आर्थिक

    Showing ११-२० of १,१३९ items.
  • रङ्गेली नगरपालिकामा शीतभण्डार बनेपछि किसान खुसी

    इटहरी । रङ्गेली नगरपालिकाले ६ सय मेट्रिक टनको शीतभण्डार निर्माण गरेपछि यहाँका स्थानीय कृषक लाभान्वित हुने आशा राख्न थालेका हुन् । रङ्गेली नगरपालिका–७ का कृषक रामनरेश महतो उत्पादन भएका तरकारी तत्काल बिक्री गर्न नसक्दा त्यसबाट हुने नोक्सानी रोक्न ‘कोल्ड स्टोरेज’ ले सहयोग पुग्ने अपेक्षामा रहेको बताउनुहुन्छ । मोरङको रङ्गेलीमा २०६६ सालदेखि शीतभण्डार (कोल्ड स्टोरेज) स्थापनाको प्रयास स्थानीय सरकार बनेपछि सफलताउन्मुख बनेको छ । गान्धी तुलसी स्मारक चर्खा महागुठीको जग्गामा शीतभण्डारका लागि संरचना निर्माण भए पनि त्यो सञ्चालनमा आउन नसक्दा स्थानीय उत्पादन व्यवस्थापनमा सहज थिएन । कोशी प्रदेश सरकार र रङ्गेली

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • १०६ पटक पढिएको
  • नयाँ ओमोडा ई–फाइभ प्रो इटहरीमा सार्वजनिक, पहिलो ५० ग्राहकलाई विशेष छुट

    इटहरी । नेपालमा ओमोडा तथा जेकु ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले बहुप्रतीक्षित विद्युतीय स्पोर्ट्स युटिलिटी गाडी ९एसयूभी० ओमोडा ई–फाइभ प्रो लाई इटहरीमा औपचारिक रूपमा सार्वजनिक गरेको छ।इटहरीस्थित शोरुममा आयोजित कार्यक्रममा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुली, ओमोडा तथा जेकु ब्रान्डका प्रतिनिधि र प्रविधिमैत्री रोबर्टले संयुक्त रूपमा शोरुम उद्घाटन गरेका थिए। कम्पनीका अनुसार नेपालभर हालसम्म ओमोडा ई–फाइभका एक हजार पाँच सयभन्दा बढी गाडी सञ्चालनमा आइसकेका छन्। नयाँ ई–फाइभ प्रो अझ परिष्कृत प्रविधि, उत्कृष्ट सुविधा तथा आधुनिक सवारी अनुभवसहित बजारमा ल्याइएको हो।नयाँ मोडलमा ५० दशम

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ३५५ पटक पढिएको
  • पाँचथरको फिदिम नगरपालिका द्धारा किसानलाई दुई करोड ६० लाखका कृषि सामग्री हस्तान्तरण

    इटहरी। पाँचथरको फिदिम नगरपालिकाले चालु आर्थिक वर्षमा किसानलाई दुई करोड ६० लाख ५७ हजार २ सय ९३ रुपियाँ बराबरका कृषि औजार तथा उपकरण हस्तान्तरण गरेको छ ।नगरपालिकाले ५० प्रतिशत लागत साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न कृषि सामग्री खरिद गरी किसानलाई उपलब्ध गराएको हो । नगरपालिकाको कृषि शाखाका अनुसार यस वर्ष कुल एक हजार २ सय ७४ थान कृषि सामग्री वितरण गरिएको छ । नगर प्रमुख मित्रप्रसाद काफ्लेका अनुसार नगरपालिकाले १ सय ८० थान मिनी टिलर, ३ सय ६१ थान कम्बाइन राइस मिल, चार थान कर्न थ्रेसर, दुई थान तेल पेल्ने मिल, पाँच थान ब्रस कटर, ३० थान प्लास्टिक टनेल, २ सय ७२ थान ग्रिनहाउस टनेल, सात थान प्लास्टिक पोखरी,

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ९१ पटक पढिएको
  • छुटसहित चामल बिक्री गर्दै ताप्लेजुङ, फोन गरेर आए बिदामा पनि चामल दिइने

