इटहरी । नेपाली चिया निर्यातको ठुलो हिस्सा ओगटेको छिमेकी भारतले नयाँ कडाइ लागु गरेपछि नेपाली चिया बजार सङ्कटमा पर्ने देखिएको छ। भारतले सन् २०२६ मे १ देखि लागु हुने गरी नेपाली चिया निर्यातमा कडा नियम लागु गरेपछि समस्या उत्पन्न भएको हो। नयाँ व्यवस्था अनुसार अब प्रत्येक गाडीबाट निर्यात हुने चियाको अनिवार्य रूपमा प्रयोगशाला परीक्षण (ल्याब टेस्ट) गर्नुपर्ने छ। यसअघि एउटा सवारी साधनमा लोड गरिएको चिया परीक्षण गर्दा अन्य १० गाडीका चियालाई समेत प्रवेश अनुमति दिइने प्रचलन थियो। तर अब प्रत्येक खेप र प्रत्येक गाडीका लागि छुट्टाछुट्टै परीक्षण गर्नुपर्ने भएपछि निर्यात प्रक्रिया झन्झटिलो र खर्चिलो बन्ने भएको
इटहरी । आयातित मालवस्तुमा अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले भन्सारमा अवरोध सिर्जना गरेपछि सरकारले उक्त समस्या समाधान गर्न तत्कालका लागि जाँचपास सहज बनाउन नयाँ निर्देशन दिएको छ । भन्सार विभागले बुधबारको मितिमा नयाँ निर्देशन जारी गर्दै भन्सार जाँचपास र व्यापार सहजीकरणमा देखिएको जटिलता फुकाउन प्रक्रियागत लचकता अपनाएको हो । नयाँ व्यवस्था अनुसार औद्योगिक कच्चा पदार्थ, मिल मेसिनरी, औजार र फलफूल तथा तरकारीजस्ता शीघ्र नष्ट हुने (पेरिसेवल) वस्तुको हकमा देखिएको प्राविधिक समस्यालाई सम्बोधन गरिएको छ । विभागले आगामी आर्थिक वर्ष २०८३र८४ को आर्थिक ऐनमार्फत यस विषयलाई थप
इटहरी । बुधबार साँझ आएको हावाहुरी सहितको वर्षाले पाँचथरका विभिन्न स्थानमा घरमा क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साँझ ५ बजे आएको हावाहुरीका कारण दर्जन बढि घरमा क्षति भएको हो। मानविय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ। फिदिम नगरपालिका–१ शनिवारेस्थित टिकाराम भट्टराईको दुईतले घरको छानो उडाएको छ । सोही घरमा सञ्चालनमा रहेको किराना पसलका सामान, अन्नपात तथा लत्ताकपडासमेत नोक्सान भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। जहाँ १ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सात सदस्यीय परिवार हाल सोही स्थानमा अस्थायी रूपमा पाल टाँगेर बसिरह
इटहरी । विराटनगर भन्सार कार्यालयमा औद्योगिक प्रयोजनका कच्चा पदार्थबाहेक व्यावसायिक वस्तु बोकेका कन्टेनर रोकिएका छन् । वस्तुको अधिकतम खुद्रा मूल्य नलेखिए पनि आलु, प्याज र स्याउबाहेक व्यावसायिक सामान भन्सार परिसरमा मङ्गलबारदेखि नै रोकिएका हुन् । मङ्गलबारदेखि सरकारले व्यावसायिक वस्तुको एमआरपी (मूल्य) अनिवार्य गरेको थियो । मङ्गलबार आइसिपीपरिसरमा दुई सय मालवाहक ट्रक रोकिएका थिए । बुधबार दिउँसोसम्ममा थप एक सय मालवाहक सवारी थपिएका छन् । विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी विमलदेव साहका अनुसार एमआरपी उल्लेख नभएका व्यावसायिक वस्तुको जाँचपास रोकिएको बताउनुभयो । औद्योगिक कच्चा लिएर आउने
इटहरी । नेपाल अलैँची व्यवसायी महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे ताप्लेजुङका किसानसँग छलफल गरेको छ । अलैँचीबाट हुने आम्दानी अझ बढाउने उद्देश्यले गुणस्तर र बजारीकरणका विषयमा महासङ्घले किसानसँग छलफल गरेको हो । उद्योग कृषि तथा सहकारी मन्त्रालय कोशी प्रदेशको सहयोगमा महासङ्घले अलैँचीको गुणस्तर र बजारीकरणबारे किसानसँग सोमबार छलफल गरेको हो । छलफलमा नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले हालको अलैँचीको गुणस्तरलाई अझ सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो । उच्च गुणस्तरीय अलैँचीबाट मात्र राम्रो आम्दानी लिन सकिने र बजारीकरणमा सहज हुने भएकाले त्यसतर्फ अलैँचीका सरोकारवाल
