स्वास्थ्य

    Showing १३१-१४० of ६०१ items.
  • ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु

    इटहरी । ताप्लेजुङमा पहिलोपटक एपेन्डिसाइटिससहित केही जटिल रोगको शल्यक्रिया सेवा सुरु भएको छ । विशेषज्ञ चिकित्सकको उपलब्धतासँगै आवश्यक उपकरणको व्यवस्था भएपछि जिल्ला अस्पताल ताप्लेजुङबाट शल्यक्रिया सेवा सुरु गरिएको हो । जिल्लाका अस्पतालका प्रमुख मेडिकल सुपरिटेनडेन्ट डा। प्रनाम जयरु आउनुभएपछि जिल्लामै उक्त शल्यक्रिया सेवा सुरु भएको हो । जेनेरल तथा ल्याप्रोस्कोपिक सर्जनमा विशेषज्ञता हासिल गर्नुभएका डा। जयरु गत माघमा ताप्लेजुङ आउनुभएको र माघ महिनाको अन्तिमदेखि नै जिल्ला अस्पतालमा एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतको शल्यक्रिया सेवा सुरु गरिएको हो । गत माघ महिनायता हालसम्म १३६ जना बिरामीको सफल

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ३०७ पटक पढिएको
  • धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु

    इटहरुी । धनकुटा नगरपालिकाका दुई स्वास्थ्य केन्द्रले टेलिमेडिसिन सेवा सुरु गरेका छन् । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान तथा धनकुटा नगरपालिका–३ को प्राविधिक सहयोगमा सहरी स्वास्थ्य क्लिनिक पात्ले र स्याउलेमा अनलाइन वा भिडियो कलमार्फत स्वास्थ्य उपचार गर्न सुरु गरिएको हो । विशेषज्ञ डाक्टरले परामर्श, प्राथमिक उपचारसम्बन्धी जानकारी, रोग निदानको परामर्श, औषधीसम्बन्धी सल्लाहलगायतका स्वास्थ्य सेवा दिने उद्देश्यले टेलिमेडिसिन सेवा सुरु गरिएको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिनुभयो । यो सेवामार्फत बिरामीले डाक्टरलाई भेटे जसरी नै लाइभ भिडियोमार्फत विशेषज्ञ डाक्टरसमक्ष

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ३०९ पटक पढिएको
  • विधान विपरीत उद्योग वाणिज्य संघ इटहरी, राजस्वको चेतावनी अटेर

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनमा डमी मतदाता बनाएर चुनाव आफ्नो पक्षमा पार्ने षड्यन्त्र गरिएको भन्दै कार्यसमितिका केही सदस्यहरुले विरोध जनाएका छन् ।संघको चुनावलाई निष्पक्ष र कम खर्चिलो बनाउने पटक पटकको सहमती यस पटक पनि उल्लंघन हुन लागेको भन्दै कार्यसमितिमा रहेका एमाले सम्बद्ध ९ जना व्यवशायीहरुले विरोध जनाएका हुन् । उनीहरुले समग्र व्यवशायीको हितमा भन्दा पनि अर्को पटक पनि नेतृत्व हत्याउने षड्यन्त्रमा नेतृत्व लागेको आरोप लगाएका छन् ।जीवन पराजुली नेतृत्वको हालको टिममा रहेका ९ जना निर्वाचित कार्य समिति सदस्यहरुले पत्रकार सम्मेलन नै गरेर सदस्यता नविकरणका क्रममा मनलाग्दी निर्णय गर्दै राज्य

    • प्रकाशित मितिः असार २७, २०८२
    • ४०२ पटक पढिएको
  • केराबारी गाउँपालिकामा बालविकास केन्द्र र अपांगता भएका व्यक्तिहरूलाई सामग्री वितरण