    इटहरी । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले प्रतिकिलो ग्राम ५ रुपैयाँ छुट दिएर चामल बिक्री गर्न थालेको छ।बिदाका दिनमा समेत कार्यालयमा फोन सम्पर्क गरी आउने सेवाग्राहीलाई चामल दिने व्यवस्था गरिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाले जनाएको छ। खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेड ताप्लेजुङ शाखाका प्रबन्धक प्रकाश तिमल्सिनाका अनुसार क्विन्टल ५ सय रुपैयाँ छुट दिइ चामल बिक्री गरिरहेको छ। खाद्यले अहिले स्टिम जिरा र सोना मन्सुली गरी दुई प्रकृतिका चामल बिक्री गरिरहेको छ।तिमल्सिनाका अनुसार दुवै प्रकृतिका गरी अहिले दैनिक ३० देखि ४० बोरा चामल बिक्री भइरहेको छ

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • २६० पटक पढिएको
  • कोशी प्रदेश सरकारको कृषि ब्याज अनुदान प्रभावहीन, चालु आवमा ३६ करोड मात्रै कर्जा परिचालन

    इटहरी ।  कृषि अनुदान वितरणमा हुने दुरुपयोग र झोले किसानको बिगबिगी रोक्न कोशी प्रदेश सरकारले ल्याएको ब्याज अनुदान कार्यक्रम कार्यान्वयनको प्रभाव कमजोर देखिएको छ । नगद अनुदानको सट्टा वास्तविक किसानको हातमा सरकारी सहुलियत पुगोस् भन्ने उद्देश्यले सुरु गरिएको ब्याज अनुदान कार्यक्रममा किसानको पहुँच कमजोर देखिएको र चालु आर्थिक वर्ष २०८२र८३ मा लक्ष्यको २५ प्रतिशतभन्दा कम मात्र कर्जा प्रवाह भएको पाइएको छ । कोशी प्रदेश सरकारले अघिल्लो आव २०८१र८२ देखि नै उत्पादनका नगद अनुदान दिने परिपाटी अन्त्य गरी कृषि कर्जामा ब्याज अनुदान दिने नीति अवलम्बन गरेको थियो । अघिल्लो वर्ष सात अर्ब ८२ करोड रुपियाँ कर्जा ब

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ३०६ पटक पढिएको
  • धनकुटाकी एकमात्र महिला ट्याम्पु चालक तृष्णा राई सम्मानित

    इटहरी। धनकुटा नगर क्षेत्रमा सार्वजनिक ट्याम्पु चलाउने एकमात्र महिला चालक तृष्णा राईलाई नगदसहित सम्मान गरिएको छ।आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना कार्यान्वयन इकाइ, धनकुटा नगरपालिकाले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा उहाँलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो। ‘महिला अधिकारको सम्मान  आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ मनाइएको दिवसका अवसरमा धनकुटा नगरपालिका–७ टोमुवाकी राईलाई नगद ६ हजार रुपियाँसहित सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति धनकुटाकी उपप्रमुख सावित्रा राई

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ८६ पटक पढिएको
  • दुईपाङ्ग्रे सवारीसाधनको कर नघट्दा खरिदकर्ता प्रतीक्षामै, सुरक्षा प्रविधि भने अनिवार्य

    काठमाडौ  । नयाँ सरकार गठनसँगै दुईपाङ्ग्रे सवारीसाधनमा लाग्ने कर घट्ने अपेक्षा गरिए पनि हालसम्म कर दरमा कुनै परिवर्तन नआएपछि सवारी खरिदको योजनामा रहेका उपभोक्ता अन्योलमा परेका छन्।यसैबीच, सरकारले सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यसहित अबदेखि सबै दुईपाङ्ग्रे सवारीसाधनमा एबिएस (ABS) वा सिबिएस (CBS) प्रणाली अनिवार्य गर्ने व्यवस्था अघि बढाएको छ।नयाँ मस्यौदा निर्देशिकाअनुसार एबिएस तथा सिबिएस प्रविधिले आकस्मिक ब्रेक लगाउँदा पाङ्ग्रा लक हुन नदिई सवारीलाई सन्तुलित र नियन्त्रणमा राख्न मद्दत गर्दछ, जसले दुर्घटनाको जोखिम घटाउन सहयोग पुर्‍याउँछ।सरकारले यी सुरक्षा प्रविधि अनिवार्य कार्यान्

