इटहरी । कोशी प्रदेशमा शैक्षिक दृष्टिकोणले छुटै पहिचान बनाएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश कलेजले एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी साइबर कनेक्सन सम्वन्धी विभिन्न सहजिकरण कार्यक्रम आयोजना गरेको छ । इन्टरनेटसंग जोडिने विषयहरुका विद्यार्थीहरुलाई जानकारी गराउने उद्धेश्यले विश्व आर्दश कलेजको आयोजना रहेको दुई दिने साइबर कनेक्सन सम्वन्धी कार्यक्रमको आयोजना गरेको विश्व आदर्श कलेजका प्राचार्य गणेश दुलालले जानकारी दिए । इटहरी उपमाहानगर क्षेत्रमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसईई दिइसकेका विद्यार्थीलाई इन्टरनेट चलाउ अपनाउनु पर्ने सावधा
विराटनगर : विराटनगर केही दिनदेखि अत्यधिक गर्मी बढेको छ । गर्मीका कारण विराटनगर महानगरपालिकाले विद्यालयहरुमा विदा दिने निर्णय गरेको छ ।महानगरले बिहीबार र शुक्रबार महानगरमा रहेका सबै सरकारी र संस्थागत विद्यालयमा विदा दिने निर्णय गरेको विराटनगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिए । साउन महिनाको बर्खे विदाबाट कट्टा हुनेगरी विदा दिइएको हो ।अत्यधिक गर्मीले केही दिनदेखि दिउँसो बाहिर हिँडनसमेत हम्मेहम्मे परेको छ भने बजारमा किनमेल गर्नेको चापसमेत कम भएको छ । बुधबार विराटनगरको अधिकत्तम तापक्रम ४१ डिग्री छ ।
सुन्पुदरहरैचा / पुर्वान्चल बिश्वबिधालयको उपकुलपति यादव प्रसाद कोईरालाको कार्यक्षमै लगायत केन्द्रीय कार्यलय आइतबार आज तोडफोड भएको छ। उक्त तोडफोड घटनामा संलग्न पुर्वान्चल बिश्वबिधालयका नेता पास्टर घिमिरे र शिवरत्न साह पक्राउ परेको प्रहरी चौकी गछियाले जनाएको छ ।पुर्वान्चल बिश्वबिधालयको केन्द्रिय कार्यालय बाहिर झ्याल सिसा , ढोका, गमला , टेबल कुर्सी , टेलिफोन लगायत तोडफोड गर्दै उपकुलपतिको कक्षमै प्रवेश गरि उपकुलपति बस्ने कुर्सी टेबलमा तोडफोड गरेका छन । बिद्यार्थी नेताहरु मोटरसाइकलमा बिराटनगर तिर जाँदै गरेको अवस्थामा प्रहरी चौकी गछियाले नियन्त्रणमा लिई इलाका प्रहरी बेलबारीमा राखिएको जनाएको छ।अर्को त
अध्यापनको लागि अस्ट्रेलिया आउने नेपाली बिद्यार्थीहरुले भोग्नु पर्ने चुनौतीहरूको समाधानको लागि 'मिट एन्ड ग्रेट' कार्यक्रम आयोजना गरिने भएको छ । नव आगन्तुक बिद्यार्थीहरुले अस्ट्रेलिया आएपछि दैनिक भोग्नु पर्ने समस्याहरूलाई समाधान र परामर्श दिने उद्देश्यले पर्थमा रहेका नेपाली विद्यार्थीले मे २१ तारिकमा कार्यक्रम गर्न लागेको हो । कार्यक्रम पर्थको मोमो प्लानेट ३१५ अल्बानि हाइवे, भिक्टोरिया पार्कमा हुनेछ ।कार्यक्रमका संयोजक मनिष सिग्देलका अनुसार उक्त कार्यक्रममा पर्थमा नेपाली विद्यार्थीले काम गर्ने वातावरण, अधिकार र दायित्वहरू, बुझाउनु पर्ने कर, श्रमिक क्षतिपूर्ति, ड्राइभिङका नियम र माइग्रेसन सम्बन्ध
धनकुटा । संखुवासभा जिल्लाकाे बर्थिङ सेन्टरमा कार्यरत अनमी र स्टाफ नर्सहरूलाई प्रजनन् स्वास्थ्य सम्वन्धी पाँचदिवसिय तालिम जिल्ला अस्पताल धनकुटामा सञ्चालन भईरहेकाे छ । अनमि र स्टाफ नर्सहरूलाई आफु कार्यरत स्थानबाट महिलाहरूमा हुने चार किसिमका मृत्यु गराउन सक्ने घातक राेगहरू ( आङखस्ने समस्या, स्तन क्यान्सर, पाठ्यघरकाे मुखकाे क्यान्सर दिशापिसाव चुहिने समस्या फिस्टुला लगायतकाे राेगकाे पहिचान र निदान गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमकाे आयाेजना गरिएकाे तालिम संयाेजक स्वास्थ्य तालिम केन्द्र धनकुटाका जनस्वास्थ्य निरिक्षक गजेन्द्र यादवले जानकारी दिनुभयाे । स्वास्थ्य तालिम केन्द
