ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर परिसरमा रहेका वर्षौं पुराना पाटीपौवा । पछिल्लो समय पाथीभरा क्षेत्र विकास समितिले पाटीपौवा मर्मतसम्भार गरेर बस्न योग्य बनाएको छ ।
इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने आठ वटै टोलीको टुङ्गो लागेको छ । आगामी भदौ १२ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको हो ।आयोजक लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनका अनुसार यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ–११ सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यस्तै गत वर्षको विजेता सलहेश युवा क्लब सिराह, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा ११ ले यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ । उहाँका अनुसार प्रतिष्ठित क्लबहरू सातदोबाटो फुटबल क्लब
इटहरी। धनकुटा नगरपालिका वडा नं. ९ बेलहाराको रोइला टोलस्थित जाल्पादेवी कृषि सहकारीको बिक्री केन्द्रमा आउने किसानको एउटा मात्रै अपेक्षा रहेको हुन्छ, त्यो हो आफ्नो बालीका लागि आवश्यक रासायनिक मल पाइयोस् । तर, सहकारीमा जुन अपेक्षाले किसान त्यहाँ पुग्छन् निराश भएर फर्कन बाध्य रहेका छन् ।सहकारीमा पुग्ने २ सय ५० देखि ३ सय किसानमध्ये अधिकांश निराश भएर फर्किनुपर्ने अवस्था छ । धान, कोदो र गोलभेडा लगायतका बालीमा रासायनिक मल प्रयोग गर्ने मुख्य समयमा नै मल नपाउँदा किसानको चिन्ता बढेको छ । खेतमा बाली हुर्किरहेको छ, तर त्यसलाई आवश्यक युरिया र डिएपी भने किसानको पहुँचमा छैन ।बेलहराका किसानका लागि मलको अभाव यस
इटहरी । सुन्दरहरैँचा–८ सलकपुरस्थित सव डिभिजन वन कार्यालय पछाडिको खेलमैदानमा सम्पन्न अन्डर–१७ फुटबल प्रतियोगिताको उपाधि बुढासुब्बा युथ क्लब सुन्दरहरैँचा–८ ले जितेको छ । योङ्ग ब्वाइज एफसी सुन्दरहरैँचा–८ को आयोजनामा भएको रोमान्चक फाइनल खेलमा बेतना युनाइटेड बेलबारीलाई पराजित गर्दै बुढासुब्बाले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो। विजेता बुढासुब्बा युथ क्लबले नगद ८ हजारसहित ट्रफी र मेडल प्राप्त ग¥यो भने उपविजेता बेतना युनाइटेडले नगद ५ हजार सहित ट्रफी र मेडलमा चित्त बुझायो। युवा खेलाडीहरूको प्रतिभा पहिचान र खेल भावनाको विकासका लागि प्रतियोगिता आयोजना गरिएको खेल संयोजक सन्तोष खरेलले जानक
इटहरी। तेह्रथुमको जिल्लाको सुख्खाग्रस्त भेगमा हिउँद सुरु भएसँगै पानीको अभावले किसानलाई हरेक वर्ष सताउने गर्छ ।जलवायु परिवर्तनका कारण वर्षौंदेखि भरपर्दाे मानिएका धारा, कुवा र प्राकृतिक मुहानहरू सुक्दै जान थालेपछि खानेपानीदेखि कृषि सिँचाइसम्मको समस्या विकराल बन्दै गएको छ । स्थानीय सरकारले सञ्चालन गरेका खानेपानी आयोजनाले मानिसका लागि खानेपानीको आवश्यकता केही हदसम्म पूरा गरे पनि पशुपालन र कृषि सिँचाइका लागि पर्याप्त पानी उपलब्ध गराउन सकेका छैनन् ।यस्तै समस्याका बीच छथर गाउँपालिकाले सञ्चालन गरेको ‘एक घर–एक प्लास्टिक पोखरी’ कार्यक्रमले किसानका लागि आशाको नयाँ आधार सिर्जना गरेको छ । बर्खामा खेर जाने
