शिक्षा

    Showing ४१-५० of ७९१ items.
  • सिटी मोन्टेसरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टरको १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न

    इटहरी । सुनसरीको धरान–१६ स्थित सिटी मोन्टेसरी चिल्ड्रेन्स हाउस एण्ड ट्रेनिङ सेन्टर द्वारा आयोजित १३औँ वार्षिकोत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम शुक्रबार याखा भवनमा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो । फ्रम जेन्टल बेगिनिङस टु कन्फिडेन्ट स्टेपस भन्ने भावनात्मक सन्देशसहित आयोजित कार्यक्रममा साना बालबालिकाहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सिर्जनशीलता प्रस्तुत गरेका थिए । कार्यक्रममा बालबालिकाहरूले नृत्य, गायन, विभिन्न प्रयोगात्मक गतिविधि तथा मनोरञ्जनात्मक प्रस्तुतिमार्फत दर्शकहरूको मन जितेका थिए । दीक्षान्त समारोहअन्तर्गत उत्तीर्ण विद्यार्थीहरूलाई पदक प्रदान

    • प्रकाशित मितिः चैत २९, २०८२
    • २०४ पटक पढिएको
  • प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन ३ को उपाधी सीमा मादेनलाई

    इटहरी । ‘प्याब्सन बराहक्षेत्र स्कुलमा कविता सिजन–३’ को उपाधि कक्षा–१० मा अध्ययनरत जनता माध्यमिक विद्यालय, बराहक्षेत्र–३ नडाहाकी सीमा मादेनले जित्नुभएको छ ।श्निबार सम्पन्न प्रतियोगिताको फाइनल चरणमा नौ प्रतिस्पर्धीलाई पछि पार्दै मादेन विजेता बन्न सफल हुनुभएको हो । प्रतियोगितामा उपविजेता युनिशा देउजा (राजाबास इङ्लिस बोर्डिङ स्कुल), तृतीय इनुष्का गौतम (बराहाराइजिङ इङ्लिस स्कुल) र सान्त्वना प्रकृति यादव (मोहन माध्यमिक विद्यालय) भएका छन् । स्वर्णिम साहित्य समाज, बराहक्षेत्र–३ सुनसरीद्वारा विगत तीन वर्षदेखि निरन्तर आयोजना हुँदै आएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मदन पुरस्कार विजेता साहित्यकार डा.

    • प्रकाशित मितिः चैत २९, २०८२
    • २०५ पटक पढिएको
  • प्यागोडा मोडेल सेकेण्डरी इङ्लिस स्कुलको ३२ औँ वार्षिक उत्सव , अभिभावक दिवस तथा नतिजा प्रकाशन

    इटहरी । मोरङको पथरी शनिश्चरे वडा नं ३ वीरेन्द्रनगरमा रहेको प्यागोडा मोडेल सेकेण्डरी इङ्लिस स्कुलले आफ्नो ३२ औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा नतिजा प्रकाशन सम्पन्न गरेको छ । शुक्रबार विद्यालयले आफ्नो विद्यालय प्राङ्गणमा कार्यक्रमको आयोजना गरेको हो । पथरी शनिश्चरे वडा नं ३ का वडाध्यक्ष विजय लिम्बुको प्रमुख आतिथ्यता तथा प्रिन्सिपल रमेश कुमार कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा शैक्षिक सत्र २०८२ मा कक्षा ५ र ८ वाहेक अन्य कक्षाहरूबाट हरेक त्रैमासिक परीक्षामा जीपीए ४ हासिल गर्ने विद्यार्थीहरूलाई  थप हौसला र प्रेरणा प्रदान गर्न टिका ,अबिर, रुद्राक्ष माला, प्रमाणपत्र सहितले पुरस्कृत गरिएको

    • प्रकाशित मितिः चैत २७, २०८२
    • ३३० पटक पढिएको
  • विवाहित महिलालाई निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने

    इटहरी ।  ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले विवाहित महिला (बुहारी) लाई कम्प्युटर तालिम दिने तयारी गरेको छ । नगरपालिकाभित्रका विवाहित महिला अर्थात् बुहारीलाई निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने तयारी गरिएको हो । फुङ्लिङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार विवाहित महिलालाई कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो । चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विवाहित महिलालाई तीन महिने निःशुल्क कम्प्युटर शिक्षासम्बन्धी तालिम दिने तयारी गरिएको पौडेलले जानकारी दिनुभयो । बुहारीको जिम्मेवारीमा पुगेको अर्थात् विवाहित महिलालाई कम्प्युटरको पहुँचमा पुर्‍याउने उद्देश्य राखेर कम्प्

    • प्रकाशित मितिः चैत २७, २०८२
    • १५८ पटक पढिएको
  • भगवती माध्यमिक विद्यालयको पक्की भवन निर्माण सुरु

    इटहरी ।  सुनसरीको वराहक्षेत्र १० स्थित भगवती माध्यमिक विद्यालयको पक्की भवन निर्माण सुरु गरिएको छ। विद्यालयमा रहेका भवन जीर्ण बन्दै गएपछि चार कोठे पक्की भवन बनाउन सुरु गरिएको हो । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको बजेटबाट भवन बनाउन सुरु गरिएको छ । पक्की भवनको ठेक्का वराहक्षेत्र नगरपालिकाले लगाएर भवन बनाउन थालिएको विद्यालयका प्रधानध्यापक घनश्याम माझीले जानकारी दिनुभयो । उहाँका अनुसार चार कोठे भवन बनाउन ४० लाख ९७ हजार ८८६ रुपैयाँ ६५ पैसामा ठेक्का परेर श्री आवेश एण्ड आर्यन बिल्डर्स इनरुवा सुनसरीले काम सुरु गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल उरावका अनुसार भगवती

