इटहरी । म्याङलुङदेखि तमोर लुबुघाटसम्मको १८ किलोमिटर सडकखण्डको स्तरोन्नति भइरहेको छ । एक सातायता म्याङलुङ नगरपालिका–१ र २ ले संयुक्त रूपमा सडक स्तरोन्नति गरिरहेको छ । म्याङलुङ–१ का वडाध्यक्ष बुद्धिराज लिम्बूका अनुसार काम सम्पन्न भएपछि हिसाब गरेर आधा–आधा बजेट दुवै वडाले व्यहोर्ने छन् । म्याङलुङ–२ का वडाध्यक्ष राजकुमार लिम्बूले ८० प्रतिशत सडक स्तरोन्नतिको काम सकिएको बताउनुभयो । नगरपालिकाको स्काभेटर र ट्याक्टर प्रयोग गर्दै म्याङलुङ–१ र २ नम्बर वडाले मिलेर कच्ची सडक स्तरोन्नति गरिँदै छ । यो सडक सदरमुकामलाई छिमेकी जिल्ला पाँचथरको फिदिमसँग छोटो दूरीमा जोड्ने महत्त्वपूर्ण मार्ग हो । यो सडक पाँचथ
इटहरी । बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार अहिले आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ । करिब ५२ हेक्टरमा फैलिएको यो सिमसार क्षेत्र हरियाली जङ्गलको बीचमा अवस्थित आकर्षक प्राकृतिक भूदृश्यका कारण दैनिक रूपमा हजारौँ पर्यटकको गन्तव्य बनेको छ । अमाह सिमसारका अध्यक्ष भोजराज घलेका अनुसार सिमसारको मौलिक वातावरण, खुला क्षेत्रमा फैलिएको हरियाली र सिमसारभित्र बनाइएका चार ठूलाठूला पोखरी मुख्य आकर्षण हुन् । पहिला पोखरी जीर्ण अवस्थामा थिए तर सङ्घीय र प्रदेश सरकारको सहयोगमा जीर्णोद्धार गरिएपछि पोखरीमा अहिले विभिन्न प्रजातिका माछा हालिएको छ, अवलोकनका लागि पनि
इटहरी । ताप्लेजुङको एक मात्र आइटी एकेडेमीमार्फत दुई वर्षको अवधिमा ५९ जना युवाले रोजगारी पाएका छन् । उक्त एकेडेमीमा नै सीप सिकेका युवाहरूले रोजगारी पाएका हुन् । एकेडेमीको दोस्रो वार्षिक उत्सवको अवसरमा एक कार्यक्रमको आयोजना गरी यसबारे जानकारी गराइएको छ । एकेडेमीका हेड अफ एकेडेमी बसन्त पालुङ्वा लिम्बूका अनुसार हालसम्ममा एकेडेमीबाट एक सय ८१ जना युवाहरू दीक्षित भएका छन् । दीक्षित भएका अधिकांश युवाहरूले स्थानीय क्षेत्रदेखि विश्व बजारमा रोजगारी पाएका छन् ।कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारीमन्त्री खगेनसिंह हाङगामको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाइएको हो । डेनमार्कका नागरिक वाल्डेमर स्मिथको आर्थ
इटहरी । ‘कालो सुन’ भनेर चिनिने अलैँचीको निर्यातबाट नेपालले ठुलो मात्रामा विदेशी मुद्रा आर्जन गरिरहेको छ तर यसको आडमा नजानिँदो ढङ्गबाट करोडौँ रुपियाँ राजस्व अपचलन हुने गरेको तथ्य फेला परेको छ । किसानले प्रतिमन (४० किलो) एक लाख रुपियाँभन्दा बढी मूल्य पाइरहेको अलैँची निर्यात गर्दा व्यापारीले वास्तविक मूल्यभन्दा आधा कमको बिल (न्यून बीजकीकरण) बनाउने गरेको भन्सार विभागको तथ्यबाट फेला परेको छ । यसले गर्दा नाफामा लाग्ने करोडौँ रुपियाँको आयकर सिधै छली हुनुका साथै निर्यातबाट प्राप्त हुने अतिरिक्त मुद्रा अवैध मानिएको हुन्डीमार्फत ल्याइने गरेको समेत पाइएको छ । यसले अलैँची निर्यातसँगै अवैध कारोबारले
इटहरी । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगीले नेपाल–भारत द्विपक्षीय पारवहन सन्धि संशोधनले उद्योग–व्यापारमा सहजीकरणको बाटो खोलेको बताएका छन् । बल्क कार्गो रेलसेवा सञ्चालनका लागि संरचना तयार भए पनि पारवहन सन्धिका कारण भइरहेको अवरोध हटेपछि त्यसले सहज बनाएको उद्योगीले बताएका हुन् । सन्धि संशोधनसँगै तेस्रो मुलुकबाट आयात हुने सामानसमेत कार्गो रेलबाट विराटनगर–१८ स्थित नेपाल कस्टम यार्डसम्म ल्याउन सकिने छ । उद्योग व्यापार सङ्घका अध्यक्ष अनुपम राठीले पूर्वका उद्योगीले कार्गोरेलबाट सामान ढुवानी हुँदा उत्पादन लागत कम हुने बताउनुभयो । तेस्रो मुलुकबाट आइरन उद्योगका लागि आवश्यक पर्ने कच्चा सोझै भन्सारसम्
