धनकुटा । संखुवासभा जिल्लाकाे बर्थिङ सेन्टरमा कार्यरत अनमी र स्टाफ नर्सहरूलाई प्रजनन् स्वास्थ्य सम्वन्धी पाँचदिवसिय तालिम जिल्ला अस्पताल धनकुटामा सञ्चालन भईरहेकाे छ । अनमि र स्टाफ नर्सहरूलाई आफु कार्यरत स्थानबाट महिलाहरूमा हुने चार किसिमका मृत्यु गराउन सक्ने घातक राेगहरू ( आङखस्ने समस्या, स्तन क्यान्सर, पाठ्यघरकाे मुखकाे क्यान्सर दिशापिसाव चुहिने समस्या फिस्टुला लगायतकाे राेगकाे पहिचान र निदान गर्न सक्षम बनाउने उद्देश्यका साथ तालिमकाे आयाेजना गरिएकाे तालिम संयाेजक स्वास्थ्य तालिम केन्द्र धनकुटाका जनस्वास्थ्य निरिक्षक गजेन्द्र यादवले जानकारी दिनुभयाे । स्वास्थ्य तालिम केन्द
बराहक्षेत्र / नेपाल राष्ट्रिय शिक्षक संगठन बराहक्षेत्रले ७० जना शिक्षकहरुलाई एक विशेष कार्यक्रमको आयोजना गरी स्वागत तथा सम्मान गरेको छ । सम्मानित हुनेहरुमा बराहक्षेत्रमा नव नियुक्त भएका शिक्षक, सरुवा भई आएका शिक्षक र बढुवा भएका शिक्षक रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सुनसरीका शिक्षा बिभाग संयोजक निलम खनालले यस्तो प्रकारको उत्कृष्ट कार्यक्रम आयोजना गरेकोमा संगठनको मुक्तकण्ठले प्रशंसा समेत गर्नु भयो । साथै आफू हाल जनप्रतिनिधि नभए पनि ब्यक्तिगत रुपमै बराहक्षेत्रको शिक्षा क्षेत्रमा सक्दो सहयोग गर्ने बताउनु भएको छ । खनाल बराहक्षेत्र निवर्तमान नगर प्रमुख समेत हुन् ।का
पथरी। मोरङको पथरीशनिश्चरे-०१ मा रहेको पथरी बहुमुखी क्याम्पसले आफ्नो १५ औं क्याम्पस सभा गर्ने भएको छ।आज बुधबार पथरी बहुमुखी क्याम्पसका संचालक समिति अध्यक्ष राम कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको बैठकले आगामी २२ गते क्याम्पस सभा गर्ने निर्णय गरेको हो। बैठकले क्याम्पस संचालक समितिलाई पुर्णता दिन नेकपा एकीकृत समाजवादीकी बिन्दु राई, नेकपा माओवादी केन्द्रका वेदनिधि खनाललाई सदस्यमा मनोनित गरेको छ। यसै गरी,क्याम्पस संचालक समितिको पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। जसमा पथरीशनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप कुमार राईको संयोजकत्वमा पथरी शनिश्चरेकी&n
इटहरी । पुर्वी नेपालमा शैक्षिक क्षेत्रमा महत्वपुर्ण योगदान गर्दै आएको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश एकेडेमीले विविद्य कार्यक्रम आयोजना गरेको छ । विश्व आर्दश एकेडेमीले कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि शुभकामना सहित विदाई कार्यक्रमको आयोजना गरेको हो ।एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षताम भएको कार्यक्रममा कक्षा १२का विद्यार्थीहरुलाई सफल शैक्षिक भविष्यको कामना सहित विदाई गरियो भने एकेडेमीले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेता तथा कक्षागत परिक्षामा उत्कृष्ट नम्बर ल्याउने विद्यार्थीलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरियो । सोही अवसरमा
सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकामा उत्कृष्ट शैक्षिक गन्तब्यको रुपमा जुपिटर सेकेन्डरी बोर्डिङ स्कुल पनि पर्दछ । २०५० सालमा स्थापित यस विद्यालयले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । विनोद सुब्बाले स्थापना गरेको यस विद्यालयमा २०५७ सालबाट नयाँ व्यवस्थापन आएपछि सोही व्यवस्थापनले हालसम्म विद्यालय सञ्चालन गर्दै आएको छ ।२०५७ सालमा नयाँ व्यवस्थापनले विद्यालय लिँदै गर्दा १ सय ६८ जना विद्यार्थी रहेकोमा हाल यस विद्यालयमा एक हजार भन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको प्रधानाध्यापक हरिशचन्द्र ढकालले बताए ।विद्यालयमा कक्षा १० सम्म पठनपाठन हुने गरेको छ । २०६१ सालबाट एसईई ९तत्कालीन एसएलसी० परीक्षामा
