इटहरी । झापामा पछिल्लो तीन वर्षमा ७५ जना एचआइभी सङ्क्रमितको मृत्यु भएको छ । जिल्लामा पछिल्लो तीन वर्षयता एचआइभी सङ्क्रमितको मृत्युदर वृद्धि हुँदै गएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन वीरेन्द्र दासले जानकारी दिए । आर्थिक वर्ष २०७९(८० मा १७ जना, २०८०(८१ मा २३ जना र आव २०८१(८२ मा ३५ जनाको मृत्यु भएको उनले बताए ।चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा २२ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका छन् । नयाँ एचआइभी सङ्क्रमितमध्ये चार जनाले दमक अस्पताल दमक र १८ जनाले मेची प्रादेशिक अस्पतालबाट नियमित एआरटी औषधि सेवन गरिरहेका छन् । झापामा हालसम्म नयाँ तथा पुराना गरी ८०६ जना एचआइभी सङ्क्रमितले
इटहरी । काठमाडौंको नख्खु कारागारबाट भागेका अपहरण तथा शरीर बन्धक मुद्दाका दोषी ठहरिएका एक जना भारतीय व्यक्तिलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । जेनजी आन्दोलनको क्रममा कारागारबाट भागेका ५५ वर्षे निपुन गुप्तालाई मोरङ प्रहरीको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भारत घर भएका मनोरला गुप्ताका छोरा निपुन गुप्ता गत भदौ २४ गते नख्खु कारागारबाट फरार भएको र तीन महिनापछि विराटनगरबाट पक्राउ परेका हुन् । लामो समयदेखि फरार रहेका गुप्ता मोरङको विराटनगर महानगरपालिका वडा ७ मा लुकिछिपी बसिरहेको सूचना प्रहरीले प्राप्त गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले आइतबार राति उनलाई पक्राउ गरेको छ । पक
इटहरी । टेम्केमैयुङ गाउँपालिकाले आफ्ना स्थानीय उत्पादनलाई देश–विदेशमा चिनाउने उद्देश्यसहित राजधानी काठमाडौँमा विशेष प्रदर्शनी आयोजना गरेको छ । स्थानीयस्तरमा उत्पादन हुने कृषि, खाद्य तथा परम्परागत सामग्रीको बजार विस्तार र वृद्धि गर्न बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा ‘टेम्केमैयुङ स्थानीय उत्पादन प्रदर्शनी’ राखिएको हो । गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार टेम्केमैयुङमा उत्पादन भइरहेका कृषि वस्तु, स्थानीय परिकारबारे राजधानीका उपभोक्ता, व्यापारी तथा सम्भावित लगानीकर्तालाई जानकारी गराउने मुख्य उद्देश्य छ । प्रदर्शनीमा फापरको पीठो, भटमासको किनिमा, मौरीको मह, कोदोको पीठो, मकैको चामल, सुन्
इटहरी । कोशी प्रदेश सरकारअन्तर्गतको मनमोहन प्राविधिक विश्वविद्यालयले प्राविधिक शिक्षासँगै अब औपचारिक रूपमै योग शिक्षालाई विस्तार गर्न थालेको छ । विश्वविद्यालयले समुदायस्तरमै पुगेर दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित ‘स्कुल अफ एप्लाइड हेल्थ साइन्स’ को अवधारणाअन्तर्गत योग शिक्षालाई प्राथमिकताका साथ अघि बढाएको हो । रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हुने मान्यताका साथ विश्वविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत योग शिक्षा विस्तारको अभियान थालेको हो । यस अभियानअन्तर्गत विश्वविद्यालयले दक्ष गुरुहरूबाट तीन चरणको विशेष प्रशिक्षण दिलाएर व्यवसायिक रूपमै योग प्रशिक्षकहरू
इटहरी । सुनसरीको रामधुनी नगरपालिका–२ स्थित कर्मनिया टोलका सिटी सफारी चालक दिनेश चौधरीको हत्यामा संलग्न सात जनालाई प्रहरीले पक्राउ गरेको छ। चौधरीको गत असोज २५ गते साँझ गोली प्रहार गरी हत्या भएको थियो। हत्यामा संलग्नहरूलाई झन्डै दुई महिनाको अनुसन्धान र खोजतलासपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेबाले जानकारी दिए। उनका अनुसार गत असोज २५ गते साँझ करिब ५ बजे चौधरीमाथि सो समूहले नहर डिलको सडकमा गोली प्रहार गरेको थियो। चौधरी प्र–१–०२–००४ ह ७८०४ नम्बरको आफ्नै सिटी सफारी चलाउँदै उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका उनीहरूले गोली प्रहार गरे
