इटहरी । मोरङको सुन्दरहरैँचास्थित सुन्दरदुलारी उद्योग वाणिज्य संघको आयोजनामा नापतौल उपकरण प्रमाणीकरण तथा नवीकरण कार्यक्रम सम्पन्न भएको छ । बुधबार गछियास्थित संघको नवनिर्मित भवनमा गुणस्तर तथा नापतौल कार्यालय, विराटनगरको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा साविक सुन्दरदुलारी क्षेत्रका १०० भन्दा बढी व्यवसायीहरूले आफ्ना ढक, तराजु लगायतका नापतौल उपकरणको प्रमाणीकरण र नवीकरण गराएका छन् । संघका अध्यक्ष रमेश थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष किशोर कार्की प्रमुख अतिथि रहनु भएको थियो । उहाँले व्यवसायलाई कानुनी, व्यवस्थित र भरपर्दो बनाउन यस्ता कार्यक्र
इटहरी । कला संस्कृतिको जगेर्ना र हस्तान्तरण, तपाई हाम्रो उत्तरदायित्व भन्ने नारासहित नेशनल गट ट्यालेन्ट २०८३ र मिस धनकुटा २०८३ आयोजना हुने भएको छ । बुधबार रिक्रियशन मल्टिमिडिया एण्ड इन्टरनेशनल प्रालि र टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सञ्चालन गर्ने जनाएका हुन् । स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएका प्रतियोगिता मार्फत विशेषगरी ग्रामीण भेगमा लुकेका प्रतिभा पहिचान गरी राष्ट्रिय स्तर सम्म पु¥याउने लक्ष्य राखिएको छ । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले २०७३ साल देखि पूर्वाञ्चल डान्सिङ सुपरस्टार तथा २०७४, २०७६,
इटहरी । कोशी प्रदेश सरकारले सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज घटनामा मृत्यु भएका व्यक्तिको परिवारलाई २ लाख रुपैया राहत दिने निर्णय गरेको छ । देवानगन्ज घटनाका सम्बन्धमा बुधबार विराटनगरमा आयोजना गरिएको सर्वपक्षीय बैठकमा प्रदेश सरकारको निर्णयबारे जानकारी गराउदै मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सो घटनामा घाइते भएकाहरुलाई ५०÷५० हजार रुपैया र आगजनी गरिएका घर पसलका परिवारलाई अधिकतम ५० हजार रुपैया सम्म राहत उपलब्ध गराउने समेत जानकारी दिनुभयो । उहाले जिल्ला प्रशासन कार्यालयको सिफारिश अनुसार राहत उपलब्ध गराइने बताउनुभयो । मुख्यमन्त्री कार्कीले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता काय
इटहरी । झापाको भद्रपुर नगरपालिका–४ मा हात्ती धपाउनका लागि आफ्नै बारीमा जडान गरिएको नाङ्गो विद्युतीय तारमा करेन्ट लाग्दा एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार स्थानीय लाखबहादुर लिम्बूकी ६५ वर्षीया पत्नी सनज्योति लिम्बूको बिहान करिब ९ बजे करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो।प्रहरीका अनुसार लिम्बूलाई करेन्ट लागेर लडिरहेको अवस्थामा बुहारी सविता खड्काले देखेपछि बिहान करिब ११ बजे महेशपुर प्रहरीचौकीमा खबर गरेकी थिइन्। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक विशाल श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्दासम्म लिम्बूको मृत्यु भइसकेको थियो। घटनाब
इटहरी । नेपाल चिकित्सक संघले विभिन्न खालको माग राख्दै आन्दोलन गरेका छन् । संघले बुधबार मइतीघर मण्डलामा वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्ने माग गर्दै आन्दोलन गरेको हो । आक्रमणमा गम्भीर घाइते भएका मेडिकल अफिसर डा.प्रमोद रामको हाल काठमाडौंस्थित राष्ट्रिय ट्रमा उपचार भइरहेको छ । नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. तेजसुसिंह मल्लले दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याई कडा कारबाही गर्न सरकारसँग आग्रह गरेका छन् । डा. मल्लले सरकारले चिकित्सकहरूको माग यथाशीघ्र सम्बोधन