इटहरी। पूर्वी पहाडलाई तराईसँग जोड्ने प्रमुख सडकका रूपमा रहेको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ को माइखोला–राजदुवाली सडकखण्ड महिनादिन बितिसक्दा पनि पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन।पहिरो र सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग अझै सामान्य अवस्थामा फर्किन नसक्दा इलामसँगै पाँचथर र ताप्लेजुङको झापासँगको नियमित सडक सम्पर्क प्रभावित बनेको छ । राजदुवालीमा यसपटक समस्या सामान्य पहिरो पन्छाएर सडक खुलाउने खालको मात्र छैन, सडकको ठूलो हिस्सा भासिएर खोलातर्फ बगेको छ भने माथिल्लो भागमा समेत जमिन धसिने क्रम रोकिएको छैन। निरन्तरको वर्षा, कमजोर भू–बनोट र सडक आसपासको जमिन अस्थिर हुँदा निर्माण तथा मर्मतको क
इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१० मा प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ।प्रहरीले उनीहरूको साथबाट लागुऔषध, नगद तथा मोबाइल फोन बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार इटहरी–१० शिवनारायण टोलस्थित ४१ वर्षीय मोहन गुरुङको घरमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएको थियो। सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोली, इलाका प्रहरी कार्यालय इटहरीको मोबाइल टोली तथा क्यूआरटीको संयुक्त टोली बिहीबार दिउँसो करिब ३ बजे गुरुङको घरमा पुगेको थियो। प्रहरी टोलीले घरमा जाँच गर्दा प्लास्टिकसहित तौल गर्दा ७ ग्राम ८७० मिलिग्राम र प्लास
इटहरी : दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।अन्तर्राष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिकजसो स्वदेशी तथा विदेशी पर्यटक पुग्ने गरेका छन्। कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लाको बीचमा फैलिएको संरक्षित क्षेत्र हो। विसं २०३२ मा स्थापना भएको आरक्ष प्रारम्भमा १७५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको थियो। विसं २०६१ मा मध्यवर्ती क्षेत्र थपिएपछि यसको क्षेत्रफल १७३ वर्ग किलोमिटर कायम भएको छ। सप्तकोशी नदीले बनाएको टापुमा अवस्थित यो आरक्ष न
इटहरी। जीर्ण अवस्थामा रहेको कटारी ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अब दुई लेनमा विस्तार गरिने भएको छ । मिर्चैया–कटारीखण्डको कटारी–मरुवा–भदौरे सडकलाई स्तरोन्नति गरी दुई लेनमा विस्तार गर्ने प्रव्रिmया अघि बढिसकेको आयोजना कार्यालय कटारीले जनाएको छ ।मिर्चैया–घुर्मी–कटारी योजना कार्यालयका प्रमुख वरिष्ठ डिभिजन इन्जिनियर विवेक पाण्डेका अनुसार हाल अत्यन्तै जीर्ण अवस्थामा रहेको एक लेनको २७.५ किलोमिटर सडकलाई दुई लेनमा विस्तार गरी सात मिटर चौडाइमा अस्फाल्ट प्रविधिको कालोपत्रे बनाउन दुई वटा खण्डमा बोलपत्र आह्वान भई अहिले प्राविधिक मूल्याङ्कनको काम भइरहेको छ । उक्त खण्डको सडक निर्माणका लागि तीन अ
इटहरी। पाँचथरको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश मासु पसल न्यूनतम मापदण्डविपरीत रहेको पाइएको छ। नियामक निकायले शुक्रबार फिदिममा गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरले जनाएको छ।भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग विकास समिति, जिल्ला प्रहरी कार्यालय तथा पाँचथर उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले फिदिमका आठ वटा मासु पसलको अनुगमन गरेका थिए। अनुगमनका क्रममा अधिकांश पसलमा मासु सुरक्षित राख्ने व्यवस्था, सरसफाइ, मूल्यसूची तथा उपकरणको स्वच्छतामा कमजोरी देखिएको अनुगमन टोलीले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.