All Posts By कोशी प्रेस

    Showing १,७८१-१,७९० of १३,६०१ items.
  • पाँचथरमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते

    इटहरी। पाँचथरको फालेलुङ गाउँपालिका–२ जिमाहामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा परेर थप एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख ९डीएसपी० अनिषकुमार कर्णका अनुसार बिहीबार राति करिब साढे आठ बजे मे १ त ३५५६ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा ट्याक्टर चालक फिदिम नगरपालिका–३ स्कुलडाँडा निवासी २४ वर्षीय राजेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ।त्यसैगरी ट्याक्टरमा सवार फालेलुङ गाउँपालिका–१ ठाडे लसुने निवासी ४० वर्षीय, ‘युगे’ भनिने योगबहादुर जबेगु घाइते हुनुभएको छ। उहाँको अनुहारमा चोट लाग्नुका

    • प्रकाशित मितिः असार १२, २०८३
    • ११६ पटक पढिएको
  • युवा उद्यमी सिजन गुरुङद्वारा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा

    इटहरी । कृषि, पशुपालन, मत्स्यपालन तथा एग्रो टुरिज्म क्षेत्रमा सक्रिय युवा उद्यमी तथा नेपाली कांग्रेसका कोशी प्रदेश सदस्य एवं महासमिति सदस्य सिजन गुरुङले तरहराको पुरानो चौकीमा ‘बराह एग्रो फ्रेश हाउस’ सञ्चालनमा ल्याएका छन्।बराह एग्रो कृषि फर्मको पहिलो आउटलेटका रूपमा सञ्चालनमा आएको फ्रेश हाउसमार्फत फर्ममै उत्पादन गरिएका बङ्गुर तथा अन्य कृषि तथा पशुजन्य उत्पादन उपभोक्तासम्म प्रत्यक्ष रूपमा पुर्‍याइने भएको छ। ताजा, स्वस्थ र गुणस्तरीय स्थानीय उत्पादन उपलब्ध गराउने उद्देश्यले फ्रेश हाउस स्थापना गरिएको गुरुङले बताएका छन्।लामो समयदेखि कृषि, पशुपालन, माछापालन तथा एग्रो टुरिज्म क्षेत्रमा क्रियाशील गुरुङल

    • प्रकाशित मितिः असार ११, २०८३
    • ७०९ पटक पढिएको
  • भोक्राहा नरसिंह गाउँपालिकामा “भ्रामक समाचार विरुद्ध सचेतना अभियान” सम्पन्न

    इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका मा “भ्रामक समाचार विरुद्ध सचेतना अभियान” सम्पन्न भएको छ। गाउँपालिकाका विभिन्न विद्यालयका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा एकदिने सचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो। “भ्रामक समाचार फैलाउनु अपराध हुन सक्छ, सचेत बनौं र जिम्मेवार बनौं”, “तथ्य पुष्टि गरौं, कानुनी जोखिमबाट बचौं” तथा “सत्य सूचना प्रवाह गरौं, सभ्य र सुरक्षित समाज निर्माण गरौं” भन्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा, शिक्षकहरू तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विराट टेलिभिजनका प्रबन्ध निर्देशक विकल पौडेल ले सहजी

    • प्रकाशित मितिः असार ११, २०८३
    • २५२ पटक पढिएको
  • इटहरी उद्योग वाणिज्य संघको निर्वाचनः स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारीसहितको टोलीद्वारा मनोनयन दर्ता

    इटहरी  । इटहरी उद्योग वाणिज्य संघको आगामी असार २७ गते हुने निर्वाचनका लागि अध्यक्ष पदकी स्वतन्त्र उम्मेदवार गायत्री कटुवाल भण्डारी नेतृत्वको समूहले बुधबार मनोनयन दर्ता गराएको छ ।संघको नयाँ नेतृत्व चयनका लागि चुनावी माहोल तातिरहेका बेला भण्डारी समूहले औपचारिक रूपमा उम्मेदवारी दर्ता गर्दै चुनावी प्रतिस्पर्धामा आफ्नो उपस्थितिलाई बलियो बनाएको हो । भण्डारीले आफूलाई अनुभव, ऊर्जा र स्पष्ट दृष्टिकोण बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गर्दै व्यवसायीहरूको साझा हितका लागि नेतृत्व आवश्यक रहेको बताउनुभएको छ । उहाँले उद्योग वाणिज्य संघलाई अझ समावेशी, व्यवसायीमैत्री र प्रभावकारी संस्थाका रूपमा विकास गर्न

