इटहरी / इटहरीस्थित एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाले आफ्नो २० औ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख आतिथ्यमा तथा एकआपस बहुउद्धेश्यीय सहकारी संस्थाका अध्यक्ष सुनिल कार्कीको अध्यक्षतामा साधारणसभा गरिएको हो ।संस्थाले ७ जना जेष्ठ नागरिकलाई सम्मान गरिनुका साथै ४ जना सहकारीका कर्मचारीलाई सम्मान गरिएको थियोे । संस्थाको कुल सम्पत्ति २ करोड ११ लाख ९ सय ३० रहेको छ ।यसै सहकारीका सेयर सदस्य भएकाले संस्थाको हक हितका काममा अग्रसर भएर काम गर्ने कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले
इटहरी / इटहरी वडा नं. १ मा एक दिने निःशुल्क आँखा शिविरबाट १ सय २६ जना बढीले जनाले सेवा लिएका छन् ।लायन्स क्लव अफ ईटहरी स्मार्टसिटी र वडा नं. १ कार्यालयको सहकार्यमा आयोजित यस शिविरमा रामलाल गोल्छा आई हस्पिटल फाउण्डेशन विराटनगरका दक्ष चिकित्सकहरूको टोलीद्वारा आँखा सम्बन्धी विभिन्न सेवाहरू प्रदान गरिनेछ। आँखा शिविरबाट १ सय २६ जना बढीले सेवा लिएका छन् ।स्थानियवासीहरूलाई आफ्नो आँखा जाँच गराउन र शिविरमा प्रदान गरिने सेवाहरूको लाभ उठाउन कार्यक्रम आयोजना गरिएको लायन्स क्लव अफ ईटहरी स्मार्टसिटीका अध्यक्ष शिव प्रसाद भट्टराईले बताउनुभयो ।कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका वडा नम्बर १ का
रामधुनी / सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवस भव्य रूपमा मनाइएको छ। "समानता सुनिश्चित गर्दै समावेशी समाजको निर्माण" भन्ने मूल नाराका साथ आयोजित यस कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तीकरण, सामाजिक समावेशीता, र मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो।कार्यक्रम अपाङ्गता उत्थान केन्द्र नगर स्थरिय अपाङ्ग समिति रामधुनी नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो। कार्यक्रममा रामधुनी नगरपालिकाको सहयोग र समन्वय रहेको थियो। कार्यक्रमको अध्यक्षता अपाङ्गता उत्थान केन्द्रका अध्यक्ष डिल्लीराम चौलागाईंले गर्नुभएको थियो भने कोशी प्रदेशका नवनियुक्त आन्तरिक मामिला
बराहक्षेत्र / प्रकाशपुर युवा जमातको पुर्ब अध्यक्ष , बराहक्षेत्र नगरपालिकाको १० नम्बर वडाका अध्यक्ष तथा आर्थिक विकास समिति संयोजक तेजबहादुर गुरुङले किसानको हकहित सुनिश्चित गर्न कानुन निर्माणको माग गर्दै सामाजिक सञ्जालमा लेखेको पोस्ट अहिले भाइरल बनेको छ। उनले कृषकहरूको जीवनस्तर सुधार्न ठोस कदम चाल्नुपर्ने आवश्यकतामा जोड दिएका छन्।गुरुङका अनुसार, केवल अनुदानमा सीमित रहेको कृषि सुधार कार्यक्रमले किसानको दीर्घकालीन समस्याको समाधान गर्न सक्दैन। “स्थलगत अनुगमनका क्रममा मैले महसुस गरेको कुरा के हो भने कृषकहरूको जीवनस्तर उकास्न कानुनको खाँचो छ। ऊनी भन्छन् म आर्थिक बिकाश समीती संयोजक भए
इटहरी / इटहरी लेडी जेसिजले आफ्नो २३ औं स्थापना दिवस एक विशेष कार्यक्रम आयोजना गरी मनाएको छ। कार्यक्रम कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको प्रमुख आतिथ्यतामा र इटहरी लेडी जेसिजकी अध्यक्ष इन्दिरा काफ्लेको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा विगतदेखि संघर्षशील महिलाहरूलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिइयो। यस वर्ष, एकल तथा संघर्षशील महिला सरस्वती खुलाल श्रेष्ठलाई नगदसहित सम्मान गरियो। त्यस्तै, पत्रकारिताका माध्यमबाट सामाजिक विकासमा योगदान पुर्याएकोमा नेपाल टेलिभिजन इटहरीका प्रमुख बसन्त रुपाखेतीलाई नगदसहित सम्मान गरियो। पहिलो पटक सुरु गरिएको "खेलाडी सम्मान" बाट