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १८४ पटक पढिएको
  • दीक्षान्तसहित सिङ्लिङ मन्टेश्वरी स्कुलको १० औं वार्षिकोत्सव सम्पन्न

    इटहरी । मोरङको पथरी शनिश्चरे–२ मा रहेको सिङ्लिङ मन्टेश्वरी स्कुलले आफ्नो १० औं वार्षिकोत्सव तथा दिक्षान्त समारोह सम्पन्न गरेको छ ।पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोको प्रमुख आतिथ्यता तथा विद्यालयकी निर्देशक एवम् प्रिन्सिपल विन्दु चेम्जोङको सभापतित्वमा बुधबार एक विशेष कार्यक्रमका बीच वार्षिकोत्सव मनाइएको हो । समारोहमा कक्षा १ उत्तीर्ण गरी कक्षा २ मा प्रवेश गरेका विद्यार्थीहरुलाई दीक्षित गरिएको थियो। कार्यक्रममा नानीबाबुहरूले विभिन्न भाषा र संस्कृति झल्किने आकर्षक ¥याम्प वाक, कविता, गीत तथा नृत्य प्रस्तुत गरेका थिए । उनीहरुको बालसुलभ र मनमोहक सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैक

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २२३ पटक पढिएको
  • सुनसरीमा एसईई परीक्षामा नक्कली परीक्षार्थी पक्राउ

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित पृथ्वी माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा नक्कली परीक्षार्थी फेला परेकी छन्।  मिति २०८२ चैत २४ गते बिहान १०ः१५ बजे सामाजिक विषयको परीक्षा चलिरहेको समयमा जिल्ला शिक्षा तथा समन्वय इकाई सुनसरीको अनुगमन टोलीले अनियमितता फेला पारेको हो। अनुगमनका क्रममा जामिआ इस्लामिया विद्यालयकी छात्रा सलमा अजहर ९सिम्बल नम्बर ०१००९५२६–एक्स० को सट्टामा परीक्षा दिइरहेकी २० वर्षीया नुसरत बानो पक्राउ परेकी छन्। नुसरत बानोलाई प्रहरी चौकी चिरौली चोकबाट खटिएको टोलीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घ

    • प्रकाशित मितिः चैत २५, २०८२
    • २४६ पटक पढिएको
  • धरान मन्टेस्वरी एकेडेमीको २१ औं वार्षिकोत्सव तथा १९ औं दिक्षित समारोह

    इटहरी । धरान मन्टेश्वरी एकेडेमीले सोमबार २१ औं वार्षिकोत्सव तथा १९ औं दिक्षित समारोह सुरू भएको छ । धरान मन्टेश्वरी एकेडेमीका प्रबन्ध निर्देशक दिपक अग्रवालको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यलय धरानका प्रमुख मौसम डुङ्गेलको प्रमुख अतिथिमा कार्यक्रम गरिएको छ । धरानको सैनिक भवनमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायतका विविध सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका छन् ।  कक्षा ग्पन देखि १ मा उत्तीर्ण भएका विद्यार्थीहरूलाई दिक्षित गरिने भएको छ ।विद्यालयकी प्रिन्सिपल मैया राई अग्रवालका  स्थापना कालमा विभिन्न समस्या झेल्दै आएपनि अभिभावकको साथ र सहयोगले विद्याल

    • प्रकाशित मितिः चैत २३, २०८२
    • १५७ पटक पढिएको
  • खुला आकाशमुनिको ‘ट्युसन’ कक्षा

    इटहरी। पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’जहाँ नर्सरीदेखि कक्षा ७ सम्म पढ्ने ३०–३५ जना बालबालिका दिनहुँ बिहान ७ः०० बजे किताब, कापी र कलम च्यापेर ट्युसन पढ्न आइपुग्छन् । चन्द्र सर अर्थात् चन्द्र भण्डारीले ती बालबालिकालाई लेखपढमा सहायता गर्नुहुन्छ । उहाँ विद्यालयमा पढ्दा नबुझेका पाठ बुझाउनुहुन्छ । गृहकार्य गर्न सहजीकरण गर्नुहुन्छ । यो दृश्य हो– इटहरीको व्यस्त सडक पूर्वपश्चिम राजमार्ग पर्ने इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको गल्ली । नामजस्तै यस खुला आकाशमुनि पठनपाठन सञ्चालन हुन थालेको तीन दशक बढी भइस

    • प्रकाशित मितिः चैत २०, २०८२
    • १८३ पटक पढिएको
  • ताप्लेजुङमा दुई जनाले कारागारबाटै दिए एसईई

    इटहरी। ताप्लेजुङमा दुई कैदीबन्दीले कारागारबाटै माध्यमिक शिक्षा परीक्षा(एसईई) दिनुभएको छ । जिल्ला कारागार ताप्लेजुङमा सजाय भुक्तान गरिरहेका दुई परीक्षार्थीले यस वर्षको एसईई दिनुभएको हो ।जिल्ला कारागारमा रहेकामध्ये एक जनाले नियमित र एक जनाले ग्रेड वृद्धितर्फ परीक्षा दिएको जिल्ला प्रहरी प्रमुख ९डिएसपी० बेदप्रसाद गौतमले जानकारी दिनुभयो । ताप्लेजुङमा यस वर्ष जिल्लाभर ११ वटा केन्द्रमार्फत परीक्षा सञ्चालन भइरहेको छ । गत वर्ष १७ वटा केन्द्र रहेकामा यस पटक परीक्षार्थी सङ्ख्याका आधारमा ११ वटा मात्र केन्द्र कायम गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख योगेश्वर भट्टराईले जानकारी दिनुभयो । जिल्लाभरबाट न

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १७० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]