    मोरङ | केराबारी गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा वडा नं. १, २, ३ र ४ अन्तर्गत सञ्चालित ६ वटा विद्यालयमा रहेका बालविकास केन्द्रहरूलाई शैक्षिक, खेलकुद तथा कक्षा कोठा व्यवस्थापनका सामग्रीहरू वितरण गरिएको छ। साथै, अपांगता भएका व्यक्तिहरूलाई आवश्यक सहयोग सामग्रीहरू पनि प्रदान गरिएको छ।सो कार्यक्रम गाउँपालिका उपाध्यक्ष तथा स्थानीय बाल अधिकार समिति र अपाङ्गता परिचय पत्र वितरण समन्वय समितिकी संयोजक मनमाया मगरको अध्यक्षता र प्रशासन शाखा प्रमुख  नविनराज भट्टराईको आतिथ्यतामा सम्पन्न भएको थियो। उपाध्यक्ष मनमाया मगरले कार्यक्रममा बोल्दै पहाडी क्षेत्रमा रहेका विद्यालयहरू र त्यहाँका

    • प्रकाशित मितिः असार २६, २०८२
    • ५०४ पटक पढिएको
  • नेपाली सेनाद्दारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

    इटहरी । नेपाली सेनाले हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले बजारमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५८ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन् । रणभीम गण मुडे ब्यारेक खोटाङले आयोजना गरेको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा ८४ जना महिला र ७४ जना पुरुष गरी एक सय ५८ जना नागरिक लाभान्वित भएका हुन् । मुडे ब्यारेकका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछानेको नेतृत्वमा खटिएको नेपाली सेनाको टोलीले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधिसमेत वितरण गरेको थियो । उक्त शिविर सञ्चालनका क्रममा जिल्ला अस्पताल खोटाङले विशेषज्ञ चिकित्सकसहित औषधि र उपकरण, हलेसी तुवाचुङ नगरपालिकाले समन्वय तथा नेपाली से

    • प्रकाशित मितिः असार २६, २०८२
    • ३८१ पटक पढिएको
  • विराटनगरमा कोरोना भाइरसको खोप अभियान सुरु

    इटहरी । कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्न थालेपछि  विराटनगर महानगरपालिकाले बुधबारदेखि विशेष खोप अभियान सुरु गरेको छ । दीर्घरोगी र ५५ वर्षभन्दा माथिका उमेर समूहका नागरिकलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको  महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । खोप महानगरका १९ वटै वडामा रहेका स्वास्थ्य चौकीमा सहज रूपमा उपलब्ध हुनेछ । खोप लगाउने दिन कुनै स्वास्थ्य समस्या देखिएको भए परीक्षणपछि पनि खोप लिन सकिने यादवले बताउनुभयो । पछिल्लो विवरणअनुसार महानगरपालिका क्षेत्रका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । जसले सङ्क्रमणको लहर पुनः सक्रिय हुने सङ्केत गरेको महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः असार २५, २०८२
    • ४१० पटक पढिएको
  • विराटनगरमा ४ जनामा कोरोना संक्रमण पुष्टि

    इटहरी । कोरोना संक्रमित देखिन थालेसँगै विराटनगर महानगरले खोप सञ्चालन गर्ने भएको छ। महानगरका वरिष्ठ जनस्वाथ्य अधिकृत रमेश कार्कीका अनुसार पछिल्लो केही दिनयता महानगरमा संक्रमितको संख्या देखिएसँगै सतर्कता अपनाउँदै दीर्घरोगी, ५५ वर्षमाथि उमेर समूहलगायतका नागरिकलाई खोप लगाइने छ। कार्कीका अनुसार महानगरमा हाल ४ जनामा संक्रमण पुष्टि भएको छ। महानगरको वडा नम्बर २ मा दुई जना, वडा नम्बर ९ मा एक जना र वडा नम्बर १६ मा एक जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। उनले दीर्घरोगीहरुले भीडभाडमा कम जाने र जानैपर्ने अवस्थामा मास्क लगाउनुपर्नेमा जोड दिए। महानगरले बुधबार र बिहीबार रानी अस्पताल, वैजनाथपुर अस्पताल

