धनकुटा / छथर जोरपाटि गाउँपालिका धनकुटामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमअन्तर्गत स्थानीय विद्यालयमा अध्यनरत अपाङ्गता भएका बालबालिकाका समस्या, चुनौती र आवश्यकताको बारेमा छलफल गर्दै दौंतरी शिक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ।गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयमा पुगेर गरिएको यस कार्यक्रममा अपाङ्गता भएका विद्यार्थीहरूलाई अध्यापनमा आइपर्ने व्यवहारिक समस्याबारे अध्ययन, अभिमुखिकरण तथा समावेशी शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्य लिइएको थियो।कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष तथा अपाङ्गता कार्यक्रम संयोजक श्रीमती गीता गुरुङ खेवा, अध्यक्ष श्री छत्र सुब्बा, वडा अध्यक्ष श्री दीपक गुरुङ
इटहरी । भोजपुरको पूर्वी अरुण गाउँपालिकामा मागमा आधारित व्यवसायिक बाख्रा पालनसम्बन्धी ६ दिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ । तालिमको आयोजना तथा व्यवस्थापन पशु सेवा तालिम केन्द्र, दुहबी सुनसरीले गरेको हो । जेष्ठ २६ गते देखि ३१ गतेसम्म सञ्चालन गरिएको तालिममा स्थानीय कृषकहरूलाई वैज्ञानिक विधिबाट बाख्रा पालनका विविध पक्षमा व्यावहारिक तथा सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो । सहभागी कृषकहरूलाई फिल्ड भिजिटका साथै तालिमको अन्त्यमा प्रमाणपत्र पनि प्रदान गरिएको पशुपंक्षी विकास शाखाका प्रमुख अर्जुन बहादुर विष्टले जानकारी दिनुभयो ।तालिमको समापन कार्यक्रममा प्रमुख अतिथि रहनुभएका अरुण गाउँपालिकाका प्रमु
भोजपुर । शिक्षालाई उज्यालो भविष्यको आधार मानेर अरुण गाउँपालिका शिक्षा शाखाले आयोजना गरेको "विद्यार्थी सिकाइ मेला २०८२" वडानं. ३ स्थित शारदा मा. बिको सभालमा भव्य रूपमा सम्पन्न भएको छ। आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिभाको प्रस्तुतीकरणका लागि आयोजित यो कार्यक्रमले स्थानीय शिक्षा क्षेत्रमा नविन उत्साह ल्याएको छ।कार्यक्रमको अध्यक्षता वडा नं. ३ का वडाध्यक्ष कुमार कार्कीले गर्नु भएको थियो । प्रमुख अतिथिका रूपमा गाउँपालिकाका उपाध्यक्ष विनिता ढकाल र प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीको उपस्थितिमा कार्यक्रम भएको थियो।सिकाइ मेलाले विद्यार्थीहरूलाई सिर्जनात्मक
सुन्दरहरैचा / सुन्दर सामुदायिक वन उपभोक्ता समूहले स्थानीय सरकारी विद्यालय श्री गछिया आधारभूत विद्यालयमा अध्ययनरत नर्सरी र कक्षा १ का विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण गरेको छ।यसै शैक्षिक सत्रदेखि विद्यालयमा नर्सरी र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट निःशुल्क कक्षा सञ्चालन सुरु गरिएको हो। विद्यालयले सरकारी पाठ्यक्रमलाई ध्यानमा राखी अङ्ग्रेजी माध्यममा अध्यापन आरम्भ गरेको जनाएको छ।विद्यालयमा अङ्ग्रेजी माध्यमबाट अध्ययनको सुरुवात हुनु उत्साहजनक भएको बताउँदै प्राध्यापक धर्मेन्द्र सापकोटाले यस्तो पहलले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँचमा ल्याउने विश्वास व्यक्त गरे।समुदायस्तरबा
सुनसरी | नेकपा एमालेकी नेतृ रेशु तामाङले एसईई परीक्षाका विद्यार्थीहरूलाई लक्षित गर्दै एक महत्वपूर्ण सामाजिक अभियान सार्वजनिक गरेकी छन्। अभियान अन्तर्गत सुनसरी जिल्लाका एसईई तह उत्तीर्ण विद्यार्थीहरूले एक वर्षसम्म निःशुल्क ट्युसन पाउनेछन्।तामाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उक्त अभियानको जानकारी दिँदै, आर्थिक अभावका कारण धेरै विद्यार्थीहरू ट्युसन कक्षामा सहभागी हुन नसकेको तथ्यप्रति आफू जानकार रहेको र यही समस्याको समाधानस्वरूप निःशुल्क ट्युसन कार्यक्रम ल्याएको बताएकी हुन्।उनका अनुसार, विद्यार्थीहरूले सुनसरीमा रहेको मार्फत ट्युसन लिन सक्नेछन्। इच्छुक विद्यार्थीहरूले रेशुलाई सम्
