इटहरी। मोरङको लेटाङ –१ राजारानी पर्यटन क्षेत्रमा अन्तर धार्मिक शान्तिपार्क निर्माण भएको छ । पाँच धर्मका धर्म गुरुहरू एकै स्थानमा बसेर धर्मका विभेद अन्त्य गर्ने अवधारणाका साथ निर्माण सुरु भएको शान्तिपार्क लेटाङ नगरपालिकाको गौरवको आयोजना हो । नगरपालिकाले आगामी वुद्ध जयन्तीको अवसरमा पार्कको उद्घाटन गर्ने तयारी भइरहेको जनाएको छ । शान्तिपार्क निर्माण गर्न नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ मा १ करोड रुपियाँ विनियोजन गरेको थियो । नगरको वडा नं। १ राजारानीमा निर्माण भइरहेको यो पार्कमा संसारभर मानिने प्रमुख धर्मका गुरूहरूलाई एउटै स्थानमा बसेर अन्तरधर्मका विषयमा छलफल र बहस गर्ने वातावरण जुटाउने छ । तत
इटहरी । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति बेहोरेका छन् । चैतको पहिलो सातादेखि सुरु भएको यो महामारीले पन्छीजन्य क्षेत्रमा ठुलो असर पारे पनि सरकारले क्षतिपूर्ति दिने सुनिश्चितता नगरेको र बिमा कम्पनीहरूले समेत जोखिम बहन गर्न नमान्दा सम्पूर्ण क्षतिको भार किसानमाथि परेको छ ।उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशअन्तर्गत पशुपन्छी विकास महाशाखाका अनुसार मोरङको सुन्दरहरैँचा र उर्लाबारीबाट सुरु भएको संक्रमण हाल झापाको दमक, सुनसरीको इटहरी तथा गढी गाउँपालिकासम्म फैलिएको छ । कोशी प
इटहरी । मोरङको लेटाङ नगरपालिका–३ स्थित कमलपुर सामुदायिक वन नजिकै दुई विगाह क्षेत्रफलमा दुई वटा ठुला भवन निर्माण भएका छन् । ढल डम्पिङका लागि भवन नजिकै दुई वटा विशाल ट्यांकी निर्माण गरिएको छ । सुरक्षागार्ड बस्ने घर, विद्युत तथा खानेपानीलगायतका पूर्वाधारसमेत तयार भइसकेको भए पनि स्रोत सुनिश्चित नहुँदा ढल निर्माण तथा प्रशोधन आयोजना ९मेघा प्रोजेक्ट० सात वर्षदेखि अलपत्र अवस्थामा छ । वन कार्यालय, लेटाङ नगरपालिका र सङ्घीय खानेपानी आयोजनाबीच समन्वय नहुँदा दुई वर्षमा सम्पन्न हुने भनिएको आयोजना सात वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन । लेटाङ नगरपालिकाको फोहोर तथा ढल व्यवस्थापनका लागि सङ्घीय खानेपा
इटहरी। इनरुवा नगरपालिका–९, बबियाका किसानले इन्धनको भाउ बढेपछि हलगोरुले खेती गर्न सुरु गरेका छन् । दशकअघिदेखि हलगोरु पाल्ने किसान घट्दै गएकोमा पच्छिलो समय डिजेलको मूल्य बढेर खनजोत प्रविधिमासमेत त्यसको असर परेकाले त्यसलाई ध्यानमा राखेर केही किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्न थालेका छन् ।इन्धनको मूल्य बढेकाले हलगोरुको आवश्यकता महसुस भएर इनरुवाका किसान पुरानै खेती प्रणाली हलगोरुले खेत जोत्न थालेका हुन् । ट्याक्टरले खेत जोत्दा प्रतिकट्ठा दुई सय रुपियाँ लाग्दै आएकोमा इन्धनको भाउ बढेको भन्दै प्रतिकट्ठा जोताइमा चार रुपियाँ लिन थालेपछि बाध्य भएर खेत जोत्न हलगोरुको प्रयोग गरेको इनरुवा नगरपालिक
इटहरी । सुनसरीको दुहबीबाट उत्पादन हुँदै आएको ‘गुडलाइफ’ ब्रान्डअन्तर्गतको ‘डाइजेस्टिभ नट्स’ बिस्कुटमा रौँ भेटिएको छ । जसकारण नियामक निकायले उद्योगलाई २ लाख रुपैयाँ जरिबाना गरेको छ ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, मोरङको संयुक्त टोलीले सुनसरीको दुहबीस्थित उद्योगमा छापा मारेर नमुना संकलन गरेको थियो । प्रयोगशालामा गरिएको परीक्षणले बिस्कुटमा बाह्य वस्तु मिसिएको पुष्टि गरेपछि उद्योगमाथि कडा कारबाही गरिएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, विराटनगरका अनुसार उपभोक्ता संरक्षण ऐन, २०७५ अन्तर्गत कसुर प्रमाणित भएपछि जरि
