इटहरी । नेकपा एमाले इटहरी उपमहानगरपालिका कमिटीले आफ्नो नियमित कार्यक्रमअन्तर्गत अतिरिक्त क्रियाकलाप विभागको पहलमा सोमबार बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्।हालै जेनजी आन्दोलनका क्रममा घाइते हुनेहरूको संख्या बढ्दै गएको र संघ–संस्थाहरूबाट पछिल्लो समय रक्तदान कार्यक्रम सञ्चालन नभएकाले रक्त अभाव देखिएको जानकारी पाएपछि यस्तो कार्यक्रम सञ्चालन गरिएको एमाले इटहरी उपमहानगर कमिटीका अध्यक्ष रुपेश बस्नेतले जानकारी दिनुभयो। उहाँले नेकपा एमाले सदैव समाज र जनताको आवश्यकता अनुसार क्रियाकलापमा संलग्न रहने बताउँदै रक्तदान जीवनदानको महान कार्य भएकाले निरन्तरता दिने प्र
इटहरी / २०८२ साल भाद्र २२ गते सोमबार प्रेस विज्ञप्ति जारी गर्दै इटहरी उपमहानगरपालिकाले भाद्र २४ देखि २६ गतेसम्म इटहरीका सम्पूर्ण विद्यालय, शैक्षिक संस्था, इटहरी अस्पताल र अत्यावश्यक सेवाबाहेकका स्वास्थ्य संस्थाहरु बन्द रहने जनाएको छ।राष्ट्रव्यापी रूपमा भइरहेको जेनजीको आन्दोलन शान्तिपूर्ण तरिकाले आन्दोलन गरेर आफ्ना माग राख्ने प्रदर्शन गर्ने अधिकार हुँदाहुँदै इटहरीमा हिंसात्मक तरिकाले उपमहानगरपालिका प्रवेश गरी तोडफोड तथा आगजनी गर्ने सार्वजनिक सम्पत्ति नष्ट गर्ने, हिंसात्मक गतिविधि को घोर भत्सना गर्दै अराजक सार्वजनिक सम्पत्तिको तोडफोड, आगगजनी गर्ने गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गर्न मा
२३ भदौ, काठमाडौं । सरकारले सामाजिक सञ्जालहरुमाथि लगाएको प्रतिबन्ध खुलाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल खुला गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए ।मन्त्रिपरिषद्ले निर्णय गरेसँगै सामाजिक सञ्जालहरू सञ्चालनमा आइसकेको उनले बताए । तर, सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण सरकारले कुनै पश्चाताप नगरेको मन्त्री गुरुङले बताए । ‘यही कुरालाई बहाना बनाएर आन्दोलन भएका कारणले सामाजिक सञ्जालहरू खुलाउने निर्णय गरिएको हो,’ उनले बताए ।प्रतिबन्ध लगाइएका मध्येका एक सामाजिक सञ्जाल एक्सले नेपालको राष्ट्रिय स्वाभिमानको कदर नहुनेगरी जवाफ फर्काए
इटहरी । तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा ५० जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया सम्पन्न गरेको छ । शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन गरिएको शिविरमा करिब ३५० जनाको आँखा परीक्षण गरिएको उपचार केन्द्रका प्रमुख क्षितिज बरालले जानकारी दिनुभयो । उहाँका अनुसार, दृष्टिमा समस्या देखिएका बिरामीलाई तत्काल उपचार दिइएको र आवश्यक परेका बिरामीलाई निःशुल्क चश्मा पनि वितरण गरिएको हो । बरालका अनुसार उपचार केन्द्रले गाउँघरमै सहज आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता शिविरलाई नियमित रूपमा सञ्चालन गर्दै आएको छ । यसपटक विराटनगर आँखा अस्पतालक
इटहरी । उमेरले ६० वर्ष टेक्नु भएकी फिदिम नगरपालिका –१ पाँचथरकी भिमकुमारी दाहालले नियमित योग साधना गर्न थालेको १८ वर्ष पूराभयो । ‘४० वर्ष पूरा भएपछि हात खुट्टा पोलने, झम्झमाउने, अनिन्द्रासँगै शरीरमा विभिन्न समस्या उहाँमा देखिन थालेका थिए । योगमा जोडिएपछि विस्तारै समस्या निराकरण भएको उहाँको अनुभव छ । योग गर्न थालेपछि अल्छिपना हट्नुका साथै हाडजोर्नी र पाठेघरको समस्या समाधान समेत भएको उहाँले बताउनुभयो । फिदिम –४ की सीता खतिवडाले नियमित योग साधना गर्न थालेको २२ वर्ष भयो । ढाडको नसा च्यापिनुका साथै टाउको दुख्ने र पाठेघरको समस्याले गाँज्न थालेपछि यी सबै समस्याको समाधान योग नै हो भन्ने विश्वासका साथ आ
