काठमाडौं । नेपाल चिकित्सक संघ, कोशी शाखाले मोरङ र सुनसरीका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। देशभरका आवासीय चिकित्सकहरूले गरिरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै ज्ञापन पत्र बुझाइएको चिकित्सक संघ कोशी प्रदेशका महासचिव डा। बालकृष्ण साहले जानकारी दिए । डा। शाहका अनुसार संघका अध्यक्ष डा। राजेन्द्र चौधरी, महासचिव डा। बालकृष्ण साह, तथा अन्य पदाधिकारीसँगै आवासीय चिकित्सक र मेडिकल अफिसरसहितको टोली मोरङ जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएको हो । चिकित्सक संघको संशनिहाटस्थित कार्यालयबाट र्यालीसहित चिकित्सकको टोलीले ज्ञापन पत्र बुझाउनुका साथै जिल्ला प्रशासन
इटहरी। कोशी प्रदेशको राजधानी विराटनगर लगायत विभिन्न जिल्लाबाट प्रहरीले प्रतिबन्धित लागु औषधिसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले मोरङ, सुनसरी र उदयपुरको विभिन्न ठाउँबाट ब्राउनसुगर र गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो । लागु औषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१३ बाट चेकजाँचको क्रममा धनकुटा शहिदभूमि गाउँपालिका–७ का ३५ वर्षीय बालकृष्ण राई र सुनसरीको धरान उप–महानगरपालिका–१० का ३२ वर्षीय मनोज गुरुङलाई ६ किलोग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ । यस्तै, सुनसरीको देवानगंज गाउँपालिका–२ बाट भारत अररिया पत्राहा–१५ का २६ वर्षीय महम्मद जावेद, ३० वर्षीय महम्मद
इटहरी । उत्तर(दक्षिण कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको मकालु र भोटखोला गाउँपालिकामा सडक अवरुद्ध भएको छ । लगातारको वर्षासँगै आएको पहिरोले मकालु गाउँपालिका–३ धर्मद्धारस्थित खाँदबारी(किमाथांका खण्ड अवरुद्ध भएको हो । बुधबार रातिको वर्षासँगै आएको पहिरो खाँदबारी(किमाथांका खण्डअन्तर्गत मकालु(३ क्षेत्रको सडक बगाएपछि आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक अवरुद्ध हुँदा मकालु(३ र ४ तथा भोटखोला गाउँपालिका जाने सवारिसाधन सञ्चालन हुन सकेका छैनन् । माथिल्लो क्षेत्रमा लगातार वर्षा भइरहेकाले पहिरो हटाउन समस्या भएको उत्तर(दक्षिण कोशी स
इटहरी । धनकुटामा ट्रयाक्टर दुर्घटना हुँदा २० वर्षीय युवकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–९ रुद्रबारीमा बुधवार को २ त ७९३४ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्रयाक्टरबाट खसेर सहचालक, धनकुटाको सहिदभूमि नगरपालिका–७ का २० वर्षीय विवेक बगाले थापाको घटनास्थलमै मृत्यु भएको हो । टायर पन्चर भएर ट्रयाक्टर अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । ट्रयाक्टर चालक किसान राई तत्काल फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सन र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० राजन अधिकारी र प्याब्सन कोशी प्रदेशका अध्यक्ष सुमित थापाबीच समझदारी पक्षमा हस्ताक्षर भएको हो । बुधवार कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा समझदारी भएको हो । प्रहरी सेवालाई सम्मान गर्न बहालवाला नेपाल प्रहरी कर्मचारीहरूका सन्ततिहरूलाई निःशुल्क शिक्षा प्रदान गरी शैक्षिक विकासमा सहकार्य गर्ने, गराउने उद्देश्ले सम्झौता भएको थापाले बताए । कार्यक्रममा प्रहरी कर्मचारीहरूलाई थप सेवा प्रदान गर्ने उद्देश्यल
