बराहक्षेत्र । संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका–१० द्वारा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।संविधान दिवसको उपलक्ष्यमा शुक्रबार साँझ वडा नं. १० अन्तर्गत प्रकाशपुर बजारस्थित मदन–आश्रित चौतारा अगाडि र वडा कार्यालयमा विशेष कार्यक्रम गरी दीप प्रज्वलन गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष तेजबहादुर गुरुङ रहे । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, शैक्षिक तथा बौद्धिक व्यक्तित्वहरू र जेनजी पुस्ताको सक्रिय उपस्थिति रहेको थियो ।अध्यक्ष गुरुङले संविधानको महत्त्वबारे जागरण फैलाउने, राष्ट्रिय एकताको सन्देश दिने र वीर सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्ने उद्देश्यले दीप प्रज्वलन गरिए
इटहरी । प्रदर्शनीका कारण भाटभटेनीका १२ वटा स्टोर अझै सञ्चालनमा आउन सकेका छैनन्। सञ्चालनमा आउन नसकेपनि भाटभटेनीमा कुनै पनि कर्मचारीले जागिर तथा सेवा–सुविधा गुमाउन नपर्ने भाटभटेनी सुपरस्टोरले जनाएको छ । भाटभटेनीमा १० हजार कर्मचारी आबद्ध छन्। अधिकांश भाटभटेनीमा प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगलागी भएसँगै त्यहाँ कर्मचारीको रोजगारी गुम्ने अनुमान लगाइएको थियो । भदौ २४ गतेको प्रदर्शनको क्रममा केन्द्रीय कार्यालय सहित भाटभटेनीका २८ मध्ये १२ वटा सुपरस्टोरमा चोरी डकैती पछि आगजनी गरी पूर्ण क्षति पु¥याइएको थियो । नौ वटामा तोडफोड तथा चोरी डकैती र ७ वटामा क्षति पुगेको थिएन । यसमध्ये अहिले भाटभटेनीले १६
इटहरी । संविधान दिवस, २०८२ धनकुटामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, संघ–संस्था लगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइरहँदा धनकुटामा पनि विभिन्न कार्यक्रम गरेर मनाइएको हो । जिल्ला समन्वय समिति धनकुटाको आयोजनामा जिल्ला स्थित राजनीतिक दल, नागरिक समाज, संघसंस्था , सुरक्षाकर्मी तथा कर्मचारी लगायतको सहभागितामा प्रभात फेरी गरिएको छ । धनकुटाको भिमनारायण चोकबाट सुरु भएको प्रभात फेरीले बजारका विभिन्न भाग परिक्रमा गरि बसपार्कमा गएर सम्पन्न भएको थियो । यसैक्रमा बस पार्कमा रहेको शहीद स्तम्भमा माल्यार्पण गर
इटहरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाका जनप्रतिनिधिहरूलाई सेवामा फर्किन आव्हान गरिएको छ। बिहीबार विभिन्न राजनीतिक दलका अगुवाहरूको बैठकले जनताका अत्यावश्यक कामहरुमा जननिर्वाचित जनप्रतिनिधिहरूलाई त्यस्तो आग्रह गरेको हो । नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, एकीकृत समाजवादी, जसपा नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च लगायतका विभिन्न दलहरुका नेताहरूको बैठक बसी जेन–जी आन्दोलनका क्रममा पथरी शनिश्चरे नगरपालिका अन्तरर्गत नगरपालिकाको कार्यालय र मातहतका १० वटै वडा कार्यालयहरूमा भौतिक क्षति भएको कारण कार्यालय सञ्चालन हुन नसकेको भन्दै जनप्रतिनिधि र कर्मचारीलाई काममा फर्किनको लागि अनुकूल व
इटहरी । भोजपुर जिल्लाका उत्कृष्ट तथा नमुना विद्यालयमध्ये एक, श्री विद्योदय माध्यमिक विद्यालयमा आयोजित विशेष कार्यक्रममा फरक क्षमता भएका विद्यार्थीलाई स्कुटर हस्तान्तरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षको सभाध्यक्षता र कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका राज्यमन्त्री सिर्जना राईको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयमा कक्षा १२ मा विज्ञान विषय अध्ययनरत शारीरिक अपाङ्ग विद्यार्थी अनुप दाहाललाई घर र विद्यालय आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले स्कुटर हस्तान्तरण गरिएको हो। अनुप दाहाललाई मेहनती र जेहेन्दार विद्यार्थी भएको शिक्षकहरूले बताएका छन्। कक्षा १२
