All Posts By कोशी प्रेस

    Showing ४,७२१-४,७३० of १२,९०९ items.
  • पिङ खेल्दाखेल्दै डोरीमा अल्झिएर बालिकाको मृत्यु

    इटहरी । ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–८, पधेरीमा पिङ खेल्ने क्रममा एक बालिकाको मृत्यु भएको छ । मेखबहादुर राईकी तीन वर्षीया छोरी मेरिका राई पिङ खेल्ने क्रममा डोरीमा अल्झिँदा घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो । हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • २७१ पटक पढिएको
  • इटहरी–२ मा पाठेघर मुखको क्यान्सर परीक्षण कार्यक्रममा १ सय ५ जना बढी महिलाले सेवा लिए

    इटहरी । संगीत प्रतिष्ठान टोल विकास संस्था, इटहरी–२ सुनसरीको आयोजना तथा इटहरी उपमहानगरपालिका वडा नम्बर २ को सहकार्यमा सम्पन्न एक दिने निशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा १ सय ५ जना बढी महिलाले सेवा लिएका छन् । वडा अध्यक्ष माधव कोइरालाको प्रमुख आतिथ्यतामा संगीत सामुदायिक भवनमा आयोजित उक्त स्वास्थ्य परीक्षण कार्यक्रमलाई प्राविधिक सहयोग बिराट टिचिङ अस्पतालले गरेको थियो । कार्यक्रममा महिलाहरूमा पाठेघर मुखको क्यान्सरको प्रारम्भिक अवस्था पत्ता लगाउन आवश्यक परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको हो । संस्थाका अध्यक्ष विकास भण्डारीले महिलालाई समयमै स्वास्थ्य परीक्षण गरेर रोगको जोखिम कम गर्न कार्

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ४५६ पटक पढिएको
  • मोरङको कटहरीमा झगडामा धारिलो हतियार प्रहार, एक युवक घाइते

    इटहरी । मोरङको कटहरी गाउँपालिका–३ सहनी टोलमा सोमबार राति भएको झगडामा १ जना युवक घाइते भएका छन् । कटहरी–४ का २७ वर्षीय शेख आजममाथि धारिलो हतियार प्रहार हुँदा घाँटीमा चोट लागेर उनी घाइते भएका हुन् । घाइते आजमलाई उपचारका लागि कोशी अस्पताल विराटनगर लगिएको भए पनि त्यहाँ सम्भव नभएपछि विराट नर्सिङ होममा रेफर गरिएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । प्रहरीका अनुसार कटहरी–३ का २० वर्षीय विभीषण सहनी र आजमबीच विवाद भएपछि घटनाको सुरुआत भएको हो । आजम करिब ८–१० जना युवासहित सहनीसँग झगडा गर्न पुगेपछि सहनी पक्षका मानिसहरू भेला भएर प्रतिका

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३२४ पटक पढिएको
  • उराँव समुदायको करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रमको तयारी

    इटहरी । सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक आठौं करम पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको छ । सुनसरीमा बसोबास गर्ने उराँव समुदायले आफ्नो महान पर्व करम पूजाको अवसरमा भदौ २२ गते पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रम गर्ने भएको हो । नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठान इनरुवाको आयोजनामा उराँवहरूले जातीय पहिरनमा  र्‍यालीसहित नगर परिक्रमा गर्ने, प्रतिष्ठानको कार्यालय इनरुवा २ करम टोंकामा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भएको जनाएको छ । उराँवको महान् पर्वको बारेमा जानकारी दिन, मौलिक कला तथा भाषाको संरक्षण गर्ने र उराँव मौलिकता प्रदर्शन गर्ने उद्देश्यका साथ कार्यक्रम गर्ने प्रतिष्ठानक

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३७१ पटक पढिएको
  • भोजपुरमा ग्रामीण जनजीवनलाई थप सहज बनाउँदै विद्युत् सेवा

    इटहरी । पछिल्लो समयमा जिल्लाका गाउँगाउँमा विद्युत् विस्तार भइरहेको छ । यसले असहज रहेको गाउँले जीवनमा मात्र उज्यालोपन ल्याएको छैन, दैनिक कामकाजमा पनि सहजता थपेको छ । ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएपछि स्थानीयले विद्युत्बाट चल्ने उद्योग तथा विभिन्न यन्त्रउपकरण सञ्चालन गरेर लाभ उठाउन थालेका छन् । अहिले गाउँगाउँमा कुटानी पिसानीका लागि विद्युतीय मिल जडान भएपछि दैनिकी सहज बनेको स्थानीयको भनाइ छ । विद्युत् विस्तारले ग्रामीण क्षेत्रका नागरिकको दैनिकीमा परिवर्तन ल्याएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय रमेश विष्ट बताउछन् । विगतमा कुटानी पिसानीका लागि घण्टौँ लगाएर डिजेल वा पेट्रोलबाट चल्ने मिल खोज्न

