इटहरी । पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य २४ घण्टाभन्दा बढी टिक्न सकेन । त्यसयता क्रमशः घट्दै आएको मूल्य आज प्रतिमन ९२ हजार रुपैयाँमा झरेको छ । बुधबार प्रतिमन ९३ हजारमा व्यापार भएको अलैँची एक दिनमै एक हजार रुपैयाँले घटेको व्यापारी कमल बरालले जानकारी दिनुभयो । असोज दोस्रो सातासम्म प्रतिमन ८५ हजारमा स्थिर रहेको अलैँचीको मूल्य एक महिनामै १५ देख
इटहरी। बेमौसमी वर्षाले धान खेतीमा क्षति पुर्याएपछि जिल्लामा यो वर्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत असोज र कात्तिकको वर्षा कारण २३ हजार ५६४ मेट्रिकटन धान क्षति भएको उहाँले जानकारी दिनुभयो । जिल्लामा ७२ हजार ७४३ हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको केन्द्रले जनाएइको छ । धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव १९ मेट्रिकटन रहेको प्रमुख विष्टले बताउनुभयो । गत वर्ष ७५ ह
इटहरी । प्रकृति पूजक किरात समुदायको महान चाड साकेला उधौली आजदेखि सुरु भएको छ । किरात समुदायले मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उधौली चाड मनाउने गर्छन् । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा खोटाङको मझुवागढीमा भेला भएर किराती पुर्खाहरुले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुवात गर्ने चलन छ । किरात ऐतिहासिकस्थल तथा भूमे थानमा पूजा गर्दै जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको छ । वर्षको दुई पटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । उधौली र उभौली दुव
इटहरी। पाँचथरको फिदिम ४ का प्रकाश तामाङ मृत अवस्थामा भेटिनुभएको छ । ५५ वर्षीय प्रकाशलाई फिदिम नगरपालिका ४ सरखण्डेका राजकुमार तामाङको आँगनमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पाँचथर प्रहरीका प्रवक्ता रामचन्द्र साहका अनुसार बुधबार साँझ ५ बजे स्थानीयले तामाङलाई मृत अवस्थामा भेटेका थिए । त्यसपछि प्रहरीलाई खबर गर्ना साथ खटेको टोलीले घटनाको स्थलगत मुचुल्का तयार पारेर पोष्ट मार्टमका लागि पाँचथर अस्पतालमा ल्याइएको छ । मृत्युका कारण भने खुल्न सकेको छैन ।
इटहरी | नेपाल युवा उद्यम मञ्च सुनसरीले मंगलबार इटहरीमा आयोजना गरेको ‘लर्निङ सेसन’ कार्यक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कबिराज अधिकारीले श्रमिक तथा रोजगारदातालाई लक्षित गर्दै सामाजिक सुरक्षा कोषमा अनिवार्य रूपमा सूचीकृत हुनुपर्ने कानुनी व्यवस्था कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्।कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०७६ सालदेखि श्रमिकका लागि सामाजिक सुरक्षा अनिवार्य भइसकेको भन्दै अझै पनि विभिन्न बहानामा कोषमा सूचीकृत हुन नचाहने प्रवृत्ति देखिनु चिंता जनक रहेको बताए।उनले भने, “कानुनले भनेको मान्नैपर्छ। सामाजिक सुरक्षाबाट जोगिन खोज्दा झन्झट आफैँले थेग्नुपर्ने अवस्था आउँछ
सुन्दरहरैंचा, मिलन अधिकारी । सुन्दरहरैंचा गछिया युवा समाजको आयोजनामा जारी अन्तर्राष्ट्रिय आमन्त्रण एनि प्रथम गछिया गोल्डकप–२०८२ अन्तर्गत आजको क्वार्टरफाइनल अन्तिम खेल राष्ट्रिय जागृती फुटबल क्लब इटहरी र दमक फुटबल क्लबबीच गछिया खेलमैदानमा हुँदैछ ।दुवै टोली आफ्नो समूहबाट विजयी यात्रा सुरु गर्ने लक्ष्यसहित आज दिउँसो २:३० बजे प्रतिस्पर्धा गर्नेछन्। बलियो र प्रतिस्पर्धी टोली मानिएका कारण आजको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ।विजयी टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । बाँकी खेल तथा सेमिफाइनल तालिका आयोजकले चरणबद्ध रूपमा सार्वजनिक गर्दै जानेछन्, अध्यक्ष सरोज दाहालले जानकारी दिनुभयो । खेल संयोजक प्