इटहरी। भोजपुरको पूर्वी पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको छ । यो कार्यले पालिका भरी उत्पादन भएका कृषि उपजलाई स्थानीय र बाह्य बजारसम्म पुर्याउन सहज भएको छ । स्थानीय कृषकहरूले उत्पादन गरेको तरकारी,खुर्सानी, खाद्यान्न,फलफूल लगायत कृषि उपजलाई सहज र सुलभ मूल्यमा स्थानीय र बाह्य बजार सम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालन गरिएको पालिकाले जनाएको छ । कृषि एम्बुलेन्सले एक पटकमा २५ सय केजी सम्म सामान ढुवानी गर्न सक्छ भने पालिका केन्द्र देखी धरान सम्मका लागि १० हजार भाडादार कायम गरिएको छ । विगतमा किसानहरूले महँगो भाडा तिरेर कृषि उपजहरू स्थानीय बजार र बाह्य धरान, इटहरी काठमाडौँ सम
इटहरी । तराईमा पनि झरना हुन्छभन्दा धेरैलाई अचम्म लाग्नसक्छ तर मोरङको सामलिङ्गमा मनै लोभ्याउने झरना छ । यो ‘कोलुङ्ग झरना’ तराई र पहाडको फेदीमा रहेको मिक्लाजुङ्ग–५ मा पर्छ । मनमोहक भएका कारण यो झर्ना आन्तरिक पर्यटकको रोजाइमा पर्ने गरेको छ । गर्मी बढेसँगै यहाँ आन्तरिक पर्यटकको आगमन बढ्ने गर्छ । यसपटक पनि गर्मी छल्न यहाँ आउनेहरू बढ्दैछन् तर यसको संरक्षणका लागि उचित पहल हुनसकेको छैन । जसकारण ‘कोलुङ्ग झरना’ ओझेलमा परिरहेको छ । महेन्द्र राजमार्गबाट करिब एक घण्टामा पुग्न सकिने भए पनि बाटो नभएका कारण खोलाको बगरैबगर जानुपर्दा करिब चार घण्टा लाग्ने गरेको छ । त्यसैले पनि धेरैजसोले बाटोको समस्य
काठमाडौं / नेपाल आदिवासी जनजाति युवा महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा सिन्धुलीका किरण श्रेष्ठ निर्वाचित हुनुभएको छ ।युवा महासंघको ६, ७ र ८ मा ओखलढुंगा जिल्लामा भएको छैठौं महाधिवेशनबाट केन्द्रीय अध्यक्षमा श्रेष्ठ निर्वाचित भएको हो । निर्वाचनमा ६९ मत ल्याएर श्रेष्ठ विजयी भएको निर्वाचन संयोजक जि.एस. गुरूङले जानकारी दिनु भयो ।श्रेष्ठका निकतम प्रतिद्वन्दि दोलखाका मानविर गुरूङले ४९ मत र गोरखाकी मञ्जु थापा मगरले २९ मत प्राप्त गर्नु भएको निर्वाचन संयोजक गुरूङले जानकारि दिनुभयो ।निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा शुभलाल राई, संघीय उपाध्यक्षमा मानराज गुरूङ, महिला उपाध्यक्षमा सुप्रिया राई, उपाध्यक्ष
काठमाण्डौ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षामन्त्री नियुक्त हुनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गर्नुभएको हो । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिश गरेको थियो । पन्तको शपथ ग्रहण बिहीबार हुनेछ । राष्ट्रपतिको कार्यालयले नियुक्ति, हेरफेर र कार्यविभाजनसहितको मन्त्रिपरिषद् पुनर्गठनको सूची सार्वजनिक गरेको छ ।
इटहरी । ससुराली घर आएका एक जना भारतीय नागरिकको बुधबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ। प्रहरीका अनुसार भारत, जोगवनीको टिकुलिया बस्ती घर भएका ३६ वर्षीय सुरेश चौधरीको मृत्यु भएको हो। विराटनगर महानगरपालिका–१५ भट्टीमोडस्थित ससुराली घरमा उनलाई करेन्ट लागेको हो । कोठाभित्र सुतिरहेका बेला ओछ्याननजिकै रहेको टेबल पंखाबाट उनलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि कोशी अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका थिए।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.