भोजपुर / भोजपुरको अन्नपूर्णमा कादुरी एशोसिएसन व्रिटिस गोर्खा नेपालको आयोजनामा शुक्रबारबाट स्वास्थ्य शिविर सुरु भएको छ।टेम्केमैयुँ गाउँपालिकाको केन्द्र अन्नपूर्णमा ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित यस शिविरले टेम्केमैयुँ गाउँपालिका र छिमेकी पालिकाका नागरिकलाई लाभ पुर्याउनेछ।शिविरमा दाँत, कान, स्त्रीरोग, तथा अन्य स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रम संयोजक क्याप्टेन राजन राईले जानकारी दिएका छन्।शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष सरोज बस्नेतले स्वास्थ्यकर्मी र कादुरीका अधिकारीहरूलाई स्वागत गर्दै गरेका थिए। चार दिनसम्म सञ्चालन हुने यस शिविरमा झन्डै दुई हज
बराहक्षेत्र / बराहक्षेत्र -१० वडा कार्यलयको आयोजनामा प्रकासपुर स्वास्थ चौकी मा र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा द्वारा डिग्निटि किट्स सामाग्री बितरण गरेको छ । बराहक्षेत्र १० नम्बर वडा कार्यलयको आयोजना र नेपाल रेडक्रस सोसाइटी सुनसरी शाखा रबिन कुमार घिमिरे को संयोजनमा बराहक्षेत्र नगरपालिका भरी गर्ववति र सुत्केरी लाई डिगिनिटि किट बितरण कार्यक्रम गरे सँगै आज बराहक्षेत्र १० वडामा गरिएको हो । UNFPA को सहयोगमा नेपाल रेडक्रस सुनसरी जिल्ला द्वारा बराहक्षेत्र नगरपालिकाको संयोजनमा साथै वडा-१० को आयोजनामा आज यो कार्यक्रम गरिएको थियो । साथै प्रकाशपुर स्वास्थ चौकीको ब्
धरान । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरू अहिले नेपालका विभिन्न प्रतिष्ठान सँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका छन्। प्रतिष्ठानको स्थापन भएको ३० वर्षमा प्रतिष्ठान भनेको विकास भने जस्ताको तस्तै छ । यसको विकास तथा प्रवर्द्धन तथा अनुभव आदान प्रदान गर्न उद्देश्यले प्रतिष्ठानका अध्ययन गरेका पूर्व विद्यार्र्थीहरु पहिलो पटक भेला हुने भएका छन् । पूर्व विद्यार्थी सङ्घ गठन गर्दै उनीहरूले प्रतिष्ठानको स्थापनाको ३० वर्ष पछि पहिलो पटक पूर्व विद्यार्थी सम्मेलन गर्न लागेका हुन् । प्रतिष्ठानमा आइतब
इटहरी / इटहरीस्थित बेदान्त हस्पिटलमा आगामी यही कार्तिक २४ गते शनिबारदेखि बरिष्ठ मुटु तथा प्रेसर रोग विशेषज्ञ डा. सहदेब प्रसाद ढुंगानाको सेवा शुरु हुने भएको छ। लामो समयदेखि विभिन्न अस्पतालमा मुटु तथा प्रेसर रोगको उपचार गर्दै आएका डा. ढुंगानाले अबदेखि प्रत्येक शनिबार बेदान्त हस्पिटलमा सेवा उपलब्ध गराउनेछन्। यस अवसरमा मुटु सम्बन्धि परीक्षणमा २५% छुटको व्यवस्था गरिएको अस्पतालका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिएका छन्।ढुंगाना नोबेल मेडिकल कलेजका कार्डियोलोजी प्राध्यापकसमेत रहेका उनी भारतको बनारस हिन्दू विश्वविद्यालयबाट MBBS, चण्डीगढस्थित PGIMER बाट MD, र धरानको BPKIHS बाट DM Cardio
सुनसरी / महिला तथा बालबालीका हिंसा बिरूद्द एवः बिभिन्न सामाजीक कार्यमा सक्रिय संस्था मेची महाकाली बुहारी संयुक्त आवाज सुनसरीले विश्व रक्तदान दिवसको अवसरमा इटहरी पूर्वाञ्चल क्याफे प्राङ्गण आइतबारेमा सुनसरी संयोजक हरिमाया कार्कीको अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।महिला तथा बालबालीकाको क्षेत्रमा समाजमा आवश्यक देखिएका विभिन्न सामाजिक काम गरिरहँदा रगतको अभावले कसैको ज्यान नजाओस् भनेर रक्तदात दिवसको अवसर पारेर कार्यक्रम गरिएको सुनसरी संयोजक हरिमाया कार्कीले बताउनुभयो ।नेपाल रेडक्रस सोसाइटीको समन्वयमा वि. पि. कोइराला स्वस्थ्य बिज्ञान प्रतिस्ठानको सहकार्यमा कार्यक्रममा मेचीकाली बुहारी सं
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.