All Posts By कोशी प्रेस

    Showing ४,१११-४,१२० of १२,८९४ items.
  • आर्थिक अभावमा नवजातको मृत्यु, समाजसेवी दिनेश श्रेष्ठको मानवीय सहयोग

    इटहरी । सुनसरीको रामधुनी नगरपालिका–६ मैनि टोलमा नवजात शिशुको मृत शरीर घर ल्याउन नसकेका एक गरीब परिवारलाई स्थानीय समाजसेवी दिनेश श्रेष्ठले सहयोग गर्नुभएको छ । आर्थिक अभावका कारण आफ्नै नवजात शिशुको मृत शरीर घर ल्याउन नसकेका निरज ऋषिदेब र उहाँकी श्रीमती मन्जल ऋषिदेबको परिवारलाई स्थानीय समाजसेवी दिनेश श्रेष्ठले सहयोग गर्दै मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको छ । मन्जल ऋषिदेबको कोखबाट जन्मिएको नवजात शिशुको बिराटनगरस्थित बिराट नरसिंह अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो । उपचार खर्च र अस्पताल शुल्क तिर्न नसक्ने अवस्थामा पुगेका ऋषिदेब दम्पती सँग मृतक शिशुको शव घर ल्याउने सम्मको खर्च समेत

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ६७७ पटक पढिएको
  • इलाममा बाढीपहिरो पीडितका लागि युवा संघ नेपालद्वारा राहत वितरण सुरु

    इटहरी । अविरल वर्षासँगै आएको बाढी र पहिरोबाट इलाम जिल्लामा ठूलो जनधनको क्षति भएपछि नेकपा (एमाले) निकट भातृ संगठन युवा संघ नेपालले राहत वितरण अभियान सुरु गरेको छ । बुधबार संगठनका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले इलामको माइ नगरपालिका–७ चेप्टी गाउँमा राहत वितरण आरम्भ गरेको हो । सो गाउँ बाढीपहिरोले सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक बनेको छ, जहाँ करिब ७० घरपरिवार बासस्थान गुमाएर विस्थापित भएका छन् । राहतस्वरूप संघले प्रत्येक परिवारलाई एक बोरा चामल, दुई लिटर खाने तेल, नुन, मरमसला, पीभीसी, म्याट, लत्ताकपडा, ब्ल्यांकेट, डस्ना, जुत्ता–चप्पल र त्रिपाल वितरण गरेको छ । संघका अनुसार बाढीपहि

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २१३ पटक पढिएको
  • स्विस बिकास नियोगका प्रतिनिधी द्वारा दुहबी नगरपालीकाको निरिक्षण; केही साताभित्र प्रारम्भिक सामाग्री उपलब्ध गराइने

    इटहरी । स्विटजरल्याण सरकारको स्विस बिकास नियोगका प्रतिनिधिले गत भदौ २४ को आन्दोलनमा  आगलागीमा परी क्षेती भएको दुहबी नगरपालिकामा स्थलगत अध्ययन तथा निरिक्षण गरेका छन्। नियोगका टिम लिडर  गुण राज श्रेष्ठ सहितको टोलिले बुधबार दुहबी नगरप्रमुख वेदनारायण गच्छादार,  उपमेयर मेनुका खतिवडा, वडा नम्बर ३ का अध्यक्ष माधव भण्डारी, ४ का अध्यक्ष  मुस्तकिम मिया,  ५ का अध्यक्ष रमेश रौनियार र प्रमुख प्रशासकिय अधिकृत सुवर्ण घिमिरेलाइ भेट गरी नगरपालिका र वडा सन्चालनका लागी प्राथमिकिकरणका आधारमा प्रारम्भिक अफिस संचालन उपकरण आवस्यकताबारे जानकारी लिएका छन् । नगरपालिका र वडाहरु तत्काल सन्चालनमा

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २१८ पटक पढिएको
  • तमोर कोरिडोर पाँच दिनपछि सञ्चालनमा, यातायात पुनः सहज

    इटहरी । तमोर कोरिडोर पाँच दिन पछि सञ्चालनमा आएको छ । कोरिडोरको धनकुटामा पर्ने छरुवा खोला तथा धनकुटा र पाँचथरको सिमानामा पर्ने नावासहित विभिन्न खोलामा निर्माण गरिएको डाइभर्सन बगाउनुको साथै केही स्थानमा पहिरो झरेर सडक अवरुद्ध भएको हो ।  वर्षा रोकिएसगैँ सोमबारबाट धनकुटा र पाँचथर दुवै तर्फबाट सडक सञ्चलनको लागी अवरोध हटाउन सुरु गरिए पनि बुधवार साँझ मात्र पुरा भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो । सडक बुधबारबाट सञ्चालनमा आए पनि बिहीबार बिहानबाट मात्र पूर्णरूपमा सवारी साधन चल्न थालेका थिए । सडक सञ्चालनमा आएसँगै कोरिडोर क्षेत्रका करीडोर क्षेत्रका धनकुटा र तेह

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ४१९ पटक पढिएको
  • विश्व हुलाक दिवसको अवसरमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण

