सुन्दरहरैंचा (मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) मोरङले जिल्ला स्तरीय हाजिरी–जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित प्रतियोगितामा मोरङ जिल्लाभरिका १८ वटा निजी विद्यालयहरूको सहभागिता रहेको थियो । कार्यक्रम नेसनल प्याब्सन मोरङका उपाध्यक्ष पर्वत राईको अध्यक्षतामा सुरु गरिएको थियो भने नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल प्रमुख अतिथि रहेको थियो ।प्रतियोगिता कक्षा १ देखि ५ सम्मका विद्यार्थी (जुनियर समूह) र कक्षा ६ देखि १० सम्मका विद्यार्थी (सिनियर समूह) गरी दुई समूहमा विभाजित थियो। जुनियर समूहमा १३, र
इटहरी । नेपाल शिक्षक महासङ्घले शिक्षकहरूका लागि बजेट मार्फत व्यवस्था गरिएको स्थानीय भत्ता नगरपालिकाले कार्यान्वयन नगरेको भन्दै फिदिम नगरपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । फिदिम नगरपालिका सहित जिल्लाका स्थानीय निकायमा ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षकहरुले सरकारले तोके अनुसारको मापदण्डमा भत्ता दिन माग गरेका हुन् । फिदिम नगरपालिकामा महासङ्घका अध्यक्ष हरिकृष्ण मिश्र नेतृत्वको टोलीले निमित्त प्रमुख प्रशासकीय अधिकृत रहनुभएकी शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख निर्मला दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । यस्तै गाउँपालिकाहरुमा पनि ध्यानाकर्षण बुझाइएको महासङ्घले जनाएको छ । महासंघले आर्थिक कार्य
भोजपुर | फागुन २१ गते निर्धारित प्रतिनिधिसभा सदस्य उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय भोजपुरले तयारी तीव्र बनाएको छ। सोही क्रममा आज बसेको जिल्ला मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठकले ८७ मतदानस्थल र १५५ मतदान केन्द्र यथावत् राख्ने निर्णय गरेको हो।प्रमुख जिल्ला अधिकारी तथा समिति संयोजक शिवलाल तिवारीको अध्यक्षतामा बसेको बैठकले गत निर्वाचनमा प्रयोग भएको संरचना नै आगामी उपनिर्वाचनका लागि उपयुक्त ठहर गर्दै सिफारिस अघि बढाउने निर्णय गरेको छ।तिवारीले मतदानस्थल तथा केन्द्रमा हाल कुनै समस्या नदेखिएको बताउँदै, “विशेष अवस्था उत्पन्न भएमा पुनः बैठक बसेर आवश्यक समायोजन गर्नेछौँ
धरान | प्राइम भिजन इन्टरनेशनल कलेजद्वारा आयोजित "शिक्षण विकास कार्यशाला" सम्बन्धि जानकारी आदान-प्रदानका लागि आज एक औपचारिक प्रेस-मिट आयोजना गरिएको छ। कार्यक्रम प्रमुख आर्कषणका रूपमा नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रीय शिक्षा क्षेत्रका बिज्ञ विल भान कोनिङ्सब्रुग (नेदरल्याण्ड) को विशेष उपस्थित थिए ।कोनिंग्सब्रगे शिक्षण सीप अभिवृद्धि तथा शिक्षकको शिक्षा पद्धति सुधारका उत्कृष्ट विशेषज्ञता र विशेष गरी हस्पिटालिटी क्षेत्रमा आवश्यक क्षमता विकास, कार्यप्रणाली, कार्य-आधारित सिकाइ तथा शिक्षक क्षमता उहाँको नेतृत्व वृद्धि हो ।उनको अनुभव तथा योगदानहरु ४० वर्ष भन्दा धेरै वर्षको शिक्षण अनुभव र शिक्षक तालि
इटहरी । सामुदायिक विद्यालयमा सञ्चालन हुँदै आएको ‘पढ्दैःकमाउँदै’ कार्यक्रम खारेज भएपछि प्राविधिक तथा सीपमूलक शिक्षा सञ्चालनमा समस्या देखिएको छ । कार्यक्रममार्फत विद्यार्थीलाई अभ्यासमूलक तथा व्यावहारिक सिकाइ प्रदान हुँदै आएकामा अहिले कार्यक्रम नै हटेपछि विद्यालयहरू प्रभावित भएका हुन् । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीका अनुसार कार्यक्रम हटेपछि शिक्षण(सिकाइमा प्रत्यक्ष असर परेको छ । ‘पढ्दै(कमाउँदै’ कार्यक्रम नहुँदा ती विषयमा आवश्यक सामग्री जुटाउन, ‘फिल्डवर्क’ सञ्चालन गर्न र विद्यार्थीलाई व्यावहारिक अभ्यास गराउन कठिनाइ बढेको उहाँको भनाइ छ । उ