इटहरी। पाँचथर सदरमुकाम फिदिममा सञ्चालन भइरहेको हाड जोर्नीका बिरामी लक्षित १५ दिने निःशुल्क शिविरको छैठौं दिन आइतबारसम्म ७९ जनाको शल्यक्रिया गरिएको छ । बेल्जियमबाट आउनु भएका हाडजोर्नी विशेषज्ञसहितको उपस्थितिमा आयोजित शिविरमा मानिसका शरिरमा राखिएका स्टिल रड झिक्ने, आवश्यकता अनुसार स्टिल र रड राख्ने, बाङ्गा टिङगा हात खुट्टा मिलाउने सँगै हाड जोर्नी र नशासम्बन्धी उपचार र परीक्षण भइरहेको छ । फिदिम नगरपालिकाको आयोजना र सोलुखुम्बु पोलिटेक्निकल एकेडेमीको प्राविधिक सहयोगमा मङ्सिर १६ बाट सुरु भएको शिविर २९ गतेसम्म सञ्चालन हुने आयोजक फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले बताउनुभयो । उहँका अनुसार यो
इटहरी । उदयपुर जिल्ला र दक्षिणी खोटाङबिच पहिलो पटक सिधा यातायात सञ्चालनमा आउने भएको छ । दुई जिल्लाबिच सिधा यातायातमा बाधक बनेको सुनकोशी नदीको वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज राख्न सुरु गरिएपछि उदयपुर र दक्षिणी खोटाङबिच सिधै यातायात सञ्चालनमा आउने भएको हो । उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–१ र खोटाङ जिल्लाको वराहपोखरी गाउँपालिका–५, पौवासेरा जोड्ने सुनकोशी नदीको वंशिलाघाटमा बेलिब्रिज जडान सुरु गरिएको हो । ५१।८१ मिटर लामो र ४।१ मिटर चौडाइ भएको बेलिब्रिज पुस महिनाको पहिलो सातासम्ममा जडान सम्पन्न गर्ने गरी काम थालिएको निर्माण कम्पनीले जनाएको छ । गुरुकुल विल्डर्स एन्ड सप्लायर्स प्राल
इटहरी। धनकुटाको साँगुरीगढी गाउँपालिकाको लेउती खोलाको झोलुङ्गे पुलबाट खसेर एक महिलाको मृत्यु भएको छ । धनकुटा साँगुरीगढी गाउँपालिका वडा नं। ६ की ७८ को बिस माया लिम्बुको झोलुङ्गे पुलबाट खसेर घटनास्थलमै मृत्यु भएको हो । आइतबार साँझ साँगुरीगढी गाउँपालिका वडा नं। ४ को लेउती खोलाको झोलुङ्गे पुल तर्ने क्रममा अचनाक पुलबाट लिम्बु खोलामा खस्नुभएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पुल तर्ने क्रममा लिम्बु अचानक पुलबाट चिप्लिएर लड्नु भएको जिल्ला प्रहरी कार्यलय धनकुटाका सूचना अधिकारी डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
इटहरी। भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने ७० वर्षीय भक्तबहादुरराई गम्भीर बिरामी पर्नुभएको छ । बिरामी भक्तबहादुरको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ । स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उहाँकी पत्नी इन्द्रमाया राईसमेत बेहोस भेटिनुभएको थियो । बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी ह
इटहरी। इटहरी जेसिजको ३८औँ शाखा अधिवेशन सम्पन्न भएको छ। ११९ सदस्य रहेको जेसिजमा १११ जनाले मतदान गरेका थिए। प्राप्त मत परिणामअनुसार २०२६ का लागि अध्यक्ष पदमा मिसन पराजुली ६६ मतसहित विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी रामकृष्ण खड्काले ४२ मत प्राप्त गर्नुभयो।उपाध्यक्ष (EVP) पदमा प्रमोद घिमिरेले ९९ र गणेश नेपालले ८२ मतसहित जित हात पार्नुभयो। अन्य प्रतिस्पर्धीमध्ये र सरोज श्रेष्ठले ३३ मत प्राप्त गर्नुभयो ।सचिव पदतर्फ खगेन्द्र खतिवडा ७१ मतसहित विजयी हुनुभएको छ भने निराजन पाण्डेले ३८ मत प्राप्त गर्नुभयो।त्यसैगरी उपाध्यक्ष (vp) पाँच जनामा चारजना विवेक घिमिरे १०६, स्वेच्छा श्रेष्ठ ९६, अभिषेक भण
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.