    • प्रकाशित मितिः असार ११, २०८३
    • ३७४ पटक पढिएको
  • सप्तकोशी पुलबाट हाम फालेका धरानका सरोजको शव फेला

    इटहरी । उदयपुर र सुनसरी जोड्ने सप्तकोशी पुलबाट नदीमा हाम फालेका एक युवकको शव खोजीका क्रममा फेला परेको छ।बुधबार बिहान करिब ८ बजे उदयपुरको बेलका नगरपालिका–८ कोठुस्थित सप्तकोशी पुलबाट सुनसरीको धरान उपमहानगरपालिका–५ झरना चोक निवासी ४२ वर्षीय सरोज श्रेष्ठले पुलमाथि आफ्नो साइकल, चप्पल र मोबाइल फोन राखेर सप्तकोशी नदीमा हाम फालेको जानकारी स्थानीयले प्रहरीलाई गराएका थिए ।\घटनाको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस चतराबाट सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतको कमाण्डमा रबर बोटसहित १० जनाको टोली, सुरक्षा बेस रामपुर उदयपुरबाट सशस्त्र प्रहरी निरीक्षक राजविक्रम खड्काको कमाण्डम

    • प्रकाशित मितिः असार ११, २०८३
    • १६७ पटक पढिएको
  • झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ

    इटहरी । झापामा एकैदिन ३६ जना लागुऔषध सेवनकर्ता तथा कारोबारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाले बुधबार बिहान १० देखि साँझ ६ बजेसम्म सञ्चालन गरेको विशेष स्वीप अपरेसनमा उनीहरूलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय काँकडभिट्टा तथा मातहतका प्रहरी इकाइहरूको संयुक्त टोलीले सञ्चालन गरेको अपरेसनका क्रममा विभिन्न स्थानबाट २९ जना लागुऔषध सेवनकर्ता पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी रञ्जन अवाले जानकारी दिनुभयो। यस्तै, प्लास्टिकबाहेक १० ग्राम ११८ मिलिग्राम ब्राउन सुगरसहित ७ जना कारोबारीलाई नियन्त्रणमा लिइएको अवाले बताउन

    • प्रकाशित मितिः असार ११, २०८३
    • १२९ पटक पढिएको
  • ताप्लेजुङका स्थानीय तहको बजेट पाँच अर्ब रुपियाँ

    इटहरी ।  ताप्लेजुङका स्थानीय तहले करिव पाँच अर्ब रुपियाँ बराबरको बजेट ल्याएका छन् । जिल्लाका नौ वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि उक्त बजेट ल्याएका हुन् ।  एक नगरपालिका र आठ गाउँपालिका गरी जिल्लाका नौ वटा स्थानीय तहले आफ्नो गाउँ नगरसभा तथा अधिवेशनमार्फत आगामी आवका लागि कुल चार अर्ब ९२ करोड ९५ लाख १०२ रुपियाँ बजेट प्रस्तुत गरेका छन् । फुङ्लिङ नगरपालिकाले सबैभन्दा बढी ७९ करोड १२ लाख २६ हजार ७९० रुपियाँको बजेट ल्याएको छ । फुङ्लिङपछि सिरिजङ्घा गाउँपालिकाको आगामी बजेट ६० करोड ४२ लाख नौ हजार ५४० रुपियाँ रहेको छ । आगामी आवका लागि सबैभन्दा कम (न्युन) बजेट मैवाखोला गाउँपालिका