    • प्रकाशित मितिः असार २४, २०८२
    • २९२ पटक पढिएको
  • अरुण गाउँपालिकाले ५१ करोड ६६ लाख रुपैयाँको बजेट पारित गर्‍यो

    भोजपुर | भोजपुरको अरुण गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ५१ करोड ६६ लाख ५६ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ। असार १० गते सम्पन्न १५औँ गाउँसभामा उपाध्यक्ष विनिता ढकालले आर्थिक नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नुभएको हो। गाउँसभाबाट उक्त बजेट बहुमतले पारित भएको गाउँपालिका उपाध्यक्ष ढकालले जानकारी दिनुभयो।उपाध्यक्ष ढकालका अनुसार आर्थिक विधेयक २०८२ र विनियोजन विधेयक २०८२ समेत पारित भइसकेको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकासलाई ध्यानमा राख्दै विभिन्न क्षेत्रका कार्यक्रमहरू समावेश गरिएका छन्।सभामा गाउँपालिकाका सभाध्यक्ष शालिकराम खत्रीले बजेटसँगै सङ्घीय सरकारबाट करिब

    • प्रकाशित मितिः असार २१, २०८२
    • ६६३ पटक पढिएको
  • नेपाली सेनाद्वारा एक दिवसीय स्वास्थ्य शिविर सञ्चालन

    इटहरी । नेपाली सेनाको आयोजनामा उदयपुरको बेलकामा सञ्चालन गरिएको एक दिवसीय स्वास्थ्य शिविरमा विभिन्न रोगका गरी चारसयभन्दा  बढी स्थानीय लाभान्वित भएका छन् । बेलका नगरपालिका–२ बानडाडाँमा बिहीबार सञ्चालित स्वास्थ्य शिविरमा चार सय २२ जना स्थानीयले प्रत्यक्ष स्वास्थ्य सेवाबाट लाभान्वित भएका हुन् । गाइघाटस्थित नेपाली सेनाको पशुपतिप्रसाद गण पिपलटार व्यारेक बोक्सेको आयोजनामा सम्पन्न शिविरमा स्थानीय बासिन्दाहरुलाई विशेषज्ञ सेवा प्रदान गर्नुको साथै विभिन्न किसिमको निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । शिविरमा आँखा, रेडियोलोजी तथा सामान्य चिकित्सासम्बन्धी सेवा प्रदान गरिएको सो व्यारेकका गणपति प्रम

    • प्रकाशित मितिः असार २०, २०८२
    • ३२७ पटक पढिएको
  • व्यक्तिगत सरसफाइको प्रवर्द्धनका लागि शौचालय र धारा निर्माण शिलान्यास कार्यक्रम सम्पन्न

    इटहरी | "जहाँ आवश्यकता, त्यहाँ लायन्स" भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै लायन्स क्लब अफ ईटहरी क्रिएटिभ लेडीले लायन्स वर्ष २०२५–२६ को दोस्रो दिन ऐतिहासिक कार्यको सुरुवात गरेको छ। समाजमा बालबालिकाको स्वास्थ्य र व्यक्तिगत सरसफाइप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले क्लबले मोरङको सुन्दरहरैंचा नगरपालिका–१ मा अवस्थित जनता माध्यमिक विद्यालयमा छात्र र छात्राहरूको लागि छुट्टाछुट्टै शौचालय तथा स्वच्छ खानेपानीको सुविधा सम्पन्न संरचना निर्माण गर्ने कार्यको शिलान्यास गरेको हो।उक्त शिलान्यास कार्यक्रम भव्यता पूर्वक सम्पन्न गरिएको थियो, जसको प्रमुख आतिथ्य लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५C का गभर्नर

    • प्रकाशित मितिः असार १९, २०८२
    • ५५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]