इटहरी । जिल्ला सदरमुकाम दिक्तेललाई पूर्वी तराईसँग जोड्ने छोटो बाटोमा अवरोध गरिरहेको महभिर फोड्ने काम सुरु भएको छ । महभिरमा ठूलो चट्टान भएकाले हालसम्म सडक जोड्न सकिएको छैन । सो चट्टान फोडेर सडक जोड्नका लागि कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयबाट बजेट विनियोजन भएर ठेक्का लागेपछि काम सुरु भएको हो । मन्त्रालयको निवर्तमान मन्त्री भुपेन्द्र राईका अनुसार मन्त्रालयबाट चालु आर्थिक वर्ष २०८२–८३ मा २ करोड बजेट विनियोजन भएको थियो । विनियोजित बजेटमा ठेक्का प्रक्रियाबाट श्री कमला कष्ट्रक्सन एण्ड सप्लायर्स उदयपुरले १ करोड ७ लाख ७७ हजार ८४७ रुपियाँमा निर्माण सम्झौता गरेको पूर्वाधार कार्यालय खोटाङ
इटहरी। खोटाङको दक्षिणी क्षेत्र पहिलो पटक वंशिलाघाटबाट तराईसँग सिधा यातायातमा जोडिएको छ । वंशिलाघाटस्थित सुनकोसीमा निर्माण भएको अस्थायी बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्रलाई तराईसँग जोडेको हो।खोटाङको बराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१ जोड्ने वंशिलाघाटस्थित सुनकोसीमा शनिबारदेखि बेलिब्रिज सञ्चालनमा आएको छ । वंशिलाघाटमा पहिलो पटक बेलिब्रिज जडान हुँदा जिल्लाको दक्षिणी क्षेत्र पनि पहिलो पटक तराईसँग सिधा यातायातमा जोडिएको हो । अस्थायी रूपमा जडान गरिएको बेलिब्रिजले केही महिनाका लागि खोटाङका दक्षिणी क्षेत्रका नागरिकलाई खुसी दिएको छ । जिल्लाको जन्तेढुङ्गा, बराहपोखरी र खो
इटहरी । खोटाङ र उदयपुरको सिमानामा पर्ने सुनकोसीस्थित धाप्लाङघाटमा निर्माणाधीन मोटरेबल पुलको कामले गति लिएको छ । ठेकेदारको लापरवाहीले लामो समयसम्म अलपत्र परेको पुल निर्माणले गति लिएसँगै दक्षिणी क्षेत्रका नागरिकमा आशा जगाएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बराहापोखरी गाउँपालिका–२ सुन्तले र छिमेकी जिल्ला उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशी नदीमा २०० मिटर लामो पुल निर्माणका लागि २०७३ साल असार ३० गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । नौ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेको पुल अलपत्र हुँदा दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए । विसं २०७४ भदौ ३१ गते तत्काली
इटहरी । विराटनगरका लागि आइक्योर सवारी साधनको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा. लि. ले बहुप्रतिक्षित लाइफस्टाइल इलेक्ट्रिक एसयूभी आइक्योर भी २३ आधिकारिक रूपमा विराटनगर बजारमा सार्वजनिक गरेको छ । विराटनगरस्थित ओमोडा एण्ड जेइको शोरुममा एक विशेष समारोहका कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले अनावरण गर्र्नुभएको थियो । बोर्न टु प्ले भन्ने ट्यागलाइन अन्तर्गत डिजाइन गरिएको एसयूभी आइक्योर भी २३ एक रेट्रो–प्रेरित, पूर्ण–विद्युतीय अफ– रोड एसयूभी हो, जसले क्लासिक रग्ड लुक्स र आधुनिक प्रविधिको उत्कृष्ट मिश्रण प्रदान गर्दछ । ४९ लाख ९९ हजार रुपैयाँको
इटहरी । खोटाङ र उदयपुर जोड्ने धाप्लाङघाट मोटरेबल पुल निर्माणको कामले तिव्रता लिएको छ । लामो समय अलपत्र परेको धाप्लाङघाटस्थित सुनकोशीमा निर्माणधीन रहेको मोटरेबल पुलले निर्माण हुने आशा जगाएको हो ।करिब नौ वर्षदेखि निर्माणधीन रहेको पुल अलपत्र हुँदा खोटाङको दक्षिणी क्षेत्रका नागरिक निरास भएका थिए । खोटाङको वराहापोखरी गाउँपालिका–२, सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४, साउने जोड्ने धाप्लाङघाटस्थित सुनकोशीमा दुई सय मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० गते सम्झौता भएको थियो । २०७४ भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले पुल शिलान्यास गर्नुभएको थियो । २०७६ मा पुल निर्माण सम्प