इटहरी । झापाको भद्रपुरमा जङ्गली हात्तीले स्थानीय किसानहरूको मकैबालीमा क्षति पुर्याएको छ । शुक्रबार राती भद्रपुर नगरपालिका–३, रङ्गेडाँडास्थित कालिका मन्दिर सामुदायिक वनबाट आएको जङ्गली हात्तीले वडा नं। ४ का स्थानीय हीरालाल राईले लगायतका किसानले लगाएको मकैबाली नष्ट पारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार राईले लगाएको करिब १० कट्ठा जमिनमा लगाइएको मकैबाली हात्तीले खाएर तथा कुल्चिएर नष्ट गरेको छ । यसबाट करिब एक लाख रुपियाँ बराबरको क्षति भएको पाइएको खड्काले जानकारी दिनुभयो । अन्य आसपासका किसानहरूको पनि मकैबाली ह
इटहरी । पाँचथर सदरमुकाम फिदिम बजारको मुख्य भागमा निर्माण हुन लागेको ‘लिम्बुवान गेट’ को काम सुरु गरिएको छ । यसअघि यहाँ रहेको गेट मेची राजमार्गको विस्तारका क्रममा भत्काइएको थियो । पुरानो गेट भत्काएर कालोपत्रे सकिएको दुई वर्ष पछि जग्गा व्यवस्थापन गरेर नयाँ निमार्ण गर्न शुक्रबार शिलान्यास भएको हो । गेट निर्माणको शुभारम्भ शिला पूजा गरेर फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले सहित जिल्लाका राजनैतिक दलका प्रमुख र जनप्रतिनिधिले सामूहिक रुपमा शिलान्यास गर्नु भएको हो ।लिम्बुवान गेट निर्माणको जिम्मा ‘लिम्बुवान गेट निर्माण तथा सांस्कृतिक सम्पदा संरक्षण परिषद्’ ले लिएको छ ।यसको अनुमानित लागत २५ लाख रहेक
इटहरी । खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी–२०८३’ महोत्सव बिहीबारदेखि सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन गर्ने उद्देश्यका साथ जिल्लामा पहिलोपटक वैज्ञानिक अन्वेषण तथा विज्ञान–गणित प्रदर्शनी महोत्सवको आयोजना गरिएको हो । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, शुभम् फाउन्डेसन र हिमालयन माध्यमिक विद्यालय सोल्माले संयुक्त रूपमा आयोजना गरेको महोत्सवमा ८२ वटा स्टल राखिएको छ । यही वैशाख ७ गतेसम्म सञ्चालन हुने मह
इटहरी । दिक्तेल बजारमा ‘रैथाने कृषि मार्ट’ सञ्चालनमा आएको छ । स्थानीय कृषकलाई जैविक एवं प्राङ्गारिक खेती प्रणालीसँग सम्बन्धित आवश्यक बीउ, प्रविधि, सीप तथा औजारमार्फत कृषकको उत्पादनदेखि विश्व बजारसम्मको पहुँच स्थापनामा सहजीकरण गर्ने उद्देश्यसहित सालपा कृषि कम्पनीले कृषि मार्ट सञ्चालनमा ल्याएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईले बुधबार संयुक्तरुपमा उद्घाटन गर्नुभएको कृषि मार्टमा लेकाली सिमी, कालो दाल, सेतो ड्वाङ्गे दाल, लेकाली मकै, भटमास,सातु, कागुनो, नफलेको (ब्राउन) स्थानीय अटेमार्सी चामल, फलेको अटेमार्सी चामल, मकैको च्याख्ला, जुवाइँ
इटहरी । कोरोना महामारीको समयमा भारतबाट आउने संक्रमित तथा शङ्कास्पद व्यक्तिहरूलाई राख्न सरकारले करोडौँ रुपियाँ खर्चेर विराटनगरमा निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगमै नआई जीर्ण बन्दै गएको छ। विराटनगर–१६ रानीस्थित विराटनगर जुटमिलको पाँच बिघा जग्गामा २८ करोड ९१ लाख रुपियाँ खर्चेर निर्माण गरिएको यो संरचना अहिले संरक्षण र उपयोगको पर्खाइमा जीर्ण अवस्थामा पुगेको हो। नेपाली सेनामार्फत २०७८ सालमै निर्माण सम्पन्न गरिएको यस सेन्टरमा २२ वटा ठूला आवास हलसहित ५९ वटा भवन संरचनाहरू छन्। ती संरचनामा संक्रमितका लागि बेड, १५ वटा किचन हाउस तथा २२ वटा शौचालय र बाथरुम निर्माण गरिएका थिए। तर, निर्माण सम्
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.