इटहरी। नेकपा एमाले धनकुटाले आज धनकुटामा बृहत् मोटरसाइकल र्याली निकालेको छ । गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा भएको अराजक गतिविधिको विरोधमा मोटरसाइकल र्याली गरेको हो । र्याली बसपार्कबाट डाँडागाउँ, हुलाकटोल, बिचबजार, भीमनारायण चोक, माथ्लो कोप्चे, तल्लो कोप्चे हुँदै मदनचोकमा आएर सभामा परिणत भएको थियो । विभिन्न प्ले कार्डसहित र्यालीमा ६ सय भन्दा बढी मोटरसाइकलसहित कार्यकर्ताले उपस्थीती रहेको आयोजकले जनाएको छ । र्याली अहिले गणतन्त्रको विरोध गर्दै राजतन्त्र फर्काउनुपर्ने आवाज उठ्न थालेको तथा, राजतन्त्र पक्षधरले आन्दोलनका नाममा अराजक गतिविधि गरेको भन्दै अराजक र प्रतिगामी हर्कतविरुद
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ईद पर्वले शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । आज ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले जनतामा सद्भाव विस्तार गरेर सरकारले लिएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्तिमा सहयोग पुग्ने बताए । नेपालको संविधानले सबै जातजाति र धर्मालम्बीको अधिकार स्थापित गरेको स्मरण गर्दै मुख्यमन्त्री कार्कीले सबै मिलेर संविधानको रक्षा गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । ईद पर्वले एकताका साथमा शान्तिसहितको समृद्धिको यात्रामा सहयोग पुग्ने उनको विश्वास छ । संविधानले सबैलाई समान व्यवहार गरेको उल्लेख गर्
इटहरी । कृषि सामग्री कम्पनी विर्तामोडले चालु आर्थिक वर्ष २०८१ र ८२ को आठ महिनामा १५ हजार २९९ मेट्रिक टन रासायनिक मल किसानलाई बिक्री गरेको छ । झापामा कृषियोग्य जमिन धेरै भएको र एकै याममा विभिन्न प्रकारको बाली लगाउने गरिएको कारण जिल्लामा रासायनिक मलको खपत धेरै हुने गरेको कम्पनीका शाखा प्रमुख दीपककुमार राजवंशीले बताए । उनका अनुसार चालु आवका लागि कम्पनीले झापाका लागि १७ हजार ५०० मेट्रिक टन रासायनिक मल पठाएको थियो । अब शाखामा दुई हजार २०१ मेट्रिक टन मल मौज्दात रहेको छ । जिल्लाका किसानलाई फागुन मसान्तसम्ममा नौ हजार ८०० मेट्रिकटन युरिया, पाँच हजार १४ मेट्रिक टन डिएपी र चार हजार ८५ मेट्रिक टन पो
इटहरी । पूर्वाधार विकास कार्यालय अन्तर्गत धनकुटाको लेगुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । तीन करोड २१ लाख लागतमा पक्की पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको हो । लामो समयदेखि खोलामा पुल नहुँदा स्थानीयले समस्या झेल्दै आएका थिए । लेगुवा खोलामा कोशी प्रदेश सरकारको तीन करोड २१ लाख लागतमा २२ मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले जानकारी दिनुभयो । पुल निर्माणले स्थानीयको जनजीवनमा सहजता थपिएको महालक्ष्मी नगरपालिकाका प्रमुख ध्रुवराज रायाले बताउनुभयो । वडा नं २ र ३ लाई जोड्ने लेगुवा खोलामा पुल बनेपछि नगरपालिका केन्द्रस
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिम्मत कुमार कार्कीले काठमाडौंमा शुक्रबार भएको हिंसात्मक आन्दोलन लोकतन्त्रमाथिको प्रहार भएको बताएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशले आज बुझाएको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले सञ्चारमाध्यम माथिको आक्रमण र पत्रकारको हत्या सुनियोजित र लोकतन्त्रमाथिको प्रहार भएको बताएका हुन् । उनले पत्रकार महासङ्घले लोकतान्त्रिक शासन प्रणालीको पक्षमा उठाएको आवाजमा आफू सदैव उभिने प्रतिबद्धता व्यक्त गर्दै व्यवस्थाप्रतिको प्रहार रोक्न र गणतन्त्रको पक्षमा उभिन पत्रकारहरूलाई आग्रह गरे । उनले पत्रकारहरूको सुरक्षा र क्षतिपूर्तिका लागि प्रदेश सरकारले केन्द्रीय सरक