इटहरी । धनकुटाको महालक्ष्मी नगरपालिका दुईमा रहेको श्री शारदा माध्यमिक विद्यालयमा १२ लाख बराबरको अक्षयकोष स्थापना भएको छ । विद्यालयको ६३ औँ वार्षिक उत्सवको अवसर पारेर १३ जना सहयोगदाताले १२ लाख छ हजार ६४३ रुपियाँ अक्षयकोष स्थापनाको लागि सहयोग गर्नु भएको हो । लीला बहादुर कृष्णमाया कटुवाल अक्षयकोषको लागि सिताराम कटुवाल र भोलानाथ कटुवालले दुई लाख २५ हजार पाँच सय ५५, तारासी मनमाया स्मृति अक्षयकोषको लागि गणेश कटुवालले दुई लाख २२ हजार दुई सय २२, तारा गङ्गा बुढाथोकी अक्षयकोषका लागि धन बहादुर बुढाथोकी ‘रबिन‘ले दुई लाख ८२ रुपियाँ हस्तान्तरण गर्नुभयो । त्यस्तै प्रेम पूर्ण विष्णु लाया अक्षयकोषको लागि विष्ण
इटहरी । नेपालको सबैभन्दा पुरानो औद्योगिक क्षेत्र सुनसरी–मोरङ औद्योगिक कोरिडोरका जुट उद्योग अहिले गम्भीर सङ्कटमा परेका छन् । कच्चा जुटको प्रमुख स्रोतका रूपमा रहेको बङ्गलादेशले कच्चा जुट निर्यातमा कडाइ गरेपछि नेपाली उद्योग धराशायी बन्ने अवस्था उत्पन्न भएको हो । गत सेप्टेम्बरदेखि बङ्गलादेशले कच्चा जुट निर्यातलाई ससर्त (कन्डिसनल) बनाएपछि नेपाली उद्योगीले आवश्यकता अनुसार कच्चा पदार्थ आयात गर्न सकेका छैनन् ।बङ्गलादेशभित्रै कच्चा जुट बाहिर पठाउनु हुँदैन भन्ने तीव्र विरोध र आन्तरिक मागका कारण निर्यात प्रक्रिया झन्झटिलो बनाइएको छ । यसले गर्दा पाँच महिनादेखि नेपाली जुट मिलले कच्चा पदार्थको चर्को अभाव झे
इटहरी। सिँचाइ सुविधा विस्तार भएपछि भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारीखेतीतर्फ आकर्षित भएका छन् । स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारीखेती सुरु गरेको जानकारी दिनुभयो । बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनिया, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएको उहाँले बताउनुभयो । गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसा
इटहरी । पछिल्लो समय इलामका बजारमा नौनीघिउ महँगिएको छ । घिउको मूल्य बढेसँगै बजारमा घिउ अभाव पनि हुन थालेको छ । एक महिनाअघिसम्म बजारमा ५८० रुपियाँदेखि ५३० रुपियाँ प्रतिकिलोसम्म पाइने घिउको मूल्य अहिले प्रतिकिलो सात सयदेखि ७३० रुपियाँ पुगेको छ । अहिले बजारमा माग धेरै भए पनि गाउँबाट आउने घिउ सोझै बाहिरी बजारमा जाने गरेकाले बजारमा घिउ पाइन छाडेको इलाम चोक बजारमा घिउ तथा छुर्पी व्यापार गर्दै आएकी मन्दिरा घिमिरे बताउनुहुन्छ । गत वर्षभन्दा यो वर्ष घिउको माग बढी रहेको सन्दकपुर गाउँपालिका–३ का डेरी सञ्चालक खडानन्द ढकालले बताउनुभयो । ढकालले महिनामा तीन मनसम्म घिउ उत्पादन र निकासी हुने गरेको बताउनुभ
इटहरी । ताप्लेजुङका स्थानीय तहले प्राङ्गारिक मल उत्पादनमा जोड दिन थालेका छन् । अर्गानिक तथा प्राङ्गारिक खेती प्रवर्धन कार्यक्रम कार्यान्वयन गर्न सुरु गरेका स्थानीय तहले प्राङ्गारिक तथा जैविक मल उत्पादनतर्फ जोड दिन थालेका हुन् । जिल्लाको मेरिङ्देन गाउँपालिकाले पनि प्राङ्गारिक अर्थात जैविक मल उत्पादकको योजना अघि बढाएको छ । उक्त योजना कार्यान्वयका लागि गाउँपालिकाले किसानको सूचीकरण गर्ने भएको छ । सूचीकरण भएका किसानलाई प्राङ्गारिक मल खरिद तथा उत्पादनमा सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । सुरुमा प्राङ्गारिक मल खरिद गर्न प्रतिकिलोग्राम वा प्रतिलिटर १० रुपियाँका दरले किसानलाई अनुदान उपलब्ध गराउने गाउँ
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.