इटहरी । झापाको दमकमा ढल व्यवस्थापनको काम गर्ने व्रmममा भत्काइएको सडक पुनर्निर्माण गरेको केही महिना नबित्दै भत्कन थालेको छ । एकातिर ढल निर्माणको काम सकिएको छैन भने ढलको पाइप बिछ्याउँदा भत्काइएका कतिपय सडक बनाइएको केही महिना बित्न नपाउँदै भत्कन थालेका हुन् । दमक नगरपालिकाका प्रमुख रामकुमार थापाका अनुसार कालोपत्रे भत्काएर ढल बिछ्याएपछि भत्केका सडक लामो समय नबनाएपछि बनाउन धेरै दबाब सिर्जना गर्नु परेको थियो । दैनिक आवतजावत तथा हिँडडुलमा समस्या सिर्जना हुने अवस्था आएको उहाँको भनाइ छ । दमकमा घर घरबाट निस्कने पानीजन्य फोहोर प्रशोधन गरी मल तथा करिब २।५ मेघावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित यो
इटहरी । प्रहरीले विराटनगर १७ बाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ । विराटनगर १७ स्थित मटेरुवा टोलबाट प्रहरीले विराटनगर १८ का रवि साहलाई पक्राउ गरेको हो । साहको साथबाट प्रहरीले ६ लाख ४९ हजार पाँच सय रुपियाँ नेपाली नोट बरामद गरेको छ । को २ प ७९८४ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका साहलाई सुरक्षाकर्मीले चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम फेला परेपछि पक्राउ गरेको थियो ।कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले बुधबार राति साहलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अगाडि बढाएको छ ।
इटहरी । मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन पश्चिममा चार वर्षअघिदेखि निर्माण सुरु भएको १३२र३३ केभी क्षमताको केरौन सबस्टेसन निर्माणको अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण थालेको यो सबस्टेसन बनेपछि दक्षिणपूर्वी मोरङका ६१ हजार ग्राहकले ३० वर्षयता भोगेको विद्युत् भोल्टेजको समस्या स्थायी रूपमा समाधान हुने छ । सबस्टेसनका आयोजना प्रमुख दर्शन यादवका अनुसार एसियाली विकास बैङ्कको ८५ करोड रुपियाँ ऋण सहयोगमा सबस्टेसन निर्माण भइरहेको छ । उहाँले तेस्रो पटक थप भएको म्याद २०८२ को पुस १७ गतेसम्म अधिकांश निर्माण सम्पन्न हुने जानकारी दिनुभयो । हालसम्म भौतिक प्रगति ९१ प्रतिशत छ । २०७८
इटहरी । ताप्लेजुङस्थित वन पैदावर व्यवसायी सङ्घको अध्यक्षमा ज्ञानबहादुर राई चयन हुनुभएको छ । सङ्घको बुधबार सम्पन्न चौथो जिल्ला अधिवेशनले राई अध्यक्ष रहेको नौ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमिति उपाध्यक्ष टीकाराम सुनुवार, सचिव रवीन गुरुङ, सहसचिव किशोर न्यौपाने र कोषाध्यक्षमा कुसुम न्यौपाने चयन हुनुभएको छ । सदस्यहरुमा प्रेमबहादुर नुगो, मनिष हेल्लोक, युवराज बोगटी, मङ्गलसिंह विश्वकर्मा रहनु भएको छ । सङ्घको लेखा समिति संयोजकमा चन्द्रकुमार यवागु, सदस्यमा गोपी भट्टराई र जयप्रकाश भट्टराई चयन हुनुभएको छ । व्यवसायीहरुले व्यावसायिक चुनौती, आगामी कार्ययोजना लगायतका विषयमा छलफल गरी सङ्घ क
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.