इटहरी। महँगी र निर्माण सामग्रीको अभावका कारण विकास निर्माणका काम सुस्त हुँदा कोशी प्रदेश सरकारलाई पुँजीगत बजेट खर्च गर्न निकै गाह्रो परेको छ । संघीय सरकारले स्वेतपत्रमार्फत प्रदेशको खर्च गर्ने क्षमता कमजोर रहेको भन्दै प्रश्न उठाइरहेको बेलामा चालु वर्षमा विनियोजन गरिएको पुँजीगत बजेट गतवर्षको जतिपनि खर्च गर्न नसकिने चिन्ता बढेको हो । चालु आर्थिक वर्ष २०८२र०८३ को नौ महिना बितिसक्दा पनि कुल बजेटको करिब एक तिहाइ मात्र खर्च हुनुले बाँकी तीन महिनामा विकासको लक्ष्य भेटाउन निकै कठिन देखिएको हो ।चालु आर्थिक वर्षका लागि संशोधित ३२ अर्ब ४५ करोड रुपियाँको बजेटमध्ये चैत मसान्तसम्म जम्मा ११ अर्ब ४ करोड ४० ला
इटहरी। खोटाङलाई तराईसँग जोड्ने सुनकोशी नदीमा रहेको बंशिलाघाट र फोक्सिन्टारका दुवै बेलिब्रिज हटाउने तयारी गरिएको छ। नदीमा पानीको बहाव निरन्तर बढेसँगै दुवै स्थानका अस्थायी बेलिब्रिज निकाल्ने तयारी गरिएको हो। बेलिब्रिज हटाइएपछि तराईसँग खोटाङको सिधा यातायात पुनः अवरुद्ध हुने भएको छ। बंशिलाघाटमा गत माघ २४ गते पहिलो पटक बेलिब्रिज जडान गरी सिधा यातायात सञ्चालनमा ल्याइएको थियो। तर, मौसम परिवर्तनसँगै परेको वर्षाले सुनकोशीमा पानीको सतह बढेपछि वैशाख मसान्तसम्म बेलिब्रिज हटाउन निर्माण व्यवसायीलाई पत्राचार गरिएको पूर्वाधार विकास कार्यालय दिक्तेलका प्रमुख विनम दाहालले बताउनुभयो।यस्तै, फोक्सिन्टारको बेलिब्रि
इटहरी । अधिक भार बोकेका मालवाहकका कारण विराटनगरको भन्सार विन्दुबाट सुनसरी–मोरङ औद्योगिक कोरिडोरसम्मको कोशी राजमार्गको अवस्था भने सधैँ नाजुक बन्दै आएको छ । यो नेपाल–भारत सीमाका प्रायः सबै सडकको समस्या हो । खास गरी औद्योगिक कच्चा पदार्थ र मेसिनरी ल्याउँदा सडकलाई धेरै भार पर्छ । त्यही भएर सडक विभागले भारवहन मापदण्डलाई कडाइ गरेको छ । त्यसै अनुसार विराटनगर भन्सार विन्दुबाट औद्योगिक कच्चा पदार्थ बोकेको भारतीय नम्बर प्लेट भएको मालवाहक सवारीलाई आइतबार साँझ जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको चेकजाँच टोलीले रोक्यो । भारतीय नम्बर प्लेट भएको सवारीको भारवहन क्षमता (रजिस्टर क्यापासिटी–आरसी) गाडीसहित ५५ ट
इटहरी । निर्माण कम्पनीले हलेसी तुवाचुङ नगरपालिकाको प्रशासनिक भवनमा सम्झौता बिपरीत कमसल किसिमका इँटा प्रयोग गरेको पाइएपछि निर्माणाधीन भवनको पर्खाल भत्काइएको छ । निर्माण कम्पनी आकाश निर्माण सेवा सिन्धुपाल्चोकले निर्माणाधीन प्रशासनिक भवनमा एक नम्बरको इँटा प्रयोग गर्ने सम्झौता भएपनि दुई नम्बरको प्रयोग गरेको पाइएपछि नगरपालिकाले भवनको पर्खाल भत्काएको हो । प्रशासनिक भवन निर्माणको जिम्मा लिएर बढी नाफा कमाउने उद्देश्यले निर्माणाधीन भवनको कोठामा कमसल किसिमको इँटा प्रयोग गरेको पाइएपछि नगर प्रहरी लगाएर मङ्गलबार पर्खाल भत्काइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभएको छ । सम्झौता गरेको १८ महिनाभित्र भवन निर
इटहरी । लायन्स क्लब अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष रञ्जना शर्माको प्रेरणादायी तथा संवेदनशील नेतृत्वमा भद्रपुर नगरपालिका–९, झापास्थित एक अति विपन्न चौधरी परिवारका लागि पक्की घर तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ। लायन्स अन्तर्राष्ट्रियको ‘मिसन १।५’ अभियान अन्तर्गत सम्पन्न यो परियोजना एक १० वर्षीया बालिकामाथि भएको पीडादायी घटनाबाट उत्पन्न मानवीय संवेदनाको परिणाम हो। उक्त घटनाले गहिरो असर पारेपछि अध्यक्ष शर्माले व्यक्तिगत रूपमा अग्रसरता लिँदै सुरक्षित आवास निर्माणको पहल गर्नुभएको हो। परियोजनालाई सफल बनाउन अध्यक्ष शर्माले व्यक्तिगत रूपमा रु। २ लाख २८ हजार ५४० सहयोग गर्नुभयो भने क्लबमार्फत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.