    इटहरी। विश्व हुलाक दिवसको अवसरमा ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । जिल्ला हुलाक कार्यालय ताप्लेजुङले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफूल प्रदान गरेको हो ।  अस्पतालमा भर्ना भई उपचाररत बिरामीहरूको शिघ्र स्वास्थ्य लाभको कामनासहित फलफूल वितरण गरी दिवस मनाइएको ताप्लेजुङ कार्यालयका निमित्त कार्यालय प्रमुख राजकुमार आलेले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला हुलाक, पालिका हुलाक तथा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीको उपस्थितिमा फलफूल वितरण गरिएको छ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नारासाथ मनाइएको दिवसको अवसरमा ताप्लेजुङमा रक्तदान कार्यक्रम समेत राखिएको थियो । तर तत

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ३८७ पटक पढिएको
  • सुनसरीमा म्याजिक भ्यानबाट लड्दा एक पुरुषको मृत्यु

    इटहरी । सुनसरीको इनरुवा नगरपालिका–६ भोटेपुलस्थित पूर्व–पश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। बुधवार साँझ ५ बजेतिर धरानबाट राजविराजतर्फ जाँदै गरेको म।प्र। ०१–००१ज–०१२६ नम्बरको म्याजिकबाट झर्दै गर्दा इनरुवा–६ मधेशा निवासी ५५ वर्षीय टंक विश्वकर्मा घाइते भएका थिए। उनलाई घटनास्थलमा पुगेको प्रहरी टोलीले उद्धार गरी प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल इनरुवा पठाएको थियो। सामान्य उपचारपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर रेफर गरिएको थियो । थप उपचारका क्रममा आज ९बिहीवार० बिहान ६ः५० बजे विराटनगरस्थित न्यूरो अस्पतालमा विश्वकर्माको मृत्यु भएको

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २५९ पटक पढिएको
  • मोरङमा तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

    मोरङ । मोरङको कटहरी गाउँपालिका–१ महेशपुरमा बिहीबार बिहानका राति तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मोटरसाइकलमा विराटनगर–६ का ३५ वर्षीय हरिओम राजवंशी, ३४ वर्षीय सन्दीप राजवंशी र ३३ वर्षीय वसन्त राजवंशी सवार थिए । जसमध्ये चालक हरिओमलाई कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । बाँकी दुई जनालाई विराट नर्सिङ होममा उपचार भइरहेको छ।  प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा थियो । पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०४–००२ प ०४६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर राति १ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्र

    • प्रकाशित मितिः असोज २३, २०८२
    • ३३० पटक पढिएको
  • झुम्का कारागारबाट फरार तीन कैदी पक्राउ

    इटहरी । २४ भदौमा झुम्का कारागारबाट भागेका तीन कैदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरी टोलीले फरार कैदीहरूलाई फरक–फरक स्थानबाट नियन्त्रणमा लिएको हो। सुनसरीको झुम्का कारागारबाट भागेका धरान उपमहानगरपालिका–१३ निवासी ३० वर्षीय जीवन श्रेष्ठ र धरान–१४ निवासी २० वर्षीय अस्मित कार्कीलाई अमरहाट र पत्रङबारीबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा राखेको छ। दुवै जना लागूऔषध मुद्दामा सजाय काटिरहेका थिए। त्यस्तै, कारागारबाट भागेका अर्का कैदी उदयपुरगढी गाउँपालिका–६ चिपचिपे निवासी ४२ वर्षीय भक्तबहादुर राई भोलाराजलाई आज बिहीवार बिहान ४ः३० बजेतिर नेपालटारस्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो। उनी वन म

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २४१ पटक पढिएको
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    इटहरी । सुनसरीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । दसैँको टीकाको दिन ९१६ असोज० सुनसरीको बर्जु गाउँपालिका ६ मा बालिकामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको हो । घटनामा संलग्न भएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।  चिमडी मेला घुम्न गएको बेला बालिकामाथि बर्जु गाउँपालिका ६ स्थित चन्दा मोहन बाँधमा लगेर जबरजस्ती करणी गरेको आरोपमा बर्जु ६ का २१ वर्षीय बुधनारायण चौधरी, २१ वर्षीय विजय साह र अर्का एक १५ वर्षीय एक बालकलाई पक्राउ गरिएको छ । घटना भएको तीन दिनपछि गत शनिबार उनीहरूलाई पक्राउ गरिएको हो। १६ असोजको राति १० बजेतिर उनीहरूले बालिकामाथि जबरजस्ती करणी गरेको प्रहर

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २६९ पटक पढिएको
  • सुनसरीमा ठूलो परिमाणको पटका बरामद

    इटहरी । सुनसरीको विभिन्न स्थानमा अवैध रूपमा आतसबाजी पटकाहरू बरामद गरिएको छ । ओसारपसार तथा कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी अनुसन्धानले ठूलो परिमाणमा आतसबाजी बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका इकाइबाट खटिएको प्रहरी टोलीले असोज २१, २२ र २३ गते सुनसरीका विभिन्न क्षेत्रमा गरेको चेकजाँचका क्रममा लुकाइ–छिपाइ राखिएको अवस्थामा २ लाख ६० हजार बराबरका विभिन्न प्रकारका आतसबाजी बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बरामद गरिएका पटकाहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पटका ओसारपसार तथा कारोबारम

    • प्रकाशित मितिः असोज २३, २०८२
    • २३२ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]