गाँउपालिकामा रहृको श्री शारदा माध्यमिक विद्यालयको ७४औँ वार्षिकोउत्सव तथा अभिभावक दिवस मङ्सिर १२ गतेदेखि १५ गतेसम्म विविध कार्यक्रमसहित भव्यरूपमा सम्पन्न भएको छ । वार्षिकोउत्सवको अवसरमा विद्यालयले सांस्कृतिक नृत्य, खेलकुद (हाइ जम्प, लङ्ग जम्प, रनिङ, छेलो) लगायतका प्रतियोगिताहरू सञ्चालन गरेको थियो। उक्त कार्यक्रम सँगै वडा नं. ३ भित्रका प्रावि तह (कक्षा १ देखि ५) का विद्यालयबीच हाजिरी-जवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो।मूल समारोहको प्रमुख अतिथि अरुण गाउँपालिकाका अध्यक्ष शालिग्राम खत्री रहेका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष कुमार कार्की, गाउँपालिका
वराहक्षेत्र । सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले नया आधुनिक भिडियो एक्स-रे उपकरण खरिद गरेर सञ्चालनमा ल्याएको छ । नगर अस्पतालको आन्तरिक स्रोतबाट खरिद गरिएको उक्त आधुनिक भिडियो एक्स-रे मेसिनको शुक्रवार उद्घाटन गरिएको छ । अस्पतालले ३८ लाखमा खरिद गरेको भिडियो एक्स-रे उपकरणको उद्घाटन नगर प्रमुख तथा अस्पताल सञ्चालन समितिका अध्यक्ष रमेश कार्कीले गरेका थिए । उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , इलका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक दिवस कुबँर , नगर अस्पतालका निमित्त
इटहरी । बालबालिकामा रहेको अन्तरनिहित प्रतिभाको प्रस्फुटन गराउन इटहरी वडा नं. १ मा अवस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको ‘राष्ट्रिय मावि आइडल’ को उपाधि नृत्यतर्फ कक्षा १२ की अस्मिता पराजुलीले जितेकी छन् । यस्तै, गायन तर्फ कृजल रिजाल र साहित्यतर्फ शिक्षा भट्टराईले उपाधि जितेकी छन् । विद्यालयले यस वर्षदेखि अतिरिक्त क्रियाकलाप अन्तर्गत ‘प्रतिभा प्रोत्साहन र अवसरका लागि राष्ट्रिय मावि आइडल’ प्रतियोगिता सञ्चालन गरेकोमा शुक्रबार भएको अन्तिम फाइनलमा दर्शकको भोटका आधारमा नृत्यतर्फ पाँच जनालाई पछि पार्दै अस्मिताले उपाधि जितेकी हुन् । उनले ट्रफि र नगद पाँच हजार रुपैयाँ प्राप्त गरिन् । नृत्यतर्फ
भोजपुर । भोजपुरको अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा स्थापना गरिएको अरुण बहुमुखी क्याम्पसमा औपचारिक रूपमा पढाइ सुरु भएको छ। पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत शिक्षा संकायको बि.एड. (B.Ed.) कार्यक्रमलाई आवश्यक मान्यता प्राप्त भइसकेको र व्यवस्थापन संकायको बि.बि.एस. (B.B.S.) कार्यक्रमको सम्बन्धनसमेत अन्तिम चरणमा पुगेको क्याम्पसले जनाएको छ।क्याम्पस सञ्चालित भएपछि हालसम्म भोजपुरमा रहेका क्याम्पसहरूको संख्या चार पुगेको छ। स्थानीय शिक्षक, अभिभावक, विद्यार्थी र पालिकाको सक्रिय पहलमा वि.सं. २०७९ सालदेखि सुरु गरिएको क्याम्पस स्थापना अभियान अब अध्यापन सुरु भएपछि व्यवहारिक रूपमा लागू भएको हो।पढाइ मङ्सिर ११
इटहरी । श्री राष्ट्रिय माध्यमिक विद्यालय, इटहरी–१ मा लायन्स क्लबद्वारा १५ लाख ५१ हजार रुपैयाँ लागतमा निर्माण गरिएको चिल्ड्रेन पार्कको बिहीबार लायन्स क्लब डिस्ट्रिक्ट ३२५ सि का डिस्ट्रिक्ट गर्भनर बबरजंग थापाले उद्घाटन गर्नुभयो।लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अफ इटहरी न्यू भिजनको पहलमा ११५ दाताको सहयोगमा बनेको पार्क उद्घाटन समारोहमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको र विद्यालयलाई साउण्ड सिस्टम प्रदान गरिएको थियो।विद्यालयको ७० औं वार्षिकोत्सवसँगै आयोजित कार्यक्रममा पार्क निर्माणमा योगदान पुर्याउने २५ व्यक्तित्व सम्मानित भए।कार्यक्रममा र कोशीप्रेस अनलाइनका संचारकर्मी सन्जिप तिम्
इटहरी | लायन्स क्लबले इटहरी वडा नं. १ मा सञ्चालित श्री राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीका निम्ति निर्माण गरिएको चिल्ड्रेन पार्कको विहीबार उद्घाटन गरिएको छ । विद्यालयका साना विद्यार्थीका निम्ति १५ लाख ५१ हजार रुपैयाँको लागतमा निर्माण गरिएको चिल्ड्रेन पार्कको उद्घाटन लायन्स क्लब डिस्ट्रिक ३२५ सि का डिस्ट्रिक गर्भनर बबरजंग थापाले गर्नु भएको हो । लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अफ इटहरी न्यू भिजनद्दारा निर्मित चिल्ड्रेन पार्क निर्माणमा ११५ जना दाताले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो । सोही चिल्ड्रेन पार्क उद्घाटनका क्रममा लायन्स क्लब अफ इटहरी मनकामना र लायन्स क्लब अ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.