बराहक्षेत्र / नेपाल राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्रले ७० जना शिक्षकहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा बराहक्षेत्रमा नव नियुक्त भएका शिक्षक, सरुवा भई आएका शिक्षक र बढुवा भएका शिक्षक रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुनसरीका शिक्षा बिभाग संयोजक निलम खनालले यस्तो प्रकारको उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा संगठनको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भयो । साथै आफू हाल जनप्रतिनिधि नभए पनि ब्यक्तिगत रुपमै बराहक्षेत्रको शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । खनाल बराहक्षेत्र निवर्तमान नगर प्रमुख समेत हुन् ।का
पथरी। मोरङको पथरीशनिश्चरे-०१ मा रहेको पथरी बहुमुखी क्याम्पसले आफ्नो १५ औं क्याम्पस सभा गर्ने भएको छ।आज बुधबार पथरी बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष राम कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी २२ गते क्याम्पस सभा गर्ने निर्णय गरेको हो। बैठकले क्याम्पस संचालक समितिलाई पुर्णता दिन नेकपा एकीकृत समाजवादीकी बिन्दु राई, नेकपा माओवादी केन्द्रका वेदनिधि खनाललाई सदस्यमा मनोनित गरेको छ। यसै गरी,क्याम्पस संचालक समितिको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। जसमा पथरीशनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राईको संयोजकत्वमा पथरी शनिश्चरेकी&n
इटहरी । पुर्वी नेपालमा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विविद्य कार्यक्रम आयोजना गरेको छ । विश्व आर्दश एकेडेमीले कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना सहित विदाई कार्यक्रमको आयोजना गरेको हो ।एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षताम भएको कार्यक्रममा कक्षा १२का विद्यार्थीहरुलाई सफल शैक्षिक भविष्यको कामना सहित विदाई गरियो भने एकेडेमीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा कक्षागत परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो । सोही अवसरमा
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकामा उत्कृष्ट शैक्षिक गन्तब्यको रुपमा जुपिटर सेकेन्डरी बोर्डिङ स्कुल पनि पर्दछ । २०५० सालमा स्थापित यस विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विनोद सुब्बाले स्थापना गरेको यस विद्यालयमा २०५७ सालबाट नयाँ व्यवस्थापन आएपछि सोही व्यवस्थापनले हालसम्म विद्यालय सञ्चालन गर्दै आएको छ ।२०५७ सालमा नयाँ व्यवस्थापनले विद्यालय लिँदै गर्दा १ सय ६८ जना विद्यार्थी रहेकोमा हाल यस विद्यालयमा एक हजार भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको प्रधानाध्यापक हरिशचन्द्र ढकालले बताए ।विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । २०६१ सालबाट एसईई ९तत्कालीन एसएलसी० परीक्षामा
सुन्दरहरैंचा/ दलित वर्गका लागि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना र हेल्पिङ्ग युथ सुनसरीको सहजीकरणमा आइतबार आयोजना गरिएको कार्यक्रममा वडावासी दलित समुदायका करिब ६० जना सहभागि भएका थिए । कार्यक्रम वडा कार्यालयको सभाहलमा राजकुमारी विश्वकर्माको अध्यक्षता तथा सुन्दरहरैंचा वडा ४ का अध्यक्ष कैलाश बस्नेत प्रमुख आथित्यतामा भएको थियो । सो अवसरमा सहजकर्ता एवम् अभियन्ता पेशल खतिवडाले जातीय छुवाछुत ऐन २०६८, फौजदारी र देवानी कानून, संविधानमा व्यवस्था गरिएको मौलिक हक, समानताको हक धारा–१८, छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक धारा–२४
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.