All Posts By कोशी प्रेस

    Showing १,८७१-१,८८० of १२,७८९ items.
  • ताप्लेजुङमा घरेलु मार्फत एक सय ५५ लाई रोजगारी प्राप्त

    इटहरी। घरेलु तथा साना उद्योग कार्यक्रममार्फत एक सय ५५ जनाले रोजगारी प्राप्त गरेका छन् । चालु आर्थिक वर्ष २०८२–८३ को फागुन मसान्तसम्ममा एक सय ५५ जनाले रोजगारी प्राप्त गरेका हुन् । घरेलु तथा साना उद्योगले सञ्चालन गरेको विभिन्न कार्यक्रम तथा तालिमा सहभागी बनि उक्त सङ्ख्याले रोजगारी प्राप्त गरेको घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका प्रमुख लक्ष्मी सुहाङले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा चार सय १७ जनाले रोजगारी प्राप्त गरेका थिए । यस्तै चालु आर्थिक वर्षको फागुन सम्ममा ४१ जना नयाँ उद्यमी बनेका छन् । गत आर्थिक वर्षमा एक सय ३ जना उद्यमी बनेका थिए । सो अवधिमा ९२ वटा नयाँ उद्योग समेत थप

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १३१ पटक पढिएको
  • विपी प्रतिष्ठानलाई ४७ लाख बढीको स्वास्थ्य सामग्री सहयोग

    इटहरी ।  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई पोस्ट प्रो सोलुसन प्रा.लि.ले ४७ लाख ८ सय ८८ बराबरको आवश्यक मेडिकल सामग्री सहयोग गरेको छ । पोस्ट प्रो सोलुसन प्रा।लि।की प्रोप्राइटर सुप्रिया माझी बनेपाली र दीपक बनेपालीले मेडिकल उपकरण तथा सर्जिकल सामग्रीहरू प्रतिष्ठानका उपकुलपति प्राडा। विक्रमप्रसाद श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको हो । उक्त सामग्रीहरू प्रतिष्ठानको दैनिक उचार सेवामा प्रयोग हुने उपकुलपति प्राडा। विक्रमप्रसाद श्रेष्ठले बताउनुभयो । प्रतिष्ठान जस्तो ठुलो स्वास्थ्य संस्थालाई आर्थिक सङ्कटको घडीमा निजि क्षेत्रबाट प्राप्त भएको सहयोग हाम्रा लागि निकै महत्त्वपूर्ण छ । यसले बि

    • प्रकाशित मितिः चैत १७, २०८२
    • २६५ पटक पढिएको
  • बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) रोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम

    इटहरी । पथरी शनिश्चरे नगरपालिकाको आयोजनामा बर्ड फ्लु रोग नियन्त्रणसम्बन्धी एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।नगरपालिका वडा नं. १ स्थित पथरी बहुमुखी क्याम्पसको सभाहलमा आयोजित कार्यक्रममा  बर्ड फ्लु रोगको जोखिम, रोकथामका उपाय र जनचेतना अभिवृद्धिमा जोड दिईएको हो । कार्यक्रममा बर्ड फ्लु रोगको पहिचान, संक्रमणबाट जोगिने उपाय तथा फ्रेस हाउस सञ्चालन गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा सहभागी  नगरभित्रका फ्रेस हाउस सञ्चालकहरूलाई  जानकारी गराइएको  थियो । नगरपालिकाका पशु चिकित्सक डा. आशिष देवको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडाध्

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १९२ पटक पढिएको
  • सुनसरीका एसईई केन्द्राध्यक्षहरुलाई प्रशिक्षण तालिम

    इटहरी। माध्यमिक शिक्षा परीक्षा (एसईई) लाई मर्यादित, भयरहित र व्यवस्थित गर्न सुनसरीका केन्द्राध्यक्षहरुलाई निर्देशन दिएको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)केन्द्राध्यक्षलाई प्रशिक्षण दिने क्रममा परीक्षा समन्वय समितिले परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको हो । परीक्षामा परीक्षार्थीहरुलाई निर्वाद र निर्भिक रुपमा लेख्ने वतावरण दिनुपर्ने तर चिट चोर्न र चोराउन नपाउने गरी केन्द्राध्यक्षलाई प्रशिक्षण दिँदै परीक्षा मर्यादित, भयरहित र व्यवस्थित गर्न निर्देशन दिएको शिक्षा विकास तथा समन्वय इकाई सुनसरी प्रमुख देवेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो । मल्लका अनुसार परीक्षा केन्द्रमा केन

    • प्रकाशित मितिः चैत १७, २०८२
    • २२६ पटक पढिएको
  • जनता बहुमुखी क्याम्पस इटहरीमा ‘स्ववियु कप’ समारोह तथा पुरस्कार वितरण सम्पन्न

    इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा आयोजित ‘स्ववियु कप’ सप्ताहव्यापी खेलकुद समारोह तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) जनता बहुमुखी क्याम्पसको आयोजनामा गत सोमबारदेखि सुरु गरिएको ‘स्ववियु कप’ प्रतियोगिता समापनसँगै विजेताहरूलाई पुरस्कार वितरण गरिएको हो।कार्यक्रममा स्ववियु अध्यक्ष सहदेव काफ्लेको अध्यक्षता तथा क्याम्पस सञ्चालक समिति अध्यक्ष विकास केसीको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रम अन्तर्गत क्याम्पसलाई समुदायसँग जोड्ने उद्देश्यले जनता बहुमुखी क्याम्पसबाट इटहरी चौक हुँदै हलगडा पुगेर पुनः क्याम्पससम्म करिब तीन किलोमिटर दूरीको ‘जेए

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ४४१ पटक पढिएको
  • झापामा प्रेसर हर्न हटाउने अभियान तीव्र, एकै दिन ७३ वटा हटाइयो

    इटहरी । सवारी साधनमा जडित ध्वनि प्रदुषण गर्ने प्रेसर हर्न हटाउने अभियानलाई झापा ट्राफिक प्रहरीले तीव्र पारेको छ। जिल्लाभर सञ्चालित कारबाही तथा जनचेतनामूलक कार्यक्रम अन्तर्गत प्रहरीले प्रेसर हर्न प्रयोग गर्ने सवारीमाथि कडाइ सुरु गरेको हो। अभियानको क्रममा आज मात्रै जिल्लाका विभिन्न स्थानबाट ७३ वटा प्रेसर हर्न निकालिएको ट्राफिक प्रहरीले जनाएको छ। त्यसैगरी, ट्राफिक नियम उल्लंघन गर्ने अन्य ११ वटा सवारी साधनलाई पनि कानुनबमोजिम कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष राईले जानकारी दिनुभयो ।प्रहरीका अनुसार प्रेसर हर्नबाट निस्कने अत्यधिक ठूलो आवाजले ध्व

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १३८ पटक पढिएको
  • देशका विभिन्न स्थानबाट लागुऔषधसहित ९ जना पक्राउ

    इटहरी । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित नौ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार झापाको भद्रपुर नगरपालिका–५ नयाँबजारबाट एक, मोरङको उर्लाबारी महानगरपालिका–७ बरगाछीबाट दुई र बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१० नितनपुरबाट दुई जनालाई खैरो हेरोइन र छ हजार ७५० नगदसहित पक्राउ गरिएको हो । त्यसैगरी, तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारबाट एक, वीरगञ्ज महानगरपालिका–१६ बाट दुई जना र सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ बाट एक जनालाई सोमबार पक्राउ गरिएको हो । उनीहरूबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने एक हजार ७०० ट्रामाडोल ट्याबलेट बरा

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १०८ पटक पढिएको
  • इलाममा बलात्कार आरोपमा एकजना पक्राउ

    इटहरी । इलाममा बलात्कार आरोपमा प्रहरीले एकजनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–३ सुर्के बस्ने ४० वर्षीय राजु विक रहेका छन् । विकले ४० वर्षीया महिलालाई बलात्कार गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले सोमबार उनलाई पक्राउ गरेको हो । यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १४४ पटक पढिएको
  • नतिजामुखी बजेट निर्माण गर्ने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रतिबद्धता

    इटहरी।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको छ । कोशी प्रदेश योजना आयोगले सोमबार बैंक सूचना प्रणालीसम्बन्धी विराटनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा प्रदेशसभाका सदस्यलाई राखेर योजना छनोट र योजना बैंकमा ‘योजना इन्ट्री’ गर्ने विषयमा प्राविधिक तथा सैद्धान्तिक जानकारी दिइएको थियो । कार्यक्रममा आयोगका अध्यक्षसमेत रहनुभएका मुख्यमन्त्री कार्कीले विगतमा हामीले गर्दै गएको असन्तुलित अभ्यासलाई यसपटक गम्भीर रूपमा समीक्षा गरी सबै क्षेत्रमा नतिजा दिने गरेको बजेट बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यो

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १४७ पटक पढिएको
  • स्वास्थ्य बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुने

    इटहरी । स्वास्थ्य बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुने भएको छ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दुःख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह गरेको छ । स्वास्थ्य संस्थाहरूले बीमा सेवा प्राप्त गर्न अग्रिम समय लिनुपर्ने, बीमितप्रति भेदभावपूर्ण व्यवहार गरिएको तथा आवश्यक सेवा सुविधा एव

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १३१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]