All Posts By कोशी प्रेस

    Showing ३,३११-३,३२० of १२,८१७ items.
  • भेडेटारमा ट्रक दुर्घटना, चालक घाइते

    इटहरी। कोशी लोकमार्ग पर्ने धनकुटा साँगुरीगढी गाउँपालिका–६, स्थित मालबासेमा ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन् । सोमबार राति करिब १२ बजे मालबासेमा ट्रक अनियन्त्रित भइ सडकबाट खसेर दुर्घटना भएको हो । घाइते हुनेमा चालक धनकुटाको साँगुरीगढी गाउँपालिका–१ बस्ने करिब २७ वर्षीय आशिष लिम्बू हुनुहुन्छ । विराटनगरबाट संखुवासभाको शितलपाटीतर्फ जाँदै गरेको को १ ख ७४४८ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडकबाट करिब एक सय ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता राजन कार्कीले जानकारी दिनुभयो । उक्त ट्रक अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण सामग्री बोकेको संखुवासभा जाँदै

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २५९ पटक पढिएको
  • ठेक्का लागेको छ वर्षमा पनि बनेन सडक

    इटहरी। ठेक्का लागेको छ वर्ष बित्दा पनि पाख्रीबास–मुगा–सुनबालुवा सडक पूरा हुन सकेको छैन । २०७६ असारमा ठेक्का लागेर यो सडकको निर्माण सुरु हुँदा निकै उत्साहित भएका स्थानीय छ वर्षसम्म पनि आयोजना अधुरै रहँदा धुलो तथा हिलोको कहर सहन बाध्य छन् । ४२ करोड ७७ हजार रुपियाँमा १९ किलोमिटर कालोपत्रे गर्ने गरी ललितपुरको ‘दिवा–महावीर जेभी’ ले ठेक्का पाएको थियो । सम्झौता अनुसार काम २०७८ माघमा सम्पन्न गर्नुपर्ने थियो तर विभिन्न कारण देखाउँदै काम अगाडि नबढेपछि २०७९ भदौ र त्यसपछि २०८० असारसम्मका लागि थप गरिएको सडक डिभिजन कार्यालय धनकुटाले जनाएको छ । २०८० असारमा तत्कालीन सरकारले स्रोत सुनिश्चित नै नभई परियोजना अगा

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २४३ पटक पढिएको
  • अरुण नदीमा रहेको अवैध क्रसर उद्योग सञ्चालनमा रोक

    इटहरी ।  भोजपुरको अरुण गाउँपालिका–६ लेगुवाघाटमा अवैध रूपमा सञ्चालन हुँदै आएको क्रसर उद्योग सञ्चालनमा रोक लगाइएको छ । कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी विगत लामो समयदेखि चल्दै आएको उक्त उद्योग जिल्ला अनुगमन समितिले स्थलगत अनुगमनपछि बन्द गराएको हो । स्थलगत अनुगमनका क्रममा यो क्रसरले अवैध रुपमा प्राकृतिक स्रोतको दोहन गरेको पाइएपछि सञ्चालनमा रोक लगाइएको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङले जानकारी दिनुभयो । अन्य क्रसर उद्योगहरु अनुगमन भइरहेको उहाँको भनाइ छ । यो क्रसर उद्योगले अनधिकृत रुपमा नदी जन्यपदार्थ उन्खनन् गरेको पाइएको प्रमुख थुलुङले जानकारी दिनुभयो । आवश्यक कानुनी प्रक्रिया पूरा नग

    • प्रकाशित मितिः मंसिर २३, २०८२
    • २२२ पटक पढिएको
  • दोस्रो जिल्लास्तरीय ‘प्याब्सन–एन्फा प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्र विजयी

