इटहरी । पहाडी जिल्ला भोजपुरमा डेङ्गी सङ्क्रमण बढ्न नदिने उद्देश्यले ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ ।अभियानअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनमा आज भोजपुरमा पनि र्यालीसहितको सचेतना कार्यक्रम गरिएको हो ।स्थानीयस्तरका नागरिकलाई रोगका बारेमा जानकारी दिने उद्देश्यका साथ डेङ्गी रोकथामसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालनमा आएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख सृजना बनमालीले बताइन् । अभियानअन्तर्गत अब जिल्ला तहमा डेङ्गी नियन्त्रणका लागि प्रत्येक शुक्रबार आआफ्नो तहबाट ‘खोज र नष्ट गर’ अभियान हुनेछ ।डेङ्गीको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन भइरहेको उक्त अभियानलाई प्रभावका
इटहरी । सुनसरी प्रहरीले भारतबाट नेपाल प्रवेश गर्दै गरेका एक युवकलाई ब्राउनसुगरसहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा गरिएको चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–१७ निवासी २५ वर्षीय निशान कार्की पक्राउ परेका हुन्।जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका कार्कीको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा १ दशमलव २९ ग्राम ब्राउनसुगर लागूऔषध फेला पारेको जनाएको छ।बरामद गरिएको लागूऔषधसहित कार्कीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ।
इटहरी । लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सरल उपचार तथा पुनःस्थापना केन्द्रले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । “लागूऔषध होइन, स्वस्थ जीवन रोजौँ” भन्ने नाराका साथ आयोजित कार्यक्रममा दुव्र्यसनलाई अपराध नभई उपचारयोग्य रोगका रूपमा हेर्नुपर्ने सन्देश दिइएको थियो। केन्द्रका प्रतिनिधि रोहित गुरुङले दुव्र्यसनबाट प्रभावित व्यक्तिलाई अवसर, माया र उचित उपचार उपलब्ध गराएमा उनीहरूमा सकारात्मक परिवर्तन सम्भव हुने बताउनुभयो । कार्यक्रमका क्रममा अत्यधिक गर्मीलाई मध्यनजर गर्दै बाटोमा हिँड्ने सर्वसाधारणलाई निःशुल्क खानेपानी वितरण गर्नुका साथै लागूऔषध दुरुपयोग विरुद
इटहरी । मोरङमा चैते धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षभन्दा यस वर्ष दुई हजार १९६ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र मोरङले जनाएको छ । चैते धानको उत्पादन बढे पनि मूल्यमा गिरावटका कारण किसानले जनाएका छन् ।जिल्लामा गत वर्ष एक लाख एक हजार ३७४ दशमलव १० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष वृद्धि भई एक लाख तीन हजार ५७० दशमलव ६० मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत आदर्श सिंहले जानकारी दिए । गत वर्ष १७ हजार ७५५ हेक्टर जमिनमा चैते धान लगाइएकोमा यस पटक वृद्धि भई १७ हजार ८५७ हेक्टर पुगेको उनले बताए । गत वर्ष ५ दशमलव ७१ उत्पादकत्व भएकोमा यस वर्ष वृद्धिभई ५ द
इटहरी । मोरङ प्रहरीले विराटनगरका विवादास्पद व्यक्ति अभिषेक गिरीलाई पक्राउ गरेको छ।जिल्ला कारागार मोरङका कैदीबन्दीलाई उपलब्ध गराइने रकम अनियमित रूपमा असुलेको आरोपमा शनिबार बिहान उनलाई विराटनगर महानगरपालिका–४ स्थित घरबाट नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कबित कटवालले गिरीलाई कैदीबन्दीको भत्ता दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरे।कारागारका कैदीबन्दीलाई प्राप्त हुने रकम उनले लिएको आरोप छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कटवालले बताए। प्रहरीका अनुसार गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने सूचनाका आधारमा शनिबार बिहानै विश
इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित वसन्त माध्यमिक विद्यालयमा नगरस्तरीय अन्तर–माध्यमिक विद्यालय विज्ञान प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान क्षमता तथा नवप्रवर्तनको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रदर्शनीमा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रदर्शनीमा सार्वजनिक माध्यमिक विद्यालय, स्मारक माध्यमिक विद्यालय, तिनजुरे माध्यमिक विद्यालय, कृष्ण माध्यमिक विद्यालय, रत्न माध्यमिक विद्यालय, माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुल, वसन्त सदन इङ्लिस बोर्डिङ स्कुल तथा वसन्त माध्यमिक विद्यालयका विद्यार्थीह
इटहरी उपमहानगरपालिका वडा नम्बर ३ र प्रेस नेटवर्क म्यानेजमेन्ट प्रालि, सुन्दरहरैंचा–मोरङको सहकार्यमा एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सुरु भएको छ। तालिमको उद्घाटन वडा वडा नम्बर ३ का वडा अध्यक्ष उमेश सुवेदी को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।उद्घाटन कार्यक्रममा वडा सचिव रिता सुब्बा, वडा अन्तर्गतका विभिन्न संघसंस्थाका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि तथा स्थानीय सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। तालिममा सहभागीहरूलाई प्रभावकारी उद्घोषण कला, सार्वजनिक बोल्ने सीप, नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धिसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।ताल
इटहरी । आगामी सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य अनुसार इलाममा बालबालिकामा नमुना परिक्षण गरिने भएको छ । इलाममा सन् २०१२ बाट शुुरुगरिएको हात्तीपाइले निवारण अभियानमा यो वर्ष अन्तिम सर्वेक्षण रहेको जनाइएको छ । इलाममा न्यून सङ्क्रमण भएकाले यसपटक कक्षा एक र दुईका बालबालिकाको रगत परीक्षण गरेर सर्वेक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिनुभयो । शाक्यले यसअघि इलाममा १२ जना पुराना बिरामी भएपनि उनीहरूले औषधी सेवन गरिरहेको बताउनुभयो । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्र्तगत कीट जन्य रोग अनुसन्धान तथ
इटहरी । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नागरिक अधिकार र नागरिक स्वतन्त्रता माथि धावा बोल्ने कार्य शुरु भएकाले प्रखर रुपमा आवाज उठाउन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । शुक्रबार विराटनगरमा आयोजना गरिएको कोशी मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले पछिल्लो केही समय बोल्ने, लेख्ने र विरोध गर्न पाउने संविधान सम्मत नागरिक अधिकार हनन गर्ने कार्य भइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले नागरिक स्वतन्त्रता र अधिकार हनन भए लोकतन्त्र नै धरापमा पर्ने भएकाले पत्रकारहरु झन शसक्त रुपमा आवाज उठाउने माध्यम भएको बताउनु भयो । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले आ
इटहरी । स्थानीय इतिहास, विकास, सामाजिक रूपान्तरण र समसामयिक विषयहरूको अध्ययन–अनुसन्धानलाई दस्तावेजीकरण गर्ने उद्देश्यले पथरी शनिश्चरे नगरपालिकाले प्रकाशन गरेको ‘पथरी शनिश्चरे लेखमाला–१’ शुक्रबार एक विशेष कार्यक्रमका बीच लोकार्पण गरिएको छ । नगरपालिकाले पहिलोपटक प्रकाशनमा ल्याएको यस महत्वपूर्ण लेखसङ्ग्रहमा नगरभित्र कार्यरत १० जना सञ्चारकर्मीका खोजमूलक तथा विश्लेषणात्मक लेखहरू समावेश गरिएका छन्। पुस्तकमा शिक्षा, स्वास्थ्य, कृषि, बसाइँसराइ, सिमसार संरक्षण र लागूऔषध दुव्र्यसन जस्ता स्थानीय जनजीवनका विविध पाटा र चुनौतीहरूलाई तथ्यगत रूपमा प्रस्तुत गरिएको छ। नगरपालिकाका सूचना संयोजक सन्तोष राईले
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.