सुनसरी / भोक्राहा नरशिंह गाउँ पालिकाले अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम साझेदार संस्था करूणा फाउन्डेसन नेपाललाई सम्मान तथा विदाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद को अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपप्रमुख सुनिता कुमारी उराव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, जनप्रतिनिधि , कर्मचारी, अपाङ्गता भएका व्यक्तिहरू सामाजिक अभियन्ता तथा करुणा फाउन्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।अपाङ्गता भएका व्यक्तिहरूको लागि अपाङ्गता सहयोगी सामाग्री, उपचारका आर्थिक विषय, मनोवैज्ञानिक उत्प्रेरणा लगायतका विषयमा करुणा फाउन्डेसनले स्थानीय सरकारसँग मिलेर उल्ल
इटहरी / नेपाल उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। संघीय संसद तथा नेपाल सरकारका सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलको प्रमुख अतिथ्यता तथा परिसंघका अध्यक्ष अनिल अग्रवालले अध्यक्षतामा इटहरीमा भएको कार्यक्रममा उद्योग क्षेत्रका महत्वपूर्ण हस्तीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, परिसंघले आफ्नो आगामी रणनीतिहरू र योजनाहरू अगाडि सारेको छ। कार्यक्रममा उद्योग परिसंघ सुनसरीका ५१ जना सस्थापक आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको छ ।कार्यक्रममा बिशिष्ट अतिथि परिसंघका केन्द्रीय अध्यक्ष राजेश अग्रवाल, केन्द्रीय उपाध्यक्ष भिम घिमिरे, कोशी प्रदेश अध्यक्ष पवन सारडा, दुहवी नगर
सुबास घिमिरे / सुनसरी, १६ भाद्र । पूर्व मन्त्री तथा सांसद् भगबती चौधरीले आर्थिक क्रियाकलाप सञ्चालन गर्ने बैंक, बित्तिय संस्था तथा सहकारी संस्थालाई जिम्मेवार बनाउनुपर्ने बताएकि छन् । टोलविकास लघुउद्यम सहकारी संस्था इटहरीको १४ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री चौधरीले त्यस्तो बताएकि हुन् । सुनसरी ३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य चौधरीले आर्थिक क्रियाकलाप गर्ने बैंक, बित्तिय संस्था तथा सहकारीलाई समुदायप्रति जिम्मेवार हुनेखालका नियम कानूनहरू लागू गर्नुपर्ने बताइन । ‘आर्थिक क्षेत्रमा काम गर्नेहरूलाई जिम्मेवार बनाउनुपर्छ । तर सबैलाई एकै नजरले हेर्न हुँदैन’, उनले भने, ‘
इटहरी / उद्योग परिसंघ सुनसरीको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ। उद्योग क्षेत्रका महत्वपूर्ण हस्तीहरूलाई एउटै मञ्चमा उभ्याउँदै, परिसंघले आफ्नो आगामी रणनीतिहरू र योजनाहरूलाई स्पष्ट रूपमा अगाडि सारेको छ। कार्यक्रममा संघीय संसद सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल प्रमुख अतिथि रहनुभएको थियो भने अध्यक्षता परिसंघका अध्यक्ष अनिल अग्रवालले गर्नुभयो।कार्यक्रममा अध्यक्ष अनिल अग्रवालले नेपाल उद्योग परिसंघ सुनसरीको लक्ष्य र आगामी दिनमा गर्ने योजनाहरूको बारेमा जानकारी दिनुभयो। उहाँले उद्योगहरूको संगठनले मात्र होइन, यसले समग्र उद्योग क्षेत्रको प्रवर्द्धन र विस्तारमा खेल्ने भूमिकालाई पनि उजागर
‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ डेरी उत्पादन भनी कारोबार गर्दै आएको न्युजिल्याण्डको डेरी कम्पनीमा छापा मारी कारबाही गरिएको छ। भारतबाट आयातित नौनी घ्यू बेच्ने तर आफ्नो उत्पादन ‘शतप्रतिशत शुद्ध न्युजिल्याण्ड’ को भएको झूटो दाबी गरेको आरोपमा डेरी कम्पनीलाई कारबाही गरिएको हो ।न्युजिल्यान्डको वाणिज्य आयोगले डेरी कम्पनी मिल्कियो फुड्स लिमिटेडलाई आफ्नो नौनी घ्यू उत्पत्तिको बारेमा झूटो दाबी गरेको आरोपमा दुई लाख ६१ हजार ४५२ अमेरिकी डलर जरिवाना गरेको छ ।ह्यामिल्टनस्थित उक्त फर्मले भारतबाट घ्यू तथा दुधजन्य सामान आयात गर्ने र ‘शतप्रतिशत शुद्ध न्युजिल्यान्ड’ डेरी उत्पादनजस्ता दाबीका साथ ग्राहकलाई आफ्नो घ्यू