    सुनसरी । सुनसरीको बराहक्षेत्रमा सुरु भएको जिल्लास्तरीय दोस्रो ‘प्याब्सन–एन्फा प्रेसिडेन्ट कप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा चिल्ड्रेन हार्ड बराहक्षेत्रले विजयी सुरुवात गरेको छ।बराहक्षेत्र–५ मा रहेको जनता डेडराज माध्यमिक विद्यालयको खेलमैदानमा भएको उद्घाटन खेलमा चिल्ड्रेन हार्डले बराहक्षेत्रकै जय सप्तकोशी बोर्डिङ स्कुललाई ट्राइबेकरमा ६–५ ले पराजित गरेको हो। निर्धारित समय तथा अतिरिक्त समयसम्म दुवै पक्षबाट गोल हुन नसकेपछि खेल ट्राइबेकरमार्फत् टुंगिएको थियो।प्रतियोगिताको पहिलो चरण मंसिर २७ गतेसम्म चल्नेछ। यस चरणमा बराहक्षेत्रका १६ र धरानका १८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणका विजेताहरू दो

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २११ पटक पढिएको
  • बराहक्षेत्रस्थित चन्द्रमा सहकारीको २७ औँ साधारणसभा सम्पन्न

    बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरमा अवस्थित चन्द्रमा सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २७औँ साधारणसभा आफ्नो कार्यालयको प्राङ्गणमा सम्पन्न भएको छ।सहकारीले साबिक भरौललाई कार्यक्षेत्र बनाएर २०५५ सालमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा दर्ता भई सञ्चालनमा आएको हो। करिब २७ वर्षको यात्रा पूरा गरिसकेको संस्थामा हाल १,१०८ जना सेयर सदस्य रहेको संस्थाले जनाएको छ।साधारणसभामा उत्कृष्ट बचत, उत्कृष्ट ऋण चुक्ता, नियमित साँवा बुझाउने, बढी सेयर खरिद गर्ने सदस्यहरूलाई सम्मान गरिएको थियो। यस्तै, उत्कृष्ट कर्मचारीको रूपमा सहायक व्यवस्थापक रेनुका कटुवाललाई पनि सम्मान प्रदान गरिएको अध्यक्ष कुमारी बस्न

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २५९ पटक पढिएको
  • झापामा तीन वर्षमा ७५ एचआइभी संक्रमितको मृत्यु, नयाँ संक्रमितको संख्या पनि बढ्दै

    इटहरी । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९(८० मा १७ जना, २०८०(८१ मा २३ जना र आव २०८१(८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए ।चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् । झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ३१० पटक पढिएको
  • नख्खु कारागारबाट फरार भारतीय नागरिक निपुन गुप्ता विराटनगरमा पक्राउ

    इटहरी ।  काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ५५ वर्षे निपुन गुप्तालाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएको र तीन महिनापछि विराटनगरबाट पक्राउ परेका हुन् । लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा ७ मा लुकिछिपी बसिरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको छ । पक

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २६६ पटक पढिएको
  • काठमाडौँमा टेम्केमैयुङका कृषि उत्पादनको प्रदर्शनी

    इटहरी ।  टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य छ । प्रदर्शनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कोदोको पीठो, मकैको चामल, सुन्

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • २११ पटक पढिएको
  • योग शिक्षा विस्तार गर्न गाउँ–गाउँमा प्रशिक्षक उत्पादन गर्दै मनमोहन विश्वविद्यालय

    इटहरी ।  कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ को अवधारणाअन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुने मान्यताका साथ विश्वविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत योग शिक्षा विस्तारको अभियान थालेको हो । यस अभियानअन्तर्गत विश्वविद्यालयले दक्ष गुरुहरूबाट तीन चरणको विशेष प्रशिक्षण दिलाएर व्यवसायिक रूपमै योग प्रशिक्षकहरू

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ३१२ पटक पढिएको
  • सुनसरीको रामधुनीका सफारी चालक चौधरीको हत्यामा संलग्न सात जना सार्वजनिक

    इटहरी ।  सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्नहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोजतलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबाले जानकारी दिए। उनका अनुसार गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीमाथि सो समूहले नहर डिलको सडकमा गोली प्रहार गरेको थियो। चौधरी प्र–१–०२–००४ ह ७८०४ नम्बरको आफ्नै सिटी सफारी चलाउँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार गरे

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • ३१५ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]