मौसम कोइराला इटहरी | इटहरीमा विगत दुई दशकदेखि शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेसन भिसा सर्भिसले सामाजिक उत्तरदायित्वअन्तर्गत रामधुनी नगरपालिका स्थित संखरबेली ताल क्षेत्रमा डस्टबिन वितरण गरेको छ।एक समारोहबीच संस्था प्रतिनिधिहरूले संखरबेली सामुदायिक वन उपभोक्ता समितिलाई १० थान डस्टबिन हस्तान्तरण गरेका हुन्। वातावरणीय प्रदूषण न्यूनीकरण, फोहरमैला व्यवस्थापन, तथा समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने उद्देश्यले सो अभियान सञ्चालन गरिएको हो।कार्यक्रममा एक्सपर्ट एजुकेसन भिसा सर्भिसका प्रबन्ध निर्देशक कमल तिम्सिनाले पर्यावरण संरक्षणमा निजी क्षेत्रको भूमिका महत्त
आयुशा पराजुली विराटनगर | पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित जनता आदर्श बहुमुखी क्याम्पस विराटनगरमा सामाजिक लेखा परीक्षण कार्यशाला सफलतापुर्वक सम्पन्न भएको छ। उक्त तालिम विश्वविद्यालय अनुदान आयोगको स्वीकृति र आर्थिक सहयोगमा आयोजना गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन पूर्वा विश्वविद्यालयको उपकुलपति विजुकुमार थपलियाले गरेका थिए । जहाँ प्रमुख अतिथिको रूपमा कला संकायका डीन राम प्रसाद ढकालको रहेको थियो।उक्त तालिम २१ गते वुधवारदेखि २३ गते शुक्रबारसम्म प्रत्येक दिन बिहान १० बजे देखि ५ बजे सम्म क्याम्पस परिसरमै सन्चालन थियो। क्याम्पस प्रमुख महेश
इटहरी । भोजपुर पौवादुङमा गाउँपालिकाले माटो सुहाउँदो खेती प्रणालीमा जोड दिन किसानलाई माटो परीक्षणसम्बन्धी सीप, प्रदान गरेको छ । गाउँपालिकाले भूगोल र माटो सुहाउँदो खेती प्रणालीमा जोड्न २४ जना अगुवा किसानलाई माटो परीक्षणसम्बन्धी पाँच दिने तालिम प्रदान गरेको हो । तालिममा सहभागी किसानलाई माटो परीक्षण गर्ने तरिका, परीक्षण गर्नु अघि खेतबारीबाट माटो सङ्कलन गर्ने तरिका, बालीमा प्रयोग गर्ने बीउबिजन तथा विषादीको प्रयोग गर्ने तरिकालगायतको सीप सिकाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । तालिम लिएका अगुवा किसानले अब गाउँपालिकामा माटो प्राविधिकको रुपमा सेवा प्रदान गर्ने उहा
सुनसरी | सुनसरीको रामधुनी नगरपालिकामा “उपमेयरसँग बालबालिका” शीर्षकको विशेष कार्यक्रम आयोजना गरिएको छ । बालबालिका तथा किशोर–किशोरीहरूको सहभागिता र सशक्तिकरणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रम रामधुनी नगरपालिका वडा नम्बर ३ स्थित वडा कार्यलयमा वडा नम्बर १, ३ र ५ का बालबालिकासँग “उपमेयरसँग बालबालिका” कार्यक्रम गरिएको हो ।वडा वाल संजाल र नमुना वाल संजालको संयुक्त आयोजनामा रामधुनी वडा नम्बर ३ का नव कोपिला बाल सञ्चालको अध्यक्ष प्रजवल पराजुलीको सभाअध्यक्ष तथा रामधुनी नगरपालिकाकी उपमेयर तारा थापाले प्रमुख आतिथ्यातामा कार्यक्रम गरिएको हो ।कार्यक्रमको क्रममा बालबालिकाहरूले स्थानी
सुनसरी | सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा “उपमेयरसँग बालबालिका” शीर्षकको विशेष कार्यक्रम आयोजना गरिएको छ। बालबालिका तथा किशोर–किशोरीहरूको सहभागिता र सशक्तिकरणमा योगदान पु¥याउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम रामधुनी नगरपालिका वडा नम्बर ६ अन्तर्गत रहेको आदर्श माध्यमिक विद्यालयमा सम्पन्न भएको हो।उक्त कार्यक्रममा रामधुनी वडा नम्बर ६ र ७ का विद्यालयहरूबाट सहभागिता जनाएका बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम रामधुनी नगरपालिकाको आयोजनामा, नमुना नगर बाल सञ्जाल बक्लौरी, वडा बाल सञ्जाल तथा अनमोल बाल सञ्जालको संयुक्त सहकार्य र समन्वयमा सम्पन्न गरिएको हो।कार्यक्रमको अध्यक्षता
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.