इटहरी । भोजपुरको अरुण गाउँपालिका(६ को फेरी बजारमा आइतबार दिउँसो आगलागी हुँदा एक घर पूर्णरूपमा जलेर नष्ट भएको छ।स्थानीय हेमचन्द्र आचार्यको घरमा आगो लाग्दा घरभित्र रहेका लत्ताकपडा र सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएपछि भोजपुरको जरायोटार तथा धनकुटाको लेगुवा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।आगो अन्य घरतर्फ फैलिन नदिन विशेष सावधानी अपनाइएको लेगुवा प्रहरी चौकीका असइ द्रोण खत्रीले जानकारी दिए। आगलागी भएको स्थान धनकुटा र भोजपुरको सीमा अरुण नदी छेउमा पर्छ । आगलागीको कारण खुलेको छैन । घटनाबाट भएको क्षतिको विस्तृत
इटहरी । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीमा दुई अस्थायी मतदान केन्द्र निर्धारण गरिएको छ ।निर्वाचनका लागि जिल्लामा दुईवटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । कैदीबन्दीका लागि रामधुनी–५ स्थित झुम्का कारागार र सरकारी कर्मचारी र सुरक्षाकर्मीका लागि रामधुनी नगरपालिका–१ स्थित कृषि व्यवसायी प्रवर्द्धन केन्द्र झुम्कामा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।कारागारमा कैदीबन्दीका लागि मतदानको अधिकार दिन मतदान केन्द्र राखिने भएको हो भने कृषि व्यवसायी केन्द्रबाट कर्मचारी र सुरक्षाकर्मीले मत दिने
इटहरी । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२र८३ को माघ मसान्तसम्ममा अलैँची निर्यात ५९ दशमलव ८० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ अर्ब ६१ करोड २० लाख सात हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । चालु आवको दश महिनाको अवधिमा चार हजार १५३ दशमलव १५ मेट्रिकटन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए । अघिल्लो आव २०८१र८२ को सोही अवधिमा पाँच अर्ब ३८ करोड ८० लाख २० हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए । कार्यालयको तथ्याङ्क अनुसार चालु आवको दश महिनामा चियाको निर्यात २६ दशमलव ७० प्रतिशतले
इटहरी । सङ्खुवासभाको चैनपुर नगरपालिका–१ मा अवस्थित नुनढाकी क्षेत्र धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै गएको छ।प्राकृतिक सौन्दर्यसँगै धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिएको यस स्थानमा आन्तरिक पर्यटकको आगमन बढ्दै गएको स्थानीयहरू बताउँछन्।शान्त वातावरण, हरियाली पहाडी भू–दृश्य र धार्मिक महत्त्वका कारण नुनढाकी पछिल्लो समय घुमफिर र तीर्थका लागि रोजाइमा पर्न थालेको छ।
इटहरी। आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४।१ रक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
इटहरी। खोटाङमा १३ वर्षीय छात्रालाई बलात्कार गर्ने शिक्षक पक्राउ परेका छन् । दिक्तेल बोर्डिङ स्कुलमा कार्यरत सोलुखुम्बु थुलुङ दुधकोसी गाउँपालिका–१ नेलेका टेकबहादुर खत्री पक्राउ परेका हुन् । आरोपित शिक्षक खत्रीले फागुन ९ गते होमवर्क सिकाइ दिने बाहनामा छात्रालाई आफ्नै कोठामा बोलाएर जवरजस्ती करणी गरेको जाहेरी आएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । घटनापछि बालिकालाई तीन घण्टासम्म कोठामा थुनेर राखेको पीडित परिवारले बताएका छन् । पीडित बालिका रुँदै कोठामा पुगेपछि मात्रै अभिभावकले घटनाको विषयमा जानकारी पाएका थिए ।परिवारले घटनाको विषयमा जानकारी गराएपछि शिक्षकलाई तत्काल पक्राउ गरिएको जिल्ला
इटहरी | इटहरी वडा नम्बर १ मा अवस्थित हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलको १९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। विद्यालयले हरेक वर्ष आयोजना गर्ने वार्षिकोत्सवमा हाँसपोसा एकेडेमी इङ्गलिस बोर्डिङ स्कुलका संस्थापक निर्देशक समर बहादुर कार्कीको सभापतित्वमा तथा इटहरी उपमहानगरपालिकाका उपप्रमुख संगिता कुमारी चौधरीको प्रमुख अतिथिमा कार्यक्रम भएको हो ।विद्यार्थीहरूले नृत्य, गायन, नाटक , गजल अन्य प्रतिभा प्रस्तुत गरेका थिए । स्कुलका विद्यार्थीहरूलाई अध्यनरत विभिन्न विधामा सम्मान साथै कार्यक्रममा विद्यालयले यस अघि आयोजना गरेको विभिन्न खेलकुद विधाका
सुनसरी क्षेत्र नम्बर ३ मा राजनीतिक माहोल तीव्र बन्दै गएको छ। तीन सयभन्दा बढी जेनजी युवाहरू खुलेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गर्दै उम्मेदवार भगवती चौधरी को जित सुनिश्चित गर्ने अभियानमा जुटेका छन्। इटहरी मा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रम युवाको उत्साह र राजनीतिक प्रतिबद्धताले भरिएको देखिन्थ्यो।कार्यक्रमलाई सम्बोधन गर्दै चौधरीले स्पष्ट शब्दमा भनिन्— “देश बनाउने शक्ति युवा हुन्, र युवाको भविष्य सुरक्षित गर्न सक्ने पार्टी एमाले मात्रै हो।” उनले विकास, रोजगारी र स्थायित्वका मुद्दामा आफ्नो प्रतिबद्धता दोहोर्याउँदै विपक्षीहरूलाई कामको आधारमा प्रतिस्पर्धा गर्न चुनौतीसमेत दिइन्।
इटहरी । मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्लिस स्कुलको १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रम विद्यालयका प्रिन्सिपल कमल खनालको अध्यक्षता तथा सुन्दरहरैंचा–१२ का वडा अध्यक्ष एवं नगर प्रवक्ता रोशन प्रसाद ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत, नाटक र प्रतिभा प्रदर्शन मार्फत उपस्थित अभिभावक तथा अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए । विशेष आकर्षणका रूपमा आयोजित डान्स आइडल र सिङ्गिङ आइडलको फाइनल प्रतिस्पर्धाले कार्यक्रमलाई अझ रोमाञ्चक बनाएको थियो। कार्यक्रमका अध्यक्ष तथा प्रिन्सिपल
इटहरी । सुनसरीको भोक्राहा नरसिह गाउँपालिका–४ मा चुनावी कार्यक्रमका क्रममा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप भएको छ । कांग्रेसले आयोजना गरेको कार्यक्रम गर्न नदिने हल्ला फैलिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित भएका थिए । सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की चुनावी सभालाई सम्बोधन गर्न जाँदै गर्दा बाटोमा रास्वपाका कार्यकर्ताहरूसँग जम्काभेट भएको थियो। सो क्रममा दुवै पक्षका युवाहरूबीच सुरु भएको भनाभन केही बेरमै हातहालाहालमा परिणत भएको थियो । कांग्रेसको भ्रातृ सङ्गठन तरुण दल र रास्वपाका कार्य
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.