    • प्रकाशित मितिः जेठ १६, २०८३
    • ११३ पटक पढिएको
  • उदयपुरमा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै

    इटहरी । उदयपुरको चौदण्डीगढी नगरपालिका–९ हडियामा व्यावसायिक खरबुजा खेती आकर्षणको केन्द्र बन्दै गएको छ । केही वर्षअघि नदी कटानका कारण उपयोग विहीन बनेको बालुवायुक्त जमिन अहिले हरियालीले भरिएको छ । स्थानीय युवा कृषक पुलकित चौधरीले करिब ६ बिगा क्षेत्रफलमा अर्गानिक खरबुजा खेती सुरु गर्दै उदाहरणीय काम गर्नुभएको हो । गर्मी मौसममा अत्यधिक रुचाइने फल खरबुजाको माग बढिरहेका बेला यस वर्ष मात्रै करिब ३ हजार केजी भन्दा बढी उत्पादन भएको कृषक चौधरीले बताउनुभयो । विषादीरहित, स्वादिलो र रसिलो खरबुजाले बजारमा राम्रो प्रतिक्रिया पाएको उहाँको भनाइ छ । आगामी वर्ष थप जमिन लिजमा लिएर खेती विस्तार गरी ९ देखि १० बिगा सम

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ११७ पटक पढिएको
  • ६९ बिघा जग्गा अतिक्रमण र खिया लागेका मेसिनका कारण विराटनगर जुटमिल ब्युँताउन चुनौती

    इटहरी। नयाँ सरकार गठनसँगै मुलुकका बन्द रहेका रुग्ण उद्योग पुनः सञ्चालन हुने चर्चाले विराटनगर जुटमिलमा आश्रित पूर्वपरिवारमा फेरि एक पटक आशाको सञ्चार गराएको छ । नेपालको पहिलो उद्योग ‘विराटनगर जुटमिल’ सञ्चालनको विषय सर्वसाधारणको चासो र राजनीतिक दलहरूको भाषणको मुख्य एजेन्डा बन्ने गरेको छ । राजनीतिक तहमा हुने गरेका सञ्चालनका आश्वासन र मिलको वर्तमान अवस्था भने नितान्त भिन्न छ । खिया लागेका मेसिन, भत्किएका पूर्वाधार र पूर्वकर्मचारी, विद्युत् र अन्यलाई तिर्नुपर्ने व्ययभारका कारण यो ऐतिहासिक उद्योग ब्युँताउन सोचे जति सहज भने छैन । झन्डै एक दशकदेखि पूर्णतः बन्द रहेको यस मिलका दुई वटै प्लान्टभित्रका

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • ८९ पटक पढिएको
  • हावाहुरीले झापामा साढे ३ करोड बढीको केरा खेती नष्ट

    इटहरी। मङ्गलबार राति आएको हावाहुरीका कारण झापाको बाह्रदशी गाउँपालिकामा साढे ३ करोड रुपियाँभन्दा बढीको केरा खेतीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका–७ मा ६० बिघा क्षेत्रफलमा लगाइएको केरा खेतीमध्ये ३२ बिघामा ठुलो क्षति पुगेको हो । स्थानीय किसानहरूले व्यावसायिक रूपमा लगाएको केरा खेतीमा हावाहुरीले व्यापक नोक्सानी पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा उल्लेख छ । क्षतिको प्रारम्भिक अनुमान करिब तीन करोड ६० लाख रुपियाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख बसुन्धरा खड्काले जानकारी दिनुभयो ।कृषि ज्ञान केन्द्र झापाक

    • प्रकाशित मितिः जेठ १४, २०८३
    • ७१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]