इटहरी । धरान १४ स्थित विजयपुर डाँडामा रहेको पिण्डेश्वर बाबाधाम मन्दिरमा रथोत्सव सुरु भएको छ । कोशी प्रदेशकै प्रख्यात रुद्राक्षारण्यमा रहेको पिण्डेश्वर बाबाधाम मन्दिर महात्म्यमा रथोत्सवको उल्लेख भएका कारण यो वर्षदेखि रथोत्सव गर्न थालिएको पिण्डेश्वर बाबाधाम समितीका अध्यक्ष विकास कुमार बनेपालीले जानकारी दिनुभयो । परापूर्वकालमा यहाँको स्थान रुद्राक्षको जंगल रहेको र देवताहरुले अमृतको अंशद्वारा पिण्डको आकारमा निर्माण गरेर शिवजीको स्थापना गरेको मान्यता रहेको छ । देवता र दानवहरुले संयुक्त रुपमा गरेको समुन्द्र मन्थनबाट उत्पन्न अमृतको सारलाई देवताहरुले यहाँ स्थापना गरेको रुद्राक्षारण्य महात्म्यमा उल्लेख
इटहरी । मोरङको पथरी शनिश्चरेमा प्रथम वडाध्यक्ष वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता (२०८१ सुरु छ। आईतबार पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्बापोले फुटबल खेलका प्रमुख अम्पायरलाई हस्तान्तरण गर्दै उद्घाटन गर्नुभएको हो। पथरी शनिश्चरे वडा नं १ द्वारा आयोजित सो प्रतियोगिता आगामी २५ गतेसम्म सञ्चालन हुनेछ । उक्त प्रतियोगितामा नगरका १० वटै वडा फुटबल टिमहरूले सहभागिता जनाएका छन्। आईतबारको उद्घाटन खेलमा वडा नम्बर १ ले वडा नम्बर ३ लाई खेल नियमअनुसार ुसडेन डेथु ७(६ गोल अन्तरले पराजित गर्दै गोल गर्दै विजय हासिल गरेको थियो। खेलको निर्धारित समयमा दुवै टिम ब
काठमाडौं । कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी वर्षलाई "कोशी प्रदेश पर्यटन वर्ष २०८२"को रूपमा घोषणा गरेको छ। यस महत्त्वपूर्ण अभियानको शुभारम्भ आगामी चैत २७ गते तेरथुम जिल्लाको तीनजुरे मिल्के जलजले क्षेत्र (लालीगुराँस नगरपालिका, आर आर गार्डेन) मा हुने भएको छ।पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्रालयका सचिव विशाल घिमिरे सहितको टोलीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गरी उक्त समारोहको प्रमुख अतिथि बन्नका लागि औपचारिक निमन्त्रणा गरेका छन्। भेटमा कोशी प्रदेशको पर्यटन सम्भावना, पर्यटन वर्षको औचित्य, र यसले प्रदेश तथा राष्ट्रिय अर्थतन्
इटहरी । नेकपा एमाले विराटनगर महानगर कमिटीले ११ चैत देखि सञ्चालन गरेको जागरण अभियान अन्तर्गत सरसफाई कार्यक्रम गरेको छ । विराटनगरको तीनपैनीमा भेला भएका नेकपा एमालेका नेता कार्यकर्ताहरुले सडकमा रहेको फोहोर उठाउँदै झाडु लगाएर सफा गरेका हुन् । नेकपा एमालेका केन्द्रीय सदस्यहरु जीवन घिमिरे, रामलाल साह, नैनकला ओझा, प्रदेश कमिटी सदस्य एवम् विराटनगर महानगरका इन्चार्ज पर्शुराम बस्नेत, जिल्ला उपाध्यक्ष सागर थापा लगायतका नेताहरुको सहभागितामा भएको कार्यक्रममा विराटनगर महानगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरुको समेत उपस्थिती थियो । सरसफाई कार्यक्रम महानगरपालिकाको कार्यालय अघि पुगेर सम्पन्न भएको थियो । कार्यक्
इटहरी । आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि प्रदेश स्तरिय योजना तर्जुमा गर्ने उद्येश्यका साथ सुनसरीको इटहरीमा गोष्ठि सम्पन्न भएको छ । कोशी प्रदेश सरकार प्रदेश योजनका आयोगको आयोजनमा आइतबार प्रदेशस्तरिय आयोजना पहिचान तथा आयोजना तर्जूृमा गोष्ठि सम्मपन्न भएको हो । कोशी प्रदेश स्तरीय योजना तथा कार्यक्रम बजेट तर्जुमा गोष्ठीमा सुनसरी संघीय निर्वाचन क्षेत्र नम्बर १ क र ख तथा संघीय निर्वाचन क्षेत्र नम्बर ३ क र ख का प्रदेश संसदहरुले सहजीकरण गरेका थिए । गोष्ठिमा दुवै क्षेत्रमा पर्ने स्थानिय तहका प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकिय अधिकृतहरु सगै सरोकारवालहरुको उपस्थिती रहेको&n
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.