इटहरी | धरान मन्टेश्वरी एकेडेमीले आफ्नो तेस्रो जेष्ठ नागरिक दिवस उत्साहपूर्वक सम्पन्न गरेको छ। विद्यालय परिसरमै आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएर जेष्ठ नागरिकप्रति सम्मान व्यक्त गरे।कार्यक्रममा विद्यार्थीहरूले नेपाली परम्परागत नृत्य, नाटक, गीत–संगीत, कविता वाचनलगायतका प्रस्तुति प्रस्तुत गरे। विद्यालयमा अध्ययनरत बालबालिकाले नै सम्पूर्ण कार्यक्रम सञ्चालन तथा संयोजन गरेका कारण कार्यक्रम अझै रोचक र शिक्षाप्रद बनेको थियो। अभिभावकहरूले आफ्ना सन्तानको प्रस्तुति अवलोकन गर्दै अभिभावकहरूले विद्यालयको शिक्षणस्तर, वातावरण र व्यवस्थापकीय कार्यशैलीप्रति प्रशंसा व
बर्जु (सुनसरी) — बर्जु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सामुदायिक विद्यालय स्तरीय प्रतिभा पहिचान कार्यक्रम २०८२ औपचारिक रूपमा सुरु गरिएको छ।कार्यक्रमको अध्यक्षता गाउँपालिकाकी उपाध्यक्ष नितुकुमारी चौधरीले गर्नुभयो भने उद्घाटन सत्रको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महत,शिक्षा शाखा प्रमुख हेमराज दाहाल, निर्णायकमा प्राध्यापक रमेश पाण्डे सहित विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रम अन्तर्गत विद्यार्थीहरूबीच वक्तृत्व कला, चित्रकला, हस्तलेखन, हाजिरी जवाफ, हिज्जे प्रतियोगिता तथा कविता वाचन जस्ता प्रतियोग
इटहरी । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ । जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो । विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिनुभयो । जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उहाँको भनाइ छ । जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने सम
प्रेेक्षा आचार्य इटहरी | महिलाहरूको विचार, अनुभव र आत्मविश्वासलाई अभिव्यक्त गर्ने उद्देश्यका साथ Ladies of Liberty Alliance (LOLA) Chapter Itahari र Rotaract Club Sunsari को सहकार्यमा “आफ्नो आवाज – Circle of Thoughts” नामक खुला छलफल कार्यक्रम आज Lunar IT Solution Pvt. Ltd., Itahari मा सफलतापूर्वक सम्पन्न गरेको छ।कार्यक्रममा करिब २० जना युवा महिलाहरूको सहभागिता रहेको थियो। गोलमेच छलफलको स्वरूपमा सञ्चालन गरिएको यस सत्रमा सहभागीहरूले आफ्ना व्यक्तिगत अनुभव, सामाजिक परिवेशमा देखिएका समस्याहरू, अवसरहरूमा देखिएका असमानता, तथा त्यसको सम्भावित समाधानबारे खुल्ला रूपमा प्रस्तुत गरेका थिए।छलफलम
फिदिम / फिदिम नगरपालिकाको संयोजन र घुन्सा फाउन्डेसनको सहयोगमा एसईई (SEE) तयारीका लागि अनलाइन शिक्षा कार्यक्रम सुरु गरिएको छ।यस कार्यक्रमको उद्देश्य ग्रामीण क्षेत्रका विद्यार्थीलाई शहरी स्तरको शिक्षा अवसर प्रदान गर्दै उनीहरूको शैक्षिक क्षमता अभिवृद्धि गर्नु रहेको छ। नगरभित्रका माध्यमिक विद्यालयका विद्यार्थीहरूले निःशुल्क अनलाइन कक्षा, इन्टरनेटमा आधारित अध्ययन सामग्री र प्रत्यक्ष सिकाइका माध्यमबाट एसईई परीक्षाको तयारी गर्न सक्ने व्यवस्था गरिएको छ।कार्यक्रमको शुभारम्भ गर्दै फिदिम नगर प्रमुख मित्रप्रसाद काफ्लेले भन्नुभयो “शिक्षा सबैका लागि पहुँचयोग्य हुनुपर्छ। प्राविधिक युगमा पछाडि परेका विद्यार्थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.