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३७७ पटक पढिएको
  • दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरी गरेको आरोपमा दुई जना पक्राउ

    इटहरी ।  झापाको शिवसताक्षी नगरपालिका–८ स्थित झिलझिले बजारमा स्कुटर दुर्घटनामा परेर घाइते भएका व्यक्तिको सुन चोरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन २९ गते कमल गाउँपालिका–६ का ३० वर्षीय मनोज लिम्बू दोमुखाबाट घर फर्कने क्रममा झिलझिले बजारमा स्कुटर अनियन्त्रित भई दुर्घटनामा परेका थिए । स्थानीयवासीले उनलाई एम्बुलेन्समा राखेर अस्पताल पठाउने क्रममा घाँटीमा लगाएको ५६ ग्राम २५ मिलिग्राम तौलको सुनको सिक्री हराएको जनाउँदै साउन ३१ गते इलाका प्रहरी कार्यालय झिलझिलेमा निवेदन परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अनुसन्धानका क्रममा उ

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३२९ पटक पढिएको
  • गत एक वर्षमा झापामा करेन्ट लागेर १५ जनाको मृत्यु

    इटहरी । झापा जिल्लाको ग्रामीण क्षेत्रमा विद्युत्को असुरक्षित प्रयोगका कारण विद्युत प्रवाह चुहावट (करेन्ट) भएर हुने मृत्युको घटना बढेको छ । यस जिल्लामा गत साउनमा मात्र करेन्ट लागेर पाँच जनाले ज्यान गुमाएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार गत चार महिनामा जिल्लामा करेन्ट लागेर १० जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेहरू अधिकांश विद्युत्सम्बन्धी पर्याप्त प्राविधिक ज्ञानको अभाव भएका ग्रामीण क्षेत्रका बासिन्दा छन् । करेन्ट लागेर हुने अधिकांश मृत्युको घटना मोटरबाट पानी तान्ने, खोलामा करेन्ट लगाएर माछा मार्ने र कुटी काट्ने क्रममा भएको पाइएको उनले बताए । अधिकांश

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • २७५ पटक पढिएको
  • दमकमा आत्मदाह प्रयास गर्ने शोभाकुमारी साहको मृत्यु

    इटहरी ।  झापाको दमकमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेकी ३० वर्षीया शोभाकुमारी साहको उपचारका क्रममा मृत्यु भएको छ। दमक नगरपालिका–१, भानुभक्त चोक निवासी मनोज साहकी कान्छी श्रीमती शोभाले मङ्गलवार दिउँसो करिब ४ः३० बजे आफ्नै घरको दोस्रो तलामा पेट्रोल छर्की आगो लगाएकी थिइन्। गम्भीर घाइते भएकी उनलाई प्रारम्भिक उपचारपछि धरान रिफर गरिएको भए पनि चिकित्सक नभएपछि पुनः बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो। त्यहाँ बुधवार राति उपचारकै क्रममा उनको निधन भएको इलाका प्रहरी कार्यालय दमकले पुष्टि गरेको छ। लामो समयदेखि घरायसी विवादमा रहेकी शोभा करिब एक महिनाअघि मनोजकी जेठी श्रीमतीकी छोरी सुर

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ३४६ पटक पढिएको
  • झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

    इटहरी । झापाको दमकमा आज (मंगलबार) बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान घाइते भएका छन्। दमक नगरपालिका–७ पशुडाँडा नजिकै पूर्व–पश्चिम लोकमार्गमा बिहान करिब ८ बजे पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको प्र१–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन्। उनको बायाँ खुट्टामा चोट लागेको र उनलाई उपचारका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य रहेको बताइएको छ । मोटरसाइकलमा प

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • २५१ पटक पढिएको
  • कोशी प्रदेशमा आधाभन्दा बढी सहकारी संस्थाले आर्थिक विवरण बुझाएनन्

    इटहरी । कोशी प्रदेश सरकारको प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयको अनुगमन तथा नियमन क्षेत्रका आधाभन्दा बढी (५६३ वटा, ५२.३७ प्रतिशत) सहकारी सङ्घ संस्थाले आर्थिक वर्ष २०८०र८१ को विवरण बुझाएका छैनन् । प्रदेश सहकारी रजिस्ट्रारको नियमनमा १४ जिल्लाका एक हजार ७५ वटा सहकारी सङ्घ संस्था छन् । गत वर्ष एक हजार ७७ वटा सहकारी संस्थामध्ये ५७७ वटा अर्थात् ५३.७० प्रतिशत सहकारी संस्था सङ्घले विवरण बुझाएका थिएनन् । अघिल्लो आवभन्दा गत आवमा १.३३ प्रतिशत प्रगति भएको रजिस्ट्रार कार्यालयले जनाएको छ । प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका वरिष्ठ शाखा अधिकृत मनोज कार्कीका सबैभन्दा बढी झाप

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • २५० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]