All Posts By कोशी प्रेस

    Showing ५,५९१-५,६०० of १२,९७८ items.
  • अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न

    इटहरी । अरुण गाउँपालिकामा निर्माणाधीन आठवटा सिँचाइ कुलामध्ये चारवटा सम्पन्न भइ सञ्चालनमा आएपछि किसानलाई अकासे पानीमा भर पर्नुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीतमान जिमीका अनुसार अरुण गाउँपालिकामा साना सिँचाइ कार्यक्रममार्फत स्थानीय, प्रदेश, केन्द्र, स्वीस सरकार र स्थानीयवासीको जनसहभागितामा सिँचाइ कुलो निर्माण भइरहेको छ । सबै सिँचाइ कुलोमा गाउँपालिकाको २० प्रतिशत लागत साझेदारीमात्र रु ७१ लाख रकम विनियोजन भएको जिमीको भनाइ छ । यहाँ पक्की कुलो निर्माण भएपछि पानीको चुहावट हुने समस्याबाट किसानमुक्त हुनेछन् । अरुण गाउँपालिका–७ मा हङ्ग्रायो खोला–बाह्रसिङ्गे सिँचाइ आयोजना स

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३६३ पटक पढिएको
  • विवादका कारण पथरी–ज्यामिरे सडक निर्माण रोकियो

    इटहरी । मोरङको पथरी–जाँते–हुँदै लेटाङ–८ को ज्यामिरे जोड्ने सडक ३५ प्रतिशत भौतिक प्रगति भएर रोकिएको डेढ वर्ष भयो । कहिले सडक क्षेत्रका रुख कटान नभएर त कहिले स्थानीयको अवरोधका कारण रोकिएको यो सडक पछिल्लो समय निर्माण कम्पनीबिचको विवादले रोकिएको हो । कोशी प्रदेश सरकारले आफ्नो गौरवको योजनाका रूपमा निर्माण प्रक्रिया अगाडि बढाएको यो सडक तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७६ मङ्सिर २३ गते ठुलो तामझामसाथ शिलान्यास गर्नुभएको थियो । राईले तीन वर्षभित्रमा सडक निर्माण गरेर आफैँले उद्घाटन गर्ने बताउनुभएको थियो तर पाँच वर्ष सात महिना बितिसक्दा पनि १७ किलोेमिटर लम्बाइको सडक अझै कालोपत्रे भइसकेको छैन । लेटाङक

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३१० पटक पढिएको
  • धनकुटामा सुतेको अवस्थामा एक पुरुष मृत फेला

    इटहरी । धनकुटाको साँगुरीगढी गाउँपालिका–८, स्थित ढुङ्गेमा एक जना पुरुष मृत भेटिएका छन् । स्थानीय एक घरमा भाडामा बस्दै आएका पुरुष सोमबार बिहान मृत अवस्थामा फेला परेका हन् । मृत्यु हुनेमा उदयपुर जिल्ला कटारी नगरपालिका–११ वस्ने ३९ वर्षीय कमलबहादुर केप्छाकी मगर हुनुहुन्छ । स्थानीय गोपिश्वरी राईको घरमा कोठा भाडा लिई बस्दै आएका मगर सोमबार बिहान सुतेकै अवस्थामा करिब साढे ५ बजे मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो । प्रहरी प्रवक्त खनालका अनुसार मृत भेटिएका मगर भेडेटारस्थित आहाले महाभारत भित्री सडक खण्डमा मजदुरी काम गर्दै आएका थिए । मृत भेटिएका मगरक

    • प्रकाशित मितिः असार ९, २०८२
    • ३०४ पटक पढिएको
  • रामधुनी नगरपालिकाको आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक

    इटहरी । रामधुनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख शंकर लाल चौधरीले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले सामाजिक विकास, स्वास्थ्य सेवा, युवा, खेलकुद र उद्यमशिलता, सामाजिक समावेशीकरण तथा सुरक्षा, भाषा संस्कृति र प्रविधिको प्रवद्र्धन, वातावरण संरक्षण, आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन विकास, भौतिक पूर्वाधार विस्तार, विपद् व्यवस्थापन, सुशासन र संस्थागत सुधार जस्ता बहुआयामिक क्षेत्रहरूलाई नीति तथा कार्यक्रममा समेटेको छ । यो वर्षका लागि नगरपालिकाले कुल  ८३ करोड १३ लाख ६६ हजार ९ सय ४९ को

    • प्रकाशित मितिः असार ८, २०८२
    • २९० पटक पढिएको
  • बिरामीसँग नियमित संवादमा नगरप्रमुख गुरागाई

    इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईले नियमित रूपमा नगर अस्पताल पुगेर बिरामीहरूको अवस्थाबारे जानकारी लिँदै आउनुभएको छ । सुन्दरहरैंचा–१ स्थित नगर अस्पतालमा उपचाररत बिरामीहरूसँग नगरप्रमुख गुरागाईले स्वास्थ्य स्थिति, सेवा सुविधा तथा चिकित्सकहरूको व्यवहारबारे प्रत्यक्ष संवाद गर्दै आउनुभएको छ । नगर अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामीहरूले नगरप्रमुखको उपस्थितिलाई सकारात्मक रूपमा लिएका छन् । नगरप्रमुखको नियमित अनुगमन र संवेदनशीलताले अस्पतालमा सेवा गुणस्तरमा सकारात्मक प्रभाव परेको बताइन्छ । बिरामीहरू मात्र होइन, अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि थप उ

