विदेशमा रहेका श्रमिकको परिवारलाई सामाजिक सुरक्षा कोष मार्फत सुविधा पाउने पहिलो लाभार्थी बने धरानका सुवेदी परिवारइटहरी । नेपाल सरकारले सामाजिक सुरक्षा कोष मार्फत वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको परिवारलाइ समेत हुने गरी औषधि उपचार सुविधा लागू गरेको छ । २०८१ जेठ १७ देखि लागू भएको कार्यक्रममा वैदेशिक रोजगारीमा रहने श्रमिकले कम्तिमा ३ महिना कोषमा योगदान गरेपछी सुविधा लागू हुने गरेको छ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका, पानबारी निवासी भिम प्रसाद सुवेदीको परिवार पहिलो पटक उक्त सुविधा पाउने श्रमिक परिवार रहनुभएको छ ।सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारीमा गएका श्रमिकका परिवार सह
धरान। विभेद र कलंक बिरुद्ध नारा अंगाल्दै विगत २ महिनादेखि विविध प्रतियोगितात्मक कार्यक्रम गरी सन् २०२४ अक्टोवर १९ को बायो–इथिक्स दिवस मनाइएको छ। मानव जीवन, समाज र चिकित्सा सेवा, शिक्षा, शोध लगायतका क्षेत्रमा ब्याप्त भेदभाव र धब्बा बारे सजग र सचेत भएर यस्ता असंगत कुराहरु कम गर्न र हटाउन सकिन्छ भन्ने आशा सहित यो वर्षको बायोइथिक्स दिवस मनाइएको हो । बायो–इथिक्स नेपाल एकाईबाट आयोजित विविध कार्यक्रमहरुमा नेपालका विभिन्न मेडिकल कलेजहरुबाट सहभागिता भएको हो । यस वर्षका विभिन्न चेतनामूलक कायक्रमहरुको आज अक्टोवर २५ का दिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समापन भएको हो ।नेपाल एकाईका प्रमुख तथा
इटहरी : जिल्ला अस्पताल इनरुवाका मेडिकल सुपरिटेन्डेन्टमाथि हातपात भएको छ । इनरुवा ६ का खेमराज थापाले शनिवार साँझ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्तोष राईमाथि हातपात गरेका हुन् । आफ्नी आमाको उपचारका लागि अस्पताल गएका थापाले चिकित्सकले गम्भीर लापरबाही गरेकाले मेसु राईमाथि हातपात गरेको बताएका छन् ।थापाकी आमाको ब्लड रिपोर्टमा किड्नी फेल भएका अर्का बिरामीको रिपोर्टको आधारमा मेसु राईले औषधी सिफारिस गरिदिएको र उक्त रिपोर्ट अर्को चिकित्सकलाई देखाउँदा गम्भीर त्रुटि भेटिएको थापा पक्षको दाबी छ ।थापाले प्रहरीलाई बताएअनुसार बिरामीको नाम र रिपोर्ट राम्ररी नहेरी गलत औषधी सिफारिस गरेर बिरामीको स्वास्थ्यम
विराटनगर : विराटनगरको कोसी अस्पतालमा उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।विराटनगर महानगरपालिका ७ की ६५ वर्षीया मालादेवी साहको उपचारको क्रममा सोमबार मृत्यु भएको हो । बिरामीको मृत्यु भएपछि आफन्तले विरोध प्रदर्शन गरेका छन् ।मृतकका आफन्तले सोमबार दिउँसो विरोध प्रदर्शन गर्दै उपचारका क्रममा विशेषज्ञ चिकित्सक उपलब्ध नभएको आरोप लगाएका छन् ।केही दिनअघि लडेर चोटग्रस्त साहलाई आइतबार उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । साहको मृत्युपछि आफन्त तथा परिवारजनले अस्पताल परिसरमा सोमबार दिउँसो केहीबेर प्रदर्शन गरेका हुन् ।विरोध प्रदर्शनपछि अस्पताल विकास समितिका सदस्य हरि भट्टराईले मृतकका आफन्तलाई अस्पत
दुहवी / दुहबी नगरपालिकाको आयोजना र रोजगार तथा लघु उयम साखाको समन्वयनमा स्थानिय बेरोजगार युवाहरुलाइ रोजगार शृजना गर्ने उदेश्यले सन्चालन गरेको ' श्रम संसार ' मोबाइल एप बारे घर घर सम्म जानकारी पुराउने उदेश्यले आज स्थानियसरकार का जनप्रतिनिधि हरुलाइ श्रम संसार चलाउने बारे जानकारी दिन १ दिवसिय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। दुहबी पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रम दुहबि नगर प्रमुख बेद गच्छादार को अध्यक्षता मा सम्पन्न भएको थियो। नेपालको संबिधान २०७२ ले रोजगारीलाइ मौलिक हकको रुपमा ब्यावस्था गरेको भए पनि बर्षेनि श्रम बजारमा आउने ५ ला