सुन्दरहरैंचा/ दलित वर्गका लागि एक दिवसीय सचेतना कार्यक्रम आयोजना गरिएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर–४ कार्यालयको आयोजना र हेल्पिङ्ग युथ सुनसरीको सहजीकरणमा आइतबार आयोजना गरिएको कार्यक्रममा वडावासी दलित समुदायका करिब ६० जना सहभागि भएका थिए । कार्यक्रम वडा कार्यालयको सभाहलमा राजकुमारी विश्वकर्माको अध्यक्षता तथा सुन्दरहरैंचा वडा ४ का अध्यक्ष कैलाश बस्नेत प्रमुख आथित्यतामा भएको थियो । सो अवसरमा सहजकर्ता एवम् अभियन्ता पेशल खतिवडाले जातीय छुवाछुत ऐन २०६८, फौजदारी र देवानी कानून, संविधानमा व्यवस्था गरिएको मौलिक हक, समानताको हक धारा–१८, छुवाछुत तथा जातीय भेदभाव विरुद्धको हक धारा–२४
सुन्दरहरैँचा / मोरङका विभिन्न परीक्षा केन्द्रबाट पक्राउ परेका एसईईका नक्कली परीक्षार्थीमध्ये अधिकांशलाई जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इलजासले जनही ४० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । आदेशपछि १ सय ६० जना परीक्षार्थी धरौटीवापतको रकम बुझाएर छुटेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए ।नाबालक रहेका परीक्षार्थीलाई भने खोजेका बेला हाजिर गराउने गरी अभिभावकको जिम्मा लगाइएको छ ।नाबालक नक्कली परीक्षार्थीको संख्या ३४ छ ।नक्कली परीक्षार्थी परिचालन गर्ने इन्स्टिच्युटका सञ्चालक धरानका सन्तोष राईलाई १ लाख रुपैयाँ धरौटीमा
इटहरी । पछिल्लो समयमा अनलाईनको प्रयोग वढेसंगै अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार समेत वढी रहेका छन । त्यसैलाई मध्यनजर गर्दै भ्वाईस अफ चिल्डेनले इटहरीमा बालबालिकाहरुको सहभागितामा वालयौन दुव्यवहार न्युनिकरणका विषय केन्द्रित कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।यही क्रममा भ्वाईस अफ चिल्ड्रेनले साथी शिक्षकहरुलाई अभिमुखिकरण कार्यक्रम आयोजना गरेको हो।अभिमुखिकरण कार्यक्रममा भ्वाईस अफ चिल्ड्रेनमा आवद्ध साथी शिक्षक वालबालिकाहरुलाई अनलाईनका माध्यमबाट हुने बालयौन दुव्र्यवहार , कस्ता कस्ता अनलाईनसंग जोडिने सामाजिक सञ्जालबाट वालयौन दुव्र्यवहार हुन्छ कसरी त्यसबाट बालबालिकालाई जोगाउने लगायतक
इटहरी । इटहरी ३ मा रहेको सनराइज इङलिश बोर्डिङ स्कुलले एक कार्यक्रमका बिच विद्यालय मेलाको आयोजना गरेको छ । विद्यालयका संचालक बाबुराम नेपालको अध्यक्षता तथा इटहरी उपमहानगरपालीकाका प्रमुख हेमकर्ण पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले आफ्नै लगानीमा खानाका परिकार,विज्ञान प्रदर्शनी गरेका थिए । प्रदर्शनीमा विद्यार्थीहरुले पुजाका सामाग्री,नाङलो,टपरी,चटपटे,पानीपुरी लगायत हात बाट निर्मित अन्य सामाग्रीहरु राखी बिक्री वितरण गरिएको थियो । मानव शरिर,कृतीम श्वास प्रसास प्रणाली,विजुलीबाट सञ्चालन हुने अन्य विविध सामाग्री राखिएको थियो ।विद्यार्थीहरुमा आ
बेलबारी / मोरङको बेलबारी नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाले बेलबारीमा सञ्चालन भइरहेका संस्थागत विद्यालयहरुको वर्गीकरण गरेको छ । शाखाले संस्थागत विद्यालयहरुमा गरेको मुल्यांकन अनुसार ८९.७६ प्रतिशत अंक प्राप्त गर्दै बेलबारी ११ लक्ष्मीमार्गको माउण्ट एभरेष्ट ई.स्कुल र ८४ अंक प्राप्त गर्दै बेलबारी ३ को गुरुकुल पाठशाला (क ) श्रेणीमा सुचीकृत भएका हुन् । बेलबारीमा रहेका ३६ वटा बिद्यालयहरु मध्ये २ वटा (क) मा ५ वटा (ख) मा १५ वटा (ग) मा र १४ वटा ( घ ) श्रेणीमा परेका बेलबारी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भुपेन्द्र कोईरालाल
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.