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३४८ पटक पढिएको
  • पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा

    इटहरी । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने मूल नाराका साथ पथरी शनिश्चरे नगरपालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा  गरिएको छ । आईतबार पथरी शनिश्चरे वडा नं. १ को नर्वदेश्वर शिवालय मन्दिरमा पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा भएको सो समारोहमा मोरङ जिल्ला खोप समन्वय समितिका अध्यक्ष अजम्बर राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उद्धवराज बस्नेत, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष गोविन्द कटुवाल, स्वास्थ्य कार्यालय मोरङका वरिष्ठ जनस्वास्थ

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३७८ पटक पढिएको
  • कतारमा संखुवासभा समाजद्वारा नौमती बाजाको औपचारिक उद्घाटन

    इटहरी । “संखुवासभालिको पहिचान, विश्व सामु चिनाउने हाम्रो अभियान“ भन्ने मुल नारासहित सक्रिय संखुवासभा समाज कतारले भित्र्याएको मौलिक नौमती बाजाको औपचारिक उद्घाटन सम्पन्न गरिएको छ । कतारको सनैयास्थित लालीगुराँस रेस्टुरेन्टमा आयोजित समारोहमा नेपाली दूतावास कतारका प्रथम सचिव कृष्ण कुमार सुवेदीको प्रमुख आतिथ्यतामा पञ्चेबाजा प्रदर्शनी गरिएको हो । कार्यक्रममा बाजाको तालमा नेपाली दूतावासको सम्पूर्ण टोलिलाई स्वागत गरिएको थियो । संघ–संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा संखुवासभा समाजका अध्यक्ष राजेन्द्र खनालले पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको मौलिक पञ्चेबाजालाई प्रवासी भूमि

    • प्रकाशित मितिः असार ८, २०८२
    • २३४ पटक पढिएको
  • झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ

    इटहरी । झापाको भद्रपुर भन्सार चोकबाट लागुऔषध खैरो हिरोइनसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले विशेष सूचनाका आधारमा भारतबाट नेपाल प्रवेश गर्दै गरेको सवारीसाधन जाँच गर्ने क्रममा लागुऔषध फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकमा बागमती प्रदेश ०१–०३० च ७७९३ नं को को नेटा कम्पनीको नीलो रङको कारको चालक बस्ने सिटमुनि लुकाएको अवस्थामा खैरो हिरोइन ४७ दशमलव ६९ ग्राम खैरो हिरोइन बरामद गरेको हो । उनका अनुसार पक्राउपर्नेमा काठमाडौैँ महानगरपालिका–२६ बस्ने २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार गाउँपालिका– ७ बस्ने

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३२५ पटक पढिएको
  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत शिक्षकले मासिक रूपमा तलब पाउने

    इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत शिक्षकले अबदेखि मासिक रूपमै तलब भत्ता पाउने भएका छन्। आगामी नयाँ आर्थिक वर्षदेखि गाउँपालिकाभित्र कार्यरत शिक्षकले मासिक रूपमा तलबभत्ता बुझ्न पाउने भएका हुन्। गाउँपालिकाको १७ औँ सभा तथा अधिवेशनले शिक्षकलाई मासिक रूपमै तलबभत्ता पाउने व्यवस्था मिलाउने गरी नीति अवलम्बन गरेको छ। गाउँपालिकाको नीतिगत व्यवस्थासँगै पालिकाभित्र कार्यरत शिक्षकले मासिक रूपमा तलब पाउने भएका हुन्। गाउँपालिकाले सम्बन्धित शिक्षकको बैँक खातामा तलब रकम निकासा गर्ने भएको हो। हाल सिदिङ्वाका विद्यालयमा कार्यरत शिक्षकले त्रैमासिक रूपमा तलब पाइरहेका छन्।   यता नयाँ आर्थिक वर

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३९६ पटक पढिएको
  • ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिका द्धारा किसानलाई हाते ट्रयाक्टर वितरण

    इटहरी। ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले किसानलाई हाते ट्रयाक्टर वितरण गरेको छ। धान खेती लगाउने मुख्य समयलाई लक्षित गरी गाउँपालिकाले खेतबारी जोत्नमा प्रयोग गरिने हाते ट्रयाक्टरसहित कृषि औजार वितरण गरेको हो। गाउँपालिकाभित्रका किसानलाई गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, उपाध्यक्ष रनमाया गुरुङलगायतले औजार वितरण गर्नुभएको छ। गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई हाते ट्याक्टरसहितका कृषि उपकरण तथा औजार वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत सङ्गम पौडेलले जानकारी दिनुभयो। पौडेलका अनुसार २० वटा हाते ट्याक्टरका साथै कृषि स्प्रेयर र टनेल वितरण गरिएको छ। चालु आर्थिक वर्षको मागका आधारित कृषि का

    • प्रकाशित मितिः असार ८, २०८२
    • ३१६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]