विराटनगर / कोशी प्रदेशको समृद्ध भूमि, जहाँ कृषिलाई जीवनको मुख्य स्रोत मानिन्छ, त्यही भूमिमा इतिहासकै पहिलो पटक कृषि एक्स्पोको आयोजना भयो। मोरङको कटहरी गाउँपालिका-१ स्थित कृषि थोक बजार केन्द्रमा यस ऐतिहासिक कृषि एक्स्पोको उद्घाटन भयो, जसलाई नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश समितिले आयोजना गरेको थियो। यो कार्यक्रमको शुभारम्भ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभएको हो, जसले प्रदेशभरिका किसान, उद्यमी र कृषि व्यवसायसँग सम्बन्धित निकायलाई एकत्रित गर्दै कृषि क्षेत्रमा एक नयाँ अध्यायको आरम्भ गर्यो।यो कृषि एक्स्पो कोशी प्रदेशकै लागि एक महत्त्वपूर्ण उपलब्धि हो, जहाँ कृषि र पशुपा
विराटनगर / विराटनगरमा यहीँ भदौ २७ गतेदेखि ३० गतेसम्म विशाल कृषि एक्स्पो आयोजना गरिने भएको छ।नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशले भदाै २७ देखि ३० गतेसम्म सञ्चालन गर्ने एक्स्पाेकाे तयारी पूरा भएको हाे । एक्स्पाे विराटनगरकाे तीनपैनीदेखि पूर्वतर्फ रहेको कृषि बजारमा हुनेछ । एक्स्पाेमा १३० वटा स्टल रहने छन् । यो एक्स्पोले कृषि क्षेत्रमा नवीनतम प्रविधि, नवाचार र उत्पादनलाई प्रोत्साहन गर्दै किसानहरूको ज्ञान र सीपमा वृद्धि गर्ने उद्देश्य राखेर कार्यक्रम आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ काेशी प्रदेश अध्यक्ष राजेन्द्र राउतले बताउनु भयो ।नेपालमा कृषि क्षेत्र प्रमुख आयस्रोत
झापा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आयुर्वेद चिकित्सालाई स्तरीय बनाएर अगाडि लैजानु पर्ने बताउनुभएको छ । आज कोशी प्रादेशिक आयुर्वेद अस्पताल लखनपुर झापामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश जडिबुटीहरुको समेत भण्डार रहेको र यही औषधि उत्पादन गरेर प्रदेशको आम्दानी बढाउन सकिने उल्लेख गर्नुभयो । मुख्यमन्त्री कार्कीले प्रदेशिक आयुर्वेद अस्पताललाई आयुर्वेद स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने योजना बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो–“ यो अस्पताललाई शैक्षिक प्रतिष्ठानको रुपमा विकास गर्ने र आयुर्वेद चिकित्सक र औषधि उत्पादन गर्ने सरकारको लक्ष्य छ
सुनसरी / भोक्राहा नरशिंह गाउँ पालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम साझेदार संस्था करूणा फाउन्डेसन नेपाललाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद को अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपप्रमुख सुनिता कुमारी उराव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, जनप्रतिनिधि , कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरू सामाजिक अभियन्ता तथा करुणा फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।अपाङ्गता भएका व्यक्तिहरूको लागि अपाङ्गता सहयोगी सामाग्री, उपचारका आर्थिक विषय, मनोवैज्ञानिक उत्प्रेरणा लगायतका विषयमा करुणा फाउन्डेसनले स्थानीय सरकारसँग मिलेर उल्ल
इटहरी / इटहरीमा जथाभावी अस्पतालजन्य फोहोर फ्याल्ने अर्को स्वास्थ्य संस्था कारबाहिमा परेको छ । इटहरी उपमहानगरले इटहरी ६ को एकुर प्याथोलोजी सर्भिसेज कारबाहिमा परेको हो।वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रालिले जथाभावी अस्पतालजन्य फोहोर जथाभावी नफ्याल्न अनुरोध गरेपनि अटेर गरेर इटहरी ६ गोल्डेन चोकमा फोहोर फ्यालेको पाईएपछि एकुर प्याथोलोजी सर्भिसेजलाई कारबाहि गरेको हो ।सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्न हुदैन बोर्ड राख्दा समेत फोहोर फालेकाले कारबाही गरिएको वेष्ट एण्ड इन्भारो म्यानेजमेन्ट प्रा.लिका सञ्चालक केशब पौडेलले बताउनुभयो । अस्पतालजन्य सामग्री फालिएकाले यस अघि पनि नफाल्न अनुरोध गरिएकाले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.