भोजपुर / सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही भाद्र ७ गते शुक्रवार सार्वजनिक गरेको आ.व. २०७९–८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणपश्चात्को अन्तिम नतिजामा भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका जिल्लाभित्रका नौ स्थानीय सरकारमध्येकै उत्कृष्ट स्थानीय सरकार बन्न सफल भएको छ । यो गाउँपालिकाले दश वटा सूचकमा औषत कुल ८०.२५ अङ्क प्राप्त गरेको छ भने पौवादुङ्मा गाउँपालिकाले ७९ अङ्क प्राप्त गरी दोस्रो बन्न सफल भएको छ । यस्तैगरी ट्याम्केमैयुम गाउँपालिकाले ७१.५० अङ्कका साथ तेस्रो स्थान हासिल गरेको छ । चौथोमा अरुण गाउँपालिकाले ७०.५० अङ्क ल्याएको छ भने साल्पासिलिछ
इटहरी / इटहरीको राष्ट्रिय माध्यमिक विद्यालयले पहिलो पटक नीति कार्यक्रम तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । राष्ट्रिय माध्यमिक विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोबित जंग कार्कीको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले प्रमुख आतिथ्यतामा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कोबित जंग कार्कीले नीति कार्यक्रम तथा कार्यक्रम तथा बजेट सार्वजनिक गरेका थिए ।आर्थिक वर्ष २०८१/८२ का लागि विद्यालयले तय गरेका कार्यक्रम पूरा गर्न सात करोड बजेट आवश्यक नीति तथा कार्यक्रम बिहीबार इटहरीका मेयर हेमकर्ण पौडेलले सार्वजनिक गरेका हुन् ।विद्यालयले तय गरेको वार्षिक नीति तथा कार्यक्
तेह्रथुम । कोशी प्रदेश सरकारको महत्वपूर्ण सडक सञ्जालको रुपमा सिधुवा शुक्रबारे सडक बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभएको छ । कोशी प्रदेश सरकारको ८९ करोड ९० लाख रुपैयाँको लागतमा सडक निर्माण गरिएको हो । प्रदेशले काम गर्न नसकिरहेको आलोचना भइरहेको बेला धनकुटा र तेह्रथुम जिल्लालाई जोड्ने यो सडक निर्माणले त्यस क्षेत्रको आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुग्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ । १७ किलोमिटर लामो सडक निर्माणले तेह्रथुमको कृषि, पर्यटनको प्रर्वद्धनमा भूमिका खेल्ने छ । यो सडक धनकुटाको सिधुवाबाट सुरु भइ तेह्रथुमको सदरमुकामसम्म पुर्याउने लक
इटहरी । इटहरीमा अत्याधुनिक मर्मत उपकरण सहितको दर्शन मोबाइल सेन्टर सञ्चालनमा आएको छ । उद्योग वाणिज्य महासंघ कोशी प्रदेश उपाध्यक्ष भिम बहादुर पौडेलले बुधबार मोबाइल सेन्टर उद्घाटन गरेका हुन् । मोबाइल सेन्टरमा उपलब्ध अत्याधुनिक मेसिन र उपकरणले इटहरीमा सबैखाले मोबाइल मर्मत हुने भएको छ । उद्घाटनको अवसरमा टेम्पर ग्लास निःशुल्क फेर्ने अवसर सार्वजनिक भएको छ । साउन ३० गते देखि एक महिनासम्म पसल भ्रमण गर्ने ग्राहकलाई एयर वड र नेक ब्यान्ड पनि निःशुल्क उपहार दिने योजना ल्याएको हो। आज देखि २ हजार जनालाई कुनै सामान खरिद नगरेपनि टेप्पर ग्लास फेरिने सञ्चालक सहदेव खड्काले बताए । उनका अनुसार सुरुम
इटहरी / इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को नव निर्मित भवन उद्घाटन गरिएको छ । इटहरी वडा नम्बर ११ को वडा कार्यालयको दुई तले भवन १ करोड ३ लाख लागतमा बनेको हो । भवन उद्घाटन इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलले गर्नुभयो । इटहरी ११ नम्बर वडाका वडा अध्यक्ष केशव प्रसाद कोइरालाको अध्यक्षता र इटहरी उपमहानगरपालिकाका नगर प्रमुख हेमकर्ण पौडेलकोे प्रमुख आतिथ्यतामा तथा स्थानीयहरूको बाक्लो सहभागीतामा भवन उद्घाटन गरि सञ्चालनमा आएको छ । इटहरी उपमहानगरपालिका र वडा नम्बर ११ को महत्त्वपूर्ण जिम्मेवारीमा भवन निर्माण भएकोमा स्थानीयहरु खुसी भएका छन् । नयाँ भवन निर्माण भएपछि वडा नम्बर ११ का ज
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.