    • प्रकाशित मितिः असार ११, २०८३
    • १७७ पटक पढिएको
  • कोशी प्रदेशमा सिँचाइका लागि चर्को दबाब,बाह्र हजार परिवारले पाएनन् विद्युत् मिटर

    इटहरी ।  कोशी प्रदेशमा ६ महिनादेखि विद्युत् मिटरको अभाव हुँदा हजारौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । नेपाल विद्युत् प्राधिकरणले माग अनुसारको मिटर उपलब्ध गराउन नसक्दा कोशी प्रदेशका १४ जिल्लाका १२ हजारभन्दा बढी परिवारले विद्युत् जडानका लागि दिएको आवेदन त्यत्तिकै थन्किएको हो ।  छ महिनाअघिदेखि कोशीमा विद्युत् मिटरको अभाव सुरु भएको हो, अहिले समस्या झन् बढ्दै गएकाले प्राधिकरणका कर्मचारी उपभोक्ताको चर्को दबाबमा छन् । प्राधिकरणको कोशी प्रादेशिक कार्यालय विराटनगरका अनुसार हाल दर्ता भएका १२ हजारभन्दा बढी आवेदनमध्ये अधिकांश ‘सिङ्गल फेज’ मिटरका हुन् । दुई महिनाअघि प्रदेशभर वितरण गर्नका ला

    • प्रकाशित मितिः असार ११, २०८३
    • ११३ पटक पढिएको
  • कानेपोखरीको बजेट स् कृषि, पशुपालन र सिँचाइमा जोड

    इटहरी । मोरङको कानेपोखरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कृषि, सिँचाइ र पशुपालन क्षेत्रमा एक करोड ९० लाख रुपियाँ विनियोजन गरेको छ। उपाध्यक्ष भोलाप्रसाद अधिकारीले बुधबार राति गाउँपालिका परिसरमा कुल ७७ करोड ९० लाख ९० हजार रुपियाँको बजेट प्रस्ताव गर्नुभएको हो। कृषि, पशुपालन र सिँचाइका लागि विनियोजित उक्त रकम कुल बजेटको २।४४ प्रतिशत हो। त्यस्तै, पूर्वाधार विकासतर्फ विनियोजित ५८ करोड ९४ लाख रुपियाँको ३।२२ प्रतिशत हिस्सा यस क्षेत्रका कार्यक्रमका लागि छुट्याइएको छ। गाउँपालिकाको २१औँ गाउँसभाको अध्यक्षता गर्दै अध्यक्ष राजमति इङ्नामको उपस्थितिमा उपाध्यक्ष अधिकारीले बजेट प्रस्तुत गर्नुभएको

    • प्रकाशित मितिः असार ११, २०८३
    • २१२ पटक पढिएको
  • फिदिम नगरपालिकाको १ अर्ब ४८ लाखको बजेट, पाँचथरका सबै स्थानीय तहले ल्याए नीति तथा कार्यक्रम

    इटहरी। पाँचथरको फिदिम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि १ अर्ब ४८ लाख ५ हजार रुपियाँको अनुमानित आयव्यय ९बजेट० प्रस्तुत गरेको छ। गत वर्ष यस पालिकाको बजेट १ अर्ब १० करोड ५१ लाख ३३ हजार २०१ रुपियाँ रहेकामा यस वर्ष गत वर्षको तुलनामा करिब १० करोड रुपियाँ बजेट घटेको हो। मङ्गलबार आयोजित नगर सभाको १९ औँ अधिवेशनमा उपप्रमुख राधाकृष्ण न्यौपानेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभएको थियो। नगर सभामा प्रस्तुत बजेट वक्तव्य अनुसार चालुतर्फ ७२ करोड ६३ लाख ३६ हजार रुपियाँ र पूँजीगततर्फ २७ करोड ८४ लाख ६८ हजार ३४२ रुपियाँ विनियोजन गरिएको छ।नगरपालिकाको यस अधिवेशनले कृषि, स्वास्थ्य, शिक्षा, पशुप

    • प्रकाशित मितिः असार १०, २०८३
    • १६९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]