इटहरी । ताप्लेजुङमा पाँच दर्जन नयाँ उद्योग दर्ता भएका छन् । पछिल्लो एक वर्षको अवधिमा घरेलु तथा साना उद्योग कार्यालयमार्फत उक्त सङ्ख्यामा उद्योगहरु दर्ता भएका हुन् । घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार गत आर्थिक वर्षमा विभिन्न उद्देश्यका पाँच दर्जन अर्थात ६० वटा नयाँ उद्योग दर्ता भएका छन् । गत आवमा एक कम्पनी र ५९ वटा निजी फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी नवीन भट्टराईले जानकारी दिनुभयो । दर्ता भएकामध्ये सबैभन्दा बढी कृषि तथा वन पैदावारसँग सम्बन्धित २८ उद्योग रहेका छन् । यस्तै सेवामुलक १९ वटा, पर्यटनसम्बन्धी सात, उत्पादनमुलक चार र सूचना प्रविधिमा आ
इटहरी। सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ । सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस क्षेत्रमा शान्ति सुव्यवस्था कायम भई जनजीवन सामान्य भएपछि कफ्र्यु हटाइने छ । यसैबीच, प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालसहितको टोलीले घटनास्थलको निरीक्षण एवं अवलोकन गरेको छ । त्यस क्रममा उहाँहरूले मृतक र घाइतेका परिवारजनसँग पनि कुराकानी गर्नुभएको थियो । पीडित पक्षले दोषीलाई कारबाही, मृतकका परिवारलाई उचित क्षतिपूर्र्ति, घाइतेको निःशुल्क उपचार तथा घटनाको सत्यतथ्य छानबिनको माग गरेको सहायक प्रमुख जिल्ला अधिका
इटहरी । सुनसरीको देवानगन्जमा भएको हिंसात्मक घटनापछि सरकारको संकट व्यवस्थापन, राजनीतिक नेतृत्व र सुरक्षा तयारीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन, विरोध र तनाव जारी रहँदा प्रधानमन्त्री बालेन्द्र साह (बालेन) र गृहमन्त्री सुधन गुरुङको भूमिकालाई लिएर राजनीतिक दल, नागरिक समाज र विभिन्न सरोकारवालाले आलोचना गरेका छन्। घटनापछि सरकारले आवश्यक संवेदनशीलता देखाउन नसकेको आरोप लागिरहेको छ। विशेष गरी देश तनावपूर्ण अवस्थामा रहेका बेला प्रधानमन्त्री र गृहमन्त्रीले प्रभावकारी नेतृत्व दिन नसकेको भन्दै सरकारको कार्यशैली विवादमा परेको हो। विपक्षी दलहरूले मात्रै ह
इटहरी। मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित अगुर दाना मिलअगाडि ट्रकले किच्दा एक युवकको मृत्यु भएको घटनाको वास्तविकता पोस्टमार्टम रिपोर्टपछि खुलेको छ। प्रारम्भिक रूपमा लडेर मृत्यु भएको अनुमान गरिए पनि अनुसन्धानबाट ट्रकको चक्काले किच्दा मृत्यु भएको पुष्टि भएको प्रहरीले जनाएको छ।सुनसरीको गढी गाउँपालिका–२ घर भई हाल बुढीगंगा–५ दीपु टोलस्थित ससुरालीमा बस्दै आएका ३५ वर्षीय सुरज ऋषिदेव साउन १० गते साँझ करिब ६ः३० बजे सडकमा घाइते अवस्थामा फेला परेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय नेमुवाको टोलीले उनको उद्धार गरी उपचारका लागि विराट शिक्षण अस्पताल पुर्याएको थियो। अस्पताल पुगेपछि च
झापा। झापाको दमकमा एक पुरुषको शव फेला परेको छ । दमक नगरपालिका–स्थित शान्तिमार्गमा रहेको नेकपा (एमाले) पार्टी कार्यालय नजिकै पानीमा घोप्टो परेको अवस्थामा पुरुषको शव फेला परेको हो।स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको छ। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.