इटहरी । कोशी अस्पतालमा इन्ट्रा युट्राइन इन्सेमिनेसन (आइयुआई) सेवा सञ्चालनमा आएपछि निःसन्तानपनको समस्याले पीडित दम्पतीलाई सहयोग पु¥याएको छ । दैनिक १० देखि १५ दम्पती निःसन्तान उपचारको लागि अस्पलालद्वारा सञ्चालित निःसन्तान उपचार क्लिनिक आउने गरेका छन् । अस्पतालको स्त्री तथा प्रसूति रोग विभागमार्फत सञ्चालन भइरहेको उक्त क्लिनिक संघीय राजधानी बाहिर पहिलो पटक सरकारी अस्पतालमा सञ्चालन गरिएको हो । उक्त सेवा सञ्चालनमा आएपछि निजी अस्पतालमा गएर खर्च धान्न नसक्ने न्यून आयभएका दम्पतीले राहत महसुस गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुणा झा बताउनुभयो । अस्पतालको स्त्री तथा प्रसूति रोग विभाग
इटहरी । बालबालिकाहरुलाई लक्षित आयुर्वेदमा आधारित स्वर्णबिन्दु प्राशन कार्यक्रममा आकर्षण बढेको छ । प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापाले तीन महिना अघिदेखि सुरु गरेको यो कार्यक्रममा आकर्षण बढेको हो । बालबालिकाको स्मरणशक्ति, रोग प्रतिरोधात्मक क्षमता र मानसिक विकासमा सहयोग पुर्याउने यो कार्यक्रम कोशी प्रदेशमा नै पहिलो पटक असारदेखि सुरु गरिएको अस्पतालका निमित्त प्रमुख डा।सिद्धार्थ ठाकुरले बताउनुभयो । पहिलो असार महिनामा १४ सय र साउन महिनामा केही कम आए पनि भदौ महिनामा बिहीबार २८ सय ८७ जना बालबालिकाहरुले लाभ लिएका छन् । बिहीबार बिहानैदेखि सुरु भएको कार्यक्रममा अभिभावकसहित बालबालिकाको लामो लाइन लाग
इटहरी । स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) जनता बहुमुखी क्याम्पस, इटहरीले बुधबार विशेष कार्यक्रमका बीच आफ्नै भवनको उद्घाटन गरेको छ । उक्त अवसरमा इटहरी उपमहानगरपालिका मेयर हेमकर्ण पौडेलसहित पाँच जना पूर्व स्ववियू सभापतिहरूलाई सम्मान गरिएको हो ।सम्मानित हुनेहरूमा मेयर पौडेलसँगै उमेश पौडेल, राजकुमार सापकोटा, किशोर कोइराला र रमेशकुमार पोखरेल रहेका छन् ।स्ववियू भवन इटहरी उपमहानगरपालिका र जनता बहुमुखी क्याम्पसको संयुक्त लगानीमा निर्माण गरिएको हो । नगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको र क्याम्पसले थप रकम बेहोरेर भवन निर्माण सम्पन्न गरेको हो । नयाँ भवनमा एउटा हलसहित तीनवटा कोठा रहेका छन् ।भवनको स
इटहरी । सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कुनै समय दक्षिण एसियामै उपचार, अनुसन्धान र अध्यापनका लागि प्रतिष्ठित मानिन्थ्यो । तर अहिले आलोचनाको ओइरो लाग्ने गरेको छ । बेतिथी मौलाएको छ, अनियमितताको जालो झाँगिँदै गएको छ । कुनै समय प्रशंसाको भागेदार बनेको प्रतिष्ठानमाथि आलोचनाको ओइरो लाग्ने गरेको छ । यस्तो अवस्थामा प्रतिष्ठानको उपकुलपतिको रुपमा भर्खरै हाडजोर्नी विशेषज्ञ प्रा. डा. विक्रम श्रेष्ठ नियुक्त हुनुभएको छ । उनलाई प्रतिष्ठानको कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले साउन २८ गते उपकुलपतिमा नियुक्त गरेका हुन । प्रा. डा. श्रेष्ठको नियुक्तिसँगै विपी कोइराला स्वा
भोजपुर । भोजपुरको पूर्वी अरुण गाउँपालिका–६ जरायोटारस्थित श्री बालसन्सारी आधारभूत विद्यालय, माझीगाउँमा विद्यालय पोशाक वितरण, स्वास्थ्य शिविर तथा सामाजिक सुरक्षा भत्ता नवीकरण कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम वडा अध्यक्ष गणेश टक्का राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य मैना राई, माओवादी केन्द्र वडा पार्टी अध्यक्ष रामबहादुर खड्का, जरायोटार स्वास्थ्य चौकी प्रमुख प्रमानन्द गिरी, श्री बालसन्सारी आ.वि. प्र.अ. कल्पना राई, विद्यालय व्यवस्थापन समिति अध्यक्ष उत्तरकुमार श्रेष्ठ, पूर्व जरायोटार गा.वि.स. उप–प्रधानपञ्च तिलकबहादुर थापा, खेलकुद विकास समिति अध्यक्ष राइस नाखोक लगायत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.