इटहरी | बालबालिकाभित्र लुकेको प्रतिभा उजागर गर्दै उनीहरूलाई भविष्यका उदाहरणीय व्यक्तित्वका रूपमा स्थापित गर्ने उद्देश्यसहित ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को दोस्रो संस्करणको फाइनल अडिसन उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। ओपन स्पेस प्रा.लि.को आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो तथा अन्तिम अडिसन शनिबार इटहरीमा सम्पन्न भएसँगै फाइनल चरणको तयारी औपचारिक रूपमा सुरु भएको आयोजकले जनाएको छ।शनिबार इटहरीस्थित फुडशाला क्याफेमा आयोजित अडिसनमा ३० जना बालबालिकाले उत्साहजनक सहभागिता जनाएका थिए। सहभागीहरूको प्रतिभा, आत्मविश्वास र प्रस्तुतीकरणलाई मूल्याङ्कन गर्न नृत्य कोरियोग्राफर मनिष गिरी, मिसेस पूर्वेली आ
इटहरी | राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान कोशी अञ्चलले मंसिर ७ गते इटहरीमा शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ। देशभर एकैदिन शान्तिपूर्ण आन्दोलन गर्ने अभियानअन्तर्गत इटहरीमा पनि बजारमा विरोध कार्यक्रम आयोजना गरिने बताइएको छ।पार्टीका अध्यक्ष दुर्गा प्रसाईले देशभर आन्दोलन गर्ने घोषणा गरेसँगै प्रहरीले उनलाई नियन्त्रणमा लिएपछि, प्रसाईको रिहाइको मागसहित समर्थकहरूले इटहरीमा आन्दोलनको तयारी गरेका हुन्। शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी कार्यक्रमबारे जानकारी दिइएको हो।पत्रकार सम्मेलनमा इटहरी नगर समितिका संयोजक सरोज तामाङले सार्वजनिक यातायात व्यवसाय बन्द गर्न आह्
इटहरी । झापाको अर्जुनधारा नगरपालिका–१० चोथाईस्थित बलबहादुर दाहालको गाईगोठमा अचानक बिजुली सर्ट भई लागेको आगलागीले ठूलो क्षति पुर्याएको छ। हिजो (शुक्रबार) राती ११ः३० बजे गोठमा रहेका १० वटा खासि–बाख्रा, ५० वटा बोइलर कुखुरासहित गाईगोठ पूर्णरूपमा जलेर नष्ट हुँदा करिब १३ लाख २५ हजार रुपैयाँबराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो लागेपछि बिर्तामोड नगरपालिका र मेचीनगर नगरपालिकाका दमकल, प्रहरी टोली तथा स्थानीय बासिन्दाको सहयोगमा धेरै प्रयासपछि सोही रात मंसिर ६ गते बिहान करिब २ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भएका थिए। आगो निभाउने क्रममा गोठधनी बलबहादुर दाहालकी ४२ वर्षीया श्रीमती छत
इटहरी । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ११ राउण्ड गोली वेवारिसे अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार चार हजार राउण्ड गोली लुटिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दमक वडा नं। ७ स्थित मानव सेवा आश्रम नजिकै भित्री सडकमा शुक्रबार बेलुका बेवारिसे अवस्थामा गोली भेटिएको हो । एसएलआरका ५ राउण्ड, इन्सासका तीन राउण्ड र ३०३ राइफलका तीन राउण्ड गोली फेला परेको खड्काले जानकारी दिनुभयो । आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट २० थान हतियार लुटिएकोमा अहिलेसम्म तीन थानमात्र फेला परेको छ । बाँ
इटहरी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षण र निर्देशनपछि धनुषा र सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ । तराईरमधेसको लाइफ लाइन मानिने हुलाकी राजमार्गअन्तर्गतको यो पुल २०६८ सालमा तीन वर्षभित्र सक्ने गरी सम्झौता भएको भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको थियो । मन्त्री घिसिङले शुक्रबार पुल निर्माणस्थलको निरीक्षण गर्दै स्थानीयले वर्षौंदेखि भोग्दै आएको जोखिम, सास्ती र असुरक्षा लाई नजिकबाट अनुभूत गर्नुभएको थियो । उहाँले स्वयं डुङ्गा चढेर नदी पार गर्दै स्थानीयको दैनिक कष्टलाई प्रत्यक्ष अनुभव गर्नुभएको थ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.