सुनसरी, गढी – नेपालको संविधान दिवस २०८२ को अवसरमा गढी गाउँपालिकाले विशेष कार्यक्रमको आयोजना गरी दीप प्रज्वलन सहित नेपालको झन्डा फहराएर संविधान दिवस मनाएको छ।गाउँपालिका प्राङ्गणमा आयोजित कार्यक्रममा नेपालको नक्सा, नेपाली झण्डा को रङ्गोली सहित झन्डालोत्तन, दीप प्रज्वलन तथा जेनजी आन्दोलनका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय गौरव र ऐक्यबद्धताको सन्देश दिइएको थियो।कार्यक्रममा कोशी प्रदेशसभा सदस्य रामदेव मेहता प्रमुख अतिथिका रूपमा उपस्थित थिए। गाउँपालिका अध्यक्ष आशा नारायण चौधरी, उपाध्यक्ष अनिता कुमारी शाह, प्रमुख प्रशासकीय अधिकृत सुनिता रिमाल, लेखा अधिकृत दिलबहादुर खड्का, बाबुराम
इनरुवा, सुनसरी – संविधान दिवस २०८२ को अवसरमा नेकपा एमाले सुनसरी जिल्ला कमिटी र नेपाली कांग्रेस सुनसरीले संयुक्त रूपमा प्रभातफेरी तथा कोणसभा आयोजना गरेका छन्। कार्यक्रम आज बिहान इनरुवामा भव्य रूपमा सम्पन्न भएको हो।प्रभातफेरी नेकपा एमालेको सुनसरी पार्टी कार्यालयबाट सुरु भई इनरुवाको इनार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा फहराउँदै संविधान र लोकतन्त्रको सम्मानमा नारा लगाएका थिए।कोणसभामा नेकपा एमाले सुनसरीका अध्यक्ष परशुराम यादवले संविधानको रक्षा र कार्यान्वयनमा सबै दलहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, "संविधान हाम्रो राष्ट्रिय एकताको आधार ह
इटहरी । बहुप्रतिक्षीत फिल्म ‘बलिदान’को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरको सुरुवातमा एक आमाले छोरासँग देश र अस्मिता बचाउने वचन मागिरहेकी दृश्य देखिन्छ। अभिनेत्री ऋचा शर्मा आमाको भूमिकामा छिन्। उनले छोरासँग, ‘देशको माटो र यसको अस्मितामाथि कुदृष्टि लगाउने रक्त बीजहरूलाई तैँले संहार गर्नेछस्’ भनेको दृश्यले ट्रेलरलाई भावनात्मक धरातल दिएको छ। त्यसपछी अभिनेता समीर भट्टको प्रवेश हुन्छ। उनले उच्च स्वरमा घोषणा गर्छन्( ‘मेरो शरीरको एक एक थोपा रगत माग दिन्छु। जे भन्नु छ मलाई भन सुन्छु। तर मेरो आमाको बारेमा केही भनिस् भने काट्दिन्छु।’ यो संवादसँगै उनी शक्तिशाली एक्सनमा उत्रन्छन्। उनका लडाइँका दृश्
इटहरी । राष्ट्रिय भूमि आयोगले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु गरेको छ । पन्ध्र वडा रहेको यो नगरपालिकाका दुई सय ९७ घर भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई जग्गासहित जग्गाको लालपुर्जा उपलब्ध गराउन बिहीबार औपचारिक कार्यक्रमको आयोजना गरेर निस्सा वितरण सुरु गरिएको हो । भूमिहीन तथा अव्यवस्थित बसोवासीलाई निस्सा वितरण गरिएसँगै चाँडै जग्गाको लालपुर्जा उपलब्ध गराउनेगरी दोस्रो चरणको प्रक्रिया सुरु गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । नगरपालिकाको समन्वयमा जग्गाको निस्सा प्राप्त गरेपछि लामो समयदेखि भूमिहीन अवस्थामा
इटहरी। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका तथा मेरिङ्देन गाउँपालिकामा निर्माणाधीन मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणमा ब्रेक थ्रु भएको छ । मेवा डेभलपर्स लिमिटेडद्वारा प्रवर्धन गरिरहेको ७३।५ मेगावाट क्षमताको मध्यमेवा जलविद्युत् आयोजनाको मुख्य सुरुङमा बिहीबार ब्रेक थ्रु भएको हो । मिक्वाखोला –४ साँबाको फुङफुङ्गे मन्दिरदेखि मिक्वाखोला –३ को लिवाङ पुछार मेवाखोलासम्म रहेको आयोजनाको ५ हजार ८ सय ४३ मिटर लामो हेडरेस टनेल ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख व्यवस्थापक सुनिलप्रसाद रेग्मीले जानकारी दिनुभयो । आयोजनाको मुख्य सिभिल संरचना निर्माणसँगै आयोजनाको हाइड्रोमेकानिकल, इलेक्ट्रोमेकानिक
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.