शिक्षा

    Showing २१-३० of ७८७ items.
  • धनकुटाका करवीर राईले गरे ६६ वर्षको उमेरमा एसइई उत्तीर्ण

    इटहरी ।  धनकुटा–६ मा बसोबास गर्दै आउनुभएका ६६ वर्षीय करवीर राईले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्नुभएको छ । इच्छाशक्ति भए पढाइमा उमेर बाधक नबन्ने सन्देश दिँदै उहाँले निरन्तर मेहनत र लगनशीलताका कारण सफलता हासिल गर्नुभएको हो । राईको सफलतापछि सामाजिक सञ्जालमा उहाँप्रति बधाई तथा शुभकामनाको ओइरो लागेको छ । धेरैले उहाँको प्रयासलाई प्रेरणादायी उदाहरणका रूपमा लिएका छन् । शिक्षा प्राप्त गर्ने उमेरको कुनै सीमा नहुने सन्देश दिन सफल राई अहिले धेरैका लागि उदाहरण बन्नुभएको छ । पारिवारिक तथा सामाजिक जिम्मेवारीबिच पनि उहाँले अध्ययनलाई निरन्तरता दिनुभएको आफन्तले बताएका छन् । स्थानीयवासीले उहाँक

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २५५ पटक पढिएको
  • युडब्लुएस नेपालको सहयोगमा बालमैत्री विद्यालय भवन हस्तान्तरण

    इटहरी । भोजपुरको षडानन्द नगरपालिका–२ स्थित श्री जनोदय आधारभूत विद्यालयलाई युडब्लुएस नेपाल को साझेदारी र दातृ निकाय ट्रोपिक कम्पनीको सहयोगमा निर्मित ११ कोठे बालमैत्री विद्यालय भवन, ५ कोठे अपाङ्गमैत्री शौचालय तथा खानेपानी धारासहितका भौतिक संरचना हस्तान्तरण गरिएको छ ।दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने, पठनपाठनमा सहजता ल्याउने र शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले युडब्लुएस नेपालले सामुदायिक विद्यालयमा भवन निर्माणलगायत शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको छ । सोहीअनुसार जनोदय आधारभूत विद्यालयलाई भवन निर्माण गरी हस्तान्तरण गरिएको हो । भवन उद्घाटन गर्दै दातृ निकाय ट्रोपिकका उ

    • प्रकाशित मितिः वैशाख ३०, २०८३
    • २१४ पटक पढिएको
  • खेलमै जीवन समर्पित गरेका अनिरुद्र चौधरी : परालको ओछ्यानदेखि राष्ट्रिय खेलकुदसम्मको प्रेरणादायी यात्रा

    सुनसरी/ सुनसरीको दुहबी नगरपालिका–९ छाताबेलीमा जन्मिएका अनिरुद्र चौधरीले पठनपाठनसँगै खेलकुदलाई आफ्नो जीवनको मुख्य आधार बनाउँदै २०४५ सालदेखि एथलेटिक्समार्फत खेल यात्रा सुरु गर्नुभएको हो।कोशी अञ्चलबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै उहाँले दोस्रो, तेस्रो हुँदै कतिपय समयमा पहिलो स्थानसमेत हासिल गर्नुभएको छ। “सानैदेखि मलाई दौड अत्यन्त मनपर्थ्यो, त्यसैले एथलेटिक्स खेल रोजें,” चौधरीले भन्नुभयो।परिवारको निरन्तर साथ र समर्थनकै कारण खेल यात्रालाई निरन्तरता दिन सफल भएको उहाँ बताउनुहुन्छ। खेल क्षेत्रमा अहिलेको जस्तो सुविधा नभएको स्मरण गर्दै उहाँले त्यतिबेला खेलाडीहरूले निकै कठिन परिस्थितिमा समेत खेलप्र

    • प्रकाशित मितिः वैशाख २९, २०८३
    • १,०४३ पटक पढिएको
  • इटहरी–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कोबिद जंग कार्की नेतृत्वमा शैक्षिक सुधारका विविध कार्यक्रम

    इटहरी । इटहरी उपमहानगरपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय इटहरी मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कोबिद जंग कार्कीको कार्यकालमा शैक्षिक, प्रशासनिक तथा भौतिक पूर्वाधार सुधारका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिएका छन्।कार्कीको नेतृत्वमा विद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न School Accounting System (SAS) लागू गरिएको छ भने वार्षिक नीति, कार्यक्रम तथा बजेट निर्माण गरी व्यवस्थित ढंगले सञ्चालन गरिएको विद्यालयले जनाएको छ। पुराना डेस्क–बेन्च विस्थापित गरी नयाँ डेस्क–बेन्चको व्यवस्थापन गरिएको छ भने स्मार्ट विद्यालयको अवधारणाअनुसार कक्षा कोठामा स्मार्ट बोर्ड जडा

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • २३६ पटक पढिएको
  • ताप्लेजुङमा सेवा निवृत शिक्षकलाई सम्मानसहित बिदाइ

    इटहरी ।  ताप्लेजुङमा सेवा निवृत शिक्षकलाई सम्मानसहित बिदाइ गरिएको छ । शिक्षण पेसामा आबद्ध भएर सेवा निवृत हुनुभएका शिक्षकलाई शिक्षा विकास तथा समन्वय एकाइले सम्मानसहित बिदाइ गरेको हो । उमेर हदका कारण सेवा निवृत भएका तथा स्वेच्छिक अवकास हुन चाहेका शिक्षकहरूलाई एकाइले आइतबार सम्मानसहित बिदाइ गरेको हो । शैक्षिक सत्र २०८२ मा सेवा निवृत अर्थात अनिवार्य अवकास हुने र स्वेच्छिक अवकासमा जानेसमेत विभिन्न तहका ३२ जना शिक्षकको बिदाइ भएको छ । शिक्षा विकास तथा समन्वय एकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईका अनुसार माध्यमिक तहका एक जना राहतसमेत छ जना शिक्षकलाई बिदाइ गरिएको छ । बिदाइ हुने मावि तहका शिक्ष

    • प्रकाशित मितिः वैशाख २८, २०८३
    • १५५ पटक पढिएको
  • चतराधाममा वैदिक शिक्षासहित संस्कारयुक्त अंग्रेजी माध्यमको गुरुकुल स्थापना

    इटहरी । प्राचीन हरिद्वारको रूपमा स्थापित पूर्वी नेपालको प्रसिद्ध धार्मिक तथा आध्यात्मिक केन्द्र चतराधाममा वैदिक शिक्षा र आधुनिक शिक्षाको समन्वय गर्ने उद्देश्यसहित “जगतगुरु श्रीरामानन्दाचार्य गुरुकुल” स्थापना गरिएको छ । वराहक्षेत्र नगरपालिका–१, चतराधामस्थित श्रीरामतारक ब्रह्मपीठ अन्तर्गत सञ्चालन हुने उक्त गुरुकुलको आइतबार कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । कक्षा ६ देखि १२ सम्म अंग्रेजी माध्यमबाट सञ्चालन हुने योजना अनुसार सञ्चालनमा ल्याइएको गुरुकुलको औपचारिक उद्घाटनसँगै आइतबारदेखि नै कक्षा ६ को अध्ययन सुरु गरिएको छ । श्रीरामानन्द

    • प्रकाशित मितिः वैशाख २७, २०८३
    • २०५ पटक पढिएको
  • उत्कृष्ट १० विद्यार्थीलाई वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति

    इटहरी ।  पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आफूले अध्ययन गरेका विद्यालयमा आफ्ना आमाबुवाको नाममा स्थापित ‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’ अन्तर्गत तीन विद्यालयका उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालय, भोजपुर नगरपालिका–७ स्थित भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक विद्यालयका उत्कृष्ट १० जना विद्यार्थीलाई जनही १५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । भोजपुर बहुमुखी क्याम्पसबाट उत्कृष्ट विद्यार्थी रविना बुढाथोकी, युना म्हेन्दो तामाङ, खुसी बयलकोटी र स्नेह राईलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १८२ पटक पढिएको
  • डिजिटल लाइफस्टाइल तथा महिला स्वास्थ्यसम्बन्धी विशेष सत्र सम्पन्न

    प्रेक्षा आचार्यच्याप्टर लिडलोला इटहरी च्याप्टरइटहरी । लेडिज अफ लिबर्टि अलायन्स इटहरी च्याप्टरले हिजो प्रभात किरण माध्यमिक विद्यालय, सलकपुरमा “डिजिटल लाइफस्टाइल तथा महिला स्वास्थ्य” विषयक विशेषसत्र सम्पन्न गरेको छ । कार्यक्रममा विशेषगरी किशोरी तथा युवतीहरूलाई लक्षित गर्दै डिजिटल लाइफस्टाइलले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे छलफल गरिएको थियो। लामो समय स्क्रिन प्रयोग गर्दा हुने असर, निद्रामा पर्ने प्रभाव, मानसिक तनाव तथा दैनिक जीवनमा सन्तुलन कायम गर्ने उपायहरूबारे पनि जानकारी दिइएको थियो ।  साथै महिलाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै आत्म–हेरचाह, सकारात्मक डिजिटल बानी,

    • प्रकाशित मितिः वैशाख २४, २०८३
    • ८८० पटक पढिएको
  • विद्यार्थी अभावले कानेपोखरीका दुई सामुदायिक विद्यालय बन्द

    इटहरी । विद्यार्थी सङ्ख्या न्यून भएपछि मोरङको कानेपोखरी गाउँपालिकाले दुईवटा सामुदायिक विद्यालय बन्द गरेको छ भने तीनवटा विद्यालयमा कक्षा घटुवा गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवका अनुसार वडा नं। ४ को थानेश्वर आधारभूत विद्यालय र वडा नं। १ को सिद्धार्थ आधारभूत विद्यालय बन्द गरिएको हो । साथै वडा नं। ३ को लक्ष्मी आधारभूत विद्यालय, वडा नं। ४ को पञ्चकन्या आधारभूत विद्यालय र वडा नं। ६ को सुन्तोली आधारभूत विद्यालयबाट कक्षा ४ र ५ हटाइएको छ । थानेश्वर आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ५ सम्म जम्मा ६ जना विद्यार्थी रहेका थिए । एक शिक्षक दरबन्दी र एक बालविकास शिक्षक रहेको उक

    • प्रकाशित मितिः वैशाख १९, २०८३
    • १७४ पटक पढिएको
  • लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम मन्त्री पराजुलीद्वारा उद्घाटन

    कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको आर्थिक सहयोगमा लागू पदार्थ दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम आज मिति २०८३ साल वैशाख १८ गते एक समारोहबीच उद्घाटन गरिएको छ।उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा वैशाख १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुने “प्रशिक्षक प्रशिक्षण (Training of Trainers)” तालिम माननीय आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणी पराजुलीको प्रमुख आतिथ्यतामा शुभारम्भ गरिएको हो।कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री इन्द्रमणी पराजुलीको भन्नुभयो “लागू पदार्थ दुर्व्यसन आजको समाजका लागि गम्भीर चुनौती बनेको छ। यसबाट युवाहरूलाई जोगाउन

    • प्रकाशित मितिः